Latest stories – पछिल्ला टिप्पणीहरू

  • नेतालाई घृणा किन ?

    ठूलो पार्न क्लिके हुन्छ

    दिनेश वाग्ले

    काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच कुराकानी भइरहेको थियो । बसलाई कोटेश्वर ट्राफिक चौकीअगाडि रोक्दै एक जना यातायात प्रहरीले चालकसँग अनुमतिपत्र मागिरहेका थिए । त्यो दृश्यमाथि टिप्पणी, (‘यो ट्राफिकले कमाउन खोज्यो’) गर्दै सुरु भएको उनीहरूको स्वफूर्त वार्ता ‘नकमाएर के गर्नु, उसका पनि परिवार छन् होला’ र ‘हेर्नुस् देशकै अवस्था यस्तो छ’ हुँदै नेताहरूसम्म पुगेको थियो । ‘सबै भाँडभैलो गर्ने यी नेता हुन्,’ एक जनाले त्यसो भनेपछि अर्काले त्यसमा सहमति जनाउँदै नेताले देश बिगारेको निष्कर्ष निकालेका थिए ।

    रेस्टुरेन्टहरूमा पाइने खाना सूची (मेनु) लाई संसारमै सबैभन्दा बढी पढिने ‘साहित्य’ मानिएजस्तै नेपालमा सबैभन्दा सुनिने वाक्य यसलाई मान्दा हुन्छ, ‘नेताले देश बिगारे ।’ कार्यालय समय सुरु हुनै लाग्दा त्यतैतिर जान लागेका जस्ता देखिने ती दुई सज्जनहरूले कोटेश्वर चोकमा गरेजस्तो लयको गफ र निष्कर्ष देशका जुनै भागका नेपालीमाझ कुनै बेला पनि सुन्न सकिन्छ । किन जनता नेताहरूलाई यस्तो विधि घृणा गर्छन् ?

    त्यो प्रश्न नेपालमा मात्र सान्दर्भिक छैन । र, इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई पनि त्यसको उत्तर थाहा छैन । १३ डिसेम्बर २००९ मा एउटा चुनावी सभामा एक जना असन्तुष्ट व्यक्तिले दाँतै भाँचिने र ओठै काटिने गरी अनुहारमा प्रहार गर्दा अस्पताल भर्ना भएका बर्लुस्कोनीले जान्न चाहेका थिए, ‘मान्छे किन मलाई यति धेरै घृणा गर्छन् ?’

    त्यसको चार महिनाअघि टर्कीका प्रधानमन्त्री रिकेप तायिप एर्डोगनको पेटमा एक जना मानिसले मुड्की हानेका थिए । त्यसको पनि छ महिनाअघि न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीलाई केही मानिसले लछारपछार गरेका थिए । टाढाको कुरा के गर्नु, नेपालमै जनवरी २०१० मा सुनसरीमा अन्तक्रिर्या गरिरहँदा एक जना उच्च नेतालाई उनकै पार्टीका एक जना पूर्वकार्यकर्ताले गालामा झापड हानेका थिए । ती नेता अहिले देशका प्रधानमन्त्री छन् । ‘झलेझाप्पड’ नामले क्षणभरमै देश र विदेशमा पनि चर्चित त्यो थप्पड हान्ने देवीप्रसाद रेग्मीले पनि कारणका रूपमा त्यही वाक्य उल्लेख गरेका थिए, ‘नेताले देश बिगारे । मैले त्यो सहन सकिन । त्यसैले हानेँ ।’ नेताहरूले (त्यतिबेला) सरकार र (अहिले पनि) संविधान बनाउन तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्दा उठेको रिसलाई रेग्मीले झलनाथ खनालको गालामा पोखेका थिए ।

    ‘नेताहरूलाई घृणा गर्नेहरूले दुई तहमा गर्छन्,’ मानव बानी बेहोरा र उसको सामाजिक, सांस्कृतिक विकासक्रम’boutको बैज्ञानिक अध्ययन गर्ने (मावनशास्त्री) डम्बर चेम्जोङ भन्छन्, ‘एक, व्यक्तिगत रूपमा यो या त्यो नेतालाई घृणा गर्ने । दुई,  समग्रमा राजनीतिलाई नै मन नपराउने ।’ समग्र राजनीतिलाई घृणा गर्नेहरूको संख्या नेपालमा ठूलै भएको ठान्ने चेम्जोङ कतिपय अवसरमा राजनीतिबाटै फाइदा लिनेहरूले त्यस्तो नकारात्मक विचार राख्ने गरेको पाएको बताउँछन् । ‘व्यापारी जन्मजात नाफामुखी र डाक्टरले सधैं महँगो शुल्क लिने भन्ने समाजले बुझेको छ,’ उनी भन्छन्, ‘त्यसैले व्यापारीले जति नाफा खाए पनि र डाक्टरले चर्को शुल्क लिँदा हामी सहन्छौं । तर राजनीति निःस्वार्थ, निःशुल्क र सेवामुखी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’ त्यो मान्यतालाई नेताहरूले व्यवहारमा नउतारिदिँदा, उनीहरू भ्रष्टाचारमा फस्दा समग्र राजनीतिप्रति घृणा उत्पन्न हुने उनी ठान्छन् ।

    उसो नेताहरू सर्वप्रिय भएको इतिहासै छैन भन्दा हुन्छ । पछिल्लो एक सय वर्षमा नेपालले पाएका सर्वाधिक करिस्मायुक्त नेतामध्येका एक बीपी कोइराला जीवित छँदा उनका आलोचकहरू कम थिएनन्, आफ्नै पार्टीभित्र र बाहिर पनि । समकालीन राजनीतिका सर्वाधिक करिस्मायुक्त नेतामध्येका एक पुष्पकमल दाहाल पनि, एक जना टि्वट्टर प्रयोगकर्ता नेपालीका अनुसार ‘कार्यकर्ता खुसी पार्न एकथोक, जनतासँग अर्कोथोक’ बोल्ने, ढुलमुले अनिर्णायक’ बोली/बेहोराका कारण आलोचित छन् । खासमा शान्ति प्रक्रिया बढ्न नसक्दा उत्पन्न अहिलेको निराशाका स्रोत दाहाल भएका छन् किन कि देशको सबैभन्दा ठूलो र प्रभावशाली पार्टीका प्रभावशाली नेताका रूपमा उनीसँग जनताले ठूलो अपेक्षा गरेका छन् । जनताले नेता विशेषबाट देशका ठूला समस्या समाधानको अपेक्षा गर्छ जो पूरा नहुँदा या त्यसतर्फ इमानदार प्रयास नहुँदा उनीहरूमा निराशा छाउँछ । त्यो निराशा उनीहरू ‘चोर नेताले देश बिगारे’ भन्ने अभिव्यक्तिमार्फत प्रकट गर्छन् ।

    गए साता काठमान्डुको राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोली उत्तर कोरियाली टिमसँग भिड्यो । गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा खेलेका केही खेलाडी सामेल उक्त समूहसँग नेपाल हार्‍यो । तैपनि रंगशाला र टिभीमा त्यो खेल हेर्ने दर्शकहरू र भोलिपल्टका पत्रिकाले नेपाली टोलीको प्रशंसा गरे, विशेषगरी तिनै गोलकिपरको जसले एउटा सजिलो गोल नरोकी नेपाललाई ०-१ ले हार्न योगदान गरेका थिए ।

    तिनै किपर किरण चेम्जोङको बढी प्रशंसा किन भयो भने उनले जोडदार ढंगले नखेलेको भए त्यो दिन नेपालले कम्तीमा ४ गोल खान सक्थ्यो । अनि पूरै टिमले किन दर्शकहरूको गाली खाएन भने खेलाडीहरूले सकेको गरेर/खेलेर देखाएको कुरो दर्शकहरूले प्रस्ट देख्न पाएका थिए । ‘धन्न एक गोलमात्र खायो,’ रंगशालामा पुगेका कतिपय दर्शकले खेल सकिएलगत्तै भने, ‘केटाहरूले जमेर खेले । मान्नुपर्छ (उनीहरूको) प्रयासलाई ।’

    तर नेपाली राजनीतिका ‘खेलाडीहरू’ ले फुटबलरहरूले झैं मन दिएर, भित्रैदेखि चाहेर, प्रयास गरेको नेपाली जनताले महसुस गर्न सकेका छैनन् । राम्रो नतिजा झन् आएकै छैन । दुवै कुराको अभावले जनतालाई निराश तुल्याएको छ र त्यो निराशा उनीहरू सबै राजनीतिकर्मीहरूमाथि पोखिरहेका छन् ‘चोर नेताले देश बिगारे’ भन्दै ।

    अघिल्लो साता भारतमा भ्रष्टाचारको विराधमा एउटा कानुन माग्दै अगुवा कार्यकर्ता अन्ना हजारे अनशन बसेका थिए । त्यसैको सेरोफेरोमा विरोध चर्किंदै जाँदा लोकपि्रय भारतीय लेखक चेतन भगतले ‘मेरा नेता चोर है’ वाक्य टि्वटेका थिए । ‘त्यो वाक्य पूरै विरोध कार्यक्रमको गुदी बन्यो,’ त्यसै वाक्यमा आधारित भएर गत साता फेसबुकमा ‘मेरा नेता चोर हुन्, मेरा नेता ठग हुन्’ अभियान नेपालमा पनि आवश्यक भएको तर्क गर्दै एउटा लेख लेखेका निर्भय सुवेदी भन्छन्, ‘संविधान लेख्न राजनीतिज्ञहरूले गरेको ढिलाइ हामी सहजै देख्न सक्छौं । तानाशाहलाई हटाउन हामीमध्ये थुप्रै सडक गयौं । अनि भोट हाल्यौं  ताकि यी राजनीतिज्ञहरूलाई एउटा काम लाग्ने संविधान बनाउन मौका मिलोस् । तर बितेका पाँच वर्षमा केही भएन । अब हामीले सोध्नैपर्छ, अहिलेसम्म यिनीहरूले के गरे ? भन्नै पर्दैन यी नेताहरू फटाहा र चोर भएका छन् ।’

    निर्भयको निराशा र रोषलाई धेरै नेपालीले साझेदारी गर्छन् । तर नेताहरूप्रतिको त्यस्तो रोष कुनै निश्चित कारणका लागिभन्दा बढी होलसेलमा कुनै कुराग रिस उठ्यो कि नेतैलाई गाली गरिहाल्ने बानीसँग सम्बन्धित छ । गाली गर्न नेताहरू सहज लक्ष्य हुन, फेरि उनीहरू मलाई किन गाली गरिस् भन्दै निहुँ खोज्न पनि आउँदैनन् । अर्को कुरा, एउटा समूहले गाली गरेपछि एउटा नेतालाई अर्कोले माया गरेकै हुन्छ, मन पराएकै हुन्छ । तब त चुनावमा हार्ने उम्मेदवारले पनि प्रशस्तै भोट पाउँछन् ।

    त्यसो भए नेतालाई गाली गरिनु लोकतन्त्रकै एउटा भाग हो ? हुनसक्छ, किन कि आफूले भोट दिएका र भोट दिएकालाई हराउने नेतालाई सल्लाह दिने र गाली गर्ने अधिकारै छ मतदातालाई । बढीभन्दा बढी जनताको मतको कदर होस् भनेर बेला-बेला चुनावी प्रक्रियाहरू सुधारिन्छन् । संविधान सभाको चुनावमा समानुपातिकको व्यवस्था भएजस्तै । त्यस्तै सबैभन्दा शक्तिशाली लोकतन्त्र अमेरिकामा पनि अहिले देशभरिबाट सर्वाधिक मत पाउनेलाई राष्ट्रपति बनाउने कानुन पारित हुनेक्रममा छ । ‘नेसनल पपुलर भोट’ नामको त्यो कानुनलाई केही अमेरिकी राज्यहरूले पारित गरेका छन्, बाँकीलाई त्यो स्वीकार्न लगाउन दबाब अभियान चलिरहेको छ ।

    सबै नेतालाई असफलताको दोषी ठहर्‍याइनु सामान्यीकरण हुन्छ । जस्तो संविधान लेख्न या सरकार बनाउन एक जना नेताले या एउटा पार्टीले मात्र चाहेर हुँदैन । पार्टीभित्रै थुप्रैका कुरा मिल्न समय लाग्छ या नमिल्न सक्छन् । ‘अमेरिकीहरू (र, धेरैजसो पश्चिमाहरू) को हाम्रा नेताहरूसँग प्रेम सम्बन्ध हुन्छ,’ मनोवैज्ञानिक डाक्टर रोनाल्ड ई. रिग्गियो लेख्छन्, ‘हामी उनीहरूलाई ठूलो सम्मान दिन्छौं र उनीहरूका हरेक कदम’bout चाख राख्छौं । तर हरेक प्रेम सम्बन्ध जस्तै भावनाहरू छिट्टै अमिल्लिन सक्छन् जब हामी नेताले हामीलाई असफल तुल्याएको ठान्छौं । सेप्टेम्बर ११ का आक्रमणलगत्तै जर्जडब्लू बुसको लोकपि्रयता सर्वाधिक उच्च थियो तर इराक युद्ध र कटि्रना पछि त्यो सबैभन्दा तल गयो ।’

    त्यस्तै प्रेम र घृणाको सम्बन्ध हाम्रो पनि नेताहरूसँग नहुने होइन । २०४६ सालमा ‘वीरे चोर देश छोड’ भन्ने र गिरिजाप्रसाद कोइरालाको हाई-हाई गर्ने जनता (पक्कै, यो पनि सामान्यीकरण हो) वीरेन्द्रको शवयात्रामा टाउका मुडेर सहभागी भए र तिनै कोइरालाको गाडीमा ढुंगा हाने । ‘जनयुद्ध’ बन्द गरेर शान्ति प्रक्रियामा सहभागी हुन भूमिमाथि आउँदाताका दाहालको लोकपि्रयता जति थियो त्यो बितेका चार वर्षमा घटेको कुरा उनी आफैंले एउटा अन्तर्वार्तामा महसुस गरेका छन् ।

    फेरि ‘चोर नेताले देश बिगारे’ भन्ने जनता आफैं पनि विभाजित र दोषी छन् । एउटाले ‘चोर’ भन्दै घृणा गर्ने नेतालाई अर्कोले बडो लगनका साथ मन पराएको र पछ्याएको हुन्छ । नारायणमान बिजुक्छेले भनेका थिए, ‘मौका नपाएर चोखो भएका हामी पनि (मौका पाए) भ्रष्टै हुन्थ्यौं,’ मानवशास्त्री चम्जोङले भने, ‘नेता (भ्रष्ट/चोर) हुँदाहुँदै पनि हामी उनीहरूलाई सम्मान दिन्छौं । (‘चोर नेता’ भन्नेमध्ये) कसैले भ्रष्टलाई सामाजिक बहिष्कार गरेको छ ? हाम्रो समाज कस्तो छ भने ‘काका मन्त्री हुँदा पनि यसले केही गर्न सकेन’ भनेर पदीय दुरुपयोग नगर्नेहरूलाई होच्याउन थाल्छौं ।’

    यो लेख आज वैशाख ३ को कान्तिपुरमा प्रकाशित भएको हो ।

  • शेर्पा, सम्मान र सगरमाथा

    दिनेश वाग्ले/सुरज कुँवर

    काठमाडौ- अंग्रेजी शब्दकोषहरूमा ‘शेर्पा’ शब्दका प्रायः दुईवटा अर्थ भेट्टाइन्छन् । पहिलोले जनाउँछ नेपालका हाम्रा शेर्पा दाजुभाइ/दिदीबहिनीलाई । अंग्रेजी भाषाको आधिकारिक मानिने शब्दकोष ‘अक्स्फोर्ड’ले ‘शेर्पा’लाई यसरी अथ्र्याउँछ, ‘नेपाल-तिब्बत सीमानामा बस्ने हिमाली जनसमुदायका सदस्य जो पर्वतारोहण क्षमताका लागि ख्यातिप्राप्त छन् ।’

    लगत्तै अर्को ‘अनौपचारिक’ भन्दै शेर्पाको अर्थ यस्तो उल्लेख गर्छ अक्स्फोर्ड, ‘एक सरकारी अधिकारी या कूटनीतिज्ञ जसले शिखर (सगरमाथा होइन है !) सम्मेलनभन्दा केही अगाडि त्यसको तयारी कार्यभार बहन गर्छ ।’

    गत वर्ष जी-८ र जी-२० शिखर बैठकहरू भन्दा केही अगाडि ती बैठकमा अमेरिकी सहभागिता’bout तयारी गर्ने अमेरिकी राष्ट्रपति बराक ओबामाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्रोम्यानको व्यक्तित्व चित्रण गर्दै तयार पारेको लेखको शीर्षक विजनेस विक पत्रिकाले यस्तो राख्यो, ‘माइकल फ्रोम्यान, ओबामाका शिखर ‘शेर्पा’।’

    सत्य हो, नेपालभन्दा बढी सगरमाथा र शेर्पा’bout विश्वले सुनेको छ । नेपाल’bout नसुन्नेहरूले पनि त्यो सर्वोच्च शिखर र त्यसैको सेरोफेरोमा बस्ने एउटा नेपाली जात समुदायलाई विश्वले चिनेको छ । त्यसैले कतिपय नेपालीहरूलाई अमेरिका या युरोपमा ‘शेर्पा हौ ?’ भनी सोध्छन् । केहीले चाहिँ ‘सगरमाथा चढेका छौ ?’ भन्छन् मानौं सगरमाथा फुल्चोकी डाँडो जस्तै हो । त्यस्तै प्रश्नले आजित भएर होला अमेरिकामा बसेर ‘वासिंटन पोस्ट’मा काम गर्ने एक जना पत्रकार अनुप काफ्लेले केही अघि आफ्नो टि्वटर परिचयमा लेखेका थिए, ‘नेपालबाट आएको हुँ तर म शेर्पा होइन ।’

    खुसीको कुरा हो, हाम्रो देशको एउटा समुदाय विश्वव्यापी चिनिएको छ जसले शब्दकोषमा एकभन्दा बढी अर्थ ओगटेको छ ।

    (त्यस्तै अर्को नेपाली शब्द ‘गोर्खा’ हो ।) धन्यवाद हिमालहरूलाई जसले नेपाल देश र ‘शेर्पा’ जातिलाई त्यो सौभाग्य र गौरवशाली परिचय दिएका छन् ।

    मानिसहरूले त्यहाँ पाइला राखेदेखि नै हो हिमालहरूले उनीहरूलाई ख्याति दिएको । यस अर्थमा हिमाल मानिसहरूका लागि ख्याति, सम्मान र इज्जत कमाउने अग्ला मञ्च भएका छन् । सगरमाथा नचढेको भए के हामी एडमन्ड हिलारीलाई सम्भिmन्थ्यौं ? नागरिकता त्यागेका तेन्जिङ नोर्गेलाई ‘त्यो हाम्रो शेर्पा’ भन्दै गौरव गथ्र्यौं ? हाम्रो इगो शान्त पारिदियो तेन्जिङको त्यो चढाइले ताकि हामीले हाम्रै हिमाल पहिलोपटक चढ्नेको कुरा गर्दा एउटा कुहिरेकै मात्र नाम लिनु परेको छैन । कतिपय कुरा सांकेतिक हुन्छन् र तिनले पूरै समाज या समूहको मनोबल उठाउँछन् या गिराउँछन् । युद्धमैदानमा बहादुरीसाथ लड्ने त केही हजार सिपाही न हुन् तर ‘बहादुर गोर्खाली’ भन्दै हामी सबै नेपालीलाई एउटै घानमा राखेर हेर्दा हामी कति मख्ख पछौर्ं !

    Apa Sherpa
    आप्पा शेर्पा

    के त्यस्तै मख्ख पर्ने अवसर नेपालका, माफ गर्नुहोला, ‘अल्छे’ राष्ट्रसेवकहरूले पाउलान् ? पाउन सक्छन्, अबका एक/डेढ महिनामा लीलामणि पौडेल नेतृत्वको नेपाली ‘शेर्पा’हरूको एउटा टोली आफ्नो सगरमाथा अभियानमा सफल भयो भने । अघिल्लो वाक्यको ‘शेर्पा’ले चाहिँ लगभग अक्स्फोर्डको दोस्रो अर्थ बोक्छ । पौडेल प्रधानमन्त्री कार्यालयका सचिव हुन्, नेपालको दोस्रो सबैभन्दा उच्च तहका कर्मचारीमध्येका एक । बिहीबार लुक्ला ओर्लेर सुरु भएको उनको सगरमाथा अभियानमा सामेल छन्, १४ निजामती (सरकारी) कर्मचारी जसमा संयोगले एउटै पहिलो अर्थदिने ‘शेर्पा’ छैनन् । सगरमाथामा विरलै चासो राख्ने ‘बाहुन’ -जसको पनि, डोरबहादुर बिष्टका अनुसार दुई अर्थ हुन्छन्, एक, जात अर्को प्रवृत्तिहरूले भरिएको छ त्यो टोली । तर नियोजित होइन । सरकारले नेपाल पर्यटन वर्ष, २०११ को मौका पारेर निजामती कर्मचारीलाई सगरमाथा चढ्न पठाउने उद्देश्यले प्रतिस्पर्धात्मक छनोटका लागि खुला आह्वान गरेको थियो । निवेदन दिनेमा शेर्पा थिए/थिएनन् यकिन भएन तर लाङटाङको ५ हजार ५ सय मिटर अग्लो याला पर्वत चढेर तथा अन्य शारीरिक तन्दुरुस्तिका मापदण्ड पूरा गरेर छानिएको टोलीमा गुल्मीका पौडेलसहित ११ बाहुन, तीन नेवार र एक संन्यासी छन् ।

    ‘त्यो संयोग हो,’ बुधबार कान्तिपुरसँग कुरा गर्दै पौडेलले प्रस्ट पारे, ‘छनोट भएपछि मात्रै मैले टोलीका सदस्यहरूलाई चिनेको ।’ पक्कै, बाहुनहरूलाई सगरमाथा या हिमालमा शेर्पाको रेकर्ड तोड्नु छैन । (सुपर शेर्पा भनी चिनिने लाक्पा तेन्जिङ शेर्पा- आप्पा होइ !- त्यो बाहुन बाहुल्य टोली लुक्ला ओर्लिनु एक दिनअघि त्यता लागेका थिए, २१ औं पटक सगरमाथा जित्ने लक्ष्यसाथ ।)

    बाहुन बाहुल्य दोस्रो अर्थदिने ‘शेर्पा’ टोलीको लक्ष्यचाहिँ आफ्नो ‘जाति’ (नेपालका राष्ट्रसेवकहरू) लाई गौरवान्वित तुल्याउनु र उनीहरूमा उत्साह, जाँगर भर्नु रहेको छ । उनीहरूको ‘धुमिलिएको’ छवि ‘उजिल्याउनु’ छ । ‘जोखिम नउठाउने, सुविधाभोगी, चुनौती नखेप्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेका रूपमा निजामती कर्मचारीप्रतिको परम्परागत अवधारणा छ,’ पौडेलले बुधबार काठमाडौंमा भने, ‘हामी त्यो अवधारणा बदल्न चाहन्छौं । हामी जोखिम उठाउन तयार छौं । व्यक्तिगत फाइदा होइन, राष्ट्रको, (निजामती) संगठनको र आफूले काम गर्ने संस्थाका लागि जुनसुकै तहको जोखिम उठाउन तयार छौं तर त्यो जोखिम व्यक्तिगत हुनेछ । हामीले सगरमाथामा सफलता पाए त्यो सम्पूर्ण नेपालीको र निजामती कर्मचारीको हुनेछ ।’

    पक्कै, तेन्जिङ या आप्पाको चढाइमा सबै नेपालीले गौरव गर्दै आएका छन् जसरी उनीहरू बलभद्र कुँवरको बहादुरीप्रति गौरव गर्छन् । बहादुरी र सफलताका एकाध घटनाले समाजमा व्यापक प्रभाव पारेका हुन्छन् । सम्भवतः त्यसैले मानिसहरूलाई कसैले नगरेको या खतरापूर्ण काम गर्न उक्साउँछ । त्यसो गर्दा व्यक्तिगतरूपमा पनि उसको ख्याति समाजमा फैलिन्छ । व्यक्तित्व र उसलाई उत्प्रेरणा दिने अनेक तह र आवश्यकता हुन्छन् जसलाई १९४३ मै मनोविज्ञानका अमेरिकी प्राध्यापक अब्राहम मास्लोले पिरामिडमार्फत प्रस्ट पारेका थिए ।

    ‘आवश्यकताको तह’ भनिने मास्लोको पिरामिडको सबैभन्दा तल ‘मनोवैज्ञानिक’ (श्वासप्रश्वास, खाना, पानी जस्ता आधारभूत) आवश्यकता छन् भने दोस्रो ‘सुरक्षा’ सिँढीमा ज्यान, रोजगारी, स्रोत, नैतिकता, परिवार, स्वास्थ्य र सम्पत्तिको सुरक्षा छन् । ‘प्रेम’ नामको तेस्रो सिँढीमा मित्रता, परिवार छन् भने चौथोमा इज्जत, विश्वास, उपलब्धि, अरूबाट सम्मान । पाँचौंमा आत्म वास्तविकीकरण पर्छ जसमा अथ्यहरूको स्वीकार गर्नेदेखि सिर्जनशीलता, समस्या समाधानजस्ता विषय पर्छन् ।

    सरकारी सेवामा नेपाली समाजमा मास्लोले दोस्रो सिँढीमा राखेजस्तो सुरक्षित रोजगारी नै हो । तर त्यो सेवामा जानेबित्तिकै मास्लोले चौथोमा उल्लेख गरेजस्तो ‘इज्जत’ पाइन्छ भन्ने छैन । बरु त्यसको उल्टो, पौडेलले भनेजस्तै, सरकारी कर्मचारीको छवि नकारात्मक छ । त्यो न्यूकीरण गर्दै कर्मचारीलाई इज्जत दिलाउन यो ‘बाहुन बाहुल्य शेर्पा’ टोलीको सगरमाथा आरोहणले योगदान दिने अपेक्षा टोली सदस्यबाहेक समाजका अन्य तप्काको पनि अपेक्षा छ । ‘फाइल ढिला सार्ने (अल्छे) का रूपमा कर्मचारीलाई लिइने गरेको छ,’ टोलीलाई बिदाइ गर्दै काठमाडांैमा बुधबार पर्यटन व्यवसायी योगेन्द्र शाक्यले भने, ‘त्यो छवि बदल्न यो कदम उठाउनु भएको होला । हिमालमा एक दिन के सही निर्णय लिन एक मिनेट ढिला भयो भने ज्यानै जान्छ । त्यसैले तपाईंहरूले सफलता पाए कर्मचारीको छवि सुधार र उनीहरूमा आत्मविश्वास सिर्जना गर्न सहयोग पुग्ने आशा छ ।’
    प्रकाशित मिति: २०६७ चैत्र २६ ०९:२७ कान्तिपुर दैनिक

  • शहरिया: बानी हाम्रो नराम्रो

    traffic awareness harding board tinkune
    सडक स्तरीय छ, तर हाम्रो बानी ? तस्बिर- कान्तिपुर

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    सुनामी र भुकम्पले गराएको क्षती र आणविक सन्त्रासलाई टाढाबाट हेरेका हामी मध्ये कतिले ट्वीट्टरमा #prayforjapan भन्दै जापनका लागि प्रार्थना गरेका हुनुपर्छ । ठिकै छ, सबै ‘जनता’ले नगरेपनि हाम्रो कुरा बुझ्ने (कस्तो खोकी लाग्यो) सरकारले जापानलाई सुख्खा विस्कुट र कम्बल सहयोगार्थ पठाएको छ । त्यस’boutको समाचार जापानकै क्योडो न्यूजले पनि लेखेपछि भ्वाइस अफ अमेरिकाका पत्रकार स्टिभ हर्म्यानले यस्तो ट्वीटे– ४ सय ५० डलर बाषिर्क प्रतिव्यक्ति आम्दानी भएको नेपालले ३० हजार डलर वाषिर्क प्रतिव्यक्ति आम्दानी भएको जापानलाई विस्कुट सहयोग पठाउदै छ रे ।’

    दुइवटा प्रतिक्रिया मनमा आए । ओहो, हामीले जापानलाई सहयोग पठाउदै छौ ! पहिलो प्रतिक्रियालाई बगाउने सुनामी चाहि मनमा त्यो ट्वीटमा भएका अंङकहरुबीचको खाडलले ल्यायो । हामी कति गरिव छौ है ? त्यति धनी देशले हाम्रो सहयोग लिइदिएर कतै हामीलाई आत्मसन्तुष्टिको कारण दिएको छैन ? यस्तै प्रश्न मनमा उठ्छन् जव म तीनकुने-सूर्यविनायक खन्डको तीनकुने-जडिबुटी सडकमा दिनको दुईपटक हिड्छु । अनि मनमनै जापानलाई धन्यवाद दिन्छु- यति राम्रो सडक बनाइदिएकोमा ।

    तर फेरी हाम्रो गरिवी जसले हामीलाई ती सुन्दर संरचना राम्ररी प्रयोग गर्नबाट रोक्छ । आर्थिक मात्र होइन, मानसिक पनि । चेतनाको अभाव । सडक कहाबाट तर्नुपर्छ ? कुन बत्ति बल्दा कार रोक्नुपर्छ ? के ती कुरा हामीलाई, जतिसुकै गरिव भएपनि, थाहा छैन ? तर हामी नियमअनुसार गर्छौ ? गत शुक्रबार सकिनेगरी जापानीहरुले नै तीनकुने-कोटेश्वर-जडिबुटीमा स्थापना गरेका ट्राफिक बत्तिहरुलाई गाडीहरुको भेलसँग सहजै समायोजन गर्न साताव्यापी चेतना अभियान चलाए । सूचना टासे (तस्बिरमा) । नेपाली स्वयंसेवकहरुले रातो बल्दा पनि दौडिने हामीलाई रोके र हरियो बलेपछि मात्र बाटो तर्न सिकाए । रातो बल्दा आफूलाई राजा ठान्दै गाडी बढाउने हामीहरुलाई स्वयंसेवकले बीचैमा रोकेर लाजमर्दो पारे । लाजमर्दो ? हामीलाई लाज हुन्छ र?

    ‘पख्नुस, पख्नुस,’ रातो बत्ति बलिरहेको बेला सडक तर्न खोज्ने एकजना अधर्य पुरुषलाई पाखुरामा अठ्याउदै स्वयंसेवकले भने- ‘तपाईलाई मात्र हतार छ ?’

    त्यतिन्जेलमै अर्की महिला सडकमो बीचमा पुगिसकेकी थिइन् जुसलाई गुडिरहेको मीनिबसले हान्ला जस्तो भइरहेको थियो ।

    गाडीहरुका लागि रातो बत्ति बलेसँगै पैदलयात्रुका लागि हरियो बल्यो । तर लगनखेलतिरबाट आइरहेको बा १ ख ७१३५ को मिनिबसका चालकलाई पर्खिने धैर्यता भएन । स्वयंसेवक दौडिएर बसैअगाडी उभिनुपर्‍यो- ‘लु, मैमाथि भएर जाउ’ भन्ने फिल्मी शैलीमा । रातो बत्ति बलिरहेको छ, गाडीले रोकिनुपर्छ- तर बा ८ च ६०१५ को कारका चालकले चाहि आफूलाई शायद नियम मान्नु नपर्ने छोटे राजा ठाने । उनी जवर्रजस्ती जान खोजिरहेपछि ट्राफिक प्रहरीले सिठ्ठी बजाएर रोक्नुपर्‍यो र उनको सिसामा लगाएको स्टिकर -जो नियम विपरित थियो) उप्काइदिनु पर्‍यो । ‘रातो बलेपछि गाडी राक्नुपर्छ, थाहा छैन ?’ ट्राफिकले उनलाई हपारे । लाचार उनी रातो अनुहार बनाउदै ‘थाहै भएन’ भन्न थाले ।

    हो, विश्वका शहरहरुको तुलनामा काठमान्डू एउटा ठूलो गाउँ जस्तै छ- झन्डै स्लम या झुपडपट्टी जस्तो । तर शहरलाई ‘सुन्दर देशको राजधानी’ पगरी गुताएपछि हामी ‘शहरिया’को त्यति पनि कर्तव्य हुदैन कि हामी विस्कुट खाएपछि खोल फ्यात्त सडकमा नफालौं ? या, अरुका कानै फुट्ने गरी चिच्याइचिच्याई मोवाईलमा कुरा नगरौं ?

    ‘सबैभन्दा ठूलो समश्या त्यही छ,’ शहरी योजना’bout जानकार इन्स्टिच्युट अफ इन्जिनियरिङ्, पुल्चोककी सहायक प्राध्यापक संगीता सिंहले भनिन्- ‘बानीव्यहोरा छैन मान्छेहरुमा ।’ थाहा भएर पनि मानिसहरुले नियम नपछ्याउने गरेको उनले बताइन् । ‘सजायको व्यवस्था नभएर त्यस्तो भएको,’ संगीताले भनिन्- ‘सिंगापुरमा सजायको व्यवस्था भएकाले मान्छे सडकमा फोहोर फाल्न डराउछन् ।’

    शायद संगीताको त्यो सुत्र प्रभावी हुनसक्छ हामीलाई नियममा बाध्न । नभए जापान या अन्य मुलुकले जे जस्ता पूर्वाधार बनाइदिएपनि तिनलाई हामी बादरले झै विगार्छौ -ट्रलि, साझा बस आदि) । तीनकुने-सुर्यविनायक खन्डमा ढिलो/छिटो गुड्नेलाई त्यहीअनुसारको लेनको व्यवस्था गरियो तर त्यसलाई नबुझी दौडिदा मानिसहरु दुर्घटनामा परे । माल छ, तर त्यो उपयोग गर्ने ‘चाल’ छैन । स्कुलमा पढाएर पनि नहुने रहेछ यस्तो कुरा । कोटेश्वरमा ट्राफिक व्यवस्थापन गरिरहेका स्वयंसेवकले भने- ‘स्कुले बच्चा सबैभन्दा बढी नियम मिच्ने ।’ के भएको शहरमा ?

    हामीले कोरियामा किनेर पठाएको सुख्खा विस्कुट टोक्दै गर्दा जापानीले भन्लान्- धन्यवाद नेपाल ! तर हामीलाई सबैभन्दा खुशी त्यति बेला हुने छ जव नेपालीहरु हामीले बनाइदिएको सडकमा नियमपूवर्क हिड्न जान्दछन् ।

    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

  • Our Poverty [and dry food to Japan]

    Have a look at the following tweet by Steve Herman, a journalist for VOA, based in  Seoul, Korea.

    https://twitter.com/#!/W7VOA/status/50426467309465600

    Very interesting and true, isn’t it? Japan’s Kyodo News agency reports about Nepal’s dry food offer:

    Nepal plans to send dry food, particularly biscuits, to Japan to help the quake and tsunami-hit nation deal with dwindling food stocks, a Foreign Ministry official said Wednesday.

    ”We came to know from a Japanese Embassy official in Kathmandu about food shortages in Japan,” Rudra Nepal told Kyodo News.

    ”We are holding discussions to send dry food, including biscuits and other packaged items, to Japan,” the official said.

    ”Though the Japanese embassy official did not make a formal request, we want to do what we can to help Japan, a long-time friend of Nepal, deal with the aftermath of the disaster,” he added.

    Nepal, he said, has already decided to send 5,000 blankets to Japan, which are being procured from South Korea by Nepali Embassy officials in Japan.

    Meanwhile, Nepal has put on hold its decision to send a 15-member team of security personnel to aid rescue and recovery efforts in Nepal after being informed by Japanese officials that most foreign rescue teams are already returning from Japan, he said.

    ==Kyodo. Read a related report in eKantipur

    I quietly thank Japan every time I walk on the Tinkune-Jadibuti section of the Tinkune-Suryabinayak six lane road (which I do at least twice a day) for building such a nice road in Kathmandu. Now their international aid agency Jica is helping Traffic police set up traffic signals on the road. I can see people are finding it very difficult to get themselves acquainted with the rules.

    So quake and tsunami hit Japan. We prayed for Japan on Twitter. Some of us will easily agree with the view that even the quake hit areas of Japan, including those near to the problematic nuclear power plant, are far far better than the average condition of Nepal. Many of us will not think for a second to accept an opportunity to trade our life here with that of the remotest/least developed parts of Japan. That’s because of the stark difference, as Steve points out in his tweet, between the annual per capita income of Nepal (US $450) and that of Japan (US $33,000).

    Phew! The difference makes me tired. But I appreciate our government’s effort to send biscuits to Japan. (I hear that they will be bought in Korea like the blankets Nepal is sending to Japan). A small Thank You to Japan for building nice roads and infrastructures in Nepal.

  • A car with two license plates. Spotted in Kathmandu

    All the way from Jharkhand (JH), India to Kathmandu…with two identities…perhaps suitable for a society that is being engulfed by the rise of identity based politics. Spotted in downtown Kathmandu last week.

  • No Sin Was Committed While Taking This Photo #Guhyeshwari

    guheshwari temple no photo notice
    Are you sure you are not sinning by photographing the temple? Why do you commit a sin? Photography (still, mobile, video) is strictly prohibited in the Goddess Guhyeshwari's temple complex. Strong action will be taken if you photograph temple after reading this notice. Let us all abide by the temple rule. Thank you. -Shree Guhyeshwari Temple Management Committee.

    I got very angry when I saw this notice pasted on the walls of Guhyeshwari temple complex today afternoon. My blood is still boiling- six hours after I first saw this. I felt like giving a tight slap- saale ko galai ma- on the cheek of this guy who ordered for this to be pasted here. The kind of slap that leaves imprints of all five fingers clearly visible on the cheek and the person receiving this falls instantly on ground. And then a few kicks on.. you name the body parts. And throw him on the nearby Bagmati river.

    Photography could be barred at certain places. Fine, though I don’t see any reason to do that at temples complexes. What harm will be caused to the God if someone photographs Him? Still, I have no problems if some temples restrict photography. BUT I have problem with the tone and language of this particular notice. It associates SIN with photography. A classic example of playing the “paap lagchha” card (babu, teso garnu hunna, paap lagchha), playing with the religious sentiment of people, exploiting the ‘superstitious instincts’ of many illiterate people of Nepali society. Instead of giving convincing reasons, scientific argument for barring photography in the temple the notice associates the act of photographing in the temple complex an act of SIN. Who the hell is this person or the committee to decide that photographing the temple or the deity is a sin?

    Another insane thing one can see at Hindu temples is a notice that says: “Entry for Hindus only.” Why do we restrict people from other faith from entering temples? Will they eat our deities? Utter nonsense. A Shillong-based Nepali-speaking writer and an ex-Indian army officer once told me: “How do we tell people of other faiths about Hinduism when we bar them from entering our temples? Who wants to learn about Hinduism when they can’t even see the Hindu God and Goddesses?”

    P.S.: I am not concerned about spreading Hinduism or interested in converting people of other faiths into Hinduism.I am against Hindu fundamentalism. And I also strongly protest any efforts of converting poor Hindus of Nepal into other religions. BUT I don’t agree with such foolish notice that associate photography in temple premises with sin.

    Links:
    1. Burning Effigies [in the Name of Lord Shiva]
    2. Politics of Religion and Conversion

  • Happy Holi, Kathmandu!

    Happy Holi, Kathmandu!

    A lad celebrating Holi poses for camera in Minbhawan, Kathmandu
    A lad celebrating Holi poses for camera in Minbhawan, Kathmandu

    Almost all pics by Suraj Kunwar

    (धेरै…)

  • Khojuwa: kathmandu searching dog

    image

    As seen on the wall of a restaurant- Picasso- in Patan. The full name goes like this: Picasso- Artist de la Cusine.

    Albatross the band will start playing live music momentarily. They have set up their instruments outside. U’ll have to buy a prepaid Rs. 500 coupon at the entrance gate to enter a spacious dining room to eat food of your choice. Well, there is not much to choose from, says my restaurant critic friend Deepak Adhikari looking at the menu that, according to an waiter, has been trimmed for the day.”This is a new menu for me too,” says the waiter.”Today is the first day of our new Friday event.”

    Posted from WordPress for Android

  • एउटा लामो ट्वीट [a very long tweet]

    मेरा एक सय ४० अक्षर- an article about twitter in kantipur
    यो लेख आजको कान्तिपुर 'हेल्लो शुक्रबार'मा प्रकाशित भएको हो ।
    ठूलो पार्न यहा क्लिके हुन्छ । त्यस्तै आजै प्रकाशित ‘साताका ट्वीट्स‘