Latest stories – पछिल्ला टिप्पणीहरू

  • Passage To India

    Yes, after three entire days and two nights of journeying in the train, I have arrived in Trivendram, south Kerala, India yesterday evening (8:30 PM). The train, Rapti Sagar Super Fast Express, started from Gorakhpur at 6:30 AM on 28 September. That was the first time I had ever stepped into an Indian train. The train was huge and, in the beginning, I was kind of overwhelmed by the size and the intensity of everything surrounding it (the huge trains,noisy platforms, overhead bridges ).

    wagle in India

    wagle in India

    I was happy that I could find the correct compartment without hassle and confusion as expected. A teenage girl was on my seat and I told her that that was my seat. It was a full fledged bed actually where I would spend two nights. The first night was cold and I was shivering. I had closed the windows but the wind kept coming in from the other window of the neighboring cabin. I hadn’t carried any blanket but the sweater that was in my bag made for its absence. I wore it along with a woollen cap. The next day, I felt the effect. I wasn’t feeling hundred percent well. So I drank a lot of water. By the afternoon, I was feeling a lot better.

    wagle in India

    I spent the first day looking outside, feeling the train and absorbing the atmosphere. I tried to immerse into the crowd and the atmosphere.

    Then there was an unexpected visitor who asked for the time in Nepali. I didn’t have a wrist watch and I was sure he had seen it. But then I saw the cell and told him the time. This guy, a Nepali aged 22 and an Indian Army soldier, was heading towards Trivendra. It took me no time, not even a single second, to see a story in him. So a story had come to me, just like that…and was sitting just in front of me…telling his story..of course…my questions helped him to be on track. He was travelling alone like me, and he enjoyed talking. I enjoyed listening, asking and noting down his words on my notebook as the Rapti Sagar Super Express headed southward.

    There is a different world inside the train. Those people hawking “garam chaaaya” (hot tea) and “kaaafi” (coffee) – the designated staffs of the Rail canteen- and many other outsiders selling all sorts of food…. were simply awesome. I tried many of those foods and I liked most of them. The coffee wasn’t very good but it was the next thing after water I drank the most.

    They would take order for “khana” (rice and daal and tarkari and achar) and I happily ate four such meals- four mornings and evenings.

    A North Indian family from Gorakhpur was travelling with me….a lady, her husband and their daughter. They were going to Chennai to see their son who was in hostel studying computer engineering. I felt comfortable leaving my backpack on the seat and go around the train as long as they were there in the compartment. After they left, I carried my bag even when I was in the toilet. It was quite an experience!

    You can not only see the difference in landscape and the bustling cities as you go southward but actually feel it. It’s calmer down here compared to what it was in north. The train was almost empty as we left places like Chennai and headed downward. People were more calm and composed and appeared to be following the rules. They didn’t understand Hindi and, depending on where the train was running, spoke the local language (and some English as well).

    Dinesh Wagle

    (धेरै…)

  • रोसी खोला तिरैतिर

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।


    कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो ।

    कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा ऊ लमतन्न पल्टेको थियो अन्डरवेयरको सानदार विज्ञापन गर्दै। ढोकैमा उभिएको र हावासँग संघर्ष गरिरहेको धिपधिपे मैनको उज्यालोमा कट्टुको ब्रान्ड ठम्याउन माइनस वान प्वाईन्ट टु फाइभको चस्मा लगाउने मेरा आखालाई अप्ठेरो हुनु स्वभाविकै थियो। केही क्ष्ँणकै लागि सही मैले विश्वास गर्न चाहे ऊ केल्भिन क्लाईनको स्तरीय उत्पादन लगाइरहेको एउटा मोडल हो जो स्टाइल या त्यस्तै कुनै उत्कृष्ट म्यागेजिनमा छापिने विज्ञापनमा प्रयोग हुने फोटो खिचाउन कुनै एउटा डिजाइनर सेटमा उत्तानो परेर सुतिरहेको छ।

    तर सुखद चाहनाहरु कटु वास्तविकता भन्दा प्रायः अलि फरक हुन्छन्। हामी इटालीको नेपल्समा होइन सिन्धुलीको नेपालथोकमा थियौं। ऊ दिनभरी गाडी चलाएर थाकेको ड्राइभर थियो जो, म पक्का थिए, त्यतिबेला मोडलिङ्भन्दा बढी निद्रा’bout सोचिरहेको थियो। दिनभरी काभ्रेको पाचखाल–रवीओपी हिले कच्चीबाटोमा र साँझ चिल्लो बीपी राजमार्गमा गरी दर्जनौ किलोमिटर बाइकमा हुइकिएर त्यहाँ पुगेका दुई थकित रिपोर्टर प्रश्नको मुडमा खासै थिएनन् तर एउटाको दिमागमा अघिल्लो साता जय नेपालमा हेरेको बलिउड सिनेमा ‘रक अन’को त्यो रमाइलो गीत गुन्जिरहेको थियो–

    आसमा हे निला क्यू, पानी गिला गिला क्यू, गोल क्यु हे जमीन?
    सिल्क मे हे नर्मी क्यु, आगमे हे गर्मी क्यु, दो ओर दो पाच क्यु नही?

    किन त्यस्तो हुन्छ, कसैले सोचेको छ? सन्नाटा किन सुनिदैन? हावा किन देखिदैन? थाकेर सुत्दा पनि किन निद्रा लाग्दैन? नजिकैको रोसी र अलिपरको सुनकोशीबाट विहानीपख आउने हावालाई यो सिरकविहीन खोलले थेग्छ थेग्दैन?

    ‘हेएएए, थेग्छ,’ केल्भिन क्लाईन मोडलले मेरो शंका निवारण गर्न भन्यो जो मैले अपेक्षा गरेको थिइन। ‘यस्तो गर्मीमा खोल काफी छ,’ उसले थप्यो– ‘जाडो हुदैन यहाँ।’

    उसले हाम्रो ओछ्यानमा भएजस्तै एउटा सेतो खोल तान्यो र कम्मरदेखि तिघ्रासम्म छोप्यो। उत्तानो परेको उसको छाती फराकिलो र खुला छ। मान्छे आफैमा चाहि ऊ लिखुरे छ। (धेरै…)

  • सपनाको बगैचामा

    Garden of Dreams, Kathmandu

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर

    बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ ।

    राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरको सपनाको बगैंचा (गार्डेन अफ ड्रिम्स) कति रोमाञ्चक छ भने यहाँ एक्लै आए पछुतो मात्र हुन्छ। एक्लै रमाउनेलाई पनि दिव्य ज्ञान प्राप्त हुन्छ– जिन्दगी यसरी चल्दैन, एउटी (ा) चाहिन्छ। स्वप्न बगैंचाको अघिल्लो भ्रमणमा दुई घन्टा घोत्लिएर र दृश्यपान गरेपछि म एउटा दरिलो निष्कर्षसाथ त्यहाँबाट निस्केको थिएँ– यो ठाउँमा युवतीसँग आउनुपर्छ कि ल्यापटप ल्याउनुपर्छ।

    यो मध्याह्न मसँग कम्प्याक प्रेसारियो ल्यापटप छ, जसले बगैंचामा प्रेमका तरंगहरूसँग पौंठेजोरी खेल्दै दौडिरहेका बेतारे इन्टरनेट संकेतहरूलाई अठ्याउने छ र मलाई समय बिताउने बहाना दिलाउनेछ । (धेरै…)

  • @ Java. Latte and Mocha.

    Java...the Coffee House

    Who: Me, Dinesh Wagle.
    Where: Himalayan Java Coffee House, Thamel, Kathmandu.
    When: These photos were taken last week.
    What: A cup of Latte and another of Mocha.
    The Other Who: Suraj Kunwar took the photos. (धेरै…)

  • एकजोडी कंगारु


    स्कटल्यान्डका स्टेफेन टिर्ने र क्ल्यारी टील्लानले अघिल्लो महिना कंगारुको देश अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात हार्वर ब्रिजमा विवाह चुम्बन लिए भने एक जोडी नेपाली त्यहीं र सम्भवत: ओपेरा हाउस (तल) पुग्न नक्कली विवाह गर्दैछ । तस्बिर स्रोत

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।

    लगन ज्योतिषीले जुराउने छैनन् त्यसैले ठ्याक्कै कुन पलमा बेहुलीको सिउँदोमा सिन्दुर हालिन्छ निश्चित छैन। खासमा सिन्दुर हालिने छैन र विवाहमा बाजा पनि बजाईने छैन किनकी त्यो ‘कोर्ट म्यारिज’ हुनेछ–जिन्दगी विताउन होइन कसैलाई देखाउन। विहे प्रमाणपत्र लिएलगत्तै अदालतबाहिर उनीहरुले त्यस्तै अर्को सम्झौता गर्नेछन्– ‘हामीले साच्चै विहे गरेको होइन है।’

    ‘त्यसो भए विहे गरेजस्तो चाहि महशुस नहुने भो?’ हनिमुन र त्यस्तै अन्य गतिविधि लक्षित गर्दै मैले ‘बेहुली’लाई सोधे।

    ‘हुनुपनि भएन,’ उसले भनि र नजिकै छुट्टै सोफामा बसेको ‘बेहुलो’ तिर हेरी।

    ‘किन?’

    ‘इन्टेन्सन इज नट टू म्यारी,’ उसले अंग्रेजीमा भनि– ‘(उद्देश्य विहा गर्नु होइन।) इन्टेन्सन इज टू गो एब्रोड (उद्देश्य विदेश जानु हो)।’

    करिव दुई घन्टा लामो कुराकानीको अन्त्यतिर मैले सेलाएको र निखि्रदो चिया घुटुक्क पिए। अर्को प्रश्न सोच्दैगर्दा ऊ बोली।

    ‘आ–आफ्नो उद्देश्य पूरा गर्न हामीले उपाय भेट्टायौं।’


    चित्र: दिपक (धेरै…)

  • भगवान भरोसा

    religion and nepali people

    भगवान नदेखेपनि थुप्रै नेपाली मन्दिर जाँदा मनमा शान्ति महसुस गर्छन् । किन ?

    दिनेश वाग्ले/ सुरज कुँवर
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

    रातको ११ बज्नै लाग्दा र अघिल्लो युगमा कृष्ण जन्मिएको पल नजिकिँदै गर्दा गतसाता पाटन कृष्ण मन्दिर परिसरमा राता सारी, हरिया पोते र नङपालिस लाएका महिला झुरुप्प बसेर गाउँदै, ताली बजाउँदै, हाँस्दै र नाच्दै थिए।

    तिम्रो–हाम्रो भेट भा’को आजै हो
    पहिलो पाला बोल्नलाई लाजै भो

    छेवैमा उभिएका र जन्माष्टमी मनाउन त्यो रात त्यहाँ भेला भएका एकहुल अधबैंसेहरू तत्कालै महिलाका समस्या समाधान गर्ने मुढमा प्रस्तुत भए–

    लाज मानेर नसोच्नु अर्को
    हजुरजस्तै म पनि यो घरको

    द्वापर युगको यमुना किनारमा भए दोहोरीले बिहानसम्म निरन्तरता पाउँथ्यो होला। तर यो कलिमा माहोल बिग्रने चिन्ताले पिल्सिएका प्रहरीले पुरुषलाई विनम्रतापूर्वक त्यहाँबाट धकेलेपछि महिला गफमा फर्किए। ललितपुरको सैंबु गाउँका १७ जनाजति ती श्रद्धालुले कृष्णका नाममा बत्ती बालेर, भजन गाएर र जाग्राम बसेर जन्माष्टमीको रात मन्दिर परिसरमै बिताउने योजना बनाएका थिए। बेलुका पाँच बजे पुगेका र बिहान चार बजे घर फर्किने उनीहरू एउटीको शब्दमा ‘भगवानको बड्डे खान’ त्यहाँ पुगेका थिए। ‘मान्छेको बड्डे केक काटेर मनाउँछन्’, उनले जन्मदिन अर्थ दिने अंग्रेजी शब्दावली ‘बर्थडे’को उच्चारण गर्दै भनिन्– ‘भगवानको बत्ती बालेर।’ बड्डे त फगत बहाना हो। शंकै छैन, धर्म गर्न मन्दिर पुगेका उनीहरू भगवानलाई भरपुर खुसी पार्न चाहन्थे, ताकि ‘केही होस्’! (धेरै…)

  • बस बाहिरका मान्छेहरू

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

    हालैका साताहरूमा युद्ध जर्जियामा पो देखिएको हो तर केही महिनायता काठमान्डू सहरमा डुलिहिँड्दा प्रश्न मनमा आउँछ– के हामीमाथि आक्रमण हुँदै छ? मानिसहरू गाडीमा कोच्चिएर, तिनका छतहरूमा बसेर यात्रा गरिरहेका छन् मानौं उनीहरू आपतकालमा छन् र जसरी भए पनि सहरबाट निस्कन आँटेका छन्। स्टिभन स्पिलबर्गको सन् २००५ को फिल्म ‘वार अफ द वर्ल्ड्स’ का दृश्यहरू झल्झली भइरहेका छन्– टम क्रुज अभिनित रे फेरियर नामको पात्र आफ्ना बच्चाहरू रचेल (ड्याकोटा फ्यानिङ्) र रब्बी (जस्टिन च्याटविन) लाई बस्तीको एउटै मात्र काम लाग्ने गाडीमा हालेर न्युजर्सीबाट अर्को अमेरिकी सहर बोस्टन भागिरहेको छ। त्यस्तै अवस्था चित्रण गर्ने अन्य हलिउड फिल्महरूमा जस्तै त्यसमा पनि गाडीमा भागाभाग र अत्तालिएका मानिसहरूको हतारोबाट सिर्जिएको ट्राफिक जामले उनीहरूकै यात्रा अवरुद्ध गरेको छ। लगभग त्यस्तै जाम, जो हालैका महिनाहरूमा काठमान्डूमा बारम्बार देखिनु सामान्य भएको छ । (धेरै…)

  • कफी हाउसकी केटी

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

    ‘ओके, आइ ह्याभ टु गो टु दिज फोर प्लेसेस (ल, मैले यी चार ठाउँ घुम्नु छ)’ भन्दा मेरो टेबुल पर्तिरकी एउटी विदेशी उसको देब्रे हातको बूढी औंला कान्छीको फेदमा पुर्‍याउँदै छे।

    एकजना अधबैंसे र झ्याप्प सेता दाह्री पालेको विदेशी र अर्को लगभग त्यही उमेरको तर सफा गाला भएको नेपाली उसलाई हेरिरहेका छन्।

    स्वरबिनाको इन्स्ट्र्युमेन्टल धुन पनि अलि पर कतैबाट आइरहेको छ।

    देब्रेपट्टिको अर्को टेबुलमा दुई केटाहरू कुनै गहिरो ग्लासमा कोल्ड कफी पाइपले पिइरहेका छन्।

    वास्तविक ताजा र भर्भराउँदो कफी एउटा लत हो, जसले यदाकदा ममा उखरमाउलो सिर्जना गर्छ। त्यस्तो हुटहुटी मेटाउन सहरका केही स्थान सधैं तयार हुन्छन्, जसमध्ये एउटा हिमालयन जाभा कफी हाउस हो, जो काठमान्डूको पर्यटकीय केन्द्र ठमेल प्रवेशद्वारैमा छ। त्यो नेपालीका लागि होइन भन्ने कुरा त्यसको मेनुले प्रस्ट पार्छ तर कफी पनि हाम्रो पेय होइन भन्न धेरै गमखाइरहनै पर्दैन। तर त्यो लत, त्यो हुटहुटी पक्का नेपाली हो, जसलाई एस्प्रेसोको त्यो तीतोपना या लात्तेको बाफमा फैलेको बासनाले मात्र शान्त पार्न सक्छ। (धेरै…)

  • यी मेरा (राम्रा) अक्षरहरू!

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

    मेरो एउटा समश्या छ जो अक्षरहरुमा अभिव्यक्त हुन्छ। प्राय म आफ्नै हस्तलिपी बुझि्दन। अक्षर नचिन्ने रोग होइन त्यो भन्न मैले कुनै ‘डिस्लेक्यिा’ विशेषज्ञकहाँ गइरहन आवश्यक छैन किनकी हालैको हिट बलिउड फिल्म ‘तारे जमीन पर’ को मुख्य पात्र त्यो फुच्चे दर्शील सफारीको जस्तो मेरा आँखा अगाडी अक्षरहरु नाच्दैनन्। मैले प्रायः नबुझ्ने ती मेरा अक्षर अरुले बोल्दाबोल्दै र आफ्ना आँखा तिनकामा राखेर तिनले बोलेकै गतिमा हतार हतार टिपिएका हुन्। तर समश्या बोल्नेहरुको तीब्र गतिमा छैन। छ्या लेख्ने बानी नै पो छैन हौ। (धेरै…)

  • Acrobatics!

    While returning from Chandanpur village the next day that was sunny and beautiful, we were having snacks in the middle of the road just above the green and scenic Lele village. Then seeing Suraj lying on the road, I decided to do some acrobats. Thus these photos. No, I am not going to the Beijing Olympics. (धेरै…)