Latest stories – पछिल्ला टिप्पणीहरू

  • संविधान: कसरी बन्छ थाहा छैन अनि माग्ने मात्रै ?

    संविधान कसरी लेखिन्छ भन्ने जानकारी नभएका मानिसहरुको अगुवाईमा व्यापकरुपमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरिएको छ जसले समग्र लोकतान्त्रिक प्रणालीप्रति जनतामा वितृष्णा फैलाउन योगदान दिइरहेको छ ।

    sambidhan..an article in nepali

    पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ)

    दिनेश वाग्ले

    संविधान की बोडी ?

    ‘बोडी नि,’ दीपाले भनिन्- ‘यो भए खान पाइन्छ, संविधानले के पाइन्छ ?’

    दीपाले बोडीलाई आधा-आधा किलोमा बाँडेर मुठा पारिरहदा उनलाई व्यवधान पुर्‍याउनेगरी दुई झुन्ड मानिसहरु काठमान्डुको नयाँ बानेश्वरस्थित संविधान सभा भवन अगाडी ‘सम्बिधान देऊ’ भन्दै कर्राईरहेका थिए । कोही गीत गाउदै थिए, कोही कागको स्वर निकाल्दै थिए । सबैलाई सम्बिधान चाहिएको थियो तर दीपाको त्यो क्षणको प्राथमिकता अर्कै थियो ।

    त्यसो भए तपाईलाई सम्बिधान चाहिदैन ? (धेरै…)

  • संविधान: कसरी बन्छ थाहा छैन अनि माग्ने मात्रै ?

    sambhidan.. an article

    पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) । र, पत्रिकाको बाँकी भाग यहाँ (इपेपर)

    दिनेश वाग्ले

    संविधान की बोडी ?

    ‘बोडी नि,’ दीपाले भनिन्- ‘यो भए खान पाइन्छ, संविधानले के पाइन्छ ?’

    दीपाले बोडीलाई आधा-आधा किलोमा बाँडेर मुठा पारिरहदा उनलाई व्यवधान पुर्‍याउनेगरी दुई झुन्ड मानिसहरु काठमान्डुको नयाँ बानेश्वरस्थित संविधान सभा भवन अगाडी ‘सम्बिधान देऊ’ भन्दै कर्राईरहेका थिए । कोही गीत गाउदै थिए, कोही कागको स्वर निकाल्दै थिए । सबैलाई सम्बिधान चाहिएको थियो तर दीपाको त्यो क्षणको प्राथमिकता अर्कै थियो ।

    त्यसो भए तपाईलाई सम्बिधान चाहिदैन ?

    ‘चाहिन्छ,’ उनले भनिन्- ‘तर त्यसले मलाई आज बेलुका खान देला ? दिन्छ भने चाहिन्छ ।’

    त्यसो भए ‘सम्बिधान चाहियो’ भन्दै आएका यी मानिसहरु देख्दा तपाईलाई के लाग्छ ?

    ‘कुरो यसो नि,’ उनले भनिन्- ‘पढेलेखेका मान्छेलाई सम्बिधानले जागिर दिन्छ होला । त्यसैले उनीहरुलाई त्यसको चासो होला । तर यिनीहरुले मेरो तरकारी किन्दैनन् । अनि मलाई के भयो ?’

    दीपा खतिवडा । उमेर ३४ । घर सुनसरी । हालको बसोबास विजुलीबजार, काठमान्डु । दुई ससाना स्कुले छोराछोरीकी आमा । छोराछोरीका बाबु साउदी अरेवियामा पसिना बगाइरहेका छन् वितेका दुई बर्षता । ७० हजार जति ऋण लिएर उनी त्यता गएका थिए, त्यो तिरिसकियो । यसपाली असोजमा उनी फर्किने आशमा छिन् दीपा ।

    यता, उनको व्यापारमा अवरोध पुर्‍याउनेहरुलाई चाहि संविधान बन्ने आश छैन । शनिवार ठ्याक्कै तीन बर्षहुदैछ, संविधान सभा चुनिएको- संविधान लेख्नलाई । निर्वाचित सभासदहरुले शुरुका दई र थपिएको एक बर्षा पनि त्यो लेख्न नसकेपछि त्यो छिट्टै र र्सवस्विकार्य बनोस भनेर दवाव दिन वितेका केही साता यता कतिपय मानिसहरुले विरोध/दवाव कार्यक्रम गरेका छन् । समय सकिन एक महिना भन्दा कम छदाका दवाव कार्यक्रमको प्रभावकारिसतमा प्रश्न गर्न सकिन्छ । तर (त्यो एउटा ठूलो ‘तर’ हो) त्यो भन्दा महत्वपूर्ण कुरा धेरैजसो विरोधकर्तालाई आफूले किन विरोध गर्दैछु भन्ने थाहा छैन ।

    ‘किन विरोध गरेको?’ भनि कसैलाई सोध्नुस, फुत्त उत्तर आउछ- ‘संविधान चाहियो । यी नेताले गर्न सकेनन् ।’

    ‘यी नेताले किन गर्न नसेकेको, थाहा छ ?’

    ‘छैन,’ उत्तर आउछ- ‘तर यिनीहरु कुर्सीका लागि लडे ।’

    कति सजिलो छ, जवाफ दिन । सबै दोष नेतालाई, आफू पानी माथिको ओभानो । आफू भन्नाले हामी जनता । मानौ नेता भनेका चन्द्रमाबाट फुत्त ओर्लिएका कोही अलग्गै प्राणी हुन् ।

    संविधान लेखन ठ्याक्कै कहाँ पुगेर किन अडि्कएको हो, थाहा छ ? केही दिन अघि नयाँ बानेश्वरमा भेटिएका दुई विरोधकर्तासँग र दुई दर्शकहरुलाई मैले सोधेँ ।

    कसैलाई थाहा थिएन । सबैलाई थाहा छ, संविधान चाहिन्छ । सबैलाई थाहा छ, नेताले गर्दा संविधान आउन सकेन । कसैलाई थाहा छैन, संविधान लेख्न ठ्याक्कै केले रोकेको छ ।

    ‘म्याजिकल चेन्जेज (जादूमयी परिवर्तनहरु) त ल्याउदैन मेरो जीवनमा संविधानले,’ दीपाको तरकारी स्टल भन्दा अल्लि पर एउटा पालमुनी विरोध प्रदर्शनमा रहेका केही महिलाहरुप्रति ऐक्यवता जनाइरहेकी सौरभा सुवेदीले भनिन्- ‘तर लङ् टर्म (दीर्घघकाल) मा यसले हाम्रो जीवनमा परिवर्तन ल्याउछ ।’

    कुरा सही हुन् सौरभाका । काठमान्डुको एउटा एनजीओमा काम गर्ने, संविधान सभा चुनावमा भोट हालेकी र हालै निर्वाचन आयोगमा दर्ता भएर मतदाता परिचय पत्र बनाउन तस्बिर पनि खिचाएकी ३० बर्षो युवतीले संविधानले दीर्घघकालमा विशेषत महिला र अन्य क्षेत्रलाई बढी अधिकार प्रदान गर्दै देशलाई उन्नतीको बाटोतिर लाने आशा गरेकी छिन् । उनलाई थाहा छ संविधान जादूको छडी होइन, यसले रातारात गरिव मानिसहरुलाई धनी बनाउने या नेपाली पहाडहरुमा सडक खनिदिने होइन । तर हालैका महिना र बर्षरुमा हामीमाझ संविधान प्रति यस्तरी आशा बढेको छ मानौ संविधानले ठ्याक्कै ती सबै काम गरिदिन्छ । अनि संविधान कसरी लेखिन्छ भन्ने जानकारी नभएका मानिसहरुको अगुवाईमा व्यापकरुपमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरिएको छ जसले समग्र लोकतान्त्रिक प्रणालीप्रति जनतामा वितृष्णा फैलाउन योगदान दिइरहेको छ ।

    ‘मेरो भनाई के भने  दुई बर्षे  अवधि लिएपछि दुइ बर्षै बनाउनु पर्थ्यो,’ रत्नराज्य क्याम्पसमा आइए दोस्रो बर्षा विद्यार्थी १८ बर्षो दिलिप तामाङ्ले भने- ‘सकिदैन, पाच बर्षलाग्छ भने शुरुमै पाँच बर्षा लागि संविधान सभा भन्दिया भए हुन्थ्यो ।’

    सम्बिधानलाई ‘नागरिक लगायत समाजलाई बन्धनमा राख्ने तर अधिकार दिने’ दस्तावेज ठान्ने उदयपुरका यी युवा प्रहसन गर्छन् र कलाकारहरुको दवाव कार्यक्रममा उपस्थिती ज नाउन कसैले आग्रह गरेपछि उनी गत साता नयाँ बानेश्वर पुगेका थिए । धेरैजस्तै उनीपनि नेताहरुप्रति असन्तुष्ट छन् तर हत्तपत्त संविधान लेख्न नसकेको दोष नेताहरुलाई दिइहाल्ने मनस्थितीमा छैनन् । ‘सबैको जोश सेलाउनु पर्ने हुन्छ,’ उनले भने- ‘सबैले गल्नुपर्ने हुन्छ ।’ सबै पार्टी आन्दोलन/युद्ध गरेर आएका र सबैको आ-आफ्नै (र अर्काको भन्दा फरक) विचार/दर्शन भएकाले ती सबै मिल्न समय लाग्नेकुरा आफूले बुझेको दिलिपले बताए । ‘बैचारिक द्धन्द्ध हुन्छ,’ उनले भने- ‘छलफल गर्न समय लाग्छ । तर (संविधान) संयुक्तरुपमै आउनु पर्छ । पार्टी अडान सबै मिलाएर राज्यलाई उपयुक्त हुनेखालको कुरा समेटिनु पर्छ ।’

    कुरा सही हुन् । पार्टीका अडान भनेका जनताका अडान हुन्, मतदाताका अडान हुन्, ती विरोधकर्ताका पनि अडान हुन् यदि तिनले चुनावमा भोट हालेका थिए भने (उमेर पुगरेर पनि मत हालेका थिएनन् भने तिनलाई फेरी विरोध गर्ने अधिकारै कहा हुन्छ र ? दिलिपको चाहि उमेरै पुगेको थिएन ।) नेता सत्तालछाचुडीका लागि लडे भन्नेले के बुझ्नुपर्छ भने सत्ता पनि संविधान लेखनको एउटा भाग हो । जो सत्तामा जान्छ, उसका विचार बढी प्रभावी ढंगमा सुनिन्छन् । अनि को चाहदैन संविधानमा आफ्ना विचार स्थापित गर्न ? फेरी नेपालमा जनता आफैचाहि एक  छ र ? एक करोड सात लाख ३७ हजार ७८ मतदाताले २१ वटा पार्टीलाई संविधान सभामा पर्‍ुयाएका होइनन् र ? ती मध्ये कसैले कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पार्टीलाई भोट हालेका छन् कसैले ‘हैन, राष्ट्रपति सेरेमोनियल, प्रधानमन्त्री चाहि कार्यकारी’ भन्ने पार्टीलाई । कसैले जातीयतामा आधारिक संघीयता हुनुपर्छ भन्नेलाई भोट हालेका छन् कसैले ‘हैन, त्यसो गर्दा समाजमा व्रि्रह पैदा हुन्छ’ भन्ने पार्टीलाई जिताएका छन् । त्यसैले कुनै संविधान सभा सदश्यले कार्यकारी राष्ट्रपतिको वकालत गर्ला अर्कोले कार्यकारी प्रधानमन्त्रीको । त्यसो नगरे फेरी ती मतदाता (अर्थात जनता) ले उनीहरुलाई ‘हामीलाई झुक्याउने ? भोट माग्दा एउटा कुरा गर्ने, जितेपछि अर्को ?’ भन्ने आरोप लाउदैनन् र ?

    केही बर्षघि दिलिप र उनका मिल्ने साथी बलराज र्राईको झगडा पर्‍यो । कुटाकुट र भनाभन त भएको होइन । दुबैले हाट जाने योजना बनाएका थिए । भोलीपल्ट एकअर्कालाई थाहै नदिइ दुबै गएनन् । दुबैले एकअर्कालाई झुक्याएजस्तो भयो । आपसमा शंका भयो । अनि दुबै एकअर्कास“ग बोलेनन् । ‘मलाई पीडा भयो,’ दीलिपले भने- ‘अनि (अरु) साथीहरु लाउनुपर्ने भयो (मध्यस्तता गर्न) ।’ धन्न, दिलिपको त्यो प्रयासको २४ घन्टाभित्रमा दुबैका सहमित्रहरुको सहयोगमा उनी र बलराज पुनः साथी भए ।

    नैतिक शिक्षा ? सहमति र मित्रताका लागि दुबै (सबै) पक्षको चाहना र समझदारी चाहिन्छ । तर संविधान लेखन दिलिप र बलराजको जस्तो झगडा पनि त होइन । शान्ती छाउनुपर्छ, विकाश गर्नुपर्छ भन्नेमा सबै सहमत छन् तर त्यो कसरी गर्ने भन्नेमा तीन करोड नेपालीका चार करोड विचार छन् । तीनको समायोजन गर्न समय नलाग्ने कुरै भएन । सुक्ष्मरुपमा  हेर्नेहो भने वितेका तीन बर्षा संविधान लेखनमा व्यापक प्रगती भएका छन्, कम्तिमा अपासमा मारकाट गरेका दलहरु एकैथलोमा बसेर छलफल गरिरहेका छन्, शुरुवाती दिनमा उनीहरुबीच रहेका फराकिला बैचारिक खाडलहरु पुरिदै छन्, सहमतिको नजिक पुगेका छन् । उनीहरु र समाजका अन्य संगठनहरुमा पनि परिपक्वता छाएको छ । र यो परिपक्वताले र्सवस्विकृत सम्बिधान बनाउन झन योगदान पुरर्याउन सक्छ ।

    यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो ।

  • Yet another Nepal banda. Bus burnt (no one killed).

    image

    Kathmandu: A small group of criminals set a passenger bus on fire at the Manohara bridge early in the morning today (around 4:30 am). The bus was coming out from a garage in Balkot, Bhaktapur, to ply on the Nepal Yatayat route, according to my colleague Makar Shrestha who reached at the stop some 15 minutes after the incident. There are two Nepal Yatayat services- one begins from a planned settlement three kilometers away known locally as Town Planning near Old Sinamangal which itself is referred to as Pepsi Cola because the place hosts the factory of the cold drink major. The other begins from near Koteshwor. I am a daily passenger of the first Nepal Yatayat service. By the time I took this photo the bus had already been taken to Koteshwor traffic police post. Seemed to me that the engine hasn’t been destroyed.

    I heard that some vandals attacked a van belonging to Kantipur TV. The attackers identified themselves as the activists of a fringe group called Chure Bhanwar Rastriya Ekata Party (presided by Himalayabhakta Pradhananga), according to a report in eKantipur.com.

    This is the first instance of a bus being attacked in Kathmandu valley during banda (general strike) in many months. Today’s strike is called by a Hindu group that seeks to restore Nepal’s status as the world’s only Hindu country. But it seems they are not the only groups that have called banda today because Chure Bhanwar group has also claimed the ownership of the strike. Various outfits calling themselves Chhetri Samaj (a group of Chhetri communities) had also called for strike today only to take back that, according a TV network, yesterday.

    Posted from WordPress for Android

    [This post has been revised.]

  • From the Constituent Assembly town (two pics)

    image

    New Baneshwar, the Constitution Assembly town in Kathmandu, looks like a battle zone. Riot police have overtaken the public spaces where on a normal day one would see people chatting over cups of tea.

    The extended one-year tenure of the CA will expire on Saturday midnight. Embarrassed political class is busy in high-level talks that may see breakthrough on the 6-year old peace process. Frustrated citizenry and vested interest groups are looking for opportunities to penetrate into the restricted zone around the massive CA complex to express their anger.

    No ‘action’ so far. Commuters and, thanks to active traffic policing, vehicles are moving fast. (धेरै…)

  • A trip to rural Lalitpur (outside Kathmandu Valley)


    Bus ride: definitely not a joy ride.


    Challenges of driving on a single lane ‘highway’.

    I had gone to some rural villages of Lalitpur last week to see and experience the life there. All these villages are outside of Kathmandu valley though many people may think that the entire Lalitpur district lies inside the Valley. My colleague at Kantipur, Krishna Gyawali who covers Lalitpur for the newspaper, accompanied me. The trip started from Lagankhel where we took a bus to Chapagaun, the largest village of Lalitpur. At Chapagaun we bought tickets up to Chhapele, Bhattedanda. The first bus had already left by the time we reached there (8:30 am). This one was supposed to leave at 9 am but, as it happens with most things in Nepal, the bus finally left Chapagaun at 10:30. Rest of the travelogue, in Nepali, as published in Saturday’s Kantipur: यस्तै छ साथी हाम्रो हाल

    This slideshow requires JavaScript.

    [Click on the photos below to enlarge them] (धेरै…)

  • अचेलका काँङ्ग्रेसीहरू

    अचेलका काङ्ग्रेसहरु
    ठूलो पार्न क्लिके हुन्छ

    दिनेश वाग्ले
    यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए छेवैको तस्बिरमा क्लिके हुन्छ ।

    [अनि आजैको कान्तिपुरबाट: यस्तै छ साथी हाम्रो हाल ] 

    कुश गुरागाईं कांग्रेस बनेको पाँच महिना भयो । संविधानसभा र समाजका विभिन्न अंगहरूमा कम्युनिस्टहरूको अभूतपूर्व वर्चस्व रहेको बेला पुरानो र वामपन्थीहरूले ‘पुँजीवादीहरूको’ भनी आलोचना गर्ने पार्टीमा उनी विद्यार्थी संगठनमार्फत प्रवेश गरेका हुन् । काठमाडौंको विष्णु (बूढानीलकण्ठ) गाविसस्थित कांग्रेस इकाई समितिका सचिव यी २४ वर्षे ठिटा शुक्रबार दिउँसो एउटा सानो दलबलसहित कांग्रेसको आमसभामा भाग लिन खुलामञ्च पुगेका थिए ।

    माओवादी युद्धमा भाँचिएको कांग्रेसीको ढाड देश शान्ति प्रक्रियामा छिरेयता विस्तारै सोझिन थालेजस्तो देखिएको छ । त्यसैको संकेत हो, हालैका साताहरूमा कांग्रेसले देशभरि गरेका जनसभामा देखिएको मानिसहरूको सहभागिता । द्वन्द्वकालमा गाउँबाट भागेका र कांग्रेसी पहिचान लुकाएकाहरू अहिले खुलेआम ‘म कांग्रेस हुँ’ भन्न सक्ने अवस्थामा पुगेका छन् । ‘अहिले अप्ठ्यारो गाह्रो केही छैन,’ नारायणप्रसाद ढकालले भने, ‘द्वन्द्वकालमा ‘कांग्रेस हुँ’ भन्न गाह्रो थियो ।’ काभ्रेपलाल्चोकबाट आमसभामा भाग लिन आएका ५८ वर्षे ढकाल कांग्रेस भएकै कारण द्वन्द्वकालमा माओवादी अपहरणमा परेका थिए । तर उनी बाटैबाट फुत्के र भागे । ‘पाखुरामा समातेर लगिरहेका थिए,’ २०५९ भदौ २९ गतेको त्यो क्षण उनले सम्भिmए, ‘उनीहरूको अठ्याई अलि खुकुलो भएको मौका निकालेर कुदेँ ।’

    ढकाल काभ्रेको देउपुर गैह्री बिसौना गाविसको कांग्रेस इकाई समितिका सभापति हुन् । उनी २०४९ मा शिक्षण पेसाबाट अवकाश लिएलगत्तै कांग्रेस प्रवेश गरेर राजनीतिमा सक्रिय भएका थिए । ‘हामी परम्परा नछोड्ने शान्तिप्रेमी मान्छे,’ मञ्चबाट नवीन्द्रराज जोशीले भाषण गरिरहँदा ढकालले आफू किन कांग्रेसमै लागे भन्ने बताए, ‘प्रजातन्त्रका लागि लडेको कांग्रेसले । अरू पार्टीमा जस्ता उत्ताउला मान्छे पनि थिएनन् । त्यसैले म रोजेर होइन खोजेर कांग्रेसमा लागेँ ।’

    बूढानीलकण्ठका कुशचाहिँ कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पाँच महिनाअघि गाविसको पार्टी इकाई समितिको सहसचिव भएर छिरे । लिट्टलि रोज माविबाट एसएलसी गरेपछि बानेश्वर क्याम्पसमा भर्ना भएका उनी त्यहीं पढ्दापढ्दै विद्यार्थी राजनीतिमा होमिएका थिए । नेविसंघमै चाहिँ किन लागे उनी ? त्यो पनि जतातलै वामलहर चलेका बेला । ‘सबैको आ-आफ्नो दृष्टिको, धारणा हुन्छ,’ उनले भने, ‘त्यससँग मिल्ने पार्टी/संगठनमा लागिँदोरहेछ । कुनै घटना हुन्छ, त्यसप्रतिको धारणा कसैसँग मिल्छ भने त्यतैतिर लागिन्छ ।’ नेविसंघसँग कुशको त्यस्तै मिलन भयो ।

    अनि वामलहर ? ‘लहरले केही गर्दैन,’ उनले ढुक्कसाथ भने र पछिल्लो चुनावमा कांग्रेसको हार’bout टिप्पणी गरे, ‘गेममा हारजित जसको पनि हुन्छ । तर कसले देशका लागि गर्न सक्छ, त्यो महत्त्वपूर्ण हो ।’

    उनले आफ्नो पार्टी कांग्रेसलाई दूधले धोएको भन्न चाहेनन् । खराबी र कमजोरी सबै पार्टीमा हुने र देश निर्माणमा सबै एक हुनुपर्ने आफ्नो विचार रहेको उनले बताए । ‘वामहरूको बढ्दो प्रभाव कांग्रेका लागि दरिलो चुनौती भएर आएको छ, होइन र ?’ उनलाई सोधियो । ‘नेपालमा जन्मेका छौं, त्यतिकै चुनौती छन् नि,’ उनले भने, ‘तर बेरोजगार नेपालीलाई देशमै रोक्ने चुनौतीलाई हामी सबैले स्वीकार्नुपर्छ ।’

    द्वन्द्वकालमा भाँचिएको ढाड कांग्रेसीहरूले देश व्यापीरूपमा सोझ्याउन खोजे पनि हालैका विकासक्रमहरूले देखाएका छन् नेपाल बढ्दो रूपमा ‘लाल’ भइरहेको छ । के त्यसले कुनै जमानामा दुईतिहाइ र प्रस्ट बहुमतका सरकारहरू चलाउने तथा देशका मुद्दाहरूलाई एकलौटी नेतृत्व गर्ने कांग्रेसीहरूको नुर गिरेको छ ? उनीहरू भन्छन्, छैन । ‘प्रजातन्त्रवादी कहिल्यै एक्लो हुँदैन,’ सात कक्षा पढ्दादेखि नेविसंघ भएका र २०४२ मा १० कक्षामा हुँदा सत्याग्रहमा भाग लिएका ४१ वर्षे एसके नेपालले भने । ०४५ देखि शिक्षण पेसामा संलग्न नुवाकोटका नेपाल अहिले काठमाडौंको कुलेश्वर माविमा पढाउँछन् । शुक्रबार आमसभामा भेटिएका उनले भने, ‘म त कांग्रेस हुनुमा गर्व गर्छु । देशको एउटैमात्र प्रजातन्त्रवादी शक्ति । हेर्नुस् कम्युनिस्टहरू संविधानसभामा ६२ प्रतिशत छन् तर के उनीहरू मिल्न सकेका छन् ? टुट्नु उनीहरूको विशेषता हो ।’

    जसरी कम्युनिस्टहरू कांग्रेसलाई हेला गर्छन् त्यसैगरी कांग्रेसहरू कम्युनिस्ट, विशेषगरी अचेल, माओवादीलाई गहिरो शंकाले हेर्छन् । उनीहरू माओवादीको अप्रत्याशित जित र पहिलो स्थानको चढाइलाई वास्तविक मान्दैनन् । ‘डर धाकले त्यो भएको सबैलाई थाहा छ,’ आमसभामा पुगेका बागलुङकी रेनुका काउचा मगर र सिन्धुपाल्चोककी पुनम लामाले लगभग एकैपट भने, ‘ठूलो भयो (माओवादी) तर षड्यन्त्रबाट ।’ क्रमशः २५ र २३ वर्षका दुवै युवती काठमाडौंको सरस्वती क्याम्पसमा क्रमशः एमबीएस दोस्रो र एमबीएस पहिलो वर्षमा पढ्छन् । उनीहरू त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघकातर्फबाट क्रमशः कोषाध्यक्ष र सदस्यमा चुनिएका हुन् । उनीहरू जस्ता थुप्रै युवा अनेकौं कारणले माओवादीतिर आकषिर्त भएकोतिर औंल्याउँदा रेनुकाले भनिन्, ‘कतिपय मानिसहरूलाई के खराब के राम्रो छुट्याउन त्यसको अनुभवै गर्नुपर्छ । एउटा खराब’bout थाहा भए न राम्रोको महत्त्व हुने हो ।’

    संविधानसभाको चुनामा अनपेक्षित हारपछि कांग्रेस जनतामाझ गएको थिएन । पार्टीले चटक्कै बिर्सिंदा हारको घाउमा नुनचुक थपिएको थियो । हालैका जनसभाबाट कांग्रेसीहरू उत्साहित भएका छन् । माओवादीले हालैका वर्षहरूमा ठूला सभा गरेर आफ्नो शक्ति देखाउँदा कांग्रेसीहरू त्यसलाई टुलुटुलु हेर्न बाध्य थिए । यी सभाहरूबाट उनीहरूले हामी पनि माओवादीकै जसरी जनपरिचालन गर्न सक्छौं भन्ने गुमेको आत्मविश्वास पाएका छन् । ‘हाम्रो पार्टीले यसरी कार्यकर्तासँग भेटघाटै गर्दैनथ्यो,’ पुनमले भनिन्, ‘देखियो नि, हामी पनि कम रहेनछौं ।’

    उल्लेखित काङ्ग्रेस सभा’bout थप रिपोर्ट

  • यस्तै छ साथी हाम्रो हाल

    More photos and videos from the journey: A trip to rural Lalitpur (outside Kathmandu Valley)

    This slideshow requires JavaScript.

    Lalitpur Nepal Voter ID Cardदिनेश वाग्ले /कृष्ण ज्ञवाली
    यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए: एक (पीडीएफ) र दुइ (जेपीजी)।

    त्यो साँझ उनका घरमा सातजना माओवादी आए । तिनलाई खाना पकाइदिनुपर्ने भो । बेंसीको खेतमा काम सकेर घरतिर उक्लिँदै थिए उनी । ‘घर नजिकै अलि तल तिनै माओवादीले कट्याक कट्याक गर्दै बन्दुक तेस्र्याए मतिर,’ उनले सम्झिए, ‘हेर्नुस् है । मेरै घरमा जाँदैछु, मैलाई बन्दुक तेस्र्याउँछन् । एउटीले भनिन्, ‘ओहो बुवा, हामीले झन्डै ठोकेर सिध्याको ।’ त्यो बन्दुक तेर्स्याकै कारण त्यो साँझ माओवादीले ‘नमीठो’ स्वाद चाखे ।

    त्यो कसरी अलि पछि लेखौंला, अहिलेलाई ४७ वर्षे सुरेन्द्रबहादुर सञ्जेलको परिचय । हालैको एक साँझ अबेर बास नपाएपछि छटपटिएका दुई संवाददाताहरूलाई एक रात सुताउन र एक छाक खुवाउन सहजै तयार भएका सञ्जेलले ललितपुरको दुर्गम अश्राङ गाविसस्थित वागमती किनार नजिकै बन्दै गरेको आफ्नो (बेंसीको) घर अगाडि ढलेको खयरको रूखमा बसेर पुराना दिन सम्झिएका थिए । (धेरै…)

  • एप्पल vs गुगल [एउटा छलफल]

    आखिर एप्पलले गुगललाई पछारेरै छाड्यो । ठुला कम्पनीहरुको विश्वव्यापी ख्याती (ब्रान्डको पहिचान) मापन गर्ने एउटा संस्था मिलवार्ड ब्राउनले यसै साता सार्वजनिक गरेको एक सर्वे अनुसार इन्टरनेट सर्च इन्जिन गुगललाई पछार्दै कम्प्युटर र आइफोन निर्माता एप्पल नम्बर एक स्थानमा पुगेको छ । वितेका चार बर्षयता त्यो राजकीय स्थानमा गुगल थियो । ब्राउनका अनुसार एप्पलको ब्रान्ड (नाम) को मूल्य एक खर्व ५३ अर्ब डलर (१० हजार सात सय १० अर्ब नेपाली रुपैया) छ । यो मूल्य गत बर्षको भन्दा ८४ प्रतिशत बढी हो । अर्कोतिर, पोहोरको भन्दा र्दुइ प्रतिशत घटेर गुगलको ब्रान्ड मूल्य एक खर्ब ११ अर्ब डलर पुगेको छ । (धेरै…)

  • Pre-monsoon downpour & hailstorm in Gwarko area of Kathmandu

    image

    https://twitter.com/#!/wagle/status/68201043422494720

    P.S.: I am a Janti today, attending friends’ wedding. The sudden downpour briefly stopped the Janti procession- to those who were on bikes. The rain was so heavy that road was waterlogged in minutes. Now it’s a sunny day again.

    Posted from WordPress for Android

  • Khabardaar! 19 days to go… for the Constitution (that may not come by the deadline)

    image

    One of the two western entrances of the Constituent Assembly building in New Baneshwar, Kathmandu. Political class has given strong signals that the constitution may not come by Jestha 14, 2068 (28 May).

    And there was: Khabardar! 74 Days to Draft Constitution in Nepal

    Posted from WordPress for Android