कम्पन तनाव

अग्ला घरहरू मलाई उसै पनि मन पर्दैन थ्यो । विदेशी सहरहरूमा तिनलाई देख्दा हल्का आकर्षण त भयो तर त्यस्तै अग्ला घरमा या पेन्टहाउसहरूमा बस्ने रहर कहिल्यै जागेन । हिजोको कम्पन पछि त झन् हेर्न पनि मन लाग्दैन । एकदमै असुरक्षित जस्तो लाग्ने । आफनो भूईंतल्ला नगन्दाको एकतल्ले घरमै अलि सुरक्षित जस्तो लाग्ने । तर अफिस भवन छ भुईतल्ला नगन्दा सात तल्ले, कार्यकक्ष छन् तेस्रो र चौथोमा । अनि हरेक सोमबार यतिबेला यो सातौं तल्लाको बोर्डरूममा बैठक गर्नु पर्छ । मानसिक तनाव पो हुने भो बा!

पुनश्च: बैठक चाहिँ स्थगित भयो ।

टिप्पणीहरु

“कम्पन तनाव” मा 2 प्रतिक्रियाहरू

  1. Bidhan Rajkarnikar अवतार
    Bidhan Rajkarnikar

    mero ghar pani hochai chha. bhui talla naganda 1 talle. tara yesto bela bhitra basna pani daar lagne ani bahira bhagda jhan khatra. charai tira agla agla ghar chhan. bhagera pani kaha janu ra….

  2. Saroj Dhungel अवतार
    Saroj Dhungel

    ९० साल पछी ४५ सालमा अनी हिजो, नेपालमा भुइचालो गएको मध्ये ठुला हुन । धन्न धनजनको धेरै ठुलो क्षती हुनपाएन । म त बिराटनगरमा बस्ने मान्छे यताको क्षती अलिअली मात्रै भयोहोल भन्ने नै लगेको थियो, सोचे जती भएन छ । ठुलो चिन्ता काठमाडौंको लगेको थियो । त्यता पनि खस्सै भएको त होइन तर काठमाडौं जने सोच्दै थिए । डर लागि रहेको छ । भुकम्प फेरी फर्कन्छ भन्छन ।
    अग्ला अग्ला घर देख्दा किची हाल्छकी भन्ने डर लाग्छ । मान्छे हम्फल्छन कि भन्न डर पनि लाग्छ । कम्पाउन्ड वाल त झन डेख्नै हुँदैन । मुटु नै थर्‍र्‍र काप्छ । गाडी, अँह म चड्दिन । पहाडी बाटो ! नाइ डर लाग्छ, पहिरो जान्छ । अनी कसरी आँउ काठमाडौं ?