Latest stories – पछिल्ला टिप्पणीहरू

  • Toy Train 4

    Heitteri, I again lost another post because of iPhone’s hide n seek with the Airtel network. So I was writing two girls ( perhaps sisters or mom-daughter) are seared next to my seat on da left. They r sleeping. Their parents (or father n kaki-chachi) are behind them.

    I was reading Daniel Lak’s India Experss. But wanted to see India by my own eye then reading Lak’s description and experience it. As I was photographing myself and the train this man asks for the book.

    This this man is a Bengali, I guess, who is traveling with his family: wife, I am pretty sure and their daughter or son, I am finding it very hard to conclude. The bespectacled man with French cut beards looks like our Indian ambassador to Nepal Rakesh Sood.

    The train is still moving.

    To be contd…

  • Toy Train 3

    A peek into da train compartment. I am traveling in da first class dibba! (well, k garne, at least toy train ma ta 1st class mai hidnu paryo ni). But it seems there is not much difference between 1st n 2nd class compartments (there are two each of them and in total four) except that seats are good here.

    So I changed the original seat and now I have come to the one that is near to the door and kind of standalone (on my left are two seats where two Bengali girls- sisters or could be mother/daughter) are seated. Their father/husband and kaki/chachi are seated at the back, just before where two Goras are seated.

    When I was writing my blog-that-disappeared, the Bengali family was eating puri tarkari.

    Getting interesting? Check out next entry!

  • Toy Train 2

    Hmm it works but I mourn da diapearance of my first detailed entry. Here I try to recall dat:

    We’ll I can’t recall. Mind became blank 😦 anyway as train is moving slowly negotiating it’s narrow trail with great care (so as not to slide over da hills).

    Pooouuuuuhh! That’s the sound the rail produces frequently along with the famed chuk-chuk and tssssyaaa noise.

    Funny thing is this train has to struggle with da road traffic at times as da rail track goes along side da highway and at several places crosses it. Sometime the train has to be backed (reverse gear perhaps) for reasons like it has to be taken to the Station (as in Kharsang) or the train cimpng from opposite direction has to be given space! After all, this is a toy train.

    To be contd..

  • Live From Toy Train

    Ok, this is sott of retweeting/reblogging. Trying to see if blogging from iphone that is playing hide and seek with da cellular network as it’s owner is traveling in a slow moving toy train on da hills of Darjeeling actually works!

    More later
    Blogged by an executive order of Karhmandu 🙂

  • स्लमडग नेपाली

    slumdog_nepali_koseli_march14
    ठूलो पार्न क्लिक गरे हुन्छ

    स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन ।

    ‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको यो झुकी टुटोस, यहाँबाट फटाफट निस् कम । यहीँ खाने, यहीँ बस्ने, त कहिल्यै अगाडि बढ्दैन ।’

    सोच्ने क्षमता विकास भएदेखि सुरजले मनमा त्यस्तो कुरा खेलाउन थालेका हुन् । अहिले उनी १५ वर्षका भए । दिल्लीको यही झुप्रेबस्तीमा उनी जन्मिए, यहीँ हुर्किए, यहीँ खेले, यहीँबाट स्कुल गए र यसपालि १० औं कक्षाको परीक्षा दिँदैछन् । ठ्याक्कै उनी जन्मेकै झुप्रो चाहिँ १० वर्ष अघि नष्ट गरएिको थियो । औद्योगिक क्षेत्र ओख्लाको फेज-२ अन्तर्गतको त्यो ठाउँमा अहिले एउटा बहुतल्ले अफिस भवन छ । त्यसैको कम्पाउन्डसँग जोडिएको खँदिलो, नाला तथा फोहोर व्यवस्थापन नभएको र मुख्यत झ्याल विहीन सयौं साना झुप्रा छन् । तिनैमध्येको एउटामा सुरज आफ्ना दुई दिदी र बाबुआमासँग बस्छन् ।

    व्यापकरूपमा ‘स्लम’ भनिने यी झुप्रेबस्ती खासमा भारतीय गरबिीका प्रतीक हुन् । कतिपय भारतीयले ‘झुग्गी झोपडी’ भन्ने यी बस्तीमा मुख्यतः गाउँबाट कामको खोजीमा सहर पुगेका मानिस बस्छन् जो न्यून तलबमा निम्नस्तरको काम गर्छन् । (‘झुग्गी’ लाई प्राय सुरजले जस्तो ‘झुकी’ पनि उच्चारण गरिन्छ ।) भारतमा एसियाको सबैभन्दा ठूलो स्लम छ जहाँ झन्डै १० लाख मानिस बस्छन् । धारावी नामको मुम्बईको त्यो स्लममा यसपालि ओस्कार जितेको फिल्म ‘स्लमडग मिलेनियर’ को छायाङ्कन गरएिको थियो जसले स्लमको जिन्दगीलाई यसअघि कहिल्यै नमिलेको प्रचार र ‘ख्याति’ दिलायो । मुम्बईमै अरू थुप्रै स् लम छन् जहाँ अरू लाखौं बस्छन् । -विश्वकै सबैभन्दा ठूलो स्लम किबेरा चाहिँ केन्याको नाइरोबीमा छ । त्यहाँ २२ लाख मानिस बस्छन् ।) झन्डै डेढ करोड जनसंख्या भएको दिल्लीमा छरएिका स्लमहरूमा ३० देखि ३२ लाखसम्म मानिसहरू बस् ने तथ्याङ्क छ । गाउँको गरबिीबाट पिल्सिएर भारतमा रोजगारीका लागि आउने कतिपय नेपाली यिनै स्लममा बस्छन् । तीनैमध्येका एक हुन् सुरजका बाबु दिलबहादुर राहुँ जो बितेका २२ वर्षदेखि ‘जनता-जीवन क्याम्प’ भनिने यो स्लममा बसिरहेका छन् ।
    ‘अब उही भनौ न,’ ४१ वर्षे दिलबहादुरले आफू कसरी झुग्गीमा आइपुगे भनी बताए- ‘मेरो त आफ्नो समस्या थियो तर कुल मिलाएर हेर्ने हो भने रोजीको समस्याले आइयो ।’ (धेरै…)

  • 30

    3 and 0. That is, 30. A life that is THIRTY-year-old (or young?). Whatever. Thank you for encouraging me to post this entry.

  • थाप्लोमा मसुरी

    ३० बर्षे राज खत्री (बायाँ) र ३६ बर्षे आइत खत्री
    ३० बर्षे राज खत्री (बायाँ) र ३६ बर्षे आइत खत्री

    एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ ।

    दिनेश वाग्ले
    तस्बिर– विदुर खतिवडा

    भागी ती भागीका छोरा पिलेन घुइक्याउदा छन्
    अभागी गरिवका छोरा भारी चुइक्याउदा छन्

    मसुरी डाँडोमा भारतभरीका र संसारकै मान्छे पुग्छन् । ’em कुन देश या भारतीय राज्यका हुन् खुट्टयाउन हत्तपत्त सकिन्न । तर खुम्चिएको ढाका टोपी लगाएका, काँधमा नाम्लो भिरेका र यहाँका साघुरा गल्लीमा भारी बोकेर या त्यसै भौतारिइरहेका जुनै पनि मलिन अनुहारलाई सहजै चिन्न सकिन्छ । परिचय विनाकै पहिलो प्रश्न (‘कताबाट हो दाजू ?’) ले तत्कालै उत्तर पाइ हाल्छ– ‘कालिकोट’ ।

    एक हिसावले पुरै मसुरी शहर कालिकोटेहरुको थाप्लामा अडिएको छ ।

    केही मिनेट असिना बर्सिएपछि चिसिएको हालैको एक साँझ एक हुल कालीकोटेहरु मसुरीको केन्द्रमा रहेको घन्टाघर नजिकै सडक किनारमा आगो तापिरहेका थिए । दिउसो एकपटकमा डेढ क्विन्टलसम्म बोक्दाको थकान मेटाउन केहीले मदिराको सहयोग लिएका थिए जो गफमा प्रष्ट झल्किन्थ्यो ।

    ‘लौ लेख्नुस्, हामी कालिकोटका,’ ५९ बर्षे धनु विकले लरबरिएको लवजमा भने– ‘आफ्नो देशमा काम नपाएर अर्काकोमा कुकुरको जिन्दगी विताइरहेका छौं । यही हो हाम्रो खवर ।’

    ‘झ्याप भएर लाजमर्दो कुरा गर्ने हो ?’ ४९ बर्षे रति विकले धनुलाई सम्झाए– ‘राम्रो राम्रो कुरा गर्नुपर्छ पत्रकार सरसँग ।’ (धेरै…)

  • A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

    By Dinesh Wagle
    Wagle Street Journal

    [This article originally appeared on the Op-Ed page of the Kathmandu Post today. See it here as it appeared in the paper. Extended version of this story was published in Nepali in today’s Kantipur Koseli. See it here as it appeared in Koseli. Plus, here is my take on India’s Valentines culture in today’s Op-Ed of Kantipur.]

    Bishnu Prasad Nepal does not work in one of those Indian call centres in Gurgaon that serve American customers, but every evening as the clock hits eight he gets ready for his duty for the next 12 hours. It’s been years since he drew the conclusion that he was born to guard a residential complex in south Delhi with two weapons: a cane and a whistle. As he patrols tapping his cane and blowing his whistle at midnight Bishnu occasionally thinks about the dream that he sees during the daytime. “I wish to make a small home,” said Bishnu who was on duty in a recent chilly night. “That’s it.” (धेरै…)

  • दिल्लीको बहादुर नेपाली

    Delhi Chowkidar. Koseli
    ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन शुरुहुन्छ, १७ बर्ष भयो उनले रातीको ड्युटी गर्न थालेको । त्यसैले सपना उनी दिउसो देख्छन् जो लाखौ अन्य नेपालीकै झै पुरा हुनसकेको छैन । ‘एउटा सानो झुप्रो बनाउन पाए पुग्यो,’ हालैको एक रात ड्युटीमा रहेका विष्णुले भने– ‘बस् ।’

    बामदेव नेपालका पनाती, मधुसुदनका नाती घनश्याम नेपालका छोरा, पाल्पामा जन्मेर दश बर्षमा नवलपरासी बसाई सरेका ४५ बर्षे विष्णुप्रसाद नेपालको त्यो गौरवशाली परिचय नेपाली सीमामै सीमित छ । दक्षिणी दिल्लीको जंगपुरा एक्स्टेन्सनस्थित ब्लक बीमा उनलाई त्यो नामले कसैले चिन्दैन । ‘बादुऊऊर्र !’ कुनै फुच्चे चिच्याउछ– ‘इधर आना ।’ विष्णुप्रसाद नेपाल त्यता दौडिन्छन् । एकैछिनमा अर्को बृद्ध अल्छे पारामा कराउछ जो लगभग ‘बादअअअर !’ जस्तै सुनिन्छ । ‘हाँ बौजी’ भन्दै विष्णुप्रसाद नेपाल ‘बाबु जी’भएतिर खुरर्र दौडिन्छन् ।

    θθθ
    आत्मसम्मान अलिकति पनि नभएको र श्रमको एक चौथाई पनि मूल्य नदिने यो काममा लाखौ अरु नेपाली जस्तै विष्णु पनि सोखले टिकेका होइनन् । स्वदेशमा बेरोजगारीले निसास्सिएका नेपालीका लागि भारत एउटा दलदल हो जहाँ कठिन र तल्लो स्तरको कामबाट मिल्ने थोरै नगदले उनीहरुलाई बषौं अड्काई राख्छ । त्यसैले लाखौ नेपाली गाउ नै खाली बनाएर भारतीय शहरमा श्रम गर्न आएका छन् । भरिया, निर्माण ज्यामी, ढावा-रेष्टुरेन्टमा पकाउने तथा भाडा माझ्ने बाहेक ज्यानमा बल हुनेका लागि चौकीदारी सबैभन्दा रुचाइएको पेशा बनेको छ । एउटा अध्ययन अनुसार दिल्लीमा मात्र २० हजार नेपाली चौकीदार छन् जसमध्ये अधिकाँश सुदुर पश्चिमी जिल्ला बाजुराका छन् । हालैको एक आइतबार दक्षिणी दिल्लीको एउटा पार्कमा बाजुराको बाह्रबिस गाउका युवा चौकीदारीबाट मिलेको विदाको उपयोग गर्दै भेटघाटमा व्यस्त थिए । ‘हामी सबै एउटै वडाका,’ एकजनाले भने– ‘त्यो पनि सबै छैनौ अहिले । गाउका सबै जम्मा भए यहाँ अटाइदैन ।’

    ‘एउटा घरका पाच जनासम्म आएका छन्,’ एकजनाले भने ।

    ‘मेरो घरका सात जना,’ २८ बर्षे भिमबहादुर सार्कीले भने– ‘तीन भाई, एक आमा, एक बुबा, एक बहुरानी र एक छोरा ।’

    सन्डे छुट्टीको दिन । त्यसैले धेरै नेपाली पार्कमा भेलाभएर बैठक गर्छन् जसलाई सोसाईटी मिटिङ् भनिन्छ । कतिपयले बचाएको पैसा त्यही सोसाईटीमा जम्मा गर्छन्, कतिले त्यहीबाट ऋण लिन्छन् । कतिका लागि सन्डे दिउसै टन्न पिउने दिन पनि हो त्यसैले कोही फिट्टु अवस्थामा भेट्टाइन्छन् ।

    ‘हामी डन्डा बजाएर बसेको लेखेर के हुन्छ ?’ रातो आखा भएका एकजना तन्नेरीले लर्वराएको स्वरमा भने– ‘हाम्रो बेइज्जत मात्र हुन्छ । काम पाए उतै बसिन्थ्यो । पेटको लागि आउनु पर्ने ।’

    θθθ

    चौकीदारहरुको मुख्य काम ब्लक या कोलोनी भनिने टोलको सुरक्षा गर्नु हो । टोलका घरमालिक जम्मा भएर समिती (सोसाइटि) बनाउछन् र प्रत्येक घरबाट मासिक निश्चित पैसा उठाएर आवश्यक संख्यामा राती, दिउसो या दुबैका लागि चौकिदार भर्ना गर्छन् । रातीको ड्युटी नौ बजे शुरुहुन्छ र १२ घन्टापछि सकिन्छ । केही चौकीदार विहानीपख टोलका गाडी पुछ्न र धुन थाल्छन् जसबापत उनीहरुले प्रतिगाडी मासिक डेढ सय पाउछन् (बाइकको एकसय) । विष्णुप्रसाद नेपालको ब्लकका दिउसो बाजुराका अर्का तन्नेरी ड्युटी गर्छन् । त्यो ब्लकको सोसाइटीका सचिव हुन् एचआर मेहरा जसप्रति विष्णु आफ्नो हाजिरी लगायतका विषयमा प्रत्यक्ष उत्तरदायी हुन्छन् ।

    ‘नम्बर एक सुरक्षा,’ मेहराले चौकीदार राख्नुको प्रयोजन बताए– ‘कोही पनि यहाँ छिरेर सामान चोर्नु हुदैन । ब्लक भित्रका सबै गाडीको ख्याल गर्नुपर्छ । पार्कमा कसैलाई जथाभावी गर्न दिनु हुदैन । ब्लकका बासिन्दाले निश्चिन्त सुत्न पाउनु पर्छ ।’

    रातका चौकीदार एउटा मोटो लड्डी र सिठ्ठीबाट सुसज्जित हुन्छन् । टोलको राउन्ड गर्दा अर्थात वरीपरी घुम्दा ती दुबै बजाउनु पर्छ– सीठ्ठी फुकेर, लठ्ठी ठटाएर । राती साढे ११ तिर सिठ्ठीको ‘पिरिरिर्र’ र लठ्ठीको ‘ट्याडाङ् ट्याडाङ्’को संयुक्त आवाज पहिलोपटक सुन्नेलाई आपतकालीन अवस्था सिर्जना भएको हो कि भन्ने भान पर्न सक्छ ।

    ‘लठ्ठी ठटाउनुको अर्थ उसको हाजिरी हो,’ मेहराले भने– ‘त्यो आवाजले ‘चौकीदारले ड्युटी थाल्यो, अब आनन्दले निदाए हुन्छ’ भन्ने सन्देश दिन्छ ।’

    प्रत्येक दुई घन्टा जस्तोमा विष्णु राउन्डमा निस्कन्छन्– सबैकुरा ठिकठाक रहेको निश्चित गर्न । लठ्ठीको भुइतिरको भाग फलामबाट मोरिएको हुदा आवज झन् तिब्र आउछ जो चारतल्ला माथि पनि प्रष्ट सुनिन्छ । त्यो आवाज, विष्णुको बुझाईमा, विरालाको घन्टी जस्तै हो जसबाट घरमालिकले चौकीदार निदाएको छैन भन्ने निश्चित गर्छन् । ‘लठ्ठी नखड्खडायो भने ‘त“ राती सुतिस्’ भनेर तङ् गरिहाल्ने,’ विष्णुले भने– ‘म पनि जसले तंङ् गर्छ, राती त्यसको दलानको फरस (सीमेन्टीको भुईँ) फुटाइदिन्थे लठ्ठीले हानेर । भोलीपल्टदेखि केही भन्दैन थिए ।’

    रातको एक बज्नै लाग्दा बी–३० को कार बाहिरबाट आएको छ । त्यसलाई पार्क गर्न सहयोग गरेपछि विष्णु दोस्रो राउन्डमा निस्केका छन् । बी–३५ को घर मालिकको छोरो पार्कको एउटा कुनोमा चुरोट खाइरेको छ । ‘रातभरी सुत्दैनन् यिनीहरु,’ विष्णुले भने– ‘विहानपख यिनीहरुको निद्रा मिठो हुन्छ ।’

    θθθ

    होचो कदका गहुगोरा विष्णु कम्मरमाथि बाधेको छोटो मैलो पाइन्ट, स्वेटरमाथि कसैले दिएको ज्याकेट, माकल टोपी, मफलर र स्पोर्टस् जुत्तामा ड्युटी गर्छन् । फैलिएका पोराभएको नाक, ठाडा कान, र हल्का चाउरी पर्दैगरेका गाला भएका विष्णु सामान्यत हसिला देखिन्छन् । बढी नै फाटिएका जस्ता लाग्दो औला भएका उनका हात दर्फरिएका र जाडोले फुटेका जस्ता छन् । दाईने हातको माझी औलो र देब्रेको कान्छी पुरै घाइते छन् र पट्टीमा बेरिएका छन् ।

    ‘अस्ति आगोले पोल्यो,’ उनले आधा मुस्काउदै र लजाएको पारामा भने– ‘हावा चलिरहेको थियो चिसो । राउन्ड लगाएर आगो बालेर बसिरहेको थिए । दाउरा पल्टेर पाइन्ट जल्न थालेछ । तातो हुदै आयो । खुट्टै पोल्न थालेपछि निभाउन खोज्न हात पोल्यो ।’

    बी ब्लकका तीन मध्ये सबैभन्दा ठूलो पार्कको एउटा गेटको छेऊ उनी प्रत्येक रात साढे १२ बजेतिर ठन्डीसँग जुध्न थोरै दाउरा जम्मा पारेर आगो बाल्छन् । निद्रा न हो, १७ बर्ष पछि पनि राती आउन छाडेको छैन । शुरुमा जागा रहन ठुलै कसरत गर्नुपरेको थियो । टोलका बुढालाई राती निद्रा नलाग्ने, नयाँ ‘बादुर’ले ड्युटी गरेको छ-छैन चेकै मात्र गरेर बस्ने । ‘आँखामा खुर्सानी लगाएर जागा बसे हजुर,’ उनले ती दिन सम्झिए– ‘बुढाहरुले छिनछिनमा चेक गर्ने । लठ्ठी उठाइदिने, जुत्ता टिपिदिने । शुरुका दुइ-तीन बर्ष खुब तङ् गरे । आजकल आराम छ, केही गर्दैनन् ।’

    ‘किन ?’

    ‘सबैलाई जितियो नि अब त,’ उनले भने– ‘मनले जितियो । अचेल चेक गर्दैनन् । सुतेकै भेट्टाएपनि प्राय केही गर्दैनन् ।’

    एक दिन बी–७ मा आएको पाहुनाले गाडीमा सात लाख छाडेर सुत्न गएछन् । गाडी चाहर्दा विष्णुले भेट्टाए । उनले बोलाएर सचेत तुल्याएपछि पुरस्कार पाए तीन हजार । ‘त्यति पैसा कमाउन मलाई जुग लाग्छ,’ उनले भने– ‘म भाग्न सक्थ्ये । तर मैले इमान बेचिन । उनीहरुको विश्वास जितेको छु ।’

    यो टोलमा ड्युटी थालेको अवधीको मापन विष्णु मरेका बुढाको सङ्ख्याबाट गर्छन् । ‘म आइकन ४५ बुढा मरे यो कोलोनीमा,’ उनले भने– ‘ती मध्ये केही तंग गर्ने पनि थिए । केही राम्रा पनि थिए ।’

    एकरात एउटा बुढाले विष्णु निदाएको बेला उनको जुत्ता र लठ्ठी उठाएर लगेछ । भोलिपल्ट विष्णुलाई बोलाएर जुत्ता थमाउदै हपारेछ– ‘हराम जादे, तूँ सोता हे ना ? ए हे सबुत ।’

    लौ, कुरा गर्दागर्दै तीन राउन्ड मार्नै लाग्दा अहिले रातको साढे दुई बजेको छ । बी–३६ को सरदारलाई उठाईदिनुपर्ने बेला भएको छ । ११ बर्ष भयो विष्णुले यी सरदारलाई मूल ढोकाको घन्टी बजाएर उठाउन थालेको । सवा तीन बजे गुरुद्धारा जान निस्कन्छन् । सरदारले जतिसुकै धर्म गरेपनि विष्णुको मन जित्न सकेका छैनन् । ‘कन्चुसको राजा छ,’ विष्णुले भने– ‘जुन दिन घन्टी बजाएन, सुतिस् भन्छ ।’ उनले चारपाँच पटक घन्टी थिचे र तेस्रो राउन्डलाई निरन्तरता दिए ।

    मध्य राततिर जति उराठ लाग्छ विष्णुलाई विहान हुदै आएपछि ड्युटीमा त्यति नै रमाइलो लाग्छ । ‘मान्छे उठ्छन्, पार्क तिर आउछन्, रमाइलो हुन्छ,’ उनले भने र सुनसानमा यताउति डुलिरहेको नजिकैको कुकुरलाई ‘तु इधर आ, हराम गधे’ भन्दै बोलाएर सुम्सुम्याए । ‘पहिले राती रेडियो बजाउथे, साइकलमा राउन्ड लगाउथे,’ उनले भने– ‘अचेल त्यो पनि मन लाग्दैन । साइकल पनि पुरानो भयो ।’ तीन बर्ष पुरानो र झन्डै एक किलोको लड्ठी पनि खिइदै गएको छ । ‘पहिलो म भन्दा अग्लो थियो,’ उनले आफ्नो काध सम्म आउने लौरो सुम्सुम्याउदै भने– ‘यी, अहिले छोटो भयो ।’

    लौरो छोटो मात्र छैन चाहिएको बेला बेकामे नै हुन्छ । छ बर्ष पहिले एक रात राउन्डमा जादा बी–२४ अगाडी उनलाई नजिकैको भोगल बजारका केही गुन्डाले चक्कु देखाए । ‘मेरो पासमा खुकुरी थियो तर कसरी हान्न सक्थे र?’ उनले भने– ‘भागें । बालबाल बचें ।’

    θθθ

    यत्रो साल लठ्ठी बजार्दा विष्णुलाई थकाई नलागेको होइन । तर कुरा उही सपनामै गएर टुङ्गिन्छ जो पुरा भएको छैन । ‘सरकारी नोकरी भएको भए पेन्सन हुन्थ्यो, यसमा हुदैन,’ उनले भने– ‘तागत रहेसम्म गर्ने हजुर । सिद्धेपछि छाड्ने ।’ यहा सम्मकी बर्षमा एक महिना विदा लिएर घर जादा उनको तलव काटिन्छ । पाच-छ साल अझै ड्युटी गर्न सकिन्छ भन्ने उनलाई लागेको छ । मुस्किलले प्रति महिना तीन हजार भारुको कमाई भएका विष्णुको योजना अनुसार घर बनाउने पैसा जम्मा गर्न अब पाच बर्ष चौकीदारी गर्नुपर्नेछ । ‘दिल्लीको कमाईले’ नवलपरासीको कुमारबस्तिमा छ कठ्ठा १५ धुर खेत पनि किनेका विष्णुको परिवार पत्नी, छोरी (१४ बर्ष) र छोरा त्यही छन् । छोरी सरकारी र छोरा (५ बर्ष) बोर्डिङ् स्कुलमा पढ्छन् । सबै पैसा उनले घरपरिवारकै लागि जोगाएका र खर्चेका छन् । आफ्नो मनोरन्जनका लागि गरेको भनेको महिनाको ३० रुपैया हो जो मोवाईल फोनमा कल ब्याक रिङ्टोन सेट गर्न लाग्छ । उनको नम्बरमा डायल गर्दा ‘सम्झनाले भैरछु टोलाउने-पापीनीलाई के भनी बोलाउने-दमौलीमा पूल-पिरती लाउनाले भयो साह्रै भूल’ लोकगीत बज्छ । उनका साथीहरु त्यो गीत सुन्न उनको नम्बर डायल गर्छन् ।

    θθθ

    छोराछोरीको प्रसंग आउदा विष्णु आफ्नै बाल्यकाल सम्झिन्छन् । विष्णुका तीन दाजूभाई । उनी जेठा । कान्छोको सानैमा मृत्यु भयो । माइला अहिले पन्जावतिर छन् । विष्णु १० बर्षको हुदा लडेर खुट्टो भाचिएको थियो । गाउमा उनलाई अप्ठेरो होला भनेर विष्णुका पन्डित÷पुरेत बाबु पाल्पा छाडेर सपरिवार नवलपरासी बसाई सरेका थिए । त्यहा तीन विघा जग्गा किनेका थिए जो बाढीले कटान गर्दै लगेपछि छ बर्षअघि पुरै सकियो ।

    ‘पढ्ने बेलामा बुद्धि आएन,’ उनले भने– ‘घुमेर हिड्ने, बद्मासी गर्ने । अहिले दुख पाइयो ।’

    एकदिन घरमा ‘ठाक्क ठुक्क परेपछि’ विष्णु २० बर्षमा पन्जाव हानिएका थिए । पाँच बर्षसम्म फर्केनन् । भाइ लिन गएपछि दुबै दिल्ली आए । यहाँ दुइ बर्ष बसेपछि दुबै घर फर्के । घरमा केही समय बसेपछि उनी फेरी दिल्ली आए र अहिले चौकीदारी गर्ने ठाउमा काम थाले ।

    त्यति सम्झिएपछि उनले ‘क्लक १००’ ब्रान्डको चुरोट सल्काए । एकरुपैया पर्ने चुरो उनले दिनको (जसमा रात पनि पर्छ) चारवटा खान्छन् । विहान नौ बजे ड्युटी सकिएपछि ११ बजेसम्म सुत्ने विष्णु त्यसपछि आफू बस्ने घरमा सरसफाई र खाना पकाउन सघाउछन् । त्यतिबेलै हो उनले नवभारत टाइम्स, हिन्दुस्तान या पन्जाव केसरी जस्ता हिन्दी दैनिक किनेर बाकी विश्वसँग सम्बन्ध स्थापित गर्ने । ‘पन्जाव केसरीले नेपालको घट्ना पनि दिन्छ, त्यसैले त्यो मन पर्छ,’ उनले भने । तीन बजे फेरी सुत्छन्, सात बजेसम्म । नौबजेको ड्युटी भएपनि उनी आठैबजे पुग्छन् । चक्र दिनहुँ त्यसैगरी घुमिरहेको छ ।

    सम्बन्धित लि‌ङ‍क
    1. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

  • Of Plastics and Facebook

    The Post‘s Delhi correspondent is bemused by the controversy over plastics and discovers Facebook is ideal for keeping in touch with friends back home

    Dinesh Wagle
    Wagle Street Journal
    [This article originally appeared on the Op-Ed page of the Kathmandu Post today. See it here as it appeared on the paper. Here is the Nepali version [PDF] of the same article that appeared in today’s Kantipur.]

    Plastic bags have become pariahs in Delhi. They are also dominating headlines for all the bad reasons. The government of Delhi completely banned them in January following a court order in August last year. “We shopkeepers are unable to provide plastic bags/carry bags to our customers,” says a Feb. 2 notice pasted on the wall of Sheti Store in my neighbourhood where I buy rice and other goods. “Customers are requested to bring bags themselves.” Plastic bags are blamed for having caused enormous harm to the environment as they are not disposable and, when thrown out on the streets, they usually choke sewage and end up as food for stray animals. (धेरै…)