Latest stories – पछिल्ला टिप्पणीहरू

  • A Day in Jammu

    Here are the tweets that I started posting as I left Dharmashala for Jammu via Pathankot. Tweets stopped as I entered Jammu because there’s no internet service via phone in Jammu. The pre-paid phone connections didn’t work at all.

    india tour.. to jammu via pathankot from dharmashala
    A lady on her way back home from the Vaishodevi pilgrimage. I didn’t go there as my mood was totally ruined by the guest house environment and the possibility of carrying the luggage on the 12 km hike up to the temple. There were more reasons than this but primarily my swinging mood. I was surprised that I didn’t go! (धेरै…)

  • Dharmashala, India [Home of Dalai Lama]

    I present here the photos taken in Dharmashala and tweets posted from the trip.

    #1. Back to backpacking. Feels like I am Home 🙂
    3:08 AM Aug 29th from TwitterFon

    #2. This auto driver, with sunglasses n short hair n halka daari, is ‘babaal hero’ though he didn’t discount in the IRs 70 fare to Paharganj 3:28 AM Aug 29th from TwitterFon

    #3. Waiting for the Bus 2 show up. @ the park of Dargah Hazrat Peer Mohammad Banbasi opposite 2 RamKrishna Ashram Metro station #Delhi. Excited. (धेरै…)

  • सीए बन्न दिल्लीमा

    nepali students of ca in delhi

    दिनेश वाग्ले

    हालैको एक रात पसिनाले निथ्रुक्क विज्ञान अधिकारी पढाईबाट १० बजे कोठामा फर्केका थिए। दिल्लीको लक्ष्मीनगरस्थित तीन नम्बर गल्लीको एउटा घरको सबैभन्दा माथिल्लो चौथो तल्लामा छिरेपछि उनले काठमान्डू बस्ने परिवार सम्भि्कए। ‘घरमा मान्छे सुतिसके होलान्,’ १९ बर्षेले भने– ‘हामी भने भर्खर फर्केका छौं।’

    ‘हामी’ अर्थात सहवासी १९ बर्षेहरु मिलन राई, शिशिर भट्टराई, प्रतीक सापकोटा र १८ बर्षे बेल थापा जो सहपाठी पनि हुन्। नेपालको विभिन्न भागका यीनीहरु अन्य थुप्रै नेपाली तन्नेरीझैं चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने लक्ष्य लिएर भारतीय राजधानी आएका हुन्। तीन साता अघि बसबाट दिल्ली उत्रिएका उनीहरुले अबका चार बर्ष यहाँको प्रचन्ड गर्मी, निर्दयी जाडो, छिचोली नसक्नुको भिड र देख्दै दिक्क लाग्ने कितावी ठेलीहरुको सामना गर्नुपर्नेछ। बसाईको अन्त्यसम्ममा उनीहरुले यमुना किनारको त्यो बाक्लो बस्तिका थुप्रै गल्ली चाहर्दै जनकपुरे तर्कारी विक्रेतासँग लौका किन्ने छन्, गुल्मेलीको ‘एभरेस्ट हट’मा मम खानेछन्, समोसाको आलुझैं कोचिएका मान्छेहरुलिएर हिडेका बस र वातानुकुलित मेट्रोमा अनगिन्तिपटक यात्रा गर्नेछन्। अनि, सबैभन्दा महत्वपूर्ण, सीएको सर्टिफिकेट अठ्याउने छन्।

    nepali students of ca in delhi

    ‘वेलकम टू द वर्ल्ड अफ हेल कल्ड सीए (सीए नामको नर्कमा स्वागत छ)’ कठिन पाठ्यक्रम र त्यसमाथि विजय पाउन खर्चिनुपर्ने समयलाई इगिंत गर्दै पुराना विद्यार्थीले नयाँलाई यस्तै एसएमएसबाट स्वागत गर्छन्– ‘हास्न बिर्स अब।’ शिक्षकले पनि सम्भावित व्यस्तता’bout सचेत तुल्याउछन्। अर्न्तवार्ता लिइएको रात यमुना पारीको आइटीओ स्थित एउटा अडिटोरियममा सञ्चालित कक्षामा पहिलोपल्ट हाजिर भएर फर्केका विज्ञानले भने– ‘सरले पनि ‘अब तुम फसे, तुम्हारी जवानी गई’ भन्नु भयो। टाइम चाहि बढी नै दिनुपर्छ यसलाई।’ u000aकक्षाको पहिलो दिन बेलले हत्तपत्त विर्सने छैनन्। ‘२०/२५ जनाको ग्रूपमा पढेको बानी,’ नवलपरासीमा स्कुल, काठमान्डूमा प्लस टू, र बाँकी साथीहरुलाई भेटेको ठाउँ नयाँ बानेश्वरस्थित प्राइम चार्टर्ड एकेडेमीमा ६ महिनाको कमन प्रोफिसिएन्सी टेस्ट (सीपीटी) कोर्स गरेका बेलले भने– ‘यहाँ दुई तीन सयलाई एउटै हलमा देख्दा अचम्म लाग्यो। सरले माइकिङ् गरेर पढाउनु भयो, प्रोजेक्टरमा।’ प्रतीकले भाषाको समश्या व्यहोरे। ‘२० प्रतिशत हिन्दी बुझिएन,’ उनले भने– ‘सरले त्यस्ता शब्द बोल्ने जो हिन्दी फिल्ममा सुनिएको थिएन।’ (धेरै…)

  • Face Value: Being a Nepali in India

    What are Nepalis and Indians supposed to look like? Search me!

    dinesh wagle

    By Dinesh Wagle
    Wagle Street Journal
    This article first appeared in today’s Kathmandu Post. Here is the PDF page It’s also available in eKantipur, and the official webpage of the Post.

    I often carry my passport these days in Delhi whenever I go out. Not that a Nepali needs to have one to enter India unless the entry is by air. No one asks for a passport here, not even those Intelligence Bureau sleuths whom I bump into occasionally at gatherings and interactive programmes where they, like me, go to cover the event. They are nice and they know that I am a Nepali. The problem often comes when I interact with ordinary Indians who are preoccupied with certain perceptions about the general look of the Nepali people. (धेरै…)

  • गाडी चम्काउने ठिटो

    कार चम्काउने ठिटो
    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्‍याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए, त्यतिखेर पनि उल्टी भयो ।’

    त्यो १५ वर्ष अघिको कुरा । जिन्दगीका थुप्रै मध्येको संयोग हो, पहिलो यात्रामा उल्टी गरेर गाडी फोहोर गर्ने कमलबहादुर खड्काको अहिले पेसा भा’छ- गाडी सफा गर्ने । फरक यत्ति हो, उल्टी नेपालमा बसमा भएको थियो, सफा उनी दिल्लीमा भारतीयहरूका साना गाडी (कार) गर्छन् । मान्छे र गाडीको सम्बन्ध पनि अजीवकै छ ।

    सन् १८८५ मा ‘मोटरवागेन’ बनाउँदा कार्ल बेन्जले त्यो मानिसहरूले चढ्ने ठानेका थिए । उनी सही थिए । आधुनिक गाडीका आविष्कारक मानिने ती जर्मनले १८८८ देखि १८९३ सम्ममा करिब २५ बेन्ज गाडी बेचे । त्यही वर्ष उनले सामान्य जनताले किन्न सक्ने गाडीको मोडल ल्याए । त्यसयता विश्वका अर्बौंले गाडी चढेका छन् र बेन्जजस्ता भाग्यमानी तथा प्रतिभाशाली केहीले चाहिँ आफूलाई गाडीका ब्रान्डका रूपमा स्थापित गरेका छन् । बेन्जले अर्का जर्मन इन्जिनियर गोट्टेलिव ड्याम्लरसँग सहकार्य गरेकैले हामीले ‘ड्याम्लर-बेन्ज’ गाडी देखेका हौं । जर्मनीकै विल्हेल्म माइबाखको थर प्रयोग गर्ने गाडी अहिले संसारकै महँगो मध्येकोमा पर्छ । अमेरिकी हेनरी फोर्डले १९०३ मा स्थापना गरेको फोर्ड कम्पनी विश्वको चौथो ठूलो मोटर निर्माता हो । जापानका किइचिरो टोयोडाले आफ्नो थरको ‘डी’लाई ‘टी’मा बदलेसँगै अगस्ट १९३७ मा कम्पनीको नाम टोयोटा राखे ।

    विश्वकै ठूलो मोटर कम्पनी टोयोटाका महँगा कार किन्न नसके पनि हामीमध्ये धेरैले कम्तीमा १० रुपैयाँ तिरेर नेपालभरि छ्यासछ्यासी चल्ने ‘टोयोटा ह्यास’ माइक्रोबस पक्कै चढेका छौं । टोयोटाकै पूर्वकर्मचारी सोइचिरो होन्डाले, हामीलाई थाहै छ, आफ्नो थरलाई विश्वभरि बाइक र कारको ब्रान्डका रूपमा चिनाएका छन् । १९०९ मा जापानकै सानो गाउँ हामामात्सुमा ‘सुजुकी लुम कम्पनी’ खोलेका थिए, मिसियो सुजुकीले । काठमाडौंमा गुड्ने प्रत्येकजसो ट्याक्सीमा देखिने ‘मारुती सुजुकी’को सुजुकी तिनै जापानीको थर हो । सुजुकीले ८० को दशकयता भारतमा बनाएका गाडी ‘मारुती-सुजुकी’बाट चिनिन्छन् ।

    सुजुकीले भारतमा कार बनाउन थालेको २५ औं वर्ष हालै पुग्दा यहाँका सडकमा क्रान्तिकारी परिवर्तन आएको विश्वले महसुस गरेको छ । २००८ मा भारतमा राष्ट्रिय र विदेशी बहुराष्ट्रिय कम्पनीहरूले २३ लाख गाडी उत्पादन गरेर यसलाई विश्वको नवौं ठूलो गाडी उद्योगको हैसियत दिलाए । भारतीय सहरहरूमध्ये दिल्लीमा सबैभन्दा बढी गाडी छन् । बढ्दो जनसंख्या र तिनको सुध्रँदो आर्थिक अवस्थाले कारको संख्या बढाएको हो । घरमा ठाउँ नहुँदा गाडी सकेसम्म अगाडिको या नजिकैको सडकछेउ राखिन्छन् । काठमाडौंमा बाइकचोरको विगविगीजस्तै छ, दिल्लीमा कारचोरको । त्यसैले दिनभरि गुडेर हिलाम्ये/धुलाम्ये भएका गाडी राति सुरक्षा गर्ने र बिहानै सफा गर्ने जिम्मा देशमा रोजगारी नपाएर विदेशिएका कमलजस्ता गरिब नेपालीको ।

    बिहीबार राति १० बजे दिल्लीको जंगपुरामा यो लेख्दै गर्दा बाहिरको सडकमा २५ वर्षे कमलको ‘चौकिदारी ड्युटी’ सुरु भा’छ । त्यसबापत उनले महिनामा २२ सय भारु पाउँछन् । बिहान पाँच बजेतिर उनी मोहल्लाका २२ वटा गाडी सफा गर्छन्, जसबाट अर्को २५ सय कमाउँछन् । एउटा टालोले माटो/धूलो झारेपछि अर्कोले उनी गाडीको जीउ र सिसा पुस्छन् । सातामा एकपटक जस्तो भित्रका म्याट सफा गर्नुपर्छ । १० बजे काम सिध्याएर आधा घन्टा हिँडेपछि उनी कोठामा पुग्छन्, जहाँ आफ्नोजस्तै कामबाट फर्केका चारजना कञ्चनपुरेलाई भेट्छन् । ‘त्यतिबेला सबैभन्दा रमाइलो’ उनले भने- ‘कसैले आटा बुन्नी, कसैले सब्जी बनाउने, कसैले रोटी । साथीहरूसँग हाँसोमजा हुन्छ, खाना बनाउँदा ।’

    ‘हाँसोमजा’ गर्नमात्र महिनामा १४ सय पर्ने कोठामा पाँचजना बसिएको होइन । ‘एक्लै बस्दा भाडै तिर्न सकिन्न, मेन त’ कमलले भने- ‘पैसा नबच्ने भयो ।’ घरमा के पठाउनु ? महेन्द्र बस्तीमा उनकी पत्नी, उनीहरूको तीन वर्षे छोरो, बाबु/आमा, सात र दुई कक्षाका भाइ र एक बहिनी छन् । दुई दिदी र एक बहिनीको बिहा भयो । दाजु भारतकै ‘सुरततिर यस्तै नोकरी गर्छन् ।’

    वनबासाबाट बस चढेर पहिलोपटक दिल्ली उत्रँदा उनी १९ वर्षका थिए (त्यसपाली पनि उल्टी भा’थ्यो) । त्यतिबेला दाजुले चौकिदारी गर्ने जंगपुराकै ए ब्लकको एउटा कोठी (घर) मा कमलले लगभग तीन सालजति खानासाना बनाइदिने, सफाइ गरिदिने गरे । त्यही कोठीमा काम गर्दा उनले पहिलोपटक सानो गाडी (स्यान्ट्रो) चढेका थिए । (‘चक्कर चल्यो, तर उल्टी भएन’, उनले भने- ठूलोमा जस्तो धेरै धक्का नदिने ।’) ‘त्यहाँ तनखा नबढाउने’ भएपछि उनले नजिकैको ब्लकमा चौकिदारी थाले । सराइको आसपासमै उनले बिहा गरे । कतिन्जेल यो काम गर्ने हो, उनलाई पत्तो छैन ।

    स्टेरिङ त सफा गर्दामात्र छुने हो, चलाउन आउँदैन । तर आफूले धुने गाडीहरूको नाम र लगभग मूल्य कमललाई थाहा छ- ‘स्कार्पियो’ (१० लाख), ‘होन्डा सीटी’ (६/७ लाख), ‘इस्टिम’, ‘अल्टो’, ‘एटहन्ड्रेड’ र ‘वागनर’ । ‘हाम्रो लागि सबै राम्रो’ गाडीहरू ’boutको एक प्रश्नमा कमलले आधा हाँसो फ्याँक्दै र मलाई हेर्दै भने । उल्लेख गर्न दबाब दिएपछि दुई वर्षअघि १५ सयमा किनेको सेकेन्ड ह्यान्ड ‘एटलास’ साइकलका मालिकले भने- ‘स्कार्पियो होला । अलि ठूलो, अलि बलियो ।’ केही अघि कञ्चनपुरकै ड्राइभर साथीले होन्डा सीटी ल्याउँदा उनी त्यसमा छिरेर केहीबेर घुमेका थिए । त्यो अनुभवलाई उनले ‘आनन्द’, ‘धक्का नआउने’ र ‘एसिभ’काले चिसो’ जस्ता शब्दबाट वर्णन गरे । भाग्यमा रै’छ भने कमल एकदिन आफ्नै गाडी पनि चढ्लान, तर तत्काललाई उनको प्राथमिकता अर्कै छ । ‘जमिन किनौला भन्ने विचार छ’, लजालु, कम र छोटा वाक्य बोल्ने तथा निकै कम हाँस्ने कमलले भने- ‘गाउँतिर ।’

    यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ छ ।

    सम्बन्धित लि‌ङ्क

    १. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

  • अफगानिस्तानमा जो बाँचे

    दिनेश वाग्ले
    यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ ।
    afghanistan helicoptor crash survivor

    नयाँदिल्ली- अभिषेक अधिकारी आफूलाई कम्ती भाग्यमानी ठान्दैनन् । अफगानिस्तानमा अघिल्लो साता जल्दै गरेको हेलिकप्टरबाट उम्किएका उनी केही दिन दिल्लीको एपोलो अस्पतालमा बिताएपछि लगभग ठीक भएका छन् । पासपोर्ट हेलिकप्टरसँगै जलेकाले उडेर नेपाल फर्किन दिल्ली विमानस्थलमा केही समस्या होला । तर यो क्षण उनको चित्त सहयात्री साथीको मृत्युले बढी दुखाएको छ ।

    अढाई महिनाअघि दुबईका लागि काठमाडौं छाड्दा उडानमा सम्भवतः सबैभन्दा खुसी व्यक्ति थिए विष्णु मल्ल । खासै भरपर्दो जागिर नभएका यी तन्नेरीले लामो समयदेखि कल्पेको डलरमा तलब पाइने काम पाउनै आँटेका थिए । दुबईबाट लगत्तै अफगानिस्तान गइहाल्नुपर्नेमा आबुधावीमा दुई महिना बस्दा उनी केही चिन्तित भएका थिए तर हरेस खाएका थिएनन् । दुबईमा रहँदा भविष्यका योजना’bout अभिषेकसँग खुबै कुरा गरेका विष्णुले अफगानिस्तानसम्मको उडानमा ‘अब काम पाइयो, राम्रोसँग गर्नुपर्छ’ भन्दै सुखद जीवनको कल्पना गरेका थिए । (धेरै…)

  • Back in Delhi

    And today we are back in Delhi. It was around 20 hours train ride from Bandra, Mumbai to Nizamuddin. It was ok and we were all tired. We are super tired. It was not a particularly long journey but it was a whirlwind. Coming back to delhi was like being in the frying pan again as it was hot here

    The trip, like chai, is over, pals. We were somewhere in Gaziabad, not far from Delhi, when we took these pictures. (धेरै…)

  • Bombay. Day II


    Crossing the Bombay sea bridge

    Here is first part of this entry and photo album

    10. Wondering where’s Sandra in Bandra 🙂 [btw, dats interesting documentry screened in Film South Asia some yrs ago.

    11. The great Indian railway bazaar, as appeared in yesterday’s Kathmandu Post: http://tinyurl.com/nr48wj.

    12. Inside a local train to VT. Destinations: Gateway of India and Colaba area. Then to Bandra-Worli sea bridge. No time 4 Dharavi though.

    13.Frm dis local train, tall, grand Mumbai buildings r cnstantly blokd by view of filthy slums,horribly dirty railway track-side hms. Contrast.

    14.Railway track’s so ‘unmumbai’, it fils like travelin in path full of shit n other dirts. Parts of same city dat boasts Marine Dive skyline. (धेरै…)

  • Bombay! Second Edition

    This post talks about events happened in July 11 (yesterday, the first of our two days in Bombay):

    Last time when I woke up inside a Goa-Bombay train compartment, I was in Victoria Terminus (CST), right in the heart/lung/or whatever of the city. That was in October last year. This time, on Saturday 11 July afternoon, I got off at Kalyan Junction, sub-urban Bombay from Goa-Bombay train.

    From there we went to Bandra in a local train as we were scheduled to catch 12 July train to Delhi from there. Then, after booking a hotel room and eating in a Dhaba outside, we went to Marine Drive in a local train.

    Here are the tweets from Bombay. Some of them migh sound too cryptic. I’ll elaborate them, along with relevant pictures, in the next few days: (धेरै…)

  • Anjuna, Goa. [Second Day]

    The following photos were taken in Kolva Beach, Goa, the Cafe Coffee Day near the beach and in Madgaon train station.


    @Madgaon Train Station, Goa

    The following post details the events happened on 10-11 July.

    10 July: Second day in Goa. We woke up at 9 am and headed to the beach at 10. There was a photography session and playing with the sea water which was dirty and filthy and of course salty! The waves were pretty strong and we tried to challenge them taking help of a rock. Futile effort. One wave almost took Gokul away. It was scary.

    We also climbed the hilltop that originated from the beach and went up to several meters. Climbing was relatively easy and we posed for camera with whole lot of creativity!

    Arrived in the train station on Margao to carch the 5:25 train to Bombay. We had to change theree buses to come here from Anjuna (to Mapusa to Panjim to Margao to Station). Then these tweets: (धेरै…)