Latest stories – पछिल्ला टिप्पणीहरू

  • माओवादी-दाता अन्तर्क्रिया: बहुदल र आर्थिक नीतिमा शंका नगर्न माओवादी आग्रह

    तस्बिर श्रुती श्रेष्ट मार्फत कान्तिपुर

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    काठमाडौं, वैशाख १२ – माओवादी अध्यक्ष प्रचण्डले शान्ति, बहुदल तथा आर्थिक विकास’bout आफ्नो पार्टीको प्रतिबद्धतामा शंका नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

    संविधानसभाबाट निर्वाचनबाट ठूलो दलमा स्थापित माओवादी नेतृत्वसँग बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आयोजित छलफलमा प्रचण्डले विदेशी मित्रहरूलाई ‘आफ्नै नीतिमा पुनर्विचार गर्न’ आग्रहसमेत गरे ।

    ‘विश्वव्यापीकरण, निजीकरण प्रक्रिया हामी बुझ्छौं,’ छलफलपछि प्रचण्डले भने- ‘हामीले चाहेको मिश्रति र संक्रमणकालीन अर्थतन्त्र कस्तो हुनुपर्छ, स्वदेशी/विदेशी लगानी कसरी प्रवर्द्धन गर्न चाहन्छौं भन्ने स्पष्ट पार्ने कोसिस गर्‍यौं ।’

    कूटनीतिक नियोगका अधिकारी, दातृ निकाय र राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग प्रचण्डको यो पहिलो संयुक्त भेट थियो । त्यहाँ अमेरिकी राजदूत न्यान्सी पावेल पनि उपस्थित थिइन् । कतिपयले आफूहरूलाई ‘यान्त्रिक र अलि जड’ ठान्ने उल्लेख गर्दै प्रचण्डले त्यो सोच गलत भएको र आफूहरू २१ औ शताब्दी अनुकूल चल्ने बताए ।

    उनले पश्चिमी देशमा माओवादी पार्टी’bout भएका ‘थुप्रै अस्पष्टता’ छलफलमा प्रस्ट्याएको बताए ।

    विदेशी मित्रहरूले संविधानसभामा बहुमत नपाएको पृष्ठभूमीमा सरकारको नेतृत्व गर्दा माओवादीले आफ्ना एजेन्डा कसरी कार्यान्वयन गर्नेछ भन्ने जान्न चाहेका थिए । ‘प्रचण्डले सहमतिअनुसार काम गछौं भने,’ बैठकमा सहभागी संस्थाका एक प्रतिनिधिले कान्तिपुरसँग भने । ‘माओवादीले गर्ने भनेको ‘वैज्ञानिक’ भूमि सुधार र स्थानीय निकायका’bout पनि प्रश्न उठेका थिए,’ ती सहभागीले भने- ‘राजनीतिक सहमतिमा निर्णय गरिने उनीहरूले बताए ।’ (धेरै…)

  • लोकतन्त्र दिवसको जलपान

    nabin kumar biswokarma
    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    काठमाडौं, ११ वैशाख- लोकतन्त्र दिवसमा प्रधानमन्त्रीले बुधबार आयोजना गरेको जलपान समारोह नवीनकुमार विश्वकर्माका लागि ‘वर्गीय विभेद’ फेला पार्ने अवसर थियो ।

    समाजका ‘शक्तिशाली’, ‘गन्यमान्य’ र विदेशी कूटनीतिज्ञ सामेल समारोहमा यी ३२ वर्षो माओवादी नेता स्थानीय विकास राज्यमन्त्रीका रूपमा सहभागी थिए । ‘वर्गीय दृष्टिकोणबाट हेर्दा यो परिवेश सामान्य जनताको जीवनभन्दा धेरै माथि,’ तीन महिनाअघि मन्त्री भएपछि कालिकोटको साटो काठमाडौंमा बस्न थालेका विश्वकर्माले भने- ‘जनता धेरै तल ।’

    महाराजगन्जस्थित परराष्ट्र मन्त्रालयको बगैंचामा भएको समारोहमा आतिथेय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सत्ता साझेदार दलका चुनाव जितेका केही नेता, समाजका विभिन्न तप्काका अग्रणी र विदेशी कूटनीतिक वृत्तको उपस्थिति थियो । (धेरै…)

  • इन्टरनेट बहसमा माओवादी विजय

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गर्नुहोस् ।

    संविधानसभामा बहुमत निकट पुगेको माओवादीको सफलताबाट कोही बेहोसै हुन आँट्नेगरी चकित भएका छन् भने कतिले चाहिँ ‘ठिक्क पर्‍यो कांग्रेस र एमालेलाई, खुबै भ्रष्ट र बूढालाई उठाएका’ भन्दै मनमनै ताली बजाइरहेका छन् ।माओवादी कार्यकर्ताको के कुरा गर्नु, क्रान्ति सकिएर समाजवादै आएझैं सिन्दूर घस्दै र कहीं-कहीं मान्छे कुट्दै निस्केका छन् । उनीहरूका नेतालाई चाहिँ अप्रत्याशित र आर्श्चर्यचकित नतिजाले ‘जिम्मेवारी बोध’ गराएकाले आगामी सरकार गठन’bout देशभित्रका राजनीतिक शक्ति, व्यापारिक वृत्त र अन्तर्राष्ट्रिय समुदायलाई एकसाथ आश्वस्त पार्न लागिपरेका छन् ।

    चुनावी नतिजा पूरै आइनसक्दै देश ‘लाल’ भएको छ, हाई भनी अभिवादन गर्नेहरू ठट्टा गर्दै ‘लालसलाम कमरेड’ भन्न थालेका छन् । चौतारीदेखि फाइभ स्टार होटलका बातानुकूलित हलसम्ममा अनेकौं कोणबाट माओवादी सफलता’bout छलफल भइरहेका छन् । अघिल्लो राष्ट्रिय चुनावताका नेपालीहरूमाझर् भर्खरै भित्रेको इन्टरनेटलाई यसपाली भनिसक्नुको चुनाव लाग्यो । वेबसाइटहरू माओवादीको जितमा पूरै रंगिएका छन्- सबै रातै भन्ने छैन, कोही रिसले काला भएका छन् । एउटाले अर्कोलाई नदेखी-नचिनिकनै चल्ने इन्टरनेट बहसहरू कति जोशपूर्ण हुन्छन् भने तिनलाई पढेपछि लाग्छ- बहसकर्ताहरू आमने-सामने हुँदा हुन् त कतिका दाँत र हात भाँचिने थिए, हड्डी टुट्ने थिए, टाउका फुट्ने थिए । वाइसीएल पूरै छायामा पर्ने थियो ।

    ‘म रंगीन पखेटा भएको उडिरहेको चराजस्तै महसुस गरिरहेको छु’, परिवर्तनले ‘युनाइटेड वी ब्लग’मा लेखेका छन्- ‘एक भागले ठान्छ, वास्तविक परिवर्तन भइरहेको छ । भ्रष्टहरू बढारिएको देख्दाको खुसी यहाँ साझेदारी गर्छु । थुप्रै ब्लगरजस्तै म पनि काठमाडौंको स्वघोषित सम्भ्रान्त हुँ । माओवादी र्समर्थक होइन । माओवादीप्रति धेरै मान्छे आक्रोशित भएका छन्, तर माओवादीहरू माओका र्समर्थक र कम्युनिस्ट पार्टी मात्रै होइनन्, गरिब र सिमान्तकृत समुदायले भोगेको अभावका परिणाम हुन् ।’

    मतगणना केन्द्रहरूबाट चकित तुल्याउने नजिता आउँदै गर्दा गतसाता मैले प्रचण्डको हल्का प्रशंसा र उनका चुनौतीको ठेली उल्लेख गर्दै आफ्नो वेबसाइटमा एउटा लेख लेखेको थिएँ, ‘द फेनोमेनन कल्ड प्रचण्ड’ शीर्षकमा । यो जित माओवादीले नै अपेक्षा गरेका थिएनन् भन्ने मेरो तर्क मन नपरेपछि एउटी माओवादी कार्यकर्ताले एसएमएस पठाइन्- माओवादीको यस्तो जितबाट आफू तीनछक परेँ, चकितै भएँ भन्नु, तर हामीले अपेक्षा गरेका थिएनौं भनेर तिम्रो शब्द हाम्रो मुखमा नहालिदिनु !

    तिमीजस्ता कार्यकर्ताको हौसलाका लागि बहुमत आउँछ भने पनि व्यक्तिगत वार्ताहरूमा उनीहरू जितप्रति पटक्कै आशावादी थिएनन् र चुनावअघि तालमेलनिम्ति माओवादी कति निराश थिए भनी मैले जवाफ फर्काएँ । तर उनी पत्याउन तयार भए पो । भोलिपल्ट ‘काठमान्डु पोष्ट’मा प्रकाशित डा बाबुराम भट्टराईको अन्तर्वार्ताको एउटा अंश (‘साँच्चै भन्ने हो भने यो जित हामीले अपेक्षा गरेभन्दा बढी नै भएको छ’) पठाउँदा पनि उनी मान्न तयार भइनन् । मचाहिँ बाबुराम भट्टर्राईको इमानदारीपूर्ण स्वीकारोक्तिसँग सहमत छु, माओवादीको यो तहको जितको कल्पनै गरेको थिइन । मैले के, हाम्रो अफिसको क्यान्टिनमा चुनावपूर्व हुने चर्काचर्कीपूर्ण अनुमानका गफहरूमा माओवादीलाई २० सिटभन्दा बढी दिएमा चियै खान नपाइने अवस्था हुन्थ्यो । बढी दिनेले ४५ सम्म दिएका थिए । सायद तिनले चिया खान पाएनन् । नजिताले तीनछक तुल्याउनेहरू इन्टरनेटमा थुप्रै भेटिए ।

    ‘यो त मेरालागि पनि थप्पड हो’, हर्केले लेखेका छन्- ‘कुनै पार्टीको म सदस्य होइन, तर माओवादी ३० सिटमै सीमित हुने कुरामा म बलियो विश्वास गर्थें । यो देशका १३ हजारको हत्या गर्नेलाई जनताले भोट देलान् भन्ने कल्पनै गरिन । प्रस्टै छ, उनीहरूले नेपालालाई कहाँ लैजान्छन् भन्ने । ससले अर्को तानाशाह जन्मायो भने म र हामीहरूले सहने छैनौं ।’

    त्यो एउटा दृष्टिकोण । अर्को यस्तो छ । ‘माओवादी विरोधीहरू’ इन्ट्रोभर्ट लेख्छन्- ‘नयाँ ‘लेन्स’ले हेर मित्र हो, पुरानो लेन्स बदल र तथ्य हेर । त्यसै भमिट नगर, तथ्य प्रस्ट छ । आफू दास हुँ भन्ने अनुभूति गरेमात्र दासत्वबाट तिमीहरू मुक्त हुनेछौ । नगरे त्यो तिम्रो छनोट ।’

    इन्टरनेटमा अभिव्यक्त गर्ने अत्यधिक बहुमतले माओवादीको जितमा काङ्ग्रेस-एमालेको परम्परागत र्ढरालाई दोष दिँदै ती दुइ पार्टी (विशेषगरी काङ्ग्रेसका) बूढा र भ्रष्ट हारेकोमा खुबै सन्तोष व्यक्त गरेका छन् । युवाले मौका पाएमा दुवै पार्टीले उन्नति गर्नसक्ने सम्भावना औंल्याएका छन् ।

    ‘एमाले र काङ्ग्रेसका सचेत युवा नेताहरू एक ठाउँमा आएर नयाँ पार्टी खोल्नु पर्छ’, राजेन्द्र पोखरेल लेख्छन्- ‘काङ्ग्रेस आउटडेटेड भयो, एमाले अक्षम । माओवादीले हाम्रो देश र लोकतन्त्र अपहरण नगरेको सुनिश्चित गर्न नयाँ पार्टी चाहिन्छ ।’

    अख्तियारले नै भ्रष्ट भनी तोकेका र जनताले व्यापक रूपमा खराब व्यक्तिका रूपमा विश्वास गरेका कांग्रेसका केही उम्मेदवारले गोर्खादेखि तनहँु, दाङ र सुनसरीसम्ममा भटाभट हारेकोमा कम्ती खुसी लागेको छैन । काङ्ग्रेसका नरहरि आचार्यले जित्दा जति खुसी लाग्यो, एमालेका योगेश भट्टर्राईजस्ता तन्नेरीले हार्दा उति नै दुःख । मलाईजस्तै खुसी या दुःख इन्टरनेटका मानिसहरूलाई पनि लागेको छ ।

    ‘खुमबहादुर खड्का र सुजाता कोइराला जस्ताले हारेको देख्दा म खुसी छु’, रमेश लेख्छन्- ‘तर उनीहरू माओवादीसँग हारिरहेका छन् ।’ चिरञ्जीवी वाग्ले हारेकोमा खुसी भएको उल्लेख गर्दै बाजे थप्छन्- ‘माओवादीले सुपथ जिते । नेपालमा लोकतन्त्रको जो कुरा छ, ‘काम लाग्ने मूर्खहरू’लाई २० वर्षपर्खिन दिउँ । नयाँ संविधान माओवादी दर्शनको छायामा बन्नेछ र काङ्ग्रेसचाहिँ पक्कै माओवादीको अचानोमा हुनेछ । जय नेपाल ! लालसलाम !’

    इन्टरनेट अभिव्यक्तिहरू परम्परागत माध्यममा देखिने प्रतिक्रियाभन्दा खुलस्त र प्रस्ट किन पनि हुन्छन् भने त्यहाँ व्यक्तिले आफ्नो परिचय खुलाइरहनु पर्दैन । त्यसो हुँदा मान्छे कति स्वच्छन्द हुन्छ भने सोचेको कुरा ठ्याक्कै भन्न सक्छ । बितेका पाँच वर्षता निजी वेबसाइटहरू सञ्चालन गर्दा मेरो के अनुभव छ भने परिचय लुकाएरै पनि मानिसहरू आफूलाई अभिव्यक्त गर्न बिछट्टै चाहन्छन् । अज्ञातका रूपमा प्रतिक्रिया दिए पनि आफ्नो भनाइमाथि आउने आलोचना, प्रशंसा या जवाफले व्यक्तिमा गहिरो असर पार्छ र उसले आफू व्यक्तिगत युद्धमा सामेल भएको अनुभव गर्छ । मैले त्यस्तँ थुप्रै अज्ञात पाठक देखेको छु, जो वर्षौंदेखि साइटहरूमा निरन्तर आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन् ।

    ‘म फ्रान्समा हुँदा तपाईंको साइटमा ‘प्रोफेसर प्यारेलाल’का नाममा खुबै प्रतिक्रिया लेख्थेँ’, परराष्ट्र मन्त्रालयका एकजना उच्च कूटनीतिज्ञले हालैको एक भेटमा मसँग भने- ‘कमेन्ट लेख्ने कुरा नशाजस्तै भएको थियो । अफिस छुट्टी भयो कि कम्प्युटर अगाडि बसेर टाइप गर्न थाल्थेँ ।’ आफ्ना अज्ञात तर सुसूचित प्रतिक्रियाले ‘मन्त्रालयमा हल्लिखल्ली’ मच्चिँदा आफूलाई झन् उत्साह मिल्ने गरेको उनले बताए ।

    इन्टरनेटका छलफलकर्ताले सामान्य बोलिचालीमा प्रयोग गरिने सबै भावनासूचक शब्द या लवजको प्रयोग गरेका हुन्छन्, जसलाई अन्य पाठकले सहजै बुझ्न सक्छन् । हाँसो, दुःख, पीडा, गाली सबै पाइन्छ । ‘हा, हा, हा, खुबै ‘लोकतन्त्र’को तबला बजाएका थियौ नि’, भासिर लेख्छन्- ‘म आशा गर्छु माओवादीले जितेमा यो वेबसाइटलाई बन्द गर्ने छैनन् ।’

    इन्टरनेटका बहुमत अभिव्यक्तिमा माओवादीको जित पछाडि जनतामा परिवर्तनको चाहना र काङ्ग्रेस-एमालेमा पुरानो अनुहार र र्ढरा रहेको ठानेका छन् । ‘यो चुनावमा भएका राम्रा कुराहरू- गिरिजा ग्याङ, माधव नेपाल ग्याङ र ज्ञानेन्द्र ग्याङको उन्मूलन भएको छ’, ‘नेपाली’ लेख्छन्- ‘अबका १८ महिनामा माओवादी उदाङ्गिने छन् या नेपाल उत्तर कोरिया या क्युबाजस्तै शासित हुनेछ । आफूलाई र्समर्थन नगर्ने नेपालीलाई माओवादीले मार्छन् या हिटलरले आफ्नै र्समर्थकलाई मारेजस्तो वाइसीएललाई मार्छन्, त्यो हेर्नुछ ।’

    एकजना निराश पाठकले ‘म अब विदेशको लागि भिसा एप्लाइ गर्छु भनेका छन् भने अर्को एकजना व्यापारीले आफू आशावादी रहेको र माओवादीलाई मौका दिने पक्षमा रहेको उल्लेख गर्दै थप लगानी गरेर खतरा मोल्ने बताएका छन् । माओवादी जितको जतिसुकै विरोध गर्ने र चुनावमा अनियमितता भएको बताउनेहरूले पनि समग्र चुनावी प्रक्रियामा औंलो ठड्याएका छैनन् । ‘प्रक्रिया आफूमा खोटयुक्त छैन’, एकजना लेख्छन्- ‘तर हामी फेल भयौं, जनता फेल भए !’

    ‘यो सामूहिक पागलपन हो’, स्रिजन लेख्छन्- ‘तर मैले के भन्न सक्छु र जनताले बोलेका छन् र उनीहरू माओवादीले शासन गरेको चाहन्छन् । त्यसैले उनीहरूलाई बधाई । तर देशलाई माओवादीले कुन हदसम्म विभाजन गरेका छन्, उनीहरूले थाहा पाउन् भन्ने म चाहन्छु । नेपालमा अहिले दुइ खाले मान्छे छन्- एउटाले उनीहरूलाई घृणा गर्छ, अर्कोले उनीहरूलाई भोट हाल्यो ।’

    ‘माओवादी शासनका जटिलता’bout मेरो बढी चासो छ’, किरात लेख्छन्- ‘पहिलेको रेकर्डले मलाई चिन्तित तुल्याउँछ । तैपनि म आशावादी छु कि उनीहरू सरकारमा गएपछि बढी जिम्मेवार हुनेछन् । नाजी र खमेर रुजजस्ता अतिवादी उदाहरणबाहेक प्रायः राजनीतिक पार्टीको सर्न्दर्भमा त्यस्तै भएको छ । नेपाली माओवादी’bout मेरा शंका भए पनि म उनीहरूलाई मौका दिन तयार छु ।’

    उनी थप्छन्- ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामा प्रतिबद्ध भएको, उदार अर्थतन्त्रमा निजी क्षेत्रसँग काम गर्ने र विदेशी लगानी आकषिर्त गर्ने भन्ने सही हल्ला प्रचण्ड र बाबुरामले अहिले गरिरहेका छन्, जो मलाई लाग्छ, अहिलेलाई उनीहरूको ओँठेभक्तिमात्रै हो, ठ्याक्कै के गर्छन्, हेर्न बाँकी छ । तर मेरो व्यापारिक योजनाप्रति म विश्वस्त छु र मैले दुःखले कमाएको पैसा मेरो देशको अर्थतन्त्रमा लगानी गरेर त्यसलाई फैलाउने प्रक्रियामा गइसकेको छु । मलाई लाग्छ, म आशावादी हुँ । हाँसो उठ्छ, मेरो धेरैजसो व्यापारी साथीहरू पनि र्सतर्कतापूर्वक विश्वस्त छन् । के थाहा, हामी मूर्खजस्तै पो हुने हौं कि ! तर मैले आफूलाई माओवादीले जितेपछि यहाँ देखिएका धेरै नकारात्मक ब्लगरहरूझैं बसेको देख्न सकिन ।’

  • Early in the Morning: A Radio Interview and Blogs

    Blogmandu: The story of Ratnapark and the debate of men on the street. Read in Nepali.
    ====

    Thanks to the CA election I have started waking up early in the morning these days. (Be warned, waking up early is NOT my cup of tea. I rarely see morning tea actually.) It was 6:35 and I hurriedly plugged earphones into my, where else, ears to get the latest on the polls. The KFM 96.1 was reading out news from Kantipur so I quickly pressed 9 on my cell which means I am tuned into the BBC World Service. A BBC reporter was screaming from Philadelphia, he was live commenting on the Democratic presidential debate. As soon as I heard the word Obama, I threw my siraks off (yes, I still use two but one of them always goes out of the bed sometime in the midnight!) and went to the TV. I was disappointed. Since the debate was on ABC, CNN wasn’t broadcasting it. There were two options: go back to bed or open the computer (because there was electricity which has become rare again after the polls). I decided to go for the second one. Thankfully, as I was briefly updating UWB, Anderson Cooper started showing snippets of the debate on CNN. I was little bit sad to know from one of those commentators (including the BBC reporter) that Obama didn’t do very well in the debate. Still I wished him luck. (After all he is the candidate I have proudly endorsed for this election season in the US.)

    My original plan was to write an article about the current state of Nepal for an Indian web site. They had requested me and I had emailed them that I would write in two days. So many things are happening so quickly that it’s difficult to focus in one particular topic.

    It’s about 3:34 PM and I haven’t started writing the article. Instead, in all these past hours, I was surfing the web and going through many Nepali blogs- many of whom I had never seen before. I was basically looking at Blogspot and WordPress blogs. As I surfed and found new blogs, I became more interested in them. Many of them were Hello-I-Started-Blogging-But-I-Don’t-Think-I-Will-Update kind of blogs that with a couple of posts and then the silence on blogger’s part. Some were very interesting and I read couple of posts on them. But I know how difficult it is to maintain the blog and keep on blogging. It’s been four long years, baby, that I have been blogging (on at least two sites) and it’s freaking challenging to continue writing. Sometime you are excited, sometime you are not; sometime you are fcking tired, sometime you are away from computer. So many factors to take care of!

    There is a context for my blogosphere dive. Yesterday morning I was interviewed by Radio Sagarmatha for a program called “Prabidhi” (Technology) and I talked with the host Deepak Aryal for about 10 minutes over the phone about blogging and the trend in Nepal. Though the program was live at 8:30, I had to wake up at 8 to recieve Deepak’s call so that he could be sure that I was alive and ready to talk to him.

    I thought no one would listen to the program (in this election season, I thought, who would first tune in to Radio Sagarmatha or listen to a program about technology.) So I hadn’t told anyone about the program in advance. Actually there was no time even if I had wanted to tell- Deepak had called me at around 9:30 PM previous evening.

    To my surprise there were listeners, at least two! A member of the interim parliament called me two hours after and started talking about how passionate he was about the technology in general and blogging in particular. He also recalled his blogging foray during the king’s rule as after he was inspired by an article about blogging in Nepal Magazine. Deepak Adhikari had written about him last year (I am not linking!) and that article on UWB, he said, had made him “famous”. Sensing his strong desire to re-start blogging, I suggested him to start with WordPress and post his experience of being a member of the parliament. It would be a nice read, I told him, a parliamentarian’s blogs. We really need some inside stories coming out, uncensored, from the parliament. Unfortunately he didn’t have much time in the parliament. He told me that he lost the election. “I couldn’t give slogans of ethnicity,” he said.

    When I came to Kantipur canteen, there was another journalist with KTV who said he heard me in the radio.

    There are about two dozen radio stations in Kathmandu valley and I don’t know name of all of them. You can see many radio reporters in many of the press conferences in Kathmandu. I think it’s good to have many radio stations. It’s good for a listener. But is it good for the radio themselves? What’s the population of Kathmandu? How many people listen to radio? Which radio? My guess is that one radio station gets at least around 1000 listeners at any point in time (barring from, lets say, 11 PM to 6 AM).

    Immediately after the polling, many FM stations were providing us live updates on the vote counts and that was really cool. I did one story for Kantipur about that phenomenon which also included, for the first time in elections, TVs as well. Many of the reporters, anchors and RJs were inexperienced but they tried their best to provide the information as soon as possible.

    Arrreee, where am I going? I started with the morning, went on taking about blogs and jumped to the radios. I just realized that I am damn hungry.

    Distantly related blog Meeting Barack Obama: Nepal is a Beautiful Country!

  • Which Party Do I Belong To?

    Jorpati! Okay, I am kidding.

    It’s been quite a while that I haven’t seen this site! Too busy with reporting for my newspaper, fixing and translating for international news organizations and following leaders in their campaign trails in Kathmandu and then keeping myself updated on the election results from around the country. After I returned from Karnali, I went to Gorkha for a day- as a translator for a foreign newspaper. So many things to write about: all those journeys, the personal experience, those fcking tired and exhausted moments. But where is the time? 24 is not enough, I need at least 35 hours in a day.

    Anyway, this is a season of political activities and making a choice based on political ideology many other factors. A reader of UWB asked me about my political affiliation and I found that question very interesting. I am republishing the conversation below: (धेरै…)

  • रेडियोभरि चुनाव

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    Nepal Counts Votes
    राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’

    काठमाडौं- रेकर्डिङलाई बिर्सिदिनुस् कुरा यहाँ लाइभ भइरहेको छ । हातमा मोबाइल फोन, झोलामा चाउचाउ र शरीरमा बेतोडको जोश भएका तन्नेरी संवादाताहरूले आ-आफ्ना रेडियो र टिभी स्टेसनमार्फ बिहीबार मध्यरातदेखि निरन्तर नेपाली जनतालाई चुनावी परिणाम बताइरहेका छन् ।

    काठमाडौंका एकदेखि पाँच क्षेत्रको मतगणना भइरहेको राष्ट्रिय सभागृहको चौरमा उभिएर शुक्रबार दिउँसो रेडियो नेपालमार्फ निरन्तर अद्यावधिक सूचना दिइरहेका विमल ज्ञवाली बिहान ‘चाउचाउ खाएर’ खटिएका थिए । ‘फ्रुटी र बिस्कुट पनि खाइन्छ,’ रेडियो नेपालमा ११ वर्षघि काम थालेका ३० वर्षो पत्रकारले भने- ‘साथीहरू सीमित छन्, धेरै क्षेत्र समेट्नुपर्छ ।’

    ‘सीमित साथी’ र ‘धेरै क्षेत्र’ को मार रेडियो संवादादताहरूलाई कम्ती परेको छैन । खानको टुङ्गो हुनेलाई सुत्नेको छैन ।

    ‘अफिसबाट प्याक गरेर खाना ल्याइदिन्छ,’ सभागृह परिसरको एउटा पर्खालमा पछिल्लो नजिता पर्खिरहेका रेडियो कान्तिपुरका संवाददाता २५ वर्षो अनिल बोगटीले भने- ‘दुइ दिन भयो घर नगएको । बिहीबारदेखि बुथमा आजसम्म ।’ राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’

    Nepal Counts Votes

    मोबाइल नेर्टवर्कले बेलाबेलामा धोका दिने भएकाले सिडीएमए फोन पनि बोक्नुपर्ने बताउने रेडियो कान्तिपुरका अनिलले ब्याट्रीको धोकाबाट बच्न जगेडा मोबाइल पनि राख्ने गरेको बताए । ‘हेडलाइन्स एन्ड म्युजिक’का किरणले एउटा सीडीएमए फोन पनि बोकेका थिए । ‘मेरो मोबाइलमा व्याट्री कम हुन्छ,’ २५ वर्षो रिपोर्टरले भने- ‘भीडभाडमा कहिलेकाहीं नेर्टवर्क समस्या हुन्छ, त्यसैले बोकेको ।’

    सूचनासँग छिनछिनमा खेल्न पाइने तथा विद्युतीय माध्यम भएकाले आफूजस्ता युवाका लागि रेडियो प्राथमिकतामा परेको यी तन्नेरीहरू ठान्छन् । ‘सबैभन्दा पहिले आफू अपडेट हुनपर्‍यो,’ अनिलले भने- ‘बढीभन्दा बढी सूचना लिन सक्नुपर्‍यो ।’ त्यसपछि त्यो सूचनालाई अरू स्टेसनभन्दा ‘पृथक ढंगमा’ प्रस्तुत गर्नुपर्ने चुनौती उनीहरूले सामना गर्नुपर्छ । रेडियोहरूको संख्या बढेको छ, प्रतिस्पर्धा चर्को छ, त्यसैले सूचना दिएरमात्रै पुग्दैन । ‘सूचना ब्रेक गर्ने भन्दा पनि फरक प्रस्तुति आवश्यक छ,’ किरणले भने- ‘श्रोताले मेरै एफएम किन सुन्ने ?’ रेडियो संवाददाताहरूले जतिसक्दो चाँडो सूचना दिन समाचारकक्षबाट निरन्तर दबाबको पनि सामना गरेका हुन्छन् ।

    रेडियो रिपोर्टरहरूले मात्रै होइन, हालैका वर्षरूमा खुलेका टिभीमा पहिलोपटक चुनाव कभर गरिहेका सम्वादाताहरूले पनि चर्को समयसीमामा आफूलाई सञ्चालन गर्नुपर्ने हुन्छ । ‘तथ्य संकलन गर्न निकै ध्यान दिनुपर्छ,’ सभागृहमा पुगेकी सगरमाथा टिभीकी २५ वर्षीया श्रुती निरौलाले भनिन्- ‘रिपुटेसन (इज्जत) को पनि कुरा हुन्छ ।’ एभीन्युज टिभीकी २७ वर्षीया आशा थपलियाले गलत सूचना प्रवाहित भए तत्कालै गुनासो आउने भएकाले होसियार हुनुपर्ने बताइन् । ‘एकछिन घुम्यो, (क्यामेराअगाडि) गयो, अपडेट गर्‍यो,’ उनले भनिन् ।

    रेडियो र टिभी दुवै माध्यममा मतगणना कभरेजको अनुभव छ सोहन श्रेष्ठलाई । अहिले कान्तिपुर टिभीको चुनावी समाचार संयोजन गरिरहेका सोहनले २०५६ को चुनावलाई रेडियो कान्तिपुरमा कभर गरेका थिए । त्यतिबेला अहिलेजस्तो मोबाइल/बेतारे फोनहरू उपलब्ध थिएनन् तर साधारण फोनमार्फत पूर्व ओलाङ्चुङगोलादेखि पश्चिम दार्चुला र माओवादी प्रभावित मध्यपश्चिम पहाडसम्मका भेगका चुनावी प्रगति सुनाएको उनले सम्झिए । ‘०५६ को मतगणनाकै दिन नेपालमा मोबाइल बाँडिएको थियो र मैले एउटा पाएको थिएँ,’ उनले भने- ‘भीएचएफ टु वे रेडियो सेट प्रयोग गर्दथ्यौं, मान्छेहरू पुलिस भनेर झुक्किन्थे ।’

    अहिले कान्तिपुर टिभीले राजधानीका दुइसहित देशभरिका ११ मोबाइल टोलीबाट चुनावी अभियान कभर गरिरहेको छ र त्यसका लागि संवादाता र इन्जिनियरहरूको टोलीले नसुतिकनै खटेको सोहनले बताए । ‘जेनेरेटर, कम्प्युटर आदि बोकेर हाम्रा साथी गाडीमै सुतेका छन्,’ उनले भने- ‘एफएमको तुलनामा टिभीको टिम ठूलो र प्रविधिको बढी संवेदनशील भूमिका हुने गर्छ ।’

    मानिसहरूले चुनावी परिणामको तिर्खालाई रेडियोहरूमार्फ कसरी मेटाएका छन् भने बाटामा थुप्रैलाई रेडियो हातमा लिएर या कानमा मोबाइलको इयरफोन घुसाएर हिँडिरहेको देखिन्छ । ‘भ्याइनभ्याई छ,’ सभागृहअगाडि उभिएर आफ्नो नोकिया मोबाइलमा एफएम स्टेसन चहारिरहेका ३८ वर्षो मनोज थापाले भने- ‘यो ऊ स्टेशन भन्ने छैन, जुनले मतगणना बताइरहेको छ, त्यो सुन्छु । त्यसले विज्ञापन बजाउन थालेपछि अर्कोमा गइहाल्छु ।’

    [यो लेख आजको कान्तपुरमा प्रकाशित हो ।]

    यसै सँग सम्बन्धित अंग्रेजी ब्लग: Nepal is Glued to Radios as Results of Maoist Victory Surprise Many (And Stun Some)

  • धाँधली होला है !

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    [यो लेख आजको कान्तपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Election Observers, Be Aware of Rigging!]

    यो चुनावी मौसम हो त्यसैले व्यस्तता कान्तिपथस्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयमा मात्र सीमित छैन । त्यो ठूलो भवन सामुन्ने सडक पारी एउटा सानो घरको साँघुरो कोठामा गत शुक्रबार हरिराम पौडेल र कृष्ण सुवेदीलाई भ्याई नभ्याई थियो ।

    हरि केही कागजमा ड्यामकी ड्याम छाप हानिरहेका थिए । कृष्ण तिनलाई छिटोछिटो सम्याईरहेका थिए । स्टिच गरिएका तीन टुक्रामा तस्बिरयुक्त आईडी कार्ड, कार्ड वाहकको नागरिकता फोटोकपी र उसले खानुपर्ने सपथ विवरण थिए । एउटा कार्डमा सातवटा छाप हान्नु झन्झटिलो थियो तर कार्ड कम थिएनन् । त्यो दिन पाचसय कार्ड तयार पारेका उनीहरुले अघिल्ला दिनहरुमा समेतगरी जम्मा ८ हजार दुइ सय कार्ड बनाएका थिए । चैत २८ आओस्, ती कार्ड वाहकहरु देशका थुप्रै चुनावी बुथमा जाने छन् र मतदान प्रकृया नियाल्ने छन् । उनीहरु आयोगले स्विकृती दिएका निर्वाचन पर्यवेक्षक हुन् जो, आयोगको निर्वाचन पर्यवेक्षण स्रोत केन्द्रका अनुसार, यसपाली झन्डै ४० हजार हुनेछन् ।

    ती मध्येकी एक हुन् सुष्मा केशी (तस्बिरमा) जो यसपाली चुनावी पर्यवेक्षणका साथै मतदानको पनि पहिलो अनुभव लिन आतुर छिन् । ‘कति एक्साईटेड छु,’ गत शनिवार विहान कालिकास्थानस्थित एउटा स्कुलमा पर्यवेक्षण’boutको प्रशिक्षणमा सहभागी २१ बर्षो युवतीले भनिन्- ‘अघिल्लो चुनावमा ११ बर्षकी थिए । अब त (भोट हाल्ने) आफ्नो र्राईट छ, त्यसको युज गर्नुपर्यो ।’ सुष्मा जस्तै अघिल्लो चुनावमा मतहाल्न उमेर नपुगेका र यसपाली ‘अधिकारको प्रयोग’ गर्न योग्य २५ बर्षमुनीका ३८ लाख ५४ हजार ३ सय ८८ युवा आयोगमा दर्ता भएका छन् । पर्यवेक्षण गर्न स्विकृती पाएका मध्यै थुप्रै त्यो उमेर समुहका भएको पर्यवेक्षण संस्थाहरुको प्रारम्भिक अनुमान छ । पर्यवेक्षक भएर अभूतपूर्व लोकतान्त्रिक अभ्यासलाई नजिकबाट नियाल्नु यी पहिलो-पटक-मतदाताका लागि ऐतिहासिक अवसर भएको छ । (धेरै…)

  • आदरणीय जनसमुदायहरु…

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । काठमान्डू पोष्टमा प्रकाशित अंग्रेजी संस्करण यहाँ छ : Respected Lawabiding People….]

    ‘सभापती कमरेड,’ माइक नजिक पुगेपछि उनले भने- ‘मन्चमा उपस्थित हुनुभएका नेकपा एमालेका स्थायी समिती तथा केन्द्रिय कमिटीका सदश्य कमरेडहरु । काठमाडौं क्षेत्र नं. १ का नेकपा एमालेका र्सूय ध्वजावाहक उम्मेदवार कमरेड प्रदीप नेपाल र यस कार्यक्रममा यस जनसभामा उपस्थित हुनुभएका सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलाई म नेकपा एमालेको तर्फाट क्रान्तिकारी लाल सलामको अविवादन व्यक्त गर्न चाहन्छु ।’

    लाल सलाम ! उनी हुन् माधवकुमार नेपाल, एमालेका महासचिव, जो गत आइतबार नयाँ बानेश्वरको चुनावी सभालाई सम्बोधन गर्दै थिए । करिव २५ मिनेटको त्यो भाषणमा घुमाईफिर्राई माओवादीलाई गालिगर्नु र आफ्नो पार्टीको घोषणापत्रका केही कुरा उल्लेख गर्नु अघि नेपालले केही कुरा प्रष्ट्याउन चाहे ।

    ‘साथीहरु,’ लाल सलाम गरेपछिको पहिलो वाक्यमा उनले भने- ‘चुनावी अभियान अगाडी बढ्दै जादा नेताहरुको र चुनावमा लाग्ने अभिनेताहरुको स्वर सुक्ने स्थिती बन्न सक्छ ।’ ‘अभिनेता’ अर्थात कलाकार जसले चुनावी सभामा गाउदै र ठट्यौली गर्दै सहभागीलाई मनोरन्जन दिन्छन् । नेपालले बोल्नु अघि गायक भगवान भन्डारीले आफू स्वतन्त्र भएपनि सूर्यमा भोट हाल्दा राम्रो हुने मनसाय प्रकट गरेपछि एउटा लोकधुन सुनाएका थिए ।

    ‘त्यसो हुनाले घाटीहरुलाई बढ्ता ख्याल गर्नुपर्छ,’ भाषणको दोस्रो वाक्यमा हल्का मुस्काउदै नेपालले भने- ‘चीसो पानी खुवाउने नगर्नु होला । तातो पानी…’ (धेरै…)

  • अक्करे भीरका डाइवर दाई

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    [थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Tales of a Highway Driver in Karnali ]

    पहरो छिचोलेर कटेको कालीकोटे कच्ची सडकमा सदरमुकाम मान्मलाई पछि पार्दै एउटा ट्रयाक्टर जुम्लातिर बढीरहेको थियो । सामानले भरिएको त्यो गाडीलाई केही मिटरसम्म चार साना, काठे पाङ्ग्रे र घाँसले सिगारिएका ‘मिनी ट्रक’ र ‘ट्रयाक्टर’ले पछ्याए । लामो डन्डीवाल स्टेरिङ् भएका ती खेलौना-गाडी चलाउने मध्येका एक थिए- प्रवलराज बम । बर्ष१३, कक्षा ८ ।

    ‘र्डाईवर बन्ने !’ एउटा ठट्यौलीपूर्ण प्रश्नमा प्रवलले भने ।

    ‘ड्राइभर बन्ने ?’ मैले भने ।

    ‘यो देशमा बैज्ञानिक नभएका होइनन्,’ प्रवलले यसरी जवाफ दिए मानौ कक्षा कोठामा गुरुले प्रश्न गरेका छन् जसको उत्तरले परिक्षामा नम्बर आउछ- ‘गेहेन्द्र शमसेर थिए । पोखराका युवाले प्लेन बनाएको समाचार सुनेका छौं । हामी पनि गाडी बनाउन चाहन्छौं ।’

    ‘गाडी बनाउने बन्नेकी कि चलाउने ?’

    ‘पढ्न सके इन्जिनियर बन्ने,’ हाइनेकमाथि स्कुलको पोशाक जस्तो लाग्ने र्सट र स्वेटर लगाएका फुच्चेले भने- ‘सकिएन, फेल भइयो भने जसरी पनि डाइवर बन्ने ।’

    ह्याट लगाएकी व्रिट्नी स्पेयर्सको तस्बिर छातिमा छापिएको टीर्सट, त्यसमाथि खुकुलो ज्याकेट र ‘डीकेएनवाई जिन्स’ लेखिएको पाइन्ट लगाएका नविन शाहीले कुरा सुनिरहेका थिए ।

    मैले तस्बिर लिदा प्रत्येक पटक देब्रे कुर्कुच्चो उचाल्दै कम्मर हल्का बंग्याएर हिपहप गायकले झै औलाहरु फैलिएको दाहीने हातले आफ्नो अनुहार छोपेका केटाको देब्रे हात फुच्चे मिनी ट्रकको स्टेरिङ्मा थियो । ‘गरिव ठाउँमा जन्मिइयो,’ ८ कक्षामा पढ्ने १२ बर्षोले निर्देशकको ‘एक्सन’ आदेशपछि स्क्रृप्टमा लेखिएको डायलग भन्ने अभिनेतालेझैं भने- ‘हाम्रो ठाउँमा सडक भर्खर आएको छ । गाडी भर्खर चल्न थालेका छन् । राम्रो पढ्न पाए आफ्नै गाडी चलाउने । नभए हिम्मत हारेर आत्महत्या गरिदैन । -अरुको गाडीको) डाइवर बनेरै ज्यान पालिन्छ ।’

    ज्यान पाल्ने, तिलक नेपालीले जस्तो । टोपी र ज्याकेट लगाएको उसलाई पछाडीबाट हेर्दा कसैलाई ‘फर्मुला वान’ ड्राइभर माइकल सुमाकरको झल्को मिलेमा त्यो अनुचित नहोला तर वास्तवमा तिलक र जर्मनीका विश्वप्रसिद्ध चालकबीच त्यति नै फरक छ जति बोलेरो र फरारीमा छ ।

    यूरोपेली फुटबल क्लव ‘एफसी बार्सलोना’को विज्ञापन कुदिएको क्याप लगाएको ठिटोको मैलो ज्याकेटमा ठूला अक्षरमा ‘यामाहा’, ‘क्यास्ट्रोल’ र ‘रियाल्म’ बाहेक ‘च्याम्पियन’ ‘नास्कार विन्स्टन कप’ लेखिएका छन् । नौ कक्षासम्म पढेर सरकारी स्कुल छाडेको केटोलाई ‘नास्कार’’bout के थाहा होस् तर ऊ पक्कै च्याम्पियन हो- जुम्लाबाट सुर्खेत र सुर्खेतबाट जुम्ला सकुसल गाडी चलाउनु फर्मुला वान नै जितेभन्दा कम हुन सक्दैन । डेढबर्षअघि गाडी चलाउन थालेको १९ बर्षो जुम्ली ठिटोले फागुनको दोस्रो साता त्यो उपलब्धी हासिल गर्यो ।

    Tilak Nepal (also in the photo below) with his Mahendra Bolero

    Tilak Nepali (and his friends in the photo below) removing boulders on the road.

    फरक सडक, फरक चुनौती तर कठिनाई उस्तै । सुमाकर मान्छे चिप्लिएला जस्तो कालोपत्रे सडकमा सकेजतिको तीब्र गतीमा गाडी चलाउछन् । तीलकले ‘सबै कच्ची बाटोहरुकी आमा’ मानिने त्यो धुलो बाटोमा अलि तीव्र हुइकाउन खोजे गाडी कयौ मिटर तलको तीला या कर्णालीमा पुग्ने लगभग निश्चित हुन्छ ।

    ‘माटोक्ने, कहिलेकाही त मुटु चल्लो भएर बाहिर आउछ यार,’ पिलि पुग्नैलाग्दाको एउटा झोलुङ्गे पुल माथिको अप्ठेरो कटेपछि तिलकले फोर ह्विल गाडीको सहयोगीसँग भनेको थियो । सहयोगी अर्थात हेल्पर -गाडी सहायक) जसलाई परम्परागत बोलीमा ‘खलासी’ भनिन्थ्यो जो अहिले बर्जित जस्तै छ । तिलकले चाहि ‘केटो’ शब्द प्रयोग गर्छ- ‘मेरो केटो तगडा छ’, ‘मेरो केटोले खायो ?’ ‘मेरो केटोलाई पठाइदिउला ।’

    अप्ठेरो विन्दुबाट केही मिटर पर्तिरको सम्म बाटोबाट केही महिनाअघि एउटा ट्रयाक्टर खसेको थियो जसको अवषेश अझै भीरमा देख्न पाइन्छ । ‘यस्तो राम्रो बाटोमा कसरी गाडी फालेको !’ गाडी सहायक अर्थात हेल्पर मुस्कान शाहीले ठिप्पणी गर्यो ।

    ‘गाडी चलाएर हेर, त्यसपछि थाहा पाउछौं,’ तिलकले भन्यो- ‘कस्तो बाटोमा कस्तो संघर्ष गर्नुपर्छ भन्ने ।’ एकैछिन रोकिएपछि उसले थप्यो- ‘बेरेक फयल भएर पनि हुनसक्छ ।’

    फयल अर्थात बेकामे यो बाटोमा जे पनि हुनसक्छ । टायर, पट्टा र नविग्रने के पो छ ? जुम्ला छाडेको आधा घन्टामै तिलकको गाडीको एउटा पाङ्ग्रा पङ्चर भा’थ्यो । साझ एउटा खोलो तर्दा ढुङ्गामा ठोक्किएर गेयर तेल चुहिन थाल्यो । भोलिपल्ट विहान अर्को टायर वेकामे भएपछि गाडी दिनभर त्यही रोकियो ।

    दशकौंको राजनीतिक आवश्वासन र प्रतिक्षापछि १० महिना अघि औपचारिक उद्घाटन भएको कर्णाली राजमार्गले क्षेत्रका बासिन्दालाई तुलनात्मकरुपमा सस्तोमा खाद्यान्न उपलब्ध गराएको छ तर ४० गाडी दुघटनामार्फ २० को ज्यान लिएको छ । अर्को दिन दैलेखको खिट्की ज्युलाबाट कालिकोट हानिदा अप्ठेरो मोडमा तिलकले एउटा ट्रक भेटेको थियो जसको पछाडी हुटमा दुइ दिन अघिको दुर्घटनामा मृत्युभएको हेल्परको शव थियो । सडक किनारको खुकुलो पर्खाल भत्किदा पाङ्ग्रो चिप्लिएपछि खसेको मिनी ट्रकमा १२ जना मान्छे थिए । ८ घाइते भए, ४ मरे ।

    ‘नराम्रो लाग्यो, हेल्पर मरेछ,’ उसले मेरो प्रश्नमा भन्यो- ‘आफ्नै कोही मरेजस्तो लाग्यो । तर के गर्नु यो पेशै त्यस्तो, डराएर हुदैन । काम गर्नै पर्छ ।’ केही घन्टापछि उसले तीला किनारमा केही मान्छे देख्यो जो त्यही दुर्घटनामा परेकी एउटी बच्चीको अन्त्येस्टी गर्न जम्मा भएका थिए । ‘यो बाटोमा आउने प्रत्येक डाइवरले घरमा (आफ्नो) काजक्रिया गरेर आउनुपर्छ,’ तिलकले टिप्पणी गर्यो- ‘कुनबेला कहा के हुन्छ, पत्तो हुन्न ।’

    तर त्यसको अर्थ, तिलकले अघि भन्यो नि, यात्राभरी डराउने भन्ने होइन । ‘एफसी बार्सेलोना’ क्याप फुकालेको बेला छोटो कपाल भएको टाउको केट विन्स्लेट र लियोनार्र्डो डिक्याप्रियोले टाइटानिक जहाजको किनारमा गएर हात फैलाएको तस्बिर छापिएको रुमालले बाध्ने तिलक बारम्बार गुनगुनाई रहन्छ ।

    मेरो माया लाग्छ लाग्दैन ?
    सुनको बाला नभएनि
    चाँदी बाला दिउला हातैमा
    सुख दुख जे भएनि
    हाँसी हाँसी दिउँला साथैमा

    गीत र रात्रीकालिन हँकाई यो मार्गका चालकका अभिन्न मित्र हुन् । ‘गीत नसुने गाडी चलाएजस्तै हुदैन’ भन्ने तिलकले यस्तो अप्ठेरो बाटोमा हाक्न ‘दिउसो भन्दा राती सजिलो’ भन्दा अचम्म लाग्न सक्छ । ‘दिउसो आखा यताउता हुन्छन्, दायाँवायाँ डिलबाट हेर्दा कहाली लाग्दो हुन्छ,’ उसले भन्यो- ‘राती केही देखिदैन । हेडलाईटबाट गाडीहिड्ने बाटा मात्र देखिन्छ । गीत घन्काइन्छ, बाटो कटेको पत्तो हुदैन ।’ तिलकको त्यो विश्लेषणसँग बाटोमा भेटिएका थुप्रै ड्राइभरले सहमती जनाए । तर एक रात नौ बज्दैगर्दा घन्किरहेको गीतसुन्दै ओर्लिरहेको तीलकको गाडीले झन्डै कर्णालीमा नुहाएको थियो- कसोकसो पाङ्ग्रो चिप्लिदा गाडीलाई नियन्त्रणमा लिन तिलकलाई हम्मे परेको थियो र झयाप्पै ब्रेक लागेर गाडी रोकिदा अगाडीपट्टी दुई इन्च पनि ठाउ थिएन । ‘बाचियो,’ तिलकले भन्यो- ‘भाग्य दह्रो रैछ ।’ सबैका मुटु चल्ला भएर निस्कए ।

    देब्रे हातको चोरी औलामा पित्तलको औठी लगाएको तिलकका मोटा औलाहरु, खिइएका र फोहोर अडिकएका नङ् तथा फुलेका नसा देखिने बलिया पाखुरामा अप्ठेरो बाटोमा स्टेरिङ् घुमाउन पर्ने परिश्रम झल्किन्छ । यो गाडीको फोर ह्विल गेयर जब्बर छ, भनेको बेला लगाउन सानोतिनो संघर्षौ गर्नुपर्छ । गाडी व्रिग्रीएमा या व्रिग्रेको शंका लागेमा धुलेसडकमा झ्याम्मै सुतेर त्यसमुनी छिर्नुपर्छ र अनगिन्ती पटक उत्तानो परेर निरिक्षण गर्नुपर्छ ।

    सपना तिलकको पढेर ‘ठुलैमान्छे हुने’ थियो तर, उसले भन्यो, ‘पहाडी इलाका हो, पर्ढाई भन्दा बढी काम गर्नुपर्छ’, त्यसैले ऊ जुम्लाको चन्दननाथ उमावी छाडेर सडकतिर लागेको थियो । ‘स्कुल लाईन छाडेर गाडी लाईन लागेपछि बसमा खलासी गरे,’ उसले चार बर्षअघिको कुरा सम्झियो- ‘त्यसपछि आठ महिना ग्यारेजमा मिस्त्री गरे । यही बर्षेखि गाडी चलाउन थाले, अब हेरौ कति हुन्छ ।’

    ड्राइभर हो तिलक, भविश्यवेत्ता होइन त्यसैले उसलाई मैले ‘अबका केही बर्षा तिमी आफूलाई कहा पाउछौं’ भनेर सोध्नु बेकारै थियो । तर रिपोर्टरहरुले प्रश्न सोध्नबाट आफूलाई कहाँ रोक्न सक्छन् ? ‘पछिको कुरो कसलाई थाहा हुन्छ ?’ गाडी कुनै अक्करे भिरमा उफ्रिदै गर्दा तिलकले भनेको थियो- ‘अहिले यहा छु, ऊ त्यो मोडमै के हुने हो के थाहा ? भाग्यमा के लेख्या छ ?’

    भाग्यमा जे लेख्या भएपनि पुरै तस्बिरमा आइनसकेको उसको योजनामा आगामी छ/सात बर्षगाडी चलाउने, त्यसपछि ‘पैसा कमाएर विजनेश गर्न सकिएछ भने स्यानोतिनो विजनेस गर्ने, बस्ने सोच’ छ । ‘अनम्यारिड छु क्यारे,’ उसले भन्यो- ‘म्यारिज गरिसकेपछि के हुन्छ त्यो कुरो थाहा हुदैन ।’ निरन्तरको धुलोले फुटेका ओठहरु हल्का खोलेर ऊ मुस्कायो । गाला चाउरिदा दाँया आँखा नजिकैको खत छोपियो ।

    ‘अहिले ठिकै छ, एउटा पेशा सिकेपछि रमाइलै भन्नुपर्यो, पेटका लागि हो,’ मेरो अर्को प्रश्नमा तिलकले भन्यो । यो रुटमा उसले चलाउन थालेको भर्खरै हो, तलवको टुङ्गो पनि भइसकेको छैन । तर ‘यस्तो अप्ठेरो बाटोमा चलाउने’ भएकाले तर्राईतिर दिइने ‘चार हजार पैतालिस सय’ भन्दा बढी हुने आशा गरेको छ ।

    रक्सी नपिउने तर चुरोट सल्काउन धक नमान्ने तिलकले त्यो तलव ५३ बर्षो बाबु धनबहादुरका हातमा थमाउने छ जो ४६ बर्षो पत्नी बिजुका साथ महत गाउको मिचा टोलमा बस्छन् । सडकबाट २५ मिनेट उक्लेपछि त्यहा पुगिन्छ । ‘चिन्ता लाग्छ,’ अप्ठेरो बाटोमा छोरोलाई गाडी चलाउन पठाउदा कस्तो लाग्छ भन्ने मेरो प्रश्नमा बिजुले भनिन्- ‘गाडी पल्टेको सुन्दा तरङ् हुन्छु । तर जागिर हो ।’

    हो, जागिरै हो, त्यसैले तिलकले जुम्ला पुगेको एकदिन पछि सुर्खेत जानुपर्ने भएको थियो- दोस्रोपटक । नेपालगन्ज हुदै काठमान्डू उडेर आएको साझ मैले अर्को एउटा ड्राइभरबाट सुने- जुृम्ला हिडेको तिलकको गाडी त्यही ठाउनेर फसेको छ जहाँ केहीदिन अघि फसेको मिनिट्रकले सडक अवरुद्ध पार्दा हामी चार घन्टा अड्केका थियौं । एकहप्तापछि फोन आयो, उतापट्टी तिलक थियो । ‘दाई जुम्ला आइपुगे,’ उसले भन्यो । मलाई लाग्यो, च्याम्पियन तिलकले त्यतिबेला चलिरहेको फर्मुला वान अस्ट्रेलियन ग्य्रान्ड प्रिँ जितेको छ ।

  • घरफर्केको केटो

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    [यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Homecoming of a Nepali Migrant Worker from India]

    कर्णाली तिरैतिर जुम्ला हानिएको दैलेखी धुले सडकमा फागुनको पहिलोसाता उसलाई हिडिरहेको देख्दा मैले फोटोपत्रकार स्टिभ मक्करीकी विख्यात तस्बिर पात्र ‘अफगान गर्ल’ सम्झिएको थिए । ‘नेशनल ज्योग्राफिक’ म्यागेजिनको आवरणमा सन् १९८५ मा छापिएको त्यो फोटोकी आफगानी शरणार्थी केटी शर्वतका आँखा र मुहारमा विछट्टैको पिडा र थकान झल्किन्छ । त्यस्तै पिडा र थकान मैले राजेश शाहीका आँखा र मुहारमा देखें ।

    भारतको नैनीतालमा एउटा क्रिकेट रंगशाला बनाउन गिटी, कंकर र रेता (बालुवा) घोलेर वाक्क भएपछि फर्किएको त्यो १७ बर्षो आफ्नो घरतिर लम्किरहेको थियो । महेन्द्रनगरमा नेपाली सीमा छिरेयताका पाँच दिन ऊ लगातार हिडिरहेको छ- नाम्लो र खकनमा झुन्डिएको टिनको हरियो बाकस उसको ढाडमा घोटिएको छ । घाटीमा छातितिर एउटा रेडियो-क्यासेट झुन्डेको छ । रेडियो-क्यासेटसहितको ठ्याक्कै त्यस्तै भारी बोकेका कम्तिमा अन्य १० राजेश शाहीसँगै हिडिरहेका छन् । सबै उत्तिकै थाकेका छन्, गलेका छन्, लुतुक्क परेका छन् । यो हिर्डाई अघि ती सबैले दिनमा एकसय २० भारु कमाउन क्रिकेट निर्माण आयोजनामा गिटी कुटेका थिए, बालुवा मुछेका थिए, भारतीय ठेकेदारको गाली सहेका थिए, सीमानामा लोभी भारतीय पुलिसहरुको दुर्व्यवहार व्यहोरेका थिए र कोही तीनै पुलिसबाट लुटिएका थिए ।

    यो साझ दैलेखको खिट्की ज्युला आइपुगेका उनीहरु त्यो सबै विर्सन चाहन्छन् । ‘ऊ त्यो डाडामा हाम्रो घर,’ कसैले देखायो । भोली विहानै झोलुङ्गे पुलबाट कर्णाली तरेर अछामी भूमीमा टेकेपछि उनीहरु खाना खान आ-आफ्नो घर पुग्ने छन् ।

    त्यस अघि कर्णाली मास्तिरको र गाउ मुन्तिरको जंगलसँगैको खोलामा एउटा महत्वपूर्ण काम गरिनेछ ।

    त्यो भन्दा पनि पहिले खिट्की ज्युलामै एउटा पसलमा भारतजादा रहेको बाँकी तिर्नुछ । यो पसलबाट राजेशले तीन सय ५० पर्ने एउटा ज्याकेट उदारोमा लगेका थिए, फर्किदा तिर्ने बाचासाथ । अहिले पैसा भए पो !

    ‘कमाएको पैसा बाटैमा सिद्धियो दाइ,’ पसलेसँगको छलफललाई एकैछिन थाती राखेर थुक्न बाहिर निस्केका ठिटाले मसँग भने । ‘चिसापानीमा सामान किने, बाकस किने, रेडियो किने । बाटोमा खाए ।’

    घाम नझुल्किदै कर्णाली पारीको उकालो काट्नुपर्ने थियो तर राजेशले साहुजीलाई मनाउन सकेनन्, वार्ता लम्बियो, विहान सकिनै लाग्यो । ‘गाउकै साहु हुन्, घरपुगेपछि दिन्छु भनेको मान्दैनन्,’ उनले भने । सँगैका एकजना पाकाले घरपुगेपछि दिनेर्सतमा पैसा तिरिदिएपछि टोली पुल तर्यो, उकालो नथाल्दै घामले भेर्ट्टाई हाल्यो । केहीबेरमै खोलो पनि आइहाल्यो । अब यहाबाट डेड घन्टा उक्लेपछि राजेशले पाचसम्म पढेको भैचालाको श्री शारदा प्रा.वि. आउछ । त्यहाबाट ५ मिनेटमा उनको घर ।

    अन्य सहयात्री जस्तै खोला किनारमा उनले भारी विसाए । हात धोए, खुट्टा धोए, मुख धोए र रुमालले पुछे । अनि उनले बक्साको चाईनिज ताल्चा खोले । थोत्रो र मैलो पाइन्ट र जम्पर उनले फुकाले । चिसापानीमा किनेका नयाँ जिन्स, पेटी गन्जी, र टी-र्सट लगाए । नौ बर्षो फुच्चेलाई उसको बर्थडेमा बाबुआमाले दिएको उपहार जस्तो लाग्ने रंगीविरंगी अक्षर कुदिएको जिन्स र्सतर्कतापूर्वक लगाएपछि उनको अनुहारमा पहिलोपटक मैले हलुका मुस्कान देखेको थिए । हरियो टी र्सटको छातीमा ठूलो अंग्रेजी अक्षरमा ‘भ्याकेसन’ र त्यो मुनी र्’इन गोवा बीच’ लेखिएको थियो । ‘भ्याकेसन’ अक्षरहरुमाथि ‘ग्रेट प्यारार्डाईज’ उल्लेख थियो ।

    ‘महान र्स्वर्ग गोवा वीच’ आफूले मजदुरी गर्ने देशकै दक्षिणी समुद्री शहर हो भन्ने उसलाई न थाहा थियो, न त्यहा गएर ‘भ्याकेसन’ (विदा) मनाउने उसको उद्देश्य । आफ्नै डाडाहरुमा मजदुरीको थकाई मेटाउन पाउदा ऊ खुशी देखिएको थियो ।

    ‘मनमा एकदम खुशी छ दाई,’ उसले प्रत्येक शब्दपछि एक सेकेन्डजस्तो रोकिदै भन्यो- ‘घर पुग्न लागियो । अलि राम्रो बन्न पर्यो । फेसन गर्न पर्यो । परिवारलाई देख्दा राम्रो हुनुपर्यो ।’ त्यसपछि उसले एकछिन मलाई हेर्यो, अनि आफैलाई । उसले टीसर्ट तन्कायो ।

    राजेशका सहकर्मी, सहयात्री र गाउलेहरु १८ बर्षो जीवन शाही र १९ बर्षो मीनबहादुर बोहोराले पनि आ-आफ्ना भारीबाट नयाँ जिन्स, र्सट र जुत्ता झिकेर लगाए । अलि मास्तिर डोको बोकेर उक्लिइरहेका चारवटी केटीहरु थकाइ मारिरहेका छन् । उनीहरुले ठट्यौली गरेको र हासेको आवाज केटाहरुसम्म आइरहेको छ ।

    अब बेला भएको छ, चिसापानीमा नौसय रुपैया हालेर किनेको एफएम, मिडियम वेभ र एकदेखि नौसम्मका र्सट वेभ व्यान्ड टिप्ने ‘ब्लिस’ ब्रान्डको रेडियो-क्यासेट घन्काउने ।

    सिरिरी बतासै चल्यो
    फूलजस्तो जोवन तिम्रो टिपौ जस्तो लाग्यो

    खोलाभन्दा निकै माथि केटीहरु नजिकिदै गर्दा तीनवटै क्यासेटहरु एकतमासले घन्किरहेका थिए । सबैको आवाज ह्वात्तै बढेको थियो । सबैमा रोमान्टिक धुन बजिरहेका थिए तर समश्या एउटै थियो- कुन क्यासेटबाट कुन गीत बजिरहेको छ खुट्ट्याउन नसकिने । सबैको मिश्रणबाट एउटा चौथो गीत बजेजस्तो महशुस भयो ।

    एउटा प्लास्टिक झोलामा केटीहरुले पानी बोकेका रहेछन्, ‘तिर्खाएका’ केटाहरुलाई उनीहरुले त्यसको प्रस्ताव गरे । अजुलीमा झरेको प्लास्टिकको पानी पिउदै गर्दा उनीहरुका आखा जुधेका थिए । दुइटा क्यासेट बन्द भएका थिए, अर्कोमा एउटा गम्भीर गीत बजिरहेको थियो-

    न त मैले न तिम्ले देखेको
    दुख पाउन रैछ नि लेखेको

    केटीहरु अगाडी बढे । माथिको बतासे डाडामा फेरी भेट्टाउदा उनीहरु कर्णाली पारीपट्टी दैलेखी पहाडमा गुडीरहेका ट्रक ड्राइभरहरुलाई लक्षित गर्दै ‘ओई होई’ चिच्याई रहेका थिए । खुट्टा तल झारेर लहरै बसेका चारैवटीले आ-आफ्ना मजेत्रा हल्लाईरहेका थिए ।

    ‘अघि हामीलाई पानी खुवाउनेको नाम के ?’ मैले सोधे ।

    ‘किन चाहियो ?’ उनले भनिन् ।

    ‘त्यसै ।’

    ‘मेरो नाम छैन ।’

    ‘भन न,’ मैले भने ।

    ‘किन भन्ने ? त्यतिकै अर्कालाई नाम बताउने कि क्या हो ?’

    ‘आफ्नै हुँ नि । एउटै देशका हामी ।’

    ‘घर फरक भए त अर्को हुन्छ, तपाई त जिल्ला फरक ।’

    राता गाला भएकी हसिली १६ बर्षो जैसरा रोकामगरबाट नाम र उमेर फुत्काउन थप केही मिनेट प्रश्नोत्तर गर्नुपरेको थियो । जैसरा र उनका दौतरी कहिल्यै स्कुल गएनन् ।

    जीवन शाही चाहि तीन कक्षासम्म गए, त्यसपछि उनको शैक्षिक यात्रा जनयुद्धको मारमा पर्यो । ‘परिस्थितीले भेट्टाएन,’ निराश लवजमा उनले भने- ‘माओवादीले बुवालाई ‘माओवादी हुनैपर्छ, नभए काटेर फाल्छौं’ भने ।’ पहिलोपटक बाबुले भारत लैजादा उनी १३ बर्षा थिए । आफू अनपढ हुनुमा एक नम्बर दोषी माओवादी ठान्ने केटाले अविभावकको अशिक्षा पनि कारक रहेको बताए । ‘पढाइदिएको भए कति राम्रो हुन्थ्यो,’ उनले मलाई भने- ‘तपाईको जस्तो जागिर खाइन्थ्यो ।’

    पक्कै, भारतीय शहरमा मजदुरी सजिलो पक्कै छैन । तेस्रोपटक गएर फर्केका राजेशले त्यसलाई प्रष्ट पारे । ‘जानेवित्तिकै ठेकेदार खोज्नुपर्यो,’ उनले भने- ‘लेबोरको पैसा मार्छ मार्दैन, बुझ्नु पर्यो । काम हेर्नुपर्यो । सजिलो अप्ठेरो कस्तो छ । त्यसपछि एउटा कमरा लिनपर्यो भाडामा । चावल आटा ल्याउनुपर्यो ।’

    ‘कमरा’मा ‘चावल’ ल्याएजस्तै गरी यी मजदुरले आफ्नो गाउमा हिन्दी शब्दावली ल्याउछन् । ‘अब त भात भनन,’ अघिल्लो साझ खाना खानेबेला राजेशले ‘अलिकति चावल दिनुस्’ भनेपछि साहुजीले सम्झाएका थिए । दुइ फरक भाषी समाजमा ओहोरदोहोर गरिरहदा उनीहरुमा केही शब्दहरुले अस्पस्टा सिर्जना गर्छन् जो यदाकदा ठट्टाका विषय बन्छन् । ‘एकचोटी एकजना ठेकदारले यताबाट गएको नेपालीलाई ‘अरे कुलाडी लेके आना’ भने छ,’ एकजनाले जोक भने- ‘नेपालीले यताउता हेरेछ, कही देखेनछ । भोलीपल्ट गाईको बाछो घिच्याउदै ‘देखो, मैने कुलाडी लाया’ भनेछ । ठेकेदार तीनछक परेछ । हिन्दीमा कुलाडी भनेको बन्चरो रहेछ ।’

    ठट्यौलीलाई जंगलमै छाडौं, पाच घन्टा हिडेपछि राजेशको घर आउनै लागेको छ । हान्ने भैसीको आक्रमण छल्दै उनी आगनमा टुपुल्किए जसको अर्को कुनामा उनकी आमा बसीरहेकी छिन् । आमाको पहिलो प्रश्न थियो- ‘दाजू भेट्या नाई ?’ अँह, गत बर्षभारतमै मजदुरी गर्न गएका उनका दाजू परिवारसँगको सर्म्पर्कमा छैनन्, राजेशले पनि उनलाई भेटेनन् ।

    ‘यसलाई पनि मैले नजा भनेको,’ ५५ बर्षो दुधकलादेवी शाहीले राजेशलाई औल्याउदै मसँग भनिन्- ‘यही खेत-बारीमा काम छ । भैसी छन् । कसले स्याहार्ने तिनलाई ?’

    ‘खेतमा काम गर्न मनलाग्दैन,’ आमा अगाडी केही नबोलेका राजेशले भने- ‘त्यसै के बस्ने । इन्डिया जानुपर्छ ।’

    छोराको मजदुरी यात्राप्रति नकारात्मकता दर्शाएकी दुधकलाको विचार त्यतिबेला बदलिएको थियो जब राजेशले भित्री कोठामा लगेर आफ्नो बाकस खोले । उनले आमालाई फरिया, चोलोको कपडा, सानो भतिजलाई जुत्ता, बाबुलाई कपडा, भाउजुलाई फरिया ल्याएका थिए ।

    ‘लाउने केही थिएन, नाङ्गै थियौं,’ उज्यालो अनुहारले कपडा नियालेपछि तिनलाई बाकसमै थन्क्याउदै दुधकलाले भनिन्- ‘यहा बसेर के गर्नु, पैसा हुदैन । कपडा किन्नै सकिदैन ।’

    हामी बाहिर निस्क्यौं । मैले राजेशको अनुहार हेरे । आमा खुशी भएकोमा उनी कति मख्ख थियो भने…. मैले फेरी उनै अमेरिकी फोटोपत्रकार स्टिम मक्करीलाई सम्झिए । उनले यो केटाको अनुहारमा झल्किएको खुशीलाई तस्बिरमा कसरी उतार्थे होलान् ?

    म आमाछोरालाई बाई गर्दै फर्किने बेलामा दिन ढल्किसकेको थियो, चिसो हावा विछट्टै चलिरहेको थियो । ‘गोवा भ्याकेसन’ लेखिएको त्यो पातलो टिर्सटमा राजेश लगलगी कामी रहेको थियो । मेरो तीन पटकको सल्लाह बाबजुद ऊ नयाँ टीसर्ट छोप्ने पुरानो, थोत्रो ज्याकेट लगाउन तयार थिएन ।