Latest stories – पछिल्ला टिप्पणीहरू

  • बाई बाई बिल गेट्स

    दिनेश वाग्ले
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

    नेपाल र अमेरिकामा गत सप्ताहन्त अवकाशका दुइवटा प्रख्यात घोषणा भए । काठमाडौंमा बिहीबार संविधानसभाको खचाखच बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामाको घोषणा गरेर हलुका महसुस गरे भने एक दिनपछि रेडमन्ड, वासिङटनमा विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले अफिसको दैनिक कामकाजबाट विदा लिएको घोषणा गरे ।
    लामो राजनीतिक करिअर भएका ८५ वर्षो नेपाली नेता र विश्वचकित तुल्याउने व्यापारिक सफलता हासिल गरेका ५२ वर्षो अमेरिकी ढनाढ्य दुवै अब आ-आफ्नो क्षेत्रमा लगभग ‘सेरेमोनियल’ भूमिकामा हुनेछन् । कोइराला नेपालको पहिलो राष्ट्रपति हुने सम्भावना टरिसकेको छैन । उता गेट्स घोषित रूपमै कम्पनीको ‘सेरेमोनियल’ अध्यक्ष रहिरहनेछन् । (धेरै…)

  • सडक र साहिद

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

    shahid malik

    ‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’

    ‘आस्लामअलिकुम’ मलिक साहब !

    साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो मन्त्रालय ‘अर्न्तराष्ट्रिय विकास विभाग’ (डिफिड) को एसिया शाखा हेर्छन् । राजनीतिक स्थायित्वप्रति लक्षित आयोजनादेखि सडक निर्माणसम्ममा सहयोग गर्दै आएको डिफिडको नेपालमा उल्लेख्य उपस्थिति छ । त्यसैले गत साता नेपाल आएका मलिकले काठमाडौंका ‘शक्तिशाली’ देखि काभ्रेका ‘निमुखा’ र ‘अशिक्षित’ महिलाहरूलाई भेटेर हास्यचेतले भरिएका अन्तरक्रिया गरे, जस’bout अलिपछि उल्लेख हुनेछ ।
    shahid malik

    बेलायती उपन्यासकार तथा राजनीतिज्ञ जेफ्री आर्चर अघिल्लो महिना भारतमा थिए- आफ्नो पछिल्लो उपन्यास ‘अ प्रिजनर अफ बर्थ’ को प्रवर्द्धन गर्न । त्यो मौकामा एनडीटीभीका लागि द इन्डियन एक्स्प्रेसका सम्पादक शेखर गुप्तासँग कुरा गर्दै उनले भनेका थिए- ‘बेलायतमा अहिले भारतीयहरूले जे गरिरहेका छन्, त्यो ३०-४० वर्षअगाडि यहुदीहरूले गरेका थिए । भारतीयहरूले अहिले स्थानीय परिषद्हरूको नेतृत्व लिइरहेका छन् । इंग्ल्यान्डमा भारतीय प्रधानमन्त्री भएको देख्न तपाईं बाँच्नुहुनेछ ।’ (धेरै…)

  • घर हाम्रो दरवार

    Baburam Khanal Pair
    दोस्रो र तेस्रो तल्ला पुरा नबनेको मध्यपुर ठिमीको लोकन्थलीस्थित तीनतल्ले घरको दोस्रो तल्लामा रुक्मिणी र बाबुराम खनालको जोडी ।

    दिनेश वाग्ले/सुरज कुँवर
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

    ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट नारायणहिटी दरबारमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’

    आइतबार, आषाढ १ गते नारायणहिटीको दक्षिण पटाङ्गिनीमा गरिएको उक्त कार्यक्रममा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको नामबाट जारी निमन्त्रणा ‘कार्ड साथमा लिई पाल्नुहुन’ करिब १३ सय निम्तालुहरूलाई अनुरोध गरिएको थियो । कार्ड हुनेहरू मख्ख पर्दै गाडीमा या हिँडेरै दक्षिण गेटभित्र छिरे भने नहुने सयौं उत्सुकहरूचाहिँ कम्तीमा तीन घन्टा नारायणहिटीअगाडि सडकमा होहल्ला गर्दै, छिर्न नपाएकोमा गुनासो गर्दै, चुपचाप अचम्म मान्दै र घाटी तन्काएर चासोपूर्वक चिहाउदै उभिए ।

    तीनै ‘ननिम्त्याइएका पाहुना’ मध्येका हुन्- कृष्णहरि विश्वकर्मा र गंगाराम कार्की जो सडकपेटीमा एकअर्काको काधमा हातराख्दै उभिएर दक्षिणी पट्टाङ्गीनीमा भइरहेका घट्ना नियालीरहेका छन् । (धेरै…)

  • आइजो निदरी छुनुमुनु आइजो

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

    ‘मैले ह्याङ्ओभरमै पत्रकारिता पढें । (न्युयोर्कको) सिराक्युजमा सुरुका दिन मैले न्युयोर्क टाइम्स या वासिङ्टन पोस्ट को खोजी संवादाता हुने चाहना राखें । भ्रष्टाचार, वातावरणीय बेथिती, सरकारी बेरुजु र थिचिएका र निमुखाले भोगेको अन्याय उदांगो पारेर विश्वलाई बचाउन चाहें । पुलित्जर (पुरस्कार) हरू मलाई पर्खिरहेका थिए । करिब एक वर्षजति त्यस्तै आदर्शवादी सपनाहरू देखेपछि मैले एकजना विदेश संवादाता’boutको एउटा फिल्म हेरें, जसमा ऊ युद्धहरू खोज्दै, सुन्दर महिलाहरू फकाउँदै विश्व घुम्थ्यो र कसोकसो पुरस्कार विजेता स्टोरीहरू लेख्ने समय निकाल्थ्यो । ऊ आठवटा भाषा बोल्थ्यो, दारी पाल्थ्यो, कम्ब्याट बुट र कहिल्यै नखुम्चिने खस्रो खाकीका कपडा लाउँथ्यो । त्यसैले मैले त्यस्तै पत्रकार बन्ने निर्णय गरे ।

    ‘मैले दाह्री पालें, बुट र खाकीका कपडा किने, जर्मन सिक्ने प्रयास गरें, राम्रा केटीहरू फकाउन खोजें । कलेजको सुरुवाती वर्षमा जब मेरो परीक्षाफल ओरालो लाग्न थाल्यो, मलाई सानो बस्तीको अखबारमा काम गर्ने विचारले अँठ्यायो । म यो आकर्षणको वर्णन गर्न सक्दिनँ…

    ‘म बिहानी खाजा खान्न । त्यो खाइने समयमा म प्रायः उठेकै हुन्न । मध्यरातमा काम गर्न मलाई कुनै अप्ठेरो छैन तर सुत्नचाहिँ म घाम पूरै देखिने गरी र्छलंग नहोउन्जेलसम्म रुचाउँछु । मैले तत्कालै महसुस गरें, फुच्चे साप्ताहिक अखबार चलाउनुको फाइदा म ढिलोसम्म काम गर्न र ढिलोसम्म सुत्न सक्थें । समयसीमा ननाघोस्, स्टोरी त जतिबेला लेखे पनि भइहाल्यो ।’

    अब केही प्रष्ट्याउने बेला आयो । माथिको मनोवाद मेरो होइन, विल्ली ट्रयानरको हो । विल्ली आफैंमा चाहिँ एउटा काल्पनिक पात्र हो बेस्ट सेलिङ लेखक जोन ग्रिसामको उपन्यास ‘द लास्ट जुरर’ को । कलेज फेल भएको २३ वर्षे विल्ली क्ल्यान्टन, मिसिसिपीको फुच्चे साप्ताहिक ‘द फोर्ड काउन्टी टाइम्स’ को मालिक हो, जसले कथाअनुसार, धरमराउँदो पत्रिकालाई स्वादिला रिपोर्टिङ र जनताका कुरा लेखेर चल्तीको तुल्यायो ।

    चार वर्षघिको त्यो उपन्यास त्यतिबेलै पढ्दा कतिपय सन्दर्भमा विल्लीमा आफूलाई पाउँदा उत्तेजित हुँदै मैले आफ्नो वेबसाइटमा एउटा जर्नल लेखेको थिएँ तर अहिले मेरो ध्यान निद्रामा केन्द्रित छ जो राति हत्तपत्त लाग्दैन, बिहान छुट्दै छुट्दैन । अन्तिमपल्ट कहिले बिहानी खाजा खाएको थिएँ, उदाउँदो सूर्य देखेको थिएँ, सम्झना छैन । प्रत्येक मध्यरात म चाँडै उठ्ने बाचा गर्दै निदाउने संर्घष गर्छु मोबाइलमै हुने अलार्म ठीक समयमै बज्छ- ६ बजे । केही घन्टा अगाडिको बाचा म बिर्सन्न तर जति प्रयास गरे पनि आँखा खुले पो । एकैछिन सुत्छु भनेर पल्टियो, उठ्दा नौ या १०, कहिलेकाहीँ ११ बजेको हुन्छ । त्यसैले ‘सबेरै सुते, सबेरै उठे स्वस्थ, धनी र बुद्धिमान होइन्छ’ भन्ठान्ने र सुताइलाई व्यक्तिको बेहोरासँग जोड्नेहरूका लागि विल्ली ट्र्यानर, सिन्थिया ओजिक र म ‘सुताहा र अल्छे’ हौं ।

    ‘संसारको नजरमा म खराब बानी भएकी प्राणी हुँ,’ बिहान ३ बजे सुत्ने र मध्याह्नतिर उठ्ने अमेरिकी लेखक सिन्थिया भन्छिन् ।

    कम्तीमा बेन्जामिन फ्रयाक्लिनले ‘अर्ली टु बेड, अर्ली टु राइज मेक्स म्यान हेल्थी, वेल्थी एन्ड वाइज’ उखान उनको पुस्तक ‘पुअर रिचर्डस् अल्मान्याक’ मा समावेश गरेदेखि अमेरिकीहरूले सुत्ने बानीलाई व्यक्तिको गुणदोष मापकका रूपमा लिन थालेको न्युयोर्क टाइम्स ले एउटा स्टोरीमा लेखेको छ । जतिबेला (अमेरिकी) अर्थतन्त्र कृषिमा आधारित थियो, टाइम्स भन्छ, पूरै दिनको काम भ्याउन चाँडै उठ्नुपथ्र्यो र ढिलासम्म सुत्नेहरू सामूहिक सत्प्रयासका बाधक मानिन्थे । नेपाली अर्थतन्त्र त अहिलेसम्म पनि कृषिमै आधारित छ । ‘घोकन्ते विद्या र धावन्ते खेती’ उखान अझै प्रचलनमा छ ।

    अहिले पनि, सिकागोस्थित रस युनिभर्सिटी मेडिकल सेन्टरको स्लिप डिसअर्डर र्सर्भिस एन्ड रिर्सच सेन्टरका निर्देशक एडवार्ड स्टेपान्स्की भन्छन्- ‘अरू सबै आआफ्नो काममा गइसक्दा पनि सुतिराख्नु निरन्तरको नकारात्मक गुण हो ।’

    साँच्चै ?

    लाजले भुतुक्कै भएर अनुहार छोप्नु पहिले विश्वका ढिलासम्म सुत्नेहरूले लगभग ढुक्क भए हुन्छ, टाइम्स मा वारेन जोन र एलेक्स विलियम्स लेख्छन्, सबेरै उठ्नुका सम्भावित फाइदा र सकारात्मकता’bout निद्रा अनुसन्धाताहरूले शंका व्यक्त गरिरहेका छन् । मान्छे कतिबेला उठ्छ भन्ने कुराले उसको आम्दानी या सफलतामा कमै असर पारेको हुन्छ र मान्छेको निद्रा प्रणाली उनीहरूको पूर्ण नियन्त्रणमा हुँदैन भन्ने अनुसन्धानले देखाएका छन् ।

    वैज्ञानिकहरू सबेरै उठ्नेलाई ‘लार्क’ र ढिलोसम्म सुत्नेलाई ‘औल’ भन्छन् र २४ घन्टे अन्तरालमा शरीरमा चल्ने जैविक वृत्तलाई वर्णन गर्न बिहानीपख र साँझपखको कुरा गर्छन् । नेपालमा खासै खोजी भएको छैन तर अनुसन्धाताहरू अमेरिकी जनसंख्याको करिब १० प्रतिशत उग्र लार्क, त्यतिनै संख्या उग्र औल र बाँकी ८० प्रतिशत ‘बीच कहीँ’ भएको विश्वास गर्छन् । उनीहरूका अनुसार व्यक्ति कुन समूहमा हुन्छ भन्ने निर्धारण गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा उसको महत्त्वाकांक्षा हैन डीएनए हो ।

    ‘तपाई लार्क हुनुहोस् या औल, सुत्ने समय जैविक रूपमा निर्धारण हुन्छ,’ मिनेसोटा रिजनल स्लिप डिर्सअर्डर सेन्टरका मेडिकल डाइरेक्टर डा. मार्क माहोवाल्डले टाइम्ससँग भनेका छन्- ‘कोही थोरै लार्क या थोरै औल हुनसक्छन् तर धेरै मानिसका लागि सुत्ने बानी बदल्नु भनेको आफ्नो उचाइ र आँखाको रङ बदल्नुजस्तै हो ।’

    मलाई अचम्म लाग्छ जब म सुन्छु केही मान्छेबाट कि उनीहरूलाई कतिपय रात तीन घन्टा सुतेपुग्छ, दिउँसो सुत्नु पर्दैन र दिनभरको जीवन सामान्य हुन्छ । मलाई अचम्म लाग्छ जब म सुन्छु केही मान्छेबाट कि उनीहरू ओछ्यानमा पल्टेको केही सकेन्ड या मिनेटमै भुसुक्कै निदाउँछन् । अचम्म किन लाग्छ भने म ती दुवै काम गर्न सक्दिनँ । हत्तपत्त निदाउने नसक्ने लक्षणलाई इन्सोम्निया भनिन्छ र म इन्सोम्नियाक हुँ । क्रिस्टोफर नोलानको २००२ को हलिउड फिल्म ‘इन्सोम्निया’ मा अभिनेता अल पचिनोले इन्सोम्नियालाई जीवन्त उतारेका छन् ।

    त म भन्दै थिएँ, केही मान्छे तीन/चार घन्टा सुते पुग्छ भन्दै धाक लाउँछन् । त्यस्तो धाकमा ‘जैविक दम’ नहुने डाक्टरहरूको अनुसन्धानले देखाएका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका निद्रा अनुसन्धाता डा. ड्यानियल क्रिप्केका अनुसार एउटा अध्ययनका क्रममा आफूलाई पाँच घन्टाको सुताइले पुग्ने दाबी गर्ने व्यक्तिहरूले दिउँसो या सप्ताहन्तमा टन्न सुतेर अपुग मात्रा पूरा गर्ने गरेको पाइयो ।

    युनिभर्सिटी अफ युटाको स्लिप वेक सेन्टरका मेडिक डाइरेक्टर डा. क्रिस्टोफर जोन्सका अनुसार सबैरै उठ्ने मान्छेहरू भएजस्तै बिहानी झिंगा र बिहानी मुसाहरू पनि हुन्छन् । जनसंख्यामा हुने सुत्ने बानीको विविधताले प्रजातिहरूलाई सहयोग पुर्याएको हुनसक्ने उनको भनाइ छ ।

    ‘घाँसमा लम्किँदै सिंह आएको आवाज सुन्न कुनै एक सदस्य रातभरि जागा बसे त्यसको पूरै प्रजाति सुरक्षित हुने भयो,’ उनले भने ।

    पक्कै हो, हाम्रो जीवनशैली सिंहको डरबाट नियमित हुँदैन बरु ९-५ को दैनिकीबाट हुन्छ । (विल्ली ट्रयानरजस्तै म धन्य छु पत्रकारिताप्रति किनकि यो पेसा त्यो दैनिकीमा चल्दैन ।) त्यो दैनिकीले लार्कहरूलाई फाइदा पुगे पनि रात्री लाटोकोसेराहरू सबेरै उठ्नेभन्दा कम सफल हुने गरेको प्रमाणचाहिँ खासै छैनन् । २००१ मा क्यालिफोर्नियाको सान डिएगोका पौढहरूमाझ गरिएको अध्ययनले उठ्ने समय र आम्दानीबीच सम्बन्ध नभएको देखायो । सफल असफल पनि केलाई भन्ने ? भनिन्छ, अमेरिकी राष्ट्रपति जर्ज बुस बिहान ५ बजे उठ्छन्, ७ बजे अफिस पुग्छन् र राति १० बजे सुत्छन् । बुसभन्दा कुनै हिसावले पनि कम सफल नमानिने रुसी प्रधानमन्त्री (पूर्वराष्ट्रपति) भ्लादिमिर पुटिन बिहान ११ बजे उठ्छन् र राति २ बजेसम्म काम गर्छन् ।

    बिजुली बत्ती, कम्प्युटर, इन्टरनेट र केवल टीभीले औलहरूलाई सबैभन्दा सजिलो बनाइदिएका छन् । निद्रा लागेन, कम्प्युटर खोल्यो, वेब सर्फगर्यो, टीभी हेर्यो बस् । अहिले त झन् के छ, टीभीमा युरो कप आइरहेको छ, गेमै नछुट्ने । ‘राति म इन्टरनेटमा किनमेल गर्छु, बिलहरू तिर्छु, बैंकिङ कारोवार गर्छु,” क्यानडाको सास्काचेवनकी क्यारोलिन स्कर भन्छिन् । किन अचम्म मान्नु, ढिला उठ्ने क्यारोलिन मानिसहरूको सुत्ने बानी’boutको पुस्तक ‘बर्डस अफ अ डिफरेन्ट फिदर’ कि लेखक हुन् ।

    >शीर्षकको जस वि.सं. २००० को दशकतिर कलानाथ अधिकारीले गाएको ‘आइजो निदरी छुनुमुनु आइजो’बोलको गीतलाई जान्छ जसलाई केही बर्षघि नेपथ्यका अमृत गुरुले गाएर ‘भेडाको ऊन जस्तो’ एल्बममा सामेल गरेका थिए । साँची, लेख पढ्दा पनि निद्रा लागेन भने त्यो गीत प्रयास गर्ने कि ?

  • Makai ra Manab: Corn Tassel and a Human Face

    This slideshow requires JavaScript.

    Perhaps you might want to know some parts of a corn plant before continuing with makai ra manab series?

  • Corn Silk (aka Makai ko Ghoga Ko Junga!)

    This slideshow requires JavaScript.

    What to say, enjoy the view of cute junga! Pics by DW

  • Corn Tassel (aka Makai Ko Dhanchammar)

    One fine morning recently I was tempted to pursue the plant/grain/cereal photography. Thus these ‘worldclass’ photos of Tassels 🙂 :

    (धेरै…)

  • Ear of Corn (aka Makai Ko Ghoga!)

    This slideshow requires JavaScript.

    The food price is rising worldwide making ghogas like these ever expensive. A VOA report titled ‘Corn-derived ethanol shares blame for food price hikes’ quotes John Ashworth of the National Renewable Energy Laboratory in Golden, Colorado, as saying that the ethanol industry’s reliance on corn has had some noticeable impact on food prices, especially meat.

    “Because grain is valuable, when you take a good chunk of that supply out for making fuels, you are going to have upward pressure on the price of the raw material. Particularly for the cattle industry, which uses a lot of corn, when the price of corn goes up, then the price of beef is going to go up,” he said.  Pics by Dinesh Wagle

  • छातामुनी पिसकोर

    दुबै जना मज्जाले भिजेको चाल पाएर उसले हतारमै आफूलाई सम्हाल्दै छाता ओडाएकी थिइ मलाई । ‘म तिम्रालागि एउटा गीत गाउछु,’ उसले भनि- ‘छाताकै ’bout हो । अम्ब्रेला । रिहानालाई तिमीले चिनेका छौं, बार्बाडोसकी त्यो काली कति सुन्दर छे । त्यसको गीत हो ।’

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

    under umbrella painting
    चित्र स्रोत

    पातला तर ठूला थोप्ला सहितको पानी क्या अपर्झ पर्यो भने बानेश्वर पुग्नै पाइएन । जेरी स्वारी खाइहालौन भन्दै तीनकुनेबाट दौडिएको, मीनभवनको त्यो बस विसौनीमा ओत लाग्नैपर्ने भो । छाता प्रायः मेरो व्याकप्याकमै हुन्थ्यो तर आज व्याकप्याकै छैन । क्यामेरा मैले जिन्सको पेटीघरमा झुन्डाएको छु, डायरी व्याकपकेटमा । विसौनीमा म जस्तै छाताविहीनहरु अरुपनि छन् जसमध्ये केही बाईक अगाडी राखेर, हेलमेट हातमा झुन्डाएर ‘कहिले पानी रोकिएला’ भनि पर्खिइरहेका छन् ।

    ‘बोक्ने चलन छैन,’ हिरो होन्डा सीडी वान हन्ड्रेडका अधबैसे बाईकरले छाता’boutको मेरो प्रश्नमा भने- ‘किन बोक्नु ?’ हुन त बाईक चलाउनेले छाता किन बोकिरहनु, रेनकोट चाहिने हो । तर उनका कुरा सुन्दा लाग्थ्यो, छाता आवश्यक कुरा होइन, झन्झट हो । (धेरै…)

  • दरवारमा पूर्व राजाको पत्रकार सम्मेलनका दृश्य

    दिनेश वाग्ले/सुरज कुँवर

    [पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य]

    काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णय’bout पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् ।

    दक्षिणपट्टीबाट देखिने नारायणहिटी दरवारको मुख्य भवनको भुइतल्लामा रहेको कास्की बैठकहलमा शाह लगभभग निर्धारित समयमै अर्थात दुइ मिनेट ढिला पाच बजेर ३२ मिनेटमा पुगेका थिए ।

    शाह हलमा पुग्नु आधा घन्टा अगावै पत्रकारहरु त्यहा उपस्थित थिए । नेपालमा आयोजना गरिएको सम्भवत सबैभन्दा ठूलो पत्रकार सम्मेलनमा लगभग साढे तीनसय तीनसय सम्वादाता, टीभी म्यामेराकर्मी, फोटोपत्रकार तथा प्राविधिक उपस्थित थिए । (धेरै…)