Latest stories – पछिल्ला टिप्पणीहरू

  • Kumaris, the Living Goddesses, of Nepal (or Kathmandu Valley)


    My latest in Koseli: छातामुनी पिसकोर. Previous: गुगल, गाई र रिक्सा
    ……..
    Patan Kumari

    Though I have been hearing about the Kumari tradition of Nepal (all these cute girls who are considered living goddesses and are almost always clad in dark gajal and red outfits) I hadn’t seen them directly until recently. A few days ago a Chinese reporter freelancing to an American publication for stories about Nepal hired me as his translator and fixer. Thus a few visits to Kumari Ghars (houses of Kumaris) of Kathmandu, Patan and Bhaktapur. The Kathmandu Kumari, virgin girl who is considered the living goddess by believers, was inaccessible to the general public except that tourists and curios onlookers get to see her at a certain time of the day from the ground floor when she appears on a window of the Ghar). (धेरै…)

  • गुगल, गाई र रिक्सा

    google cow and rickshaw

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो

    झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले ।

    ‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ । मेरो नामसँगैको सांकेतिक थोप्लो ‘हरियो’ छ, अर्थात म च्याटका लागि उपलब्ध छु । मैले त्यसको रिप्लाई नगर्ने हो भने त्यो थोप्लाको रङ रातोमा बदल्नुपर्छ । तर म व्यस्त भए पो । व्यस्तै छु भने पनि त्यो इन्स्ट्यान्ट मेसेन्जरमै सीमित छ- थोप्लो मुनि ‘स्ट्याटस’ वर्णनरू लगातार बदलिइरहेका छन् । पछिल्लोले म ‘फ्रिक्ड आउट’ भएको जनाएको छ । क्यालिफोर्नियाले बितेका सात मिनेटदेखि त्यसको निरीक्षण गरिरहे जस्तो छ । (धेरै…)

  • हाम्रो चाहना

    शान्ती सम्झौताको दुइ बर्षपछि पनि मानिसहरु चाहनाको सूचीमा सबैभन्दा माथि ‘शान्ती’लाई राख्न चाहन्छन् तर उनीहरु आफ्ना व्यक्तिगत चाहनालाई हत्तपत्त र्सार्वजनिक गर्न चाहदैनन् ।

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

    Happiness and Nepalis
    रचना, लक्ष्मी, शिवानी र सुमिरा । तस्बिरहरु प्रतिक्षा सोडारी

    हालैको एक साँझ हल्का चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किइरहेको थिए । लाग्यो म निकै फुरुंग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरहेका अरु पनि खुशी छन् ?

    ‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुशी हुनुहुन्छ ?’

    कतिबेला कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुश्श्श्शी छु बा ।’ उनी मुस्काए ।

    ओखलढुंगाको टोक्सेल गाविसका ६५ बर्षो मिनभवनमा ‘छोरा बुहारी नातीनातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् । (धेरै…)

  • Compensation to Nepalis Killed in Iraq: The Reporting Experience

    Media Watch: Nepali reporters and news outlets sometime make jokes out of themselves. While reporting news, they hardly care about facts, those facts that are usually the backbone of the story itself. Rookie reporters and careless editors are often to be blamed for such inaccuracies.

    I am talking about the coverage of latest development from Washington DC on the compensation awarded to the families of nine of the 12 Nepalis killed in Iraq in 2004.

    Someone called Rajendra Thakuri, “an entrepreneur” based in Washington DC, sent an email to a few media outlets, including to Kantipur where I work, detailing how his neighbor, Matthew Handley and Matthew’s law firm successfully fought on behalf of the Nepalis killed in Iraq. Rajendra doesn’t categorically mention that the court ruling was for only 9 of the 12 Nepalis though he says in his email to the media that “there is better news for some of these families.” But the title of his article in Nepalnews, presumably put by Nepalnews, is misleading and wrong.

    Instead of trying to verify the information, which is so easy thanks to the Internet and cheap phone calls to the US, reporters blindly report in many newspapers and web sites today that families of ALL 12 will get the compensation.

    Only Kantipur and the Kathmandu Post (not even our own ekantipur) got it right because they reported that the families of only 9 out of 12 will get the compensation [See the screen print version of some outlets via the links at the end of this post.] I shared all the documents that I downloaded from the web site of Cohen Milstein, the firm that represented 11 Nepalis, with Prabhakar Ghimire, who wrote the news for the Kathmandu Post. Both the Post’s and Kantipur’s reporting also includes interview of Matt that I conducted in which he talks about the case and his involvement in it.

    The moral lesson: Of course, mistakes do happen because we are all human being [My own mistake, as one reader pointed out, is that it should have been Chicago Tribune, not Chicago Times as I wrote in the report]. But the grand question is: are we trying to avoid them? Reporters, please check facts before writing the story. There is something called Google. Just google it!!

    Googling would have taken you to the web site of Cohen Milstein where they have separate section for this case that has PDF files of the many related documents.

    Click on the following names to see the screen print of their respective coverage of each of the news outlets:

    THT, Nepalnews, eKantipur.

    [Nepal Samacharpatra and Rajdhani dailies have also published wrong reporting.]

    Here are the PDF versions of the front and third pages of Kantipur: Page 1 and Page 3

  • अघि-अघि ओबामा

    Barack Obama

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    [यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । अमेरिकी चुनाव’bout युनाइटेड वी ब्लग ।]

    अमेरिकामा इतिहास बनाउने दौडमा हिलारी क्लिन्टनलाई बराक ओबामाले पछि पार्दै डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारी उम्काउने अन्तिम अवस्थामा पुगेका छन् । अर्को मुख्य पार्टीरिपब्लिकन’बाट जोन मक्केन उम्मेदवार घोषित हुने अवस्थामा छन् ।

    मंगलबारको प्राइमरीमा ओरेगन राज्यमा जितेपछि ओबामासँग उम्मेदवारीका लागि आवश्यक २०२६ मध्ये १९५९ प्रतिनिधि संख्या छन् । समाचार संस्था एपीअनुसार क्लिन्टनले १७७८ प्रतिनिधि जितेकी छिन् । तीनवटा राज्य पुर्टो रिको, मोन्टाना र साउथ डेकोटाले दुइ साताभित्र प्रतिनिधि चुनेपछि प्रतिस्पर्धा सकिनेछ । तर उम्मेदवारीको अन्तिम टुङ्गो लगाउन सुपर डेलिगेट्स भनिने पार्टी तर्फाट सिनेट/कंग्रेसमा चुनिएका अधिकारी तथा पार्टीदवालाहरूको भूमिका रहने निश्चित भएको छ । ७९५ सुपर डेलिगेट्समध्ये ३०६ ले ओबामालाई र्समर्थन गर्ने बताएका छन् भने २७९ ले हिलारीलाई । बाँकीले र्समर्थन र्सार्वजनिक गरेका छैनन् । (धेरै…)

  • सन्दर्भः सुस्ता

    मिलन बगाले

    लेखनाथ बाजेको
    चरीको विलाप पढेको भए,
    तिम्रो दुर्मतीले आज
    मेरो घरबार उजाडिने थिएन
    मेरा पातीका खम्बाहरू
    तिम्रो क्रेनले उचालिने थिएन
    म सुस्ताए
    तर तिमी सुस्ताएनौं।
    र त
    मेरो तपतपे खोल्सीको पानी
    मेरै कर्कलाको पातमा उठायौं
    र भीमकाय सागरमा खसायौं
    कठै!
    चिरिएको मेरो घाटी
    खरिएको मेरो छाती
    धन्यवाद छ तिमीलाई!
    आजका मितिसम्म
    मेरो माटो पकाएर
    हलुवा चै तिम्ले खाएका छैनौं
    मेरा रुखका पातहरु सिएर
    धोती चै तिम्ले लाएका छैनौं
    ठेल!
    अझ बेस्सरी ठेल!
    सगरमाथा अझै
    दुई मिटर माथि उचालिन्छ कि?

    (सुस्ताबाट फर्केपछि)

    तनहुँ

  • कितावी मेलामा डोरबहादुर

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    [पुस्तक मेला डायरी । यो डायरीको पहिलो भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

    म आइसक्रिम खाँदै मानिसको भीड नियालिरहेको थिए (जस’boutमा पृष्ठ एकमा पढ्नुहोस्)। साथीको फोन आयो ।

    ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ को कुरा निस्क्यो । डोरबहादुर लगभग ‘मिथ’ भइसकेका छन् । हराएका मानवशास्त्री । अतिचर्चित पुस्तक ‘फ्याटालिजम…’ का लेखक । खै कहाँ गए, यकिन कसैलाई छैन र त्यस्तोमा प्रायः अनेकौं कोणबाट अनुमानहरू गरिन्छन् जो स्वभावतः एकनाशे हुँदैनन् । कोही उनलाई कुम्भमेलामा देखेको कुरा गर्छन् कोही कहाँ । नौ महिनाअघि पहिलोपटक जुम्ला पुग्दा सदरमुकामको एउटा स्टेसनरी पसलमा संयोगले भेटिएका एक वृद्धले हराउनु केही घन्टाअघि डोरबहादुरलाई जुम्ला एयरपोर्टबाट बिदा गरेको सम्झिएका थिए ।

    ‘पुस १४ गते हो,’ पटमारा-९, उर्थुचौताराका ६३ वर्षो रतिमान विष्टले भनेका थिए- ‘कुन वर्षहो । ठ्याक्कै चाहिँ सम्झना भएन । एअरपोर्ट छाडेर नेपालगन्ज पुगेका थिए, एक घन्टा त्यहाँ बसेका थिए ।’ (डोबरहादुर ०५२ तिर हराएका हुन् ।) त्यसपछि उनलाई नदेखेको बताउने रतिमानले डोरबहादुरले खोलेको झन्डै एक दिन टाढाको एउटा अध्ययन केन्द्रसम्म जान मलाई उक्साएका थिए । (धेरै…)

  • पुस्तक मेला क्या माहोल

    राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    [पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

    kathmandu book fair
    पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका किताब र ‘मार्क्सवादको रुपरेखा’ थिए । सबै तस्बिर दिनेश वाग्ले

    त्यो क्षण म चकलेट आइसक्रिम खाँदै एउटा पिल्लरसँगै उभिएर भीड नियालिरहेको थिएँ । भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलको पुस्तक-स्टलमा मानिसहरू चलायमान थिए । ‘शैक्षिक’ स्टलबाट ह्वारह्वार्ती निस्केका तन्नेरी, पौढ र बच्चाहरू झन्डै-झन्डै ठेलामठेल गर्दै ‘किताब’ स्टलतिर बढिरहेका थिए । साथीको फोन आयो (जस’bout पेज दुइमा पढ्नुहोला) ।

    भीड के, खासमा म मानिसहरू नियालिरहको थिएँ । किताब एउटा बहाना मात्र हो, म यहाँ आज मान्छे हेर्न आएको हुँ । यी मान्छेलाई हटाइदिनुस, यहाँका पुस्तक स्टलमा तिनका पसलेमात्र राखिदिनुस् । के उस्तै मजा पाइन्छ ? (धेरै…)

  • माओवादी अत्याचार: र्राईफल सिरानी वनाएर सुते

    माघ २३ गते विहानै रेडियो नेपालमा समाचार वज्यो , दार्चुलामा कांग्रेस माओवादी झडप भनेर । भोजराज दाईले पसल के खालेका थिए, माओवादी कार्यालयवाट फोनमा धम्की आयो ‘ कान्तिपुरको पत्रकारलाई सबक सिकाउनु पर्ने भो’ ।

    Bikram Giri diary of darchula

    माओवादीले अहिले सम्म पनि कब्जामा लिएर राखेको र्सवसाधारणको घर । यो घरमा माओवादी कार्यकर्ता मिलेर वोर्डिङ स्कुल सञ्चालन गरेका छन ।

    विक्रम गिरी

    दार्चुलाका ग्रामिण भेगमा संविधानसभा निर्वाचनको प्रचार प्रसारका लागि एमाले र कांग्रेसको गाउं अभियान कार्यक्रम चलिरहेको थियो । अभियानमा जान दुवै पार्टीले आग्रह गरे । तर मेरो असहमती रह्यो । कारण कुनै एउटा पार्टीको एकल कार्यक्रममा जांदा फलानो पार्टीको पत्रकार रहेछ भन्ने आरोप लाग्ने डर मलाई थियो । कार्यक्रममा नजांदा केही नेता कार्यकर्ता रिसाएका थिए । संयुक्त रुपले कार्यक्रम गर्न एमाले, माओवादी र कांग्रेसका नेतालाई आग्रह गरे । तर सहमती हुन सकेन । (धेरै…)

  • Fatalism And Development. The Book.

    All photos by Yogesh Khatiwada

    I have posted the photos of me looking for, finding and buying the much acclaimed book Fatalism and Development by anthropologist Dor Bahadur Bista who has gone missing since 1997. (धेरै…)