हालै मैले काठमान्डू उपत्यकाभन्दा पश्चिमको क्षेत्रका केही भागको यात्रा गरेँ । सहर छाडेर म ककनीबाट बाहिर निस्केको थिएँ, नुवाकोटको बट्टारमा रात विताउन । त्यसपछि म टिस्टुङ देउराली हुँदै मकवानपुर जिल्लाको नबिथोलिएको र विमल बज्रवाराही उपत्यका पुगेँ । चन्द्रागिरि र दामन डाँडाहरूको बीचमा फैलिएको यो बस्तीमा जान मलाई धेरै अघिदेखि मन थियो । बज्रवाराहीबाट एउटा सानो थुम्को चढेर चित्लाङ पुगेको म बडादसैँको विहान लालबहादुर श्रेष्ठको घरमा बिउँझिएँ । चन्द्रागिरिको पश्चिमी काखमा रहेको यो सानो र शान्त अावादीमा म यसपाली तेस्रोपटक पुगेको थिएँ ।
I recently travelled to the region west of Kathmandu Valley. I exited the city via Kakani to overnight in Battar of Nuwakot jilla. Next, I went to the pristine valley of Bajrabarahi via Tistung Deurali in Makwanpur district. I had always wanted to visit this area tucked between Chandragiri and Daman hills. From Bajrabarahi, I crossed over to Chitlang village to wake up in the morning of Dashain Day in the house of Lal Bahadur Shrestha. This was my third trip to the beautiful hamlet nestled at the western base of Chandagiri.
Surya Bahadur Gopali was on his way back home in the Gahate neighbourhood of Bajrabarahi valley after making a leisurely trip to the bazaar. बज्रबाराही उपत्यकाको गहते बस्तीका सूर्यबहादर गोपाली खुट्टा तन्काउन बजारसम्म पुगेर घर फर्किदै थिए ।
Gopali people live in the Kunchhal neighbourhood of Bajrabarahi valley. A recent Nepal magazine report by Sitaram Baral noted it’s the largest Gopali settlement in Nepal. I was struck by the varieties of colours seen in this image.
बज्रबाराहीको कुन्छाल टोलमा गोपालीहरू बस्छन् । नेपाल खबरपत्रिकामा सिताराम बरालको हालैको एउटा रूचिपूर्ण रिपोर्ट अनुसार यो नेपालमै सबैभन्दा धेरै गोपालीहरू बस्ने गाउँ हो । यो तस्बिरमा देखिएका रङहरूले मलाई मोहित तुल्याए ।
Harimaya Gopali of Bajrabarahi said her house suffered a minor damage in the April 2015 earthquakes. Her relative’s house across the road partially collapsed. She said she makes a monthly trip to Kathmandu to sell things that are produced in the village. Those corns are kept that way because there’s not enough space inside the house to store them.
अप्रिल २०१५ का भैचालाहरूले अाफ्नो घरलाई सामान्य क्षति पुगेको बज्रबाराहीकी हरिमाया गोपालीले बताइन् । सामुन्ने सडकको अर्कोपट्टी रहेको उनका अाफन्तको घर अांशिक भत्कियो । गाउँमा उत्पादित सामानहरू बेच्न महिनामा एकचोटी जस्तो काठमान्डू जानेगरेको उनले बताइन् । घरभित्र भन्डार गरेर राख्ने पर्याप्त ठाउँ नभएकैले मकै त्यसरी झुन्ड्याएर राखिएको हो । अहँ, पानीले भिज्दैन ।
यो फोटो निबन्ध तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु ।बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद :
A man flew kite in the Narayanhitti neighbourhood of Chitlang village. Chandragiri hill separates Chitlang with Kathmandu.
म बज्रबाराहीबाट चित्लाङ् छिर्दा नारायणहिटी टोलमा यी व्यक्तिलाई चंगा उडाइरहेको अवस्थामा भेट्टाएँ । चित्लाङलाई चन्द्रागिरीले काठमान्डूबाट छुट्याउँछ ।
A truckload of aspirations: I was traveling along the curvy Tribhuvan rajpath, heading towards Tistung Deurali, last week when I saw this truck parked precariously on the edge of the road above a house. I stopped for a few minutes to take stock of the situation including the geopolitical one. Would I live in the house under the existing circumstance? No way.From left: Narendra Modi, Sita Dahal, Pushpa Kamal Dahal and Xi Jinping yesterday in Goa. Pic by Prakash Dahal
The sight of the truck that had tasked itself with the vital responsibility of promoting and maintaining the trilateral relations struck me. The vehicle also aspired to connect the two most populous countries on earth with Nepal, the birthplace of Buddha and the zone of peace, as a transit hub. I admit I didn’t know at the time of taking this photo the leaders of three countries would actually listen to the Truck and meet in Goa as they did yesterday.
एउटा गहन जिम्मेदारी: अघिल्लो हप्ता टिस्टुङ देउरालीलाई लक्ष बनाएर त्रिभुवन राजपथमा हुँइकिरहेको बेला मैले यो ट्रक देखेको थिएँ । एउटा घरभन्दा एक कान्लोमाथिको सडक किनारमा अप्ठेरोगरी पार्क गरिएको अवस्थामा यो बाहन देख्दा अवस्थाको अाँकलन गर्न र सम्भवत: भूराजनीति’bout पनि केही गम्न म रोकिएको थिएँ । यही हालतमा के म त्यो घरमा बसुँला ? अहँ ।
ट्रकले त्रिपक्षीय सम्बन्धको प्रबर्द्धन गर्ने र त्यसलाई कायम राख्ने गहन जिम्मेवारी अाफ्नो काँधमा लिएको देख्दा म गम्भीर बनेको थिएँ । त्यतिमात्रै हैन ट्रकले भगवान बुद्धको जन्मस्थल, शान्तिक्षेत्र नेपाललाई पारवहन केन्द्र बनाएर पृ्थ्वीका दुई सबैभन्दा बढी जनसंख्या भएका मुलुकहरूलाई जोड्ने अाकांक्षा पनि लिएको थियो । फोटो खिच्दाको यो क्षण तीन देशका नेताहरूले यो ट्रकलाई सुन्ने छन् र हिजो गोवामा भेटेझैं भेट्नेछन् भन्ने मलाई के थाहा ।
If you are reading this on the website, use the form below to comment by logging in to Facebook, Twitter or WordPress. If you are reading this in your email inbox, hit reply to comment. Feel free to share this on Facebook, Twitter etc by using the buttons below.
I would be happy to send my blogs, articles and photos to your email.Please subscribe. No action is required if you are reading this in your email inbox. Thanks. 🙂
थुप्रै महिनाअघि द प्रिजनर अफ काठमान्डू पढ्दा म भेटिने हरेकजसोसँग बडो उत्साहित र उत्तेजित हुँदै यो किताबको उल्लेख गर्थेँ । नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटो यो पुस्तकले समेटेको छ । कतिपय धट्नाक्रम नेपाली पाठककालागि नौला छैनन् तर खुबै पठनीय छन् । सरल भाषामा सजीव वर्णन गरिएका छन् एेतिहासिक क्षणहरू । यो पोस्तक भन्दा पहिल्यै हड्सनका’boutमा थाहा नभएको होइन । नेपालका कतिपय एेतिहासिक दस्ताबेज उनले संकलन गरेर बेलायत पुर्याएको कुरा सु्निदै अाएको हो । तर त्यो सबै कसरी गरे विस्तृतमा थाहा पाउँदा म रोमान्चित भएँ । किताबपछि टुङ्गोमा पुगेँ हड्सन नेपाली इतिहासको एउटा कालखन्डको महत्वपूर्ण पात्र रहेछन् । मलाई “प्रिजनर” को प्रस्तुतिकरण सजिलो र सहज लाग्यो ।
यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु ।बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂
पुस्तकको समश्या, मलाई लागेको, यसमा अतीव कम नेपाली स्रोतहरू छन् । कथा पुरै ‘उता’बाट भनिएको छ । त्यो किन भयो, मैले अनुमान मात्र लगाउन सक्छु किनकी, अपसोच, मैले नेपालको इतिहास बताउने किताबहरू खासै पढेको छैन । त्यतिबेलाका घटनाको नेपाली इतिहासकारहरूले यथेष्ट अभिलेख नराखेर पो हो कि ? हड्सनले नेपालका’bout जति सूचना र जानकारी बटुले त्यही ढङ्गमा नेपाली पक्षले उनका’bout जानकारी नराखेकोले पो हो कि ? भीमसेन थापाका’bout हड्सन र उनीभन्दा अघिल्ला ब्रिटिश रेजिडेन्ट एडवार्ड गार्डनरका टिप्पणी र दृष्टिकोणहरू मलाई रोचक र गजब लागे । पढ्दा साह्रै मज्जा अायो ।(धेरै…)
किताबको अावरणमा उल्लेख गरिएअनुसार वीरगन्ज गिरीश गिरीको सहरको कथा हो । वर्णनले अहिलेको नेपालकै हालखबर उतारिदिन्छ र पो यी तीनसय पन्ना सबैले पढ्नुपर्ने दस्तावेज बनेका छन् ।
वीरगन्ज अगि दक्षिण नेपालको यो सानो पुरसँग म खासै परिचित थिइन । कहिलेकाँही समाचार कक्षमा वीरगन्जका पत्रकार र त्यहाँको पत्रकारितालाई त्यो नगरको व्यापारिक हैसियतसँग जोडेर गरिएका विनोदपूर्ण टिप्पणी मैले सुनेको थिएँ । तर नगरको खास महत्वचाहिँ गतवर्ष ठ्याक्कै यति नै बेला अनुभव भयो जब म काठमान्डूमा यताउता निस्कनुपराे कि साइकलमै कुदिहाल्थेँ ।
“देखा, नभन्” तरिका अपनाइएका लेखन प्रस्तुतीहरू विशेष स्वादिला हुन्छन् । कसैले लगाएको लुगा, खाएको खाना, बोलेको लवज र कसैको अनुहार या हातका अौलाहरूको अवस्था इमानदार वर्णन मार्फत शब्दमा उतार्ने काम लेख्नेको । त्यो बखान पढेपछि बनेको मानसिक छविमा अाधारित भएर वर्णितका’boutमा अवधारणा बनाउने या टुंगोमा पुग्नेकाम पढ्नेको । लेख्नेले नै चक्की पिसेर पढ्नेलाई पियाउनुपर्छ भन्ने मलाई लाग्दैन । ’twas भने किताब अल्छिलाग्दो हुन्छ । वीरगन्ज मा अधिकाँश ठाउँमा “देखा, नभन्” तरिका प्रयोग भएकैले मलाई यो किताब नौलो, पठनीय र जानकारीमूलक लागेको हो ।
यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु ।बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂
हरेक मानिसको कथा हुन्छ । तर सबैको कथा उत्तिकै रोचक हुँदैन । सबैको कथाले उत्तिकै सशक्त ढंगमा कुनै प्रबृत्ति उजागर गर्न सक्दैन । स्थानको सीमितताले गर्दा कुनै पनि लेखनीमा सचेत ढंगमा त्यस्ता पात्र छानिन्छन् जसमार्फत कुनै विशिष्ट कथा प्रभावकारी ढंगमा भन्न सकियोस् । वीरगन्जलाई “देखाउने” क्रममा गिरीले उतारेका पात्रहरूले नै मलाई यो सहरको कथा भन्छन्, अवस्था बुझाउँछन् । किताबको सवल पक्ष यो भएको मैले ठहर्याएको छु । पात्र चयन र उनीहरू’boutको पूर्वजानकारीमा गिरीको क्षमता झल्किएको छ । पहिले नै परिचित ती पात्रहरूसँग उनले फेरि भेटेकैले वास्तविक चित्र उतार्न उनलाई सजिलो भएको बुझ्न सकिन्छ । त्यसाे गर्दा चित्र थप प्रष्ट पनि भएको छ । प्रतिवेदन सवल भएको छ । सिर्सिया नदीमा धेरै पानी बगिसकेको अवस्थामा वीरगन्जका गिरीलाई “पात्र उही.. परिस्थिति उही” लाग्नु अनाैठाे भएन । तर तिनै पुरानै पात्र र नबदलिएकाे स्थितिलाई उनले पठनीय चित्रण गरेकैले किताब’bout यति लेख्न जाँगर चलेको हो । एउटा अतीव मनपरेको वाक्य यो हो: “वीरगन्जलाई जब अावाजमा वर्णन गर्नुपर्छ, सबैभन्दा अघिल्तिर झुमक ब्यान्ड उभिन पुग्छ ।”
दह्राेढङ्गले चलिरहेका राजनीतिक प्रदर्शनहरूको पृष्ठभूमीमा लेखिएकाले वर्णनको मूलधार अान्दोलनमा लपेटिएकाे छ । त्यसले किताबलाई राजनीतिक पनि बनाएकाे छ । सम्भवत: थप रूचिपूर्ण पनि । गैरराजनीतिक प्रसंग त किताबका ज्यान हुन् । देवताको भूमिका निर्वाह गरेको तथा धीरेन्द्र पछ्याउँदाको क्षण लगायतका थुप्रै रोचक विवरणले भरीएको किताब पढाईको अनुभव रोमान्चक र विनोदपूर्ण भयो ।
काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू । यो किताब’bout मेरो प्रतिक्रियाका लागि फोटोमा क्लिक गर्नुहोस् ।
पोस्तकका सबै कुरासँग सबै पाठक सहमत हुन सक्दैनन् । अस्वाभाविक होइन त्यो । झन् अहिलेको जस्तो सामाजिक-राजनीतिक परिस्थितिमा ‘नाकाबन्दी सहर’काे एउटा कथासँग सबै सन्तुष्ट र सहमत हुन सक्दैनन् । मलाई के मन परेन ? दुई या तीन ठाउँमा लेखक जब वर्णन गर्न अर्थात उतार्न (“देखाउन”) छाडेर “भन्न” थाल्छन्, मलाई ‘अोहो, त्यसो नगरेको भए हुन्थ्यो’ जस्तो लाग्यो । म त्यसमा कुनै योजनाबद्द खराबी देख्दिन । अाफ्नै ठाउँ सहरको कुरा भएकाले र धादिङ्गे पहाडबाट एक पुस्ताअघि वीरगन्ज झरेका हुनाले लेखक अलि भावुक भएका पनि हुनसक्छन् जसले उनलाई “हैन, यति त भन्छु” भन्ने तहसम्म पुर्याएको पनि हुनसक्छ । तर म एकजना पाठककारूपमा निचोडमा अाफै पुग्न चाहन्थेँ । म अर्कै सारमा पनि अाउथेँ होला । जे पनि हुनसक्थ्यो । इमानदार वर्णन पढेर अाफै टुङ्गो लाउन चाहने म पाठकलाई लेखकको ठहर उचित नलागेको पनि हुनसक्छ । त्यसैले मलाई उनको निधोसँगभन्दा बढी चित्त नबुझेको चाहिँ उनले मलाई निष्कर्ष दिए भन्नेप्रति हो । तर कतिपय पाठकलाई त्यो मन पर्न पनि सक्छ ।
गैरअाख्यान किताबका पात्रहरू स्मरणीय हुनु लेखकको सफलता हो भन्ने मलाई लाग्छ । वीरगन्ज का पात्रहरूले अाफ्ना कथा जोडदारढंगमा भनेका छन् । छोटेलाल र उनको परिस्थितिको त कुरै नगरौं । छोटेलाल मार्फत गिरीले एउटा महत्वपूर्ण प्रबृत्तिको बयान गरेका छन् । छोटेलालको कथामा सामाजिक र राजनीतिक सन्देशहरू छन् । पशुपति रौनियार, विनोद परियार र उत्तमसागर डंगोलले पनि मलाई वीरगन्ज बुझाए । किताब पढ्दा मैले समग्र सहर र क्षेत्रकै एउटा तस्बिर पाएँ जसका’boutमा म पहिले जानकार थिइन । पोस्तकबाट भरपुर फायदा मिलेको महसुस भयो ।
काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रिजनर अफ काठमान्डू ’bout मेरो प्रतिक्रिया यहाँ छ ।
यो टुक्रा तपाईँले वेब साईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । प्रतिकृया दिन फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुपर्छ । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । यसलाई फेसबुक, ट्विटर अादिमा सेयर गर्न तलका बटन थिच्नुहोला । धन्यवाद ।
“त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ,” उनले भनिन् ।
त्यो सुन्दा म साह्रै ढुक्क भएको थिएँ । त्यसअघि थुप्रैबाट मैले निराशाजनक जवाफ पाएको थिएँ । तैपनि झिनो अाशा राखेर मैले उनलाई सोधेको थिएँ, “वास पाइन्छ तपाईकहाँ ?”
हालैको एक सप्ताहन्त म जापानले बनाइदिएको बन्दिलो साँघुरी राजमार्गमा केही समय दौडिएर दिन ढल्किनै लाग्दा मास्तिर उक्लिएको थिएँ । दिन घमाइलो र सुख्खा थियो । म बहकिएको थिएँ । रात यतै कतै डाँडामै बिताउने मेरो योजना थियो । बिहानै उठेर सूर्योदय हेर्ने अनि मानिसले कसरी दिन थाल्छन् त्यो अवलोकन गर्ने मेरो रहर थियो, योजना थियो । यो डाँडो चढ्नुअघि मैले अर्को पाखो उक्लिन खोजेको थिएँ तर त्यताजान तर्नुपर्ने रोसी खोलामा पक्की पुल थिएन । म खोला किनारमा उभीएर गम खादै थिए, बाबुछोरा जस्ता लाग्ने दुईजना एउटा अल्छे राँगो घिच्याउँदै जघाँर तरे । त्यो दृश्यलाई मैले भिडियोमा खिचेँ तर होन्डामाथि बसेर आफै खोलो तर्ने हिम्मत गरिन ।
डाँडामा होटल पक्कै छैनन्, वास पो पाइएला नपाइएला । घुमाउरो उकालो चढ्दा बाटोमा भेटिएका केहीसँग मैले त्यो संशय बाँडेको थिएँ । सबैले मलाई अाश्वस्त पारेका थिए, पाइनेमा । भनेका थिए, यहाँभन्दा माथि झन् ठूलो गाउँ छ । वास व्यवस्था सजिलै हुनेछ । एउटा बस्तीमा महिला र केटीहरू मकैबारीमा काम गरिरहेका थिए । उनीहरू अघिल्लो रात ढलेका मकैका बोटबाट घोगा निकाल्दै थिए । मैले विनाकाम र घुम्न अाएको भन्दा उनीहरूले पत्याएनन् । बरु एउटीले म आफन्तकहाँ या ससुराली आएको हुनसक्ने अड्कल काटिन् । उनीहरूले मलाई अल्लिमाथि हाइस्कुल भएको अावादीमा जान सल्लाह दिए ।
त्यही सुझावमान्दै म यो माथिल्लो बस्तीमा उक्लेको थिएँ । वास पाइने जवाफ दिँदा ती महिला दोस्रो अन्तिम थाल माझ्दै थिइन् । काम निप्ट्याउँदै गर्दा उनले मलाई त्यो भेगका अरू थुप्रैले जस्तै खै गरेकी थिइन् । त्यतिन्जेलसम्ममा मैले ती सबै चासो स्वाभाविक हुन् भन्ने निष्कर्ष निकालिसकेको थिएँ ।
कहाँबाट अाउनुभएको ? एक्लै ? के कामले ?
पहिला दुई प्रश्नमा मेरा जवाफले कुनै प्रतिप्रश्न जन्माएनन् । सुन्नेहरू सन्तुष्ट भइहाल्थे । तर अन्तिम प्रश्नले मलाई अाच्छुअाच्छु पारेको थियो ।
“हेर्नु यो गाउँमा छिरेयता मैले चार जनालाई भनिसकेको छु,” मैले हल्का भूमिका बाँधेर थाल पखाल्दैगरेकी महिलालाई भने, “तपाईलाई पनि त्यही भन्छु । म कुनै काम विशेषले अाएको हैन । न म यो वा नजिकैको कुनै गाउँमा अाफन्तकहाँ नै अाएको हुँ । सिर्फ घुम्न अाएको हुँ ।”
“यहाँ यो घरमा चाँहि कसरी अाइपुग्नु भयो ?” उनले सोधिन् ।
“त्याँ पर पसलछेउ भेटिएका दुई जना केटाहरूले यो घरमा [छेवैको स्कुलमा पढाउने] एकजना सर बस्नुहुन्छ भने,” मैले बेलिविस्तार लगाएँ, “मास्टर बस्ने घरमा कसो वास नपाइएला भनेर अाएको ।”
कच्ची सडक छेवैको त्यो पसल सामुन्नेबाट मकैबारी छिरेको गोरेटोमा ढोड सम्याउँदै म यहाँ यो घरमा आइपुगेको थिएँ । यो घरसँगै अर्को घर जोडिएको थियो जो नयाँ र बन्दै थियो । एकजना अधबैंशे पुरूष झ्यालको खापामा ठोकठाक गर्दै थिए । उनले र मैले मुस्कान साट्यौं ।
मैले उनलाई त्यसरी बेलिविस्तार लाउनुको कारण थियो । केही मिनेटअघि मात्र एउटी महिला मसँग झर्केकी थिईन् । ‘किन आएको?’ भन्ने उनको प्रश्नमा मैले ‘घुम्न’ भनेको थिएँ । यो मान्छेले मलाई विश्वास गरेन या ढाँट्यो भन्ने उनमा परेको मैले ठानें । अर्कीले ‘आफन्तकहाँ आउनु भएको होला, तेस्स्स्सै घुम्न त पक्कै आउनुभएन’ भन्दै मलाई अविश्वास गरेर बाटो लागेकी थिईन् । भोलिपल्ट बिहान म आधा घण्टा जति उकालो चढेर फेरि तल फर्किदै थिएँ। बाटोमा एकजना अधबैँसे पुरुष भेटिए । उनले मुसुमुसाउदै, मसँग आँखा जुधाँउँदै, नरम स्वरमा शिष्ट ढंगले सोधेका थिए, “नाप्न आउनु भएको?”
मैले पनि मुसुमुसु हाँस्दै उनकै आँखामा हेरेर भनेको थिएँ, “हैन हैन। नाप्नु पर्ने के छ र?”
“ए, मैले त बाटो नाप्न आउनु भएको होला भन्ने ठानेँ,” उनले भने । फेरि सोधे, “टावरका लागि आउनु भएको?”
“हैन हैन।” मैले फेरि भने, “कुन टावरको कुरा गर्नु भएको?”
मलाई थाहा थियो, उनी कुन टावरको कुरा गर्दै थिए तर पत्रकारितामा मैले सिकेको थिएँ उत्तर थाहा भए पनि प्रश्न गर्न नछोड्नु किनकि जवाफ सर्वथा अनपेक्षित आउन पनि सक्छ ।
“त्यै मोबाइल टावर,” स्कुलसँगैको दूरसञ्चार टावर इङ्गितगर्दै उनले भनेका थिए । त्यो टावर नेपाल टेलिकमले हालसालै ठड्याएको तर पूर्ण संचालनमा आइसकेको रहेनछ । त्यसैले ती गाउँलेले बाहिरियाको अपेक्षा गरेका थिए ।
“हैन हैन,” मैले भनेँ, “म यहाँ घुम्न आएको। कुनै काम छैन ।”
उनले मलाई हेरे। उनले आफ्ना आँखा मिलिक्क मेरा जुत्तामा पुर्याए र फेरि मुस्काए । मैले उनको अनुहार पढेँ । उनले मलाई पत्याएनन् ।
त, म वासको अपेक्षामा ती महिलाको जवाफ कुरिरहेको थिएँ । साँझ झमक्कै हुन अब २० मिनेटजति बाँकी हुँदो हो । उनले सबै भाँडा पखालिन् । आँगनको डिलमुनि एउटा भैँसी र दुइटा पाडापाडी थिए । एउटा अर्को बस्तु अटाउने ठाउँ थियो त्याँ । एकछिनको मौनतापछि मैले सोधेँ , “पाइन्छ वास?”
उनले फेरि मलाई मेरो कपालदेखि जुत्तासम्म नियालिन् र भनिन्, “त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ । आज हुनुहुन्न उहाँ । आफ्नै घर जानुभएको छ।”
मैले लामो सास तानेँ । आँगनछेउ उभिएर अस्ताउँदो सूर्यका किरण ठोक्किएका पूर्वतिरका रङ्गीन बादलतिर मेरो ध्यान केन्द्रित गरेँ । आँगन खासै साँघुरो वा उति फराकिलो थिएन । त्यसको किनारको डेढ हातजति ठाउँ डिलमुनि बाँधिएका बस्तुलाई घाँस हाल्न छुट्याइएको थियो। एउटा ठुलो मोटो बङ्गुर मुलढोकामा टाउको घुसारेर केही खाँदै थियो, घरकी अर्की महिलाको हातबाट । उनी घरमुली रहिछन्, बेलुका थाहा पाएँ ।
हेर्दा हेर्दै अध्यारोले छोपिहाल्यो । एकजना पुरुष आएर दलानमा टुसुक्क बसे । उनको जँघेलोको एउटा खुट्टो घुँडासम्म बेरिएको थियो । सुरूवालको अर्को खुट्टो हिलो र माटोले लतपतिएको थियो। उनी थाकेका देखिन्थे । उनी घरमुली पुरुष रहेछन् । उनी बारी जोतेर अाएका रहेछन् । मैले वास पाएकोमा उनीसँग कृतज्ञता प्रकट गरेँ । गफ गर्दागर्दै साढे १७ सय मिटर उचाईको त्यो डाँडोमा हल्का चिसो सिरेटो लाग्यो ।
भित्र घरकी कान्छी छोरी खाना पकाउने सुरसारमा थिइन्। पाहुना आएकोले के पकाउने भन्ने निर्क्यौल भैसकेको थिएन जसको चाल मैले पाइहालेँ।
“तपाईंहरू जे खानुहुन्छ म त्यै खान्छु,” मैले भने ।
“हामी त ढिंडो खान्छौं,” घरमुली महिलाले भनिन् । ” मकैको।”
“मलाई साह्रै मिठो लाग्छ,” मैले भनेँ ।
यो लेख फोटोहरूपछि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु ।बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂
रक्षा क्षेत्रको एउटा अाधिकारिक पाटोमा काम गर्ने एकजना सा’पलाई यसपालीको दसैँमा पढ्न भनि पाँचवटा किताब उपहार दिएँ । केही सातायता “खै, मेरोलागि किताब छैनन्?” भनि उनले करकर गरिरहेका थिए । उपहारमा मैले पढीसकेका र तत्काल मैसँग भएका केही शीर्षक परेका छन् । यी मध्ये केहीको नाम सुन्दैमा उनले ‘अोहो, खुबै सुनेको तर अहिलेसम्म पढ्न पाएको छैन’ भनि प्रतिकृया दिए । बाँकी, मैले हल्का पृष्ठभूमी बताउदै पढ्न जोडदार सिफारिस गरेका पुस्तक हुन् । यही मौकामा यी किता’bout मेरा ‘दुइ शब्द’ भनिहाल्ने निर्णय गरें ।
सुधीर शर्माको प्रयोगशाला
प्रयोगशाला को सबभन्दा सवल पक्ष, मलाई लागेको, यसमा सामेल सूचना र जानकारी हुन् । तिनलाई जसरी प्रस्तुत र प्रतिवेदन गरिएको छ त्यसले यो किताबलाई सर्वथा पठनीय र रोमाञ्चक बनाएको छ । साथै सरल भाषाले किताबलाई जोकसैले बुझ्ने तुल्याएको छ । गैरअाख्यान लेखनमा कल्पना (द्वयार्थ छैन है!) को पनि सही प्रयोग हुनुपर्छ । अन्यथा त्यो रुखो हुन्छ जसलाई पढ्दा रमाइलो होइन सजाय पाएको अनुभव हुन्छ। पैसा हालेर आफैलाई सजाय दिने मुर्ख्याइँ कसले गर्छ ? गैरअाख्यानमा प्रयोगशाला र अाख्यानमा पल्पसा क्याफे मलाई उस्तै लाग्छन् । क्याफे जस्तै चिरप्रतिष्ठित र पढ्नै पर्ने किताब भएको छ प्रयोगशाला । दुबै अाअाफ्नो क्षेत्रमा मानक बनेका छन् जसलाई भेट्टाउनु या नाघ्नु पुस्तककै लेखकहरूलाई चुनौतीपूर्ण हुने या भएको देखिन्छ ।
केही साता अघि मैले काठमान्डूका दुइजना परिचित युवतीहरूको वार्तालाप संयोगले सुनें । एउटी व्यापारिक क्षेत्रसँग नजिक रहेर काम गर्छिन् त अर्की मानवअधिकारको संसारमा । त्यो क्षण उनीहरूबीच नेपाली राजनीति’bout कुरा चलिरहेको थियो । पछिल्लीले फ्याट्ट एउटा प्रश्न गरिन् जो म यहाँ उल्लेख गर्दिन । जवाफ निकै लामो, झन्डै पुस्तक अाकारकै हुन्थ्यो । तर अघिल्ली त्यो झन्झट मोल्न तयार थिइनन् । त्यसैले उनले यस्तो सटिक जवाफ दिइन्- “प्रयोगशाला पढ न । सबै छ त्यो किताबमा ।”
माअोवादी अान्दोलनको पृष्ठभूमीमा नेपाल-भारत सम्बन्ध मात्र हैन समग्र नेपाली राजनीति बुझ्न प्रयोगशाला एक ‘अावश्यक पाठ्य’ भएको छ । (धेरै…)
त्यो वेलुकी म खान मार्केटको फकिर-चन्द एन्ड सन्सबाट वाकिेङ् द हिमालयज च्यापेर निस्केको थिएँ । झोलामा द अोसन अफ चर्न थियो र थिए द टु-इयर माउन्टेन,हाफ लायन अनि कोर्मा खीर एन्ड किस्मत । अलि ठूलो पसलमा गएपछि अाफ्नो छनोटका किताव मात्रै किनेर पुग्छ र? त्यही दिन त्यो पसलमा टुपुल्किएको ग्यारिसन्ड माइन्ड्स् लगायतका अरू केही मगाइएका पुस्तक पनि थिए मसँग । सानोतिनो व्यंग्य नै मान्नुपर्छ खातको सबैभन्दा माथि अघि साँझ नेहरू प्लेसमा किनेको पेपरह्वाईटको कालो खोल थियो । अर्थात झोला गह्रौं थियो । पसिना तर्तरी चुहिने त्यो गर्मीमा लगभग दुइसय मिटर पर्तिरको भूमिगत शहरी रेल स्टेशनसम्म पनि हिड्ने मेरो इच्छा थिएन । अाखिर मेट्रो रेलले पनि मलाई मेरो गन्तव्यसम्म पुर्याउदैनथ्यो क्यारे ।
[यो लेखको अघिल्लो भाग अर्थात गुनासो संस्करण यहाँ छ “उबरमान्डू” ]
बाबु र म । फोटोभित्रको फुच्चे फोटोमा हामी अघिल्तिरको सडक । ग्यालेक्सी एस सेभेनको दोहोरो क्यामेरा अवतारमा खिचिएको फोटो ।
यो लेख बाकसपछि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद🙂
पाँच बर्षअघि म दिल्लीको अस्थायी बासिन्दा हुँदा त्यस्तो अवस्थामा मैले सडकमा निस्केर हात हल्लाउदै टेम्पु रोक्नुपर्थ्यो । नभए ट्याक्सी खोज्नु पर्थ्यो । अटोमा तातो हावा खादै सात किलोमिटर कुद्न मलाई मन भएन । ट्याक्सी खोज्ने जाँगर पनि लागेन । फेरि वेपत्ताको महंगो ट्याक्सी किन चढ्थ्यें? दिल्ली अोर्लेको पहिलो दिनै मुस्किलले चार किलोमिटर यात्रा गर्दा ट्याक्सीलाई अाठसय रूपैयाँ तिरेकै थिएँ । उसको मिटरमा मलाई विश्वास थिएन तर के झगडा गरिरहनु त्यो गर्मीमा ।
त्यसैले मैले खल्तीबाट मोवाइल फोन निकालें जसमा भोडाफोनको फोरजी सेवा उपलब्ध थियो । फोनमा मैले उबर एप्प खोलें । अनि ‘देखि’मा खान मार्केट र ‘सम्म’मा अाइटीसी मौर्य लेखें । छिनमै मैले जानकारी पाएँ, स्विफ्ट डिजायर चलाउने अरविन्द म भन्दा तीन मिनेट टाढा छन् । हेर्दाहेर्दै उनी एकै मिनेट टाढा भए । जरूरी त थिएन तर उनले मलाई फोन गरे । मैले अाफू उभिएकै विन्दु उल्लेख गरें । केही बेरमै उनको गाडी सडकको अर्कोपट्टी मेरै सामुन्ने उभियो ।
त्यसरी ११ अगस्टको राती नौ बज्नै लाग्दा म अरविन्दको डिजायरमा छिरेको थिएँ । (धेरै…)
धेरैपछि फेरी एक पटक दिल्लीको गर्मीमा अाफैसँग सिकसिको लाग्नेगरी पसिनाले फतक्कै भिजेको डेढ दिन के भएको थियो मलाई काठमान्डूका कतिपय कुराहरू खड्किन थालेका थिए ।
१४ सय मिटरमा अवस्थित उपत्यकाको प्रशंसा गरेर नथाकिने मुख्य कुरा यहाँको मौसम हो जस्तो लाग्छ मलाई । सजिलै पुगिने र चढ्न सकिने वरिपरीका हरिया डाँडाहरूलाई पनि म यो ठाउँको सवल पक्ष मान्छु । काठमान्डू खाल्डो घेर्ने पहाडहरूको महत्व मेरालागि अाफू कहाँ छु भनि ठम्याउने कुरासँग पनि जोडिएको छ । पहाडमा पलाएका अनि हुर्केकाहरू सबैलाई यस्तै हुन्छ कि मैलाई मात्र हो मैले खुट्याइसकेको छैन । दक्षिण बग्ने लिखु खोलाको दाईने किनारबाट उम्रिएर पश्चिमतर अडेस लागेको रामेछापेली पाखोमा जन्मे-हुर्केको मेरालागि म कुन उचाईंमा या ठ्याक्कै कहाँ छु भन्ने ठम्याउन सबैभन्दा महत्वपूर्ण सन्दर्भ विन्दु हुन्थ्यो, लिखुको द्रेब्रेकिनारबाट अग्लिएर पूर्वतिर लमतन्न फैलिएको अोखलढुङ्गे पाखोको टुप्पो । पूर्वतिर फर्केको घरको अाँगनमा उभिएर त्यो अोखलढुङ्गे भिरालोमा अाँखा सार्दै टुप्पैसम्म पुर्याएर त्यो पानीढलो पछ्याउदै उत्तर बढ्दा पुगिने हिमालमै पुगेर ठोक्किएपछि मात्रै म निश्चित हुन्थे अाफ्नो अवस्थितिप्रति । काठमान्डूमा पनि पहाडी टुप्पाहरूले मलाई “ए, म यहाँनिर छु है” भनि खुट्याउन साह्रै सघाउँछन् ।
पहाडहरूसँगको सामीप्य त्यस्तो बानी परिसकेको छ ।
जब म पहाड नदेखिने ठाउँमा पुग्छु मलाई अाफू ठ्याक्कै कहाँनिर छु भनि पत्तालगाउन कठिन हुन्छ । त्यस्तो बेला अाकाश अलि धुम्म परेको छ भने त उकुसमुकुस हुन बेरलाग्दैन । कुनैबेला म दिल्लीको अस्थायी बासिन्दा हुँदा पनि मलाई पहाडहरूको अभाव खड्केको थियो । घरैमात्र देखिन्छन् जहीं पनि । त्यो पनि सम्झनलायक अाकार, व्यक्तित्व र उचाई भएका त झन् पटक्कै हैनन् ।
लिखु खोला माथि कुहिरोसैलुङ डाँडाबाट देखिएका झन् अग्ला डाँडाहरू ।
हो, फोन खोलेर गुगल नक्सामा अमेरिकाले संसारलाई सित्तैमा उपलब्ध गराईरहेको पृथ्वीमा अाफ्नो भौगोलिक/शारीरिक स्थान पहिल्याउने प्रणाली (ग्लोवल पोजिसनिङ् सिस्टम/जीपीएस) मार्फत अाफू कहाँ उभिएको ठम्याउन नसकिने हैन । केही महिना अघि काठमान्डूबाट नेपालका केही ठाउँहरूमा हेलिकप्टरबाट दौडादौड गर्दा मैले फोनकै जीपीएस अनि गुगल नक्साको संयोजनले अाफू अहिले ठ्याक्कै कुन पहाड माथि छु भनि ठम्याउँदा एकखाले रोमाञ्च महशुस नभएको हैन । तैपनि नाङ्गा अाँखाले पहाडको टुप्पो हेरेर अाफूलाई पहिल्याउन बानी परेको र रमाउने मनलाई जीपीएसले पूर्ण सन्तुष्टि नदिंदो रैछ । प्रविधीका कयौं पक्षहरूसँग जीवनले पूर्णरूपेण सहजता महशुस गर्न समय लाग्दो रहेछ । (धेरै…)
Ghangaru berries are a familiar sight in the Nepali hills. The ugly, unfriendly and thorny bush transforms itself into something incredibly attractive and appealing as its berries ripe. I love eating them. Popular Ghangaruko lauros (the Ghangaru sticks) are made out of its sturdy twigs. I could be wrong but it looks to me that, like Lapsi, Ghangaru is one of those plants that is found primarily in the Himalayan region (and the Nepali hills). Of the many species of firethorn, the one found in Nepal is called the Nepali Firethorn.
नेपाली विकिपिडियाबाट: घँगारु पहाडमा पाईने एक जंगली फल हो। नेपालका अधिकांश प्रहरीहरूले यसैको लौरो प्रयोग गरेको देखिन्छ। पश्चिम नेपालतिर “आरु र घँगारु कालको भाई, साउनको पाप्रो रैबार लगाई” भन्ने उखान नै रहेको छ।