Latest stories – पछिल्ला टिप्पणीहरू

  • आमाले नसोचेका आईटीका केटी

    नयाँ जमानाका केटीहरुले अघिल्ला पुस्ताले सोच्नसम्म नसक्ने नयाँ काम नयाँ ढंगमा गरिरहेका छन्

    दिनेश वाग्ले

    ‘मिस्टर दोभान र्राई’ लेखिएका खामहरु पाउदा सुश्री दोभान र्राईलाई अनौठो लाग्न छाडिसक्यो । ‘मेरो विहेको निम्तो पाउनेहरुले समलिङ्गी विवाह भन्ठान्छन् होला,’ एउटा इन्टरनेट कुराकानीमा उनले भनिन्- ‘सानोमा नरमाइलो लाग्थ्यो, अहिले सामान्य ।’ लामो कपालभएकी, हल्का लिपस्टिक लगाउने र प्राय जिन्स पहिरिने २३ बर्षो दोभान निश्चयै केटी हुन् जसमा ‘फेमिनिजम’ (महिलावाद)को गहिरो प्रभाव छ । ‘किनकी हामी महिला अझै हाम्रो लैगिकताप्रति लाजमान्छौं, दुराचारी अंकलहरुको परिचय खुलाउन डराउछौं, दुर्व्यवहार गर्ने यात्रीको प्रतिवाद गर्न हिच्किचाउछौं, हिंस्रक पतीहरु’bout मौन रहन्छौं, हाम्रै शरिर र लैगिकताको सम्मान, रक्षा र उल्लास गर्न डराउछौं,’ केही महिना अगाडी राजधानीमा आयोजित ‘योनी मनोवाद’ नामको कार्यक्रम हेरेपछि दोभानले एउटा वेब र्साईटमा लेखेकी थिइन्- ‘हामीले (यसको) उत्सव मनाउनु पर्छ ।’ ‘मौनता तोड्न गरेको प्रयास’वापत आयोजकको प्रशंसा गर्दै युवतीले यसरी कुरा टुङ्ग्याएकी छिन्-

    ‘आजित भएर, क्रुद्ध भएर
    मेरो मनमा बाधिएका मर्यादाका पराया साङ्ला
    अनि मेरो पेवा शरिरमाथि तेर्सिएका लाजका ताल्चा
    सबै तोडेर
    मैले मेरो नयाँ परिचय बनाएको छु
    निर्लज्ज, चरित्रहीन अनि स्वतन्त्र’

    चिन्नुभयो दोभान र्राईलाई ? कविताबाहेक अंग्रेजी भाषाको त्यो लेख मुनी गर्मागर्मी बहस छ जसमा केशव नामका एकजना भन्छन्- ‘वाह दोभान, तिमी साच्चै उत्कृष्ट छौं । म तिम्रो साहसको कदर गर्छु । तिमी नयाँ जमानाकी महिलाकी आत्मा हौ- निर्लज्ज, चरित्रहीन अनि स्वतन्त्र ।’ केही व्यंग्यात्मक लाग्ने प्रतिक्रियामा केशवले दोभानको अर्को परिचय दिएका छन्- ‘स्पिरिट अफ न्यू एज उमन’ । आइओईबाट स्नातक गरेपछि १८ महिना अघि क्रिएटिभ इन्जिनियरिङ् थालेकी दोभान सफ्टवेयर इन्जिनियर हुन् जो एउटा अमेरिकी सूचना प्रविधि कम्पनीको फैलिदो काठमाडौं कार्यालयमा दैनिक १० घन्टा किबोर्डसँग विताउछिन् । ‘म गाउँबाट एसएलसी गरेर काठमाडौं आएकी,’ टिचिङ् हस्पिटलमा नर्सको करिअर पछि हालै नर्सिङ् क्याम्पसमा पढाउन थालेकी दोभानकी आमा ललिताले सम्झिइन्- ‘उतिबेला कम्प्युटर के टाइपर्राईटर पनि हत्तपत्त पाइन्थेनन् ।’ २०४१ सालको कुरा, एक बर्षगाडी दोभान जन्मेकी थिइन् । घर र माइतीमा पैसा माग्नु नपरोस भनेर ललिताले नर्सिङ् रोजेकी थिइन् र त्यतिबेला काम सजिलै पाइन्थ्यो । तर, ललितालाई थाहा छ, उनी र छोरीका पालामा आकाश जमिनको फरक छ, बीचमा कम्प्युटर छ, इन्टरनेट छ, जिन्स छ र कर्पोरेट संस्कृती छ ।

    ‘यो सूचनाको यूग हो,’ ‘नयाँ यूगकी केटी’ले भनिन्- ‘कृषि पछिको औद्योगिक यूगमा पूवाधारको चुनौती थियो । यसमा सीमा छैन । अमेरिकाको पुस्तकालयका किताव यहीबाट पढ्न सकिन्छ । अमेरिकी कम्पनी (र उतैका ग्राहक) का लागि यही बसेर काम गर्न सकिन्छ ।’ बोस्टनमा आधारित डीटू हकआई र्सर्भिसेजको विशालनगर कार्यालयमा त्यसरी कामगर्नेहरु मध्ये डेढ दर्जन इन्जिनियर केटी छन् जो वितेका केही महिना या बर्षा कलेज जिन्दगीबाट कर्पोरेट संसारमा छिरेका छन् । त्यो स्रक्रमणसँगै उनीहरुले ‘केटा मात्र किन ? केटी पनि सक्छन्’ भन्ने प्रमाणित गरेका छन् । ‘परम्परागतरुपमा धेरैजसो नीति निर्माता केटा नै हुन्छन्,’ आइओईमा स्नातक गरेपछि १८ महिना अगाडी काम थालेकी ‘जाभा डेभलपर’ स्मृती श्रेष्ठले भनिन्- ‘उनीहरु ‘केटीसँग चाहिनेजति बुद्धी हुन्छ र ?’ भन्ने गर्दथ्ये । (त्यस्तो) दृष्टिकोण बदलिइरहेको छ ।'(डीटूका इन्जिनियरिङ् निर्देशक राज ठकुरीले कम्पनीले कुनै पनि किसिमले लैङ्गिक भेद नगर्ने र कार्यरत केटीहरुले दक्षताका कारण काम पाएको बताए ।)

    स्वागत छ, नयाँ नेपालको नयाँ अर्थतन्त्रमा जहाँ २० चानचुनका नयाँ जमानाका केटीहरु अघिल्लो पुस्ताले कल्पनासम्म नगरेको नयाँ काम गरिरहेका छन् । विहानै जस्तो घरबाट निस्कने, दिनभरी संसारको अर्को भागका ग्राहकका लागि कम्प्युटरमा काम गर्ने र साझ अबेला फर्किने यी केटीलाई त्यो सबै प्रकृयामा कुनै न कुनै बेला ‘आफू को हु’ र ‘कहा छु’ भन्ने वास्तविकताले पछ्याइरहन्छ । हेरक कुरामा पुरुषहरुको बोलावाला रहेको नेपाली समाजमा ‘नयाँ काम गर्ने नयाँ जमानाकी केटी’ हुन कहा सजिलो छ र ?

    ‘काम पश्चिमा शैलीको,’ कसमस कलेजबाट १७ महिना अघि स्नातक गरेपछि ‘सी प्लस प्लस’मा काम गर्ने सुप्रिया शाक्यले भनिन्- ‘गर्ने र बस्ने समाज पूर्वीया ।’ कामको प्रकृती अनुसार अफिस समय भन्दा बढी खट्नु पर्ने तर त्यसो गर्दा घरमा ‘छोरी किन ढिला आई’ भन्दै चिन्तित हुनेहरुलाई प्रष्टिकरण दिनुपर्ने र गलेको शरिरलाई पुनर्ताजगी गराउने मौका पनि नमिल्ने सुप्रिया र साथीहरुको अनुभव छ । ‘एक घन्टा ढिला हुने भयो भने घरमा फोन गर्नुपर्छ,’ ‘न्यू एज गर्ल’को औसत समश्यालाई उनले प्रस्तुत गरिन्- ‘यता म्यानेजरलाई कुरा बुझाउनु पर्छ । ढिलासम्म काम गर्दा थाकेपछि रिल्याक्स गर्न पाइयोस् न । केटाहरुचाहि काम सकिएपछि -अवेर साझमा) रमाइलो गर्न निस्कदा केही भनिदैन ।’ आइओईबाट स्नातक गरेपछि दुइ बर्षअघि ‘डट नेट’ मा सीप बढाएकी शैली गोर्खालीले साथीको भावनाको प्रतिध्वनी गरिन्- ‘काम गर्न थालेपछि केटी भएको थाहा पाए ।’ स्मृतीको दृष्टिकोण- ‘केटीहरुले आफूलाई एउटा निकै राम्रो ‘प्याकेज’कारुपमा हुर्काउनु (पर्ने बाध्यता छ) । आफूलाई राम्रोसँग प्रस्तुत गर्नु पर्यो, घरका काम सिक्नै पर्यो, राती घर पुग्दा छिमेकीले के भन्लान् भन्ने सोच्नै पर्यो । त्यो सबै कुराले ध्यान विकेन्द्रित हुन्छ (र काममा केटाहरुको जस्तो एकाग्रता नहुन सक्छ) । त्यसो हुदाँ एउटै तहको काममा केटीलाई केटाले उछिन्छन्, उनीहरुको एकमत थियो, केटीले भनेजस्तो व्यवसायिक सफलता पाउन सक्दिन ।

    तुलनात्मकरुपमा नयाँ अर्थतन्त्र मानिने सूचना प्रविधिका महत्वपूर्ण कामहरुमा विश्वव्यापीरुपमै पुरुषहरुको बाहुल्य छ जसमा नेपाल अपवाद छैन । त्यसैले सफ्टवेयर इन्जिनियर भन्नेवित्तिकै धेरैको कल्पनामा कीबोर्डसँग संघर्षरत पुरुषको आकृती आउन सक्छ । एप्पलदेखि माइक्रोसफ्ट, गुगलदेखि यूटयूव, र मर्कन्टाइलदेखि वर्ल्ड लिङ्कसम्मका कम्पनी पुरुषले स्थापना र सञ्चालन गरेका हुन् । सिलिकन भ्यालीदेखि काठमाडौं भ्यालीसम्म आईसीटीमा पुरुषकै बहुमत । मोडलिङ् जस्ता अपवाद बाहेक प्राय सबै क्षेत्रमा केटीहरुले केटालाई पछ्याइरहेका छन् । ‘कुरालाई हेर्ने केटाहरुको दृष्टिकोण फरक हुन्छ,’ डीटू हकआइकी प्रबन्धक अन्जना श्रेष्ठले भनिन्- ‘दे आर मोर इन्टू रियल थिङग्स् (उनीहरु बढी वास्तविक कुरामा सामेल हुन्छन्) । हामीचाहि अमूर्तकुरा र भावनात्मकतामा बाच्छौं । दिमागी संरचना नै त्यस्तो लाग्छ ।’ त्यसैले, अन्जनाले भनिन्, सफ्टवेयर कोडिङ्को उपल्लो तहमा केटीहरुको कम उपस्थिती हुन्छ । उनीहरु आयोजना प्रबन्धन या अन्य पक्षमा बढी पाइन्छन् । कम्प्युटरका कुनैपनि क्षेत्रमा केटाभन्दा कम क्षमतावान भएको यी न्यूएज केटीहरुले के स्विकार्थे ! केटालाई प्राथमिकता दिने सामाजिक संरचनाविरुद्ध तीखा मत व्यक्तगर्ने सर्न्दर्भमा उनीहरु एक भए । ‘मनोबैज्ञानिकरुपमा चाहि त्यस्तो भएको होला,’ साढे पाच महिना अगाडी डट नेटमा काम थालेकी केयूकी स्नातक मिनाल कोइरालाले भनिन्- ‘केटीलाई जन्मेदेखि नै प्रतिबन्ध छन् । केटालाई खेल्न जा, स्कुल जा भनिन्छ । उनीहरु ठूला कुरा सोच्न सक्छन् । केटीहरु सानो सीमामा हुर्केका हुन्छन् ।’ केयूबाटै स्नातक गरेर तीन महिना अगाडी डेटा म्यानेजमेन्टमा काम थालेकी दिप्ती खनालले थपिन्- ‘केटालाई पहिलो प्रश्न ‘कहाँ पढेको’, दोस्रो ‘कहाँ काम गर्छ’ र तेस्रो ‘कुन तहमा’ सोधिन्छ । केटीलाई चाहि दोस्रोमै ‘विहे भयो?’ सोधिन्छ । तह के, कामकै ’bout पनि सोधिन्न । केटीलाई काम भेट्टाउनु नै ठूलो कुरा भएको जस्तो हुनजान्छ ।’

    उसो त सीडीमा ऐना हेरेर कपाल मिलाईरहेका केटीहरुको त्यो प्रख्यात तस्बिर इन्टरनेटमा धेरै ठाउमा भेट्टाइन्छ जसले उनीहरु ‘वास्तविकता’ भन्दा ‘भावनात्मकतामा’ बाँच्ने तर्कलाई र्समर्थन गर्छ । ‘के महिलाहरु कम्प्युटर विज्ञान जस्ता प्राविधिक कुरामा फरकढंगले ‘सोच्छन्’ ?’ युनिभर्सिटी अफ मेरिल्यान्डको वेब साइटमा लेखिएको छ- ‘यो रमाईलो जीवशास्त्रीय र समाजशास्त्रीय प्रश्न हो तर ‘हो’ या ‘होइन’ले कम्प्युटर विज्ञानमा महिलाहरुको कम प्रतिनिधित्व भएको तथ्यमा खासै प्रभाव पार्दैन ।’ -रमाइलो संयोग, कम्प्युटर र गणित जस्ता विषयमा सोच्ने क्षमता अपुग भएकाले केटीहरु महत्वपूर्ण पदमा पुग्न या बैज्ञानिक हुन सक्दैनन् भन्ने लरेन्स र्समर्सले गत बर्षराजिनामा दिएपछि खाली भएको हावार्ड विश्वविद्यालयको अध्यक्ष पदमा ३७१ बर्षे इतिहासमा पहिलोपटक गत साता ड्रिउ गिल्पिन फस्ट नियुक्त भएकी छिन् ।)

    प्रतिनिधित्व कम भएपनि केटीहरुले कम्प्युटरको काम रमाइलो मान्दैनन भन्ने होइन । निश्चयै, नाफा-घाटामा चल्ने प्रतिस्पर्धी कर्पोरेट संसारको जिन्दगी ‘ह्या, जान्न आज त्यो सरको बोरिङ् क्लासमा’ भन्दै ‘बङ्क’ गरेजस्तो स्वतन्त्र कहाँ हुन्छ र ? केटीहरुले कुरा बुझेका छन्, फरक महशुस गरेका छन् । त्यसैले त भन्छन, काम गरेपछि केटी भएको महशुस गरे † अनेकौ पृष्ठभूमी र रंगका विरामी र विद्यार्थीसँग व्यवहार गर्ने ललिता र्राईलाई आफ्नी छोरीको जतिबेला पनि कम्प्युटर अगाडी बस्नु पर्ने काम ‘असामाजिक’ र ‘भावना नपोखिने’ लागेपनि दोभान र उनका साथीले काममा रमाइलो मानेको बताए । (अर्न्तक्रिया र भावना बुझ्न ललिताले वेब र्साईटमा प्रकाशित छोरीका लेख र कविता पढ्नै पर्ला । अहिलेलाई मिनालका कुरा सुनौ ।) ‘सफ्टवेयर निर्माणमा प्रत्येक दिन नयाँ चुनौती आउछन्,’ मिनालले भनिन्- ‘जसका समाधान फरक हुन्छन् ।’ दिप्तीले थपिन्- ‘चाडै नयाँ कुरा सिक्न पाइन्छ ।’ नयाँ युगका आत्माहरुले नयाँ जमानाको काममा नयाँ कुरा नसिके के नयाँ कुरा भयो र ? हैन त मिस्टर, आच्या, मिस दोभान र्राई ?

    ब्लगमान्डू: दीपक अधिकारीले यस्तै विषयमा नेपाल साप्ताहिकमा गरेको रिपोर्टिंग यहाँ छ ।

  • ज्ञानेन्द्रको सन्देश : प्रतिगमनको पुष्टिको प्रयाय

    जनताबाट परित्यक्त राजा ज्ञानेद्रले प्रजातन्त दिवशका दिन फागुन सात (फेब्रुअरी १९) का लागि दिएको बक्तव्यको पूर्ण पाठ जसमा उनले माध १९, २०६१ को आफ्नो प्रतिगामी कदमको पुष्टि गर्ने प्रयास गरेका छन् । ज्ञानेन्द्रले आफ्नो पन्ध्र महिने प्रत्यक्ष शासन कालमा भएका कोशिस, सफलता र असफलताको नैतिक जिम्मेवारी लिएका छन् । साथै उनले आफ्नो कदम त्यस बेला बाध्यात्मक थियो भन्ने दाबीसमेत दोहोर्‍याएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सोमबार राजाले दिएको सन्देशमा जनआन्दोलनपछि पहिलो पटक दलहरुको सरकार असफल भएपछि आफुले बाध्यात्मक अबस्थामा प्रत्यक्ष शासन लिनुपरेको उल्लेख गरेका छन् । ‘शान्ति, सुरक्षा कायम गरि जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याउने तत्कालीन परिस्थितीको बाध्यता एवम् जनताको चाहना बमोजिम २०६१ माघ १९ गते हामीले कदम चाल्नु परेको कुरा प्रष्टै छ’ उनले सन्देशमा भनेका छन्, ‘बिभिन्न ब्यवधानहरुले गर्दा अठोट गरे अनुसार जनताको प्रतिनिधित्व गर्ने निकायहरु निर्वाचनद्वारा स्थापित गराउन सकिएन ।’

    प्यारा देशवासीहरु,

    आज हामी ५७ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउदै छौं । जनताको हकको लागि राजा र जनता मिलेर गरेको सफल प्रयासलाई सम्झाउने यस ऐतिहासिक दिनमा प्रजातन्त्र प्रवर्तक पुज्य जिज्यू बुबाज्यू स्वर्गीय श्री ५ त्रिभूवन तथा प्रजातन्त्रको लागि आफ्नो जीवन उर्त्र्सग गर्ने बीर सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं ।

    नेपालको राज्य शक्तिको श्रोत नेपाली जनता नै भएको र जनताको चाहना नै राजसंस्थाको चाहना रहने गरेको तथ्य हाम्रो गोरवशाली इतिहासको आधारभूत पक्ष हो । तत्कालिन निर्वाचित प्रधानमन्त्रीको सिफारिशमा संविधान बमोजिम प्रतिनिधिसभा बिघटन भएको र निजले संविधानले तोकेको अवधीमा निर्वाचन गराउन नसकेको तथा त्यसपछि बनेका सरकारहरुले पनि निर्वाचन गराउन नसकेकोले शान्ति, सुरक्षा कायम गरि जननिर्वाचित निकायहरुलाई जीवन्त तुल्याउने तत्कालीन परिस्थितीको बाध्यता एवम् जनताको चाहना बमोजिम २०६१ माघ १९ गते हामीले कदम चाल्नु परेको कुरा प्रष्टै छ ।

    बिभिन्न ब्यवधानहरुले गर्दा अठोट गरे अनुसार जनताको प्रतिनिधित्व गर्ने निकायहरु निर्वाचनद्वारा स्थापित गराउन सकिएन । करिव १५ महिनाका अवधीमा भएको कोशिस, सफलता र असफलताको जस अपजस नैतिकरुपमा हाम्रो पनि हो । तर, हाम्रो एक मात्र चाहना जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरु मार्फ शासनभार ग्रहण गर्न पाउनु पर्छभन्ने नै रहेकोले बहुदलिय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने विश्वासमा २०६३ बैशाख १ गते प्रतिनिधिसभा पुनर्स्थापित गरिएको कुरा पनि र्सव बिदितै छ ।

    बहुदलिय प्रजातन्त्र सुदृढ बनाउन सम्पुर्ण नेपालीको गुनासो, आकांक्षा र भावनालाई सबैको चित्त बुझ्ने गरि परिपक्क ढंगमा सम्बोधन गरेर जननिर्वाचित निकायहरुको स्थापना गर्नु परेको छ । नेपाल गाउँ, शहर, तर्राई, पहाड र हिमालमा बस्ने तर्राईवासी, आदिवासी, जनजाति र दलित सबै नेपालीको साझा फुलवारी हो । यही शास्वत सत्यलाई पालन गरेर नै नेपालको राष्ट्रियता र अखण्डता जोगिएको कुरा सबैको लागि सधै स्मरणिय छ । नेपालको लागि नेपाली जनता नै मार्ग-दर्शक हुन् । नेपाली जनता बहुदलीय प्रजातन्त्रको र्सार्थक अभ्यासद्वारा समुन्नत नेपालको निर्माण गर्न चाहन्छन् । इतिहासको सम्मान गरेर मात्रै आफ्नै बिशिष्ट पहिचान सुरक्षित रहनछ भन्ने स्वाभिमान नेपालको अटल विश्वास छ ।

    राष्ट्रिय प्रजातन्त्र दिवसले सबै नेपालीको भावनात्मक सहमति र सकृय सहभागिता सुनिश्चित गरि, जनताको इच्छाको सर्बोच्चतालाई सुमेरु मानेर बहुदलीय प्रजातन्त्रको माध्यमबाट नेपाल र नेपालीको बृहत्तरहितमा र्सर्पित रहन सबैलाई प्रेरण देओस्, यही हाम्रो कामना छ ।

    श्रीपशुपति नाथले हामी सबैको कल्याण गरुन् ।
    जय नेपाल ।

  • Smoking A Cigar: Dinesh Wagle Experience

    Because of journalistic ethics, source-reporter relationship and embargo on a particular information, I am not writing more about other Shivaratri activities and talks for now. I plan to write more when Ozomatli band leaves Nepal. For now just a photo and (cigar) credit:

    Photo by: Wil-Dog Abers of Ozomatli (Bass, marimbula, background vocals)

    Cigar courtesy of: Raúl ‘El Bully’ Pacheco of Ozomatli (Guitar, tres, jarana, vocals)
    Lighting by: Ulises Bella of Ozomatli (Saxophone, background vocals, requinto jarocho, keyboard, melodica)

  • ओ ए बेबी, ओ ए मामा

    लस एन्जलस, अमेरिकाको ब्यान्डले काठमान्डू थर्काउदा

    दिनेश वाग्ले
    [यो लेखको अंग्रेजी संस्करण र थप तस्बिरहरुका लागि यहा क्लिक गर्नुहोला ।]

    काठमाडौं- ‘म्युजिक मेक्स यू लुज कन्ट्रोल (संगीतले तपाईंलाई नियन्त्रण हटाउन सघाउछ)’ तीखो संगीतसँगै आएका ती शब्दले मञ्चमा ‘ओजोम्याट्ली’ आएको संकेत गरे । पश्चिम अमेरिकी सहर लस एन्जलसमा आधारित ब्यान्डको स्टेज आगमनलाई शनिबार मध्याह्न खुलामञ्चमा पर्खेर बसेका राजधानीका तन्नेरीबाट एकैसाथ ठूलो स्वरमा ‘होई’ को आवाज आयो । बुट्टेदार ढाका टोपीलाई हल्का च्यातेर घुम्रिएको कपालवाला टाउकामा राखेका र्‍याप भोकलिस्ट जस्टिन पोरीले माइक समाएर ‘सिटी अफ एन्जल्स’ गाउन थाले । ‘आर यू एन्जोइङ क्याट-म्यान-डु (रमाइलो भइरहेको छ काठमान्डु) ?’ निश्चयै, सुरक्षाकर्मीहरूलाई अप्ठेरो पारुँलाझैं बाँसको बार ठेल्दै नाचिरहेका ठिटाठिटीले ठूलो स्वरमा फर्काए- ‘ए….स्’ । एकदुइटा गीतमार्फ श्रोताहरूलाई नचाएपछि विल-डग र्एबर्सले अघिल्लो दिन नेपाली राजधानी ओर्लिएलगत्तै एक संवाददाताबाट सिकेको भाषा सम्भिmए । ‘हामी ओजोम्याट्ली लस एन्जलसबाट,’ फ्रेन्च कट दाह्रीवालले ब्यान्डको परिचय दिए नेपालीमा । भीडले हात हल्लाई स्वागत गर्‍यो ।

    ‘नमरी बाँचे कालले साँचे यी आँखाले केके देखिन्छ हो’ त्यसै कहाँ भनिएको हो र ? टुँडिखेलको सौभाग्य, के मात्र अनुभव गरेको छैन यो चौरले ! पुराना कुरा के कोट्याउनु, यसैपालिको भ्यालेन्टाइनको ठ्याक्कै अघिल्लो दिन गत वर्षम्मका ‘आतंककारी’ ले आफ्ना सर्वोच्च नेतालाई ‘नयाँ नेपालका भविष्य’ का रूपमा २५ वर्षा पहिलोपटक त्यही चौरमा र्सार्वजनिक गरे । त्यो आमसभाको प्रचार गर्ने माओवादी पोस्टर टुँडिखेलमा छ्यापछ्यापती थिए र त्यसका नायक कमरेड प्रचण्डले आफूलाई अझै ‘आतंककारी’ भन्ने मुलुकको नियोगद्वारा आयोजित कर्न्र्सट मज्जाले नियाले । यस अतिरिक्त गत साताको ‘विशाल’ माओवादी आमसभामा अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत र जनवादी संगीत सुनेको खुलामञ्चले तीन दिनपछि अमेरिकी सेन्टरले गरेको कार्यक्रममा र्‍याप, ज्याज र रेगेका अनेकौं मिश्रण अनुभव गर्‍यो । अघिल्लो दिनको भीडले निकै प्रभावित हुँदा आफूलाई ताली बजाउनमा सीमित गरेको थियो भने पछिल्लोका सहभागीले तालीमात्रै हैन, एउटाको काँधमाथि अर्को चढ्दै, पूरै शरीर हल्लाउँदै र बेलाबेला गायकलाई स्वरले साथ दिँदै टुँडिखेल गुञ्जायमान पारे ।

    अमेरिकी केन्द्रले आफ्नो इज्जतको सवालका रूपमा लिँदै बडो ध्यानपर्ूवक गरेको कार्यक्रमलाई सबैभन्दा बढी साथ दियो मौसमले । अघिल्लो दिनसम्म हिउँ या सिमसिम पानी बर्सिएको सहर शनिबार पूरैजस्तो घमाइलो थियो । जिन्स र क्याप लगाएर ‘काउब्वाई’ स्वरूपमा टुँडिखेल पुगेका सेन्टरका निर्देशक रोबर्ट ह्युगिन्स मख्ख पर्दै आफ्ना तन्नेरी दिन सम्झिरहेका थिए । ‘ठिटो हुँदा खुब जान्थें (यस्ता खुला कर्न्र्सटमा),’ ५२ वर्षो गोराले हतारको अन्तर्वार्तामा भने- ‘साथीहरूसँग ह्याङ्गआउट गर्न । म्युजिक मन पर्छ भने आफ्नो मनपर्ने ब्यान्डको प्रस्तुति हेर्न कसलाई मन लाग्दैन ?’ हाल यस्ता कर्न्र्सटमा जान नपाएको खुलाउँदै रोबर्टले दुई वर्ष जति अगाडि अमेरिकामै एउटा सांगीतिक कार्यक्रममा आफ्नो भतिजो लिएर गएको सम्झिए । संक्रमणकालीन नेपालमा एकताको सन्देश फैलाउने उद्देश्यले गरिएको कन्सर्टका लागि ‘विविधतामा एकता’ को प्रतीकका रूपमा उदाएको बहुभाषी र बहुजातीय अमेरिकी ब्यान्डलाई सुरुमा नेपाली समूह ‘रविन एन्ड द न्यू रिभोलुसन’ ले साथ दिएको थियो । कार्यक्रमको मुख्य नारा ‘सय थरी बाजा एउटै ताल, मिलेर बनाऔं सुनौलो नेपाल’ थियो ।

    दर्शक त्यस्तो नाचेपछि आयोजक अमेरिकीहरू ननाच्ने कुरै भएन । उनीहरूलाई साथ दिएका थिए कर्न्र्सटको रिपोर्ट गर्न पुगेका एमएम र टीभीका केटीहरूले । भनिरहनै पर्दैन, पत्रकार केटाहरू पनि कम्मर हल्लाइरहेका थिए । सुरक्षार्थ खटिएका प्रहरीले समेत ल्याटिन अमेरिकी धुनमा खुट्टा थपथपाएको देखियो । प्रायः कर्न्र्सटमा देखिने ध्वनिको समस्या र दर्शकतिरबाट बोटल स्टेजतिर हानिने दृश्य देखिएन । गायकहरूले सांगीतिक लवजमा ‘एभ्री बडी पुट योर ह्यान्ड्स अप’ (सबैजना हात उचाल्नोस्) भन्दा नाचिरहेका दर्शकले भगवान्कै आदेशझैं त्यसलाई माने- टुँडिखेल हातैहातले छोपियो । अब पालो गायकले जे गायो, दर्शकले त्यही गाउने थियो । ‘लौ हामीसँगै गाउनुस्,’ स्टेजबाट अनुरोध आयो- ‘ओ ए बेबी… ।’ दर्शकले दोहोर्‍याए- ‘ओ ए बेबी… ।’ स्टेजले भन्यो- ‘ओ ए मामा… ।’ दर्शकले दोहोर्‍याए- ‘ओ ए मामा… ।’

    के फुर्ती पारिरहनु, कतिपय अंग्रेजी गीतै बुझ्न अप्ठेरो परिरहेका बेला स्पेनी भाषाको र्‍याप बुझ्ने कुरै भएन । तर संगीतलाई किन भाषा चाहिन्थ्यो ? दर्शकहरूले कर्न्र्सट कम रोमाञ्चक मानेनन् । दह्रोसँग नाचिरहेको एउटा भीडमा २२ वर्षो अमीर बन्जारा २१ वर्षो प्रबोध पण्डितको काँधमा बसेर हल्लिरहेका थिए । रोटोर्‍याक्ट क्लब अफ डिल्लीबजारमा आबद्ध अन्य डेढ दर्जन साथीसँगै टुँडिखेल पुगेका तन्नेरीले ओजोम्याट्लीप्रति आभार प्रकट गरे । ‘ओजोम्याट्ली इज द बेस्ट,’ प्रबोधले उत्तेजित स्वरमा ब्यान्ड उत्कृष्ट भएको टिप्पणी गरे । ‘एकदम दामी,’ अमीरले कर्न्र्सट’bout चिच्याउँदै टिप्पणी गरे- ‘झकास ।’

    नाचिरहेको भीडबाट एउटी युवतीले कार्यक्रमका लागि आयोजकले उपलब्ध गराएको पास तान्दै परिचय खोजिन् । उनी थिइन्, रोटोर्‍याक्ट समूहकै मन्दिरा, अस्मिता, सन्जु आदिमध्येकी एक । केही समयमै ती केटी र अरू केटाले एकअर्काका हात समाएर गोलाकार नृत्य गरे । केही बेरमै दुइजनाले एउटीका जुत्ता फुकालेर उचाले, ताकि उचालिनेलाई स्टेजको दृश्य अवलोकन गर्न सहज होस् । अस्कलमा आईएस्सी प्रथम वर्षा हेटौंडाका १७ वर्षो रवीन्द्र सापकोटा साथीसँग त्यहाँ पुगेका रहेछन् । ‘राम्रो,’ उनले हतारमा भने- ‘एकदम नाचियो ।’

    डेढ दर्जनजति गीत गाएपछि लस एन्जलसका ‘बाँदर’ हरू (‘ओजोम्याट्ली’ को अर्थ झन्डै त्यस्तै हुन्छ, के गर्नु) स्टेजबाट ओर्लिए । दर्शकले ‘वान्स मोर’ चिच्याइरहेका बेला युलिसेस बेलासँग सोधियो- नेपालको प्रस्तुति कस्तो रह्यो ? ‘असम,’ उनले भने- ‘इट वाज ग्रेट ।’ (उनलाई टुँडिखेलमा गाउँदा अचम्मकै रमाइलो लागेछ ।) असिनपसिन उनीहरू फेरि मञ्चमा चढे र केही गीत गाउन थाले । दर्शक नाच्न थाले । ‘भारतमा पनि प्रस्तुति गर्‍यौं तर काठमाडौंका दर्शक बढी सक्रिय,’ जिरो यामागुचीले टिप्पणी गरे । विल-डगले थपे- ‘हाम्रा लागि सबैभन्दा अविस्मरणीयमध्येको अनुभव ।’

  • रोमान्सका दिन राजधानीमा हिउँ

    दिनेश वाग्ले
    अंग्रेजीमा यहाँ छ ।

    काठमाडौं- ६२ वर्षछि राजधानीमा बुधबार हिउँ बर्सिंदा चकित हुनेमध्ये थिए- कृष्णभक्त मानन्धर । विज्ञान तथा प्रविधि मन्त्रालयको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ अधिकारीलाई उपत्यकामा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने जानकारी थियो तर हिउँको सुइकोसम्म थिएन । ‘योचाहिँ आर्श्चर्य भयो,’ कठांग्रिरदो जाडोको अनुभव गराउँदै अधिकांशलाई घरैभित्र बस्न बाध्य पार्ने प्राकृतिक विकास’bout मानन्धरले भने- ‘काठमाडौंमै हिउँ झर्ला भन्ने (अनुमान) थिएन ।’ महाशाखाको उपकरण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४५ मिनेटसम्म हिउँ परेको थियो भने सहरका अन्य भागमा केही मिनेट । मानन्धरको कार्यालयको इतिहास ४० वर्षन्दा पुरानो छैन तर उनलाई थाहा भएअनुसार यसअघि काठमाडौंमा २००१ साल पुस २१ गते हिउँ परेको थियो ।

    पाटनमा हिउँ तस्बिर राजेश केशी

    बितेका केही वर्षा फुसफुसे हिउँ झर्दै गरेको दृश्य वर्णन गरिएको नेपथ्यको ‘आकाशैबाट के उडी आयो भेडाको ऊनजस्तो’ गीत सुनेका र भ्यालेन्टाइन डे (प्रेम दिवस) मनाउने योजनासाथ उठेका सहरी तन्नेरीहरूलाई बिहानैको झमझमी पानीले रोमान्टिक हुने एउटा कारण दिएको भए पनि दिउँसोको हिउँ’bout कुनै संकेत गरेको थिएन । हिउँ पर्नासाथ तन्नेरीहरूका मोबाइल बज्न थाले, एसएमएस पाउने र पठाउने लहर ह्वात्तै बढ्यो र झट्ट बढेको प्रयोगका कारण मोबाइल कम्पनीको नेर्टवर्कले बढी भार सहेझैं र्सर्किट व्यस्त भएको सूचना दियो । जाडाको असरझैं लाग्ने गरी बेतारे फोनमा आवाजसमेत भाँच्चिएको आउन थाल्यो ।

    ‘र्स्वर्ग गएजस्तै आनन्द आइरहेको छ,’ एउटी युवतीले हिउँ परिरहँदा पठाएको एसएमएस सन्देशमा उल्लेख थियो- ‘म अहिले छतमा छु ।’ त्यसपछिको एउटा अन्तर्वार्तामा उनले जिन्दगीमै पहिलोपल्ट हिउँ परेको प्रत्यक्ष महसुस गरेको बताउँदै त्यसलाई आकाशबाट ताराहरू खसेको दृश्यसँग तुलना गरिन् । ‘रोमान्स सधैँ प्रकृतिसँग सम्बन्धित हुन्छ,’ भ्यालेन्टाइनको साँझ अंग्रेजी उपन्यास ‘स्नो फलिङ अन सेर्डार्स’ को प्रसंग निस्कनु केही अघि उनले भनिन्- ‘(बुधबार) एकै दिनमा प्रकृतिका तीन स्वरूप महसुस गरियो ।’ बिहानको वर्षा र दिउँसोको हिउँपछि साँझ पर्नै लाग्दा काठमाडौका कतिपय स्थानमा झलमल्ल घाम लागेको थियो । सोही मौकामा तन्नेरीहरू सडकमा निस्केका थिए भने कैयौंचाहिँ विशेष रूपमा सजाइएका रेस्टुरेन्ट पुगेका थिए ।

    एउटा क्यान्डल लाइट डिनरले नपुग्नेहरूचाहिँ सम्भवतः नगरकोटतिर हान्निएका थिए जहाँ बितेका आठ वर्षा तेस्रोपटक परेको हिउँ डेढ फिटसम्मको थियो । ‘बिहान सबेरै एकदम चिसो थियो,’ डाँडामा अवस्थित होटल क्लब हिमालयका आवासीय प्रबन्धक विकास शाक्यले भने- ‘अनि पानी पर्न थालेपछि चिसो कम भयो । १२ बजेतिर सेतो पानी आउन थाल्यो । त्यसको आधा घन्टामा कपासै र्झन थालेजस्तो भइहाल्यो ।’ भ्यालेन्टाइनका दिन युगल जोडीले नगरकोटका ८० प्रतिशत होटल बुक गरेको तर हिउँ परेलगत्तै शतप्रतिशत बुकिङ भएको शाक्यले बताए । अनपेक्षित व्यापार यसरी बढ्यो, शाक्यले भ्यालेन्टाइनका दिन पत्नीसँग रोमान्टिक डिनर खान त के, जन्मदिनको उल्लास पनि सँगै बसेर मनाउन पाएनन् । ‘बिहानै इमेल पठाए,’ विशेष कार्यक्रम रद्द गर्नुपरेकोमा दुःख मान्दै शाक्यले फोनमा सुनाए- ‘फोन गरेर ह्याप्पी बर्थडे र ह्याप्पी भ्यालेन्टाइन डे भने । एसएमएस पनि पठाए ।’ सात हजार एक सय तेत्तीस फिट उचाइको सुन्दर पर्यटकीय डाँडामा हिउँ आउँदा दर्ुइ-तीन दिनसम्म रहने आशा गरेका शाक्यले भ्यालेन्टाइन डेमै हिउँ पर्नु प्रेम जोडी र होटल व्यवसायी सबैका लागि सुखद संयोग भएको बताए । ‘नगरकोटमा कुनै क्रियाकलाप हुन सकेको थिएन,’ उनले भने- ‘भ्यालेन्टाइन र हिउँको संयोगले पाहुना बढेका छन् ।’

    दामन

    दशकौंपछि चार हजार पाँच सय फिटमा अवस्थित काठमाडौंसम्म हिउँ आइपुगेको घटना टेलिभिजनहरूका लागि ‘ब्रेकिङ समाचार’ हुन योग्य भए पनि यस अगाडि ठ्याक्कै कहिले त्यस्तो भएको थियो भन्नेमा एकमत नहुन सक्छ । मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा यसअघि एक साल हिउँ परेको उल्लेख छ जुन मितिसँग महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार श्यामदास वैष्णव सहमत नहुन सक्छन् । २०५९ माघमा प्रकाशित महाकविको खण्डकाव्य ‘तुसार वर्णन’ मा कहिल्यै ‘नपरेको हिउँ २००३ साल पुसमा पर्यो’ लेखिएको छ । ‘त्यो दिन महाकविले श्यामदासलाई मासु किन्न पठाउनुभएको रहेछ,’ ३२ पृष्ठ र २ सय २४ श्लोकको खण्डकाव्य’bout महाकविका छोरा डा. पद्मप्रसादले कान्तिपुरसँग भने- ‘त्यहीसाँझ लेख्न थालेर राति नै सिध्याउनुभएको रहेछ ।’ ‘बिम्बै बिम्बले भरिएको पुस्तकमा सांस्कृतिक र राजनीतिक पक्ष समेटिएका छन् जो कुनै न कुनै रूपमा हिउँसँग सम्बन्धित छन् ।

    बोक्छे कलश वर्षाले, साथ बाजा बजाउँछ ।
    सुखा पात त्यसै नाच्छ, काल भूषा सजाउँछ ।
    लावा भुट्दछ हावाले च्याता च्यात गरिकन ।
    झगडा गर्दछन् दोटा दिशा-वस्त्र लिनाकन ।

    फुसफुसे हिउँ नगरकोटमा जस्तो जम्नचाहिँ पाएन काठमाडौंमा, चार डिग्री तातो जमिनमा पर्नासाथ बिलायो । बादलको चिस्याई, पानी पराइको तीव्रता र वर्षा अवधिजस्ता कुरामा हिउँ जमिनमा ठोक्किएपछि जम्ने-नजम्ने भर पर्ने बताउँदै मानन्धरले भने- ‘केही दुःख भए पनि मानिसहरूलाई रोमान्टिक हुन त्यति नै काफी भयो ।’

  • Kathmandu Bus Ride: [Mis] adventure!?

    Traveling in Kathmandu isn’t always easy. Actually it’s never easy especially in public vehicles. It’s different case if you own a bike or, perhaps, a car. Even if you have a bike, you will become a musso (mouse) when it rains. If you have a car, you will soon become a bankrupt buying fuel that is becoming expensive every next day. And the traffic is such a mess in Kathmandu that it will be quick to walk in many cases than take a gadi. Public transportation system is in such a terrible condition that you are almost certain to become gundruk as drivers and khalasis try to put as many people as possible in a bus. They won’t hesitate for a second to put 70 people in a bus with passenger capacity of 30. Once I counted 30 heads in a three wheeler with the standard seats for 13 passengers and a driver. Yesterday I was traveling in a bus that was over packed with several people. I was seated. I saw a fancy car passing through. There were some foreigners and they were all looking at our bus with curious faces. “What the heck am I seeing?” they must have thought. The situation becomes worse when there is sudden scarcity of vehicles on the road either because of abrupt strike or a mass meeting or rallies by political parties and other organizations in the city. Yesterday was one such day when regular traffic was completely disrupted and transportation system (if there is any) in the city of Kathmandu was completely paralyzed. Nepal Communist Party (Maoist) was organizing a mass meeting and their leader Prachanda was scheduled to appear publicly for the first time in 25 years.

    Video Ride in Kathmandu: A reporter’s experience

    I attended the mass meeting. I decided to leave the venue shortly after Prachanda started speaking because I sensed he wasn’t telling any scoop. While returning to office had to struggle to find space in a passenger bus. There were very few buses and I didn’t want to take a chance to wait for other. I was already tired of walking up to Tundikhel from Tinkune in the early afternoon. (Reporter Suraj Kunwar accompanied me.) I was standing in front of the dais for more than two hours taking pictures and observing Prachanda and his comrades. So I wanted to get inside the bus though my photojournalist colleague Shailendra Kharel was a bit reluctant. We somehow managed to put our legs (one leg each) inside the bus, grabbed a bar and hung our body in air. We were barely standing. Amidst that adventure, I managed to take out the digital camera after Shailendra expressed his interest in taking a video. Thus a video was instantly produced. [Here are other vidoes and photos from the event]

  • Kathmandu Load Shedding: Life in Darkness

    It’s 1:21 AM and I just woke up. I came home at 10:30 PM last night. There was no light in the house. There was no light in the village. The whole area was under darkness. Living in darkness has become part of life in Kathmandu and other parts of Nepal. But then I think we must be thankful to ourselves that at least we have electricity in the only metropolitan for a few hours in a day. Why not? People are living with kerosene lamps in thousands of villages. I don’t remember when exactly I saw electricity first but I think it was only when I was older than 5 when I visited Kathmandu with my great grand parents. My village in Ramechhap where I was born and grew up until 10 doesn’t have electricity even now and if I go there I have to habituate myself with the life in dark. So there is no point in complaining for daily three hour load shedding in the city. Wait until tomorrow, there will be strong possibility of daily six hours of load shedding.

    “How can we call Kathmandu a metropolis?” my reporter friend Girish Giri was expressing his anger as we were returning home last night. “There are no public vehicles on the road after 8 in the night.” How can we call this city a metropolis when there is three hours a day load shedding which will turn into six hours soon? Girish has a motorbike and he rarely uses office vehicle to get back to home. Today it was a different story. “The petrol in my bike finished while looking for petrol,” he said. “I can’t run the bike now.” He had parked the bike in office compound. Petrol stations, he said, are saying they don’t have petrol. “They have only diesel,” said Girish.

    Dreams: So I said I woke up at 1:21 AM. Actually I didn’t sleep. Insomniac! I lied on the bed, covered myself with sirak, and felt the warmth of the water bottle filled with really hot water. Then I started dreaming. Sometime I do like that. Especially when I can’t sleep. I can sleep only when I am really tired so that I can’t think about anything. I try to make myself that tired every night. Sitting in front of computer for long definitely helps. So I imagined about so many things. Big things. Mostly I am the protagonist of such imaginations. I am the hero. I save the world. I do so many adventures that would put Spider Man and James Bond on shame. What can they do? Nothing compared to what I do in my imaginations. Have they been to moon for example? Most of the time I try to do something, may be read a book or newspaper to keep myself too busy to have any such dreams or imaginations. That is when there is light. Where there is no light, go with dream. I was peeking outside and noticed that the power has come back. Why not wake up and do the think that I like doing most? Thus I opened the computer and am now typing these lines.

    Family news: Kalyan and Meera, my father and mother whom I call dai and bhauju, went to Ramechhap this morning via a flight to Manthali, the district headquarter. They are going home after 7 long years. I think they will return to Kathmandu in a few weeks though they didn’t tell me about their plan. I didn’t ask. My problem is I don’t take much interest in family affairs. Email, Ba and I are here. I think the talkative old man Toyanath will also be staying with us giving company to Ba, my great grandfather. Sometime I really enjoy his talks. “Babu,” he starts talking. And that Babu is a really long Baaaaaaabuuuuu. We used to mimic his way of talking when we were kid. (Hmm… here is what I wrote when Maoists opened the lock of Toyanath’s house in June 2006.)

    State of the Mind: While starting to write this post I had thought about mentioning some of imagination adventures but I am not doing that now. Hyaa… Okay, its 2:6 AM and I just drank water which is cool by now. Felt so good. I am planning to wake up, if I sleep, at 8 AM in the morning. Can I? Okay, 9. I want to attend the Maoist mass meeting in Tundikhel and see Prachanda giving speech in public after 25 years. May be then I will go for a movie? That would be a good combination. Prachanda speech and Traffic Signal. May be I won’t have enough time for movie. Will see. Meanwhile I am having some signals now. I am starting to yawn but still not feeling like sleeping. How about watching TV? What’s this? Sting on CNN? Hmm that’s from Grammy. The report is about which band earned how much in their tours last month. Impressive figures! May be it’s time to dream again!!

  • Barack Obama and Weather (Here and There)

    I was expecting a warmer day in Kathmandu today but it is not. Woke up at midday and read newspapers. Nothing new. One news report that I was eagerly waiting to read but wasn’t expecting in today’s Kantipur and the Kathmandu Post was about the American senator Barack Obama’s announcement of his candidacy for the president of the United States. I had seen him on TV last night when he delivered an electrifying speech. Every news article and report about him pulls my attention just like the news about Gmail used to do in mid 2004. I have been a great admirer and user of Gmail service ever since.

    I strongly feel Barack Obama is in the race to win. I am thrilled by just the mention of his name. It creates energy. Hillary Clinton, whom I admire, is Obama’s key challenger for now but I think the senator from Illinois has the vision and capacity to do what needs to be done. He is young and energetic. He talks sense and he seems genuine. Leaders are those who come up with a vision and direction. Obama has shown that he has vision and ideas about new America. Because he is young, (at 45 he is younger than Hillary, 59) he has the potential to bring about the generational change in the United States. When Tony Blair was elected the Prime Minister of Britain in 1997 at the age of 44, his victory had some kind of psychological impact even in Nepal. I heard Sher Bahadur Deuba, former Prime Minister of Nepal, once saying Nepal needed a younger generation of leaders to lead the country. In the name of experience and unifying figure, we are still relying on octogenarians to run our country. I can’t vote for Obama because I am not an American but I will be closely following his campaign (thanks to the Internet).

    Talking about the Internet, I should thank Nepal Telecom for providing free connection for a week (which will end tomorrow) on CDMA phone. I know the free lunch can’t continue forever but I really wish NT reduced the price so that people like me could be online as long as they wanted. Rs. 3 plus 14 percent tax for an MB of data is expensive. NT has recently reduced the corporate charge for Internet connection significantly after it started using fiber optic connection with India. Now it’s our turn, the consumers, to benefit from fiber optic line.

    I was talking about the weather in the beginning. It’s raining outside, there is an Arnold Schwarzenegger flick on Star Movies (he has been cloned!), and brother is occasionally flipping through sports channels to follow three separate cricket matches that are being broadcast live. I have had two cups of tea (one milk and the other black) since I woke up. I am feeling lazy. I don’t want to go to work but I will go. Or may be I won’t. See, I am undecided, like many of those voters in the United States who make their mind on the eleventh hour! Yes, it is a cold day in Kathmandu not not as cold as it was in Springfield, Illinois where Barack Hussein Obama last nightsaid:

    It was here, in Springfield, where North, South, East and West come together that I was reminded of the essential decency of the American people – where I came to believe that through this decency, we can build a more hopeful America.

    And that is why, in the shadow of the Old State Capitol, where Lincoln once called on a divided house to stand together, where common hopes and common dreams still, I stand before you today to announce my candidacy for President of the United States.

    I recognize there is a certain presumptuousness – a certain audacity – to this announcement. I know I haven’t spent a lot of time learning the ways of Washington. But I’ve been there long enough to know that the ways of Washington must change. (read the complete speech here)

    Links:

    1.Barack Obama Web Site
    2. Barack Obama Campaign Blog
    3. NYT coverage on Obama announcement
    4. A Washington Post report on weather and Obama
    5. NYT blog on the weather in Springfield

  • जर्नेलको राजनीतिक बक्तव्य: नयाँ परिस्थितिमा नेपाल सेना-२

    दिलिप शमसेर राणाको भाषणको दोस्रो भाग । भाषणको पहिलो भाग यहाँ छ ।

    तर्राईको वर्तमान गतिविधिहरुमा सुधार हुन नसकेमा

    २५) वर्तमान अवस्थामा तर्राई भेगमा सृजना भएको द्वन्द्वको परिस्थितिमा सुधार भई सामान्य अवस्था सृजना नभएको खण्डमा र राज्यपक्षबाट संचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमताबाट स्थिति बाहिर हुन गएमा स्थितिलाई सामान्यकरण गराउने सिलसिलामा नेपाली सेना पुनः संचालित हुन सक्ने सम्भावना रहेको पुर्वानुमान गर्न सकिन्छ । यसको निमित्त यस पृतना हेडक्वाटरबाट नेपाली सैनिक जंगी अड्डालाई नेपाल सरकार, संयुक्त राष्ट्रसंघ र ने.क.पा. (माओवादी) वीचमा एक सीमित अवधिको लागि नेपाली सेनालाई परिचालन गराउने तर्फएक अन्तरिम समझदारीको व्यवस्था गरिन पहलकदमी हुन पर्ने ’bout अनुरोध गरी सकिएको व्यहोरा अवगत गराउन चाहान्छु । तर्सथ आगामी दिनहरुमा विशेषः २२ बाहिनी अड्डाले एड टु सिभिल अथोरिटीको अवधारणामा संचालित हुनको निमित्त आफ्ना अन्तरगतलाई मानसिक एवं भौतिक रुपमा तालिमरत रहेक तयारी गरेर बस्न हुन समेत निर्देशन दिन चाहान्छु ।

    दीर्घकालीन शान्ति स्थापना भएमा

    २६) आउँदा दिनहरुमा माओवादीहरु हतियार लिएर जंगल पस्ने सम्भावना झिनो मात्र रहेको हुँदा हाल अगाडि बढी रहेको शान्ति प्रक्रियाले मुर्तरुप लिने सम्भावना प्रबल रहेको मलाई लाग्दछ । तर्सथ भोलिका दिनमा हाम्रो मुख्य चुनौतिका रुपमा हालको संगठनात्मक संरचनामा रहेका फौजहरुको निमित्त बासस्थान तथा भौतिक पूर्वाधारहरुको यथोचित व्यवस्थापन पनि प्रमुख रुपमा रहेको छ । सधै लर्डाईकै परिस्थितिमा जस्तो फौजलाई बंकरहरुमा मात्रै राखि राख्न उपयुक्त नहुने साथै लामो समय सम्म बंकरमा बसी रहँदा अप्रिय अभिष्टहरु समेत उत्पन्न हुन जान सक्ने हुँदा त्यस तर्फसमेत विशेष ध्यान पुर्याई कुन कुन स्थानमा ब्यारेक लोकेशनहरु राख्न उपयुक्त हुन्छ, तपाई बाहिनीपतिहरुले समयमा नै छनौट गरी आवश्यक प्रकृया तथा कारवाही अगाडि बढाउने तर्फपनि तपाईहरुको ध्यानाकर्षा गराउन चाहान्छु ।

    २७) साथै वर्तमान परिवर्तित तरल अवस्थाको पृष्ठभूमिमा हालै संयुक्तराष्ट्र संघको उपस्थितिमा नेपाल सरकार र माओवादीवीच सम्पन्न हतियार र सेना व्यवस्थापन तथा अनुगमन सम्झौता अनुसार माओवादी सेना र तिनका हतियारहरुलाई निर्धारित शिविरहरुमा कन्टेनरमा राख्ने र नेपाली सेनाका हकमा हालसम्म तैनाथ रहेका स्थानहरुमा नै राखेर कुनै पनि पक्ष विरुद्ध हात हतियार प्रयोग नभएको सुुनिश्चिता गर्ने सहमति अनुरुप कार्यान्वयनका लागि हालसम्म भएका निर्देशनहरु बमोजिम गर्नु गराउनु हुनेछ । साथै संयुक्त राष्ट्रसंघका अनुगमन कर्ताहरुको ब्यारेकहरुमा हुने भ्रमणमा समेत पूर्व निर्देशानुसार सहयोग पुर्याउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

    तालिम

    २८) कुनै पनि सेनाको मुख्य कर्तव्य भविष्यमा आइपर्ने चुनौतिहरुलाई सामना गर्न तयार रहनु हो । यसको लागि निरन्तर समय सापेक्ष तालिमको आवश्यकता पर्दछ । तर्सथः वर्तमान समयमा Cohesiveness सिर्जना गर्ने किसिमको तालिमहरुमा केन्द्रीत हुनुपर्ने आवश्यकतालाई बाहिनीपतिहरुले हृदयमग गरी तालिमको योजना तगा संचालन गराउनु हुनेछ ।

    २९) विगतमा परिस्थितिवस अपरेशनको चापको कारण तालिमहरुको निरन्तरता दिने क्रममा केही बाधा परेको महशुस गरिएकोले सेनाको तालिम नीति अनुरुप समय समयमा पृतनाबाट दिएको निर्देशनहरुलाई मनन गरी एकातर्फबृत्तिविकासका तालिमहरु र साथसाथै आक्रामक क्षमताको विकासको लागि अपग्रेड तालिम एवं परिस्थिति जन्य अन्य तालिमहरु संचालन गराउनुपर्ने आवश्यकता रहेको व्यहोरा अवगत गराउन चाहान्छु ।

    ३०) हालको गतिविधिहरु एवं परिस्थितिलाई ध्यानमा राखि Cohesive सवयुनिटमा व्यवस्थित भएर अपग्रेड तालिम तथा शहरी प्रतिविद्रोह सम्बन्धि तालिममा विशेष जोड दिई तयारी एवं कारवाहीका लागि योजना गर्नुहुनेछ । साथै बृत्ति विकास सम्बन्धी तालिमहरुको योजना तथा कार्यान्वयन गराउने क्रममा पत्ति, से.मु., तथा गुल्म स्तरको तालिम र अभ्यास अधिकतम मात्रामा संचालन गरी जुनियर कमाण्डरमा पहलता लिन सक्ने गरी विश्वास बढाउने तालिमहरु संचालन गराउनु हुन म निर्देशन दिन चाहान्छु ।

    मनोवैज्ञानिक तथा जनहितका कार्य

    ३१) जनता र सेनाको सम्बन्धको महत्वलाई ध्यानमा राखि जनताको नेपाली सेनाप्रतिको विश्वास एवं आत्मियतालाई अझ बृद्धि गर्न तथा जनताको मन मस्तिष्क जित्नका लागि बाहिनीहरुले प्रशासन, प्रहरी र स्थानीय बुद्धिजीवीसँग समन्वय गरी मनोवैज्ञानिक तथा सम्भव भए सम्म जनहितका लागि उपयुक्त र उचित कारवाहीहरु संचालन गर्नु हुनेछ ।

    ३२) साथै आफ्नो मातहतका सकलदर्जाहरुलाई सेना भित्र फुट ल्याउन संचालन हुन सक्ने अवाञ्छनीय तत्वहरुको मनोवैज्ञानिक कृयाकलाप सम्बन्धमा समेत सचेत र सजग गराउनु हुनेछ । देशमा हालसम्मको स्थिति र विगतमा भएका घटनाहरुलाई विश्लेषण गरि हेर्दा देशको राजनैतिक स्थिति अझै पनि सुनिश्चत हुने बाटो सम्म पुग्न नसकेको अवस्थामा नेपाली सेनाले प्रदर्शन गर्ने बलिदानी एक्यबद्धता तथा कर्तव्यपराणयता एवं राज्यप्रतिको बफादारीतालाई देखेर विचलित र हतास मानसिकता लिएका केही अवाञ्छित विखण्डनकारी तत्वहरुले नेपाली सेना भित्र नेतृत्व तह तथा तल्लो तहमा फुट ल्याउने र भइरहेको संस्थागत एकतामा खलल ल्याउने उद्देश्यले बेला बखत विभिन्न किसिमका अनरगल एवं भ्रामक अफवा वा हल्लाहरु पिर्टाई जनमानसमा तथा जवानहरुमा नकारात्मक सन्देश फैलाउने कुचेष्टाहरु प्रशस्त हुने गरेको अनुभव हामीे गर्दै आएका छौं । तर्सथ यस्ता भ्रामक, असत्य र तथ्यहिन हल्लाहरुबाट सजग रही अनरगत प्रचार प्रसारको असरबाट मातहतका फौजलाई हमेशा तटस्थ राख्न बाहिनीपतिहरुले पहल गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै माओवादी पक्षबाट जनयुद्धको शुरुवात देखि नै सेनाको सांङ्गठनिक संरचनालाई कमजोर गर्ने हेतुले हाम्रो संगठनमा Horizontal Split ल्याउँने प्रयासहरु ’boutमा हामी सबै सचेत नै छौं । आउदा दिनहरुमा वर्तमान तरल राजनैतिक अवस्थाको फाईदा उर्ठाई विभिन्न हतकण्डाहरु मार्फ माओवादी तथा अन्य विखण्डनकारी सोच रहेका अवाञ्छित तत्वहरुबाट नेपाली सेनाको संरचनामा हुन सक्ने Vertical Split को प्रयासहरुमा समेत तपाई बाहिनीपतिहरु तथा अन्तरगतका नेतृत्वहरुले सफलता पाएमा देशको एक सवल सुरक्षा संयन्त्र तहस नहस हुन सक्ने हुँदा यी संरचनाहरुमा सदैव सचेत रहनु भई आफ्नो नेतृत्व वर्गलाई समेत गर्राई राख्नु वर्तमान अवस्थामा अत्यन्त आवश्यक भएको ठान्दछु ।

    प्राकृतिक प्रकोप/उद्धार कार्य

    ३३. बाहिनीहरु अन्तरगत जिम्मेवारी क्षेत्रहरुमा प्राकृतिक प्रकोपको बेला तत्काल उद्धार गर्नको लागि फौजलाई जतिसक्दो चाँडो प्राकृतिक प्रकोप भएको स्थानमा फौज परिचालन गराउन बाहिनीहरु तथा मातहतका युनिट/सब युनिटमा समेत फौज तयारी राख्न लगाउनु हुनेछ ।

    ३४. प्राकृतिक प्रकोप उद्धार कार्यको लागि खटिदा सकलदर्जाहरुले स्थानीय बासिन्दा, कर्मचारी एवं अन्य संघ संस्थाबाट उद्धारकार्यमा सहयोग पुर्याउन खटिएका व्यक्तिहरुसँग मेलमिलाप एवं सहयोगी व्यवहार गर्दै थप धनजनको क्षति हुनबाट रोक्न आवश्यक फौज परिचालन गराउनु तपाईहरुको जिम्मेवारी हुनेछ ।

    ३५. प्राकृतिक प्रकोप सम्भावनाको मूल्याङ्कन गरी स्थान विशेषमा उपलब्ध आवश्यक श्रोत र साधनको समयमा नै व्यवस्था गर्नु गराउनु उपयुक्त हुनेछ ।

    निजामति, नागरिक तथा संचार जगतसँगको सम्बन्ध

    ३६. स्थान विशेषमा निजामति निकायहरुसँग आवश्यकता अनुसार आपसी सद्भाव एवं विश्वासको वातावरणलाई बृद्धि गर्दै स्वस्थ समन्ययात्मक र उपयुक्त सम्बन्ध निर्माण गर्ने गराउने तर्फबाहिनीपतिहरुको ध्यानाकर्षा गराउन चाहान्छु ।

    ३७) नागरिक समाज, भद्रभलाद्मी, विशिष्ट व्यक्तिहरु, पत्रकार, मानवअधिकारवादी सबैसँग सम्बन्ध राखि प्रजातन्त्रप्रतिको प्रतिबद्धता, कार्यकुशलता आदि अभिबृद्धि गर्ने कार्य गर्नुहुनेछ ।

    ३८) विभिन्न दर्जा ब्यारेक बाहिर रहँदा होटेल, रेष्टुरेन्ट या अन्य र्सार्वजनिक स्थानहरुमा गई झगडा, बादविवादमा फस्दा या व्यक्ति विशेषले गल्ती गर्दा हालको परिस्थितिमा एक व्यक्तिको सानो गल्तीलाई समेत अतिरन्जित बनाई सम्पुर्ण नेपाली सेनाको संस्थामा नै आँच आउने गरी र्सार्वजनिक दबाब आउने अस्वस्थ अभ्यासहरु हुने गरेको देखिएकोले यस्तो स्थितिबाट अलग रहन बाहिनीपतिहरुले आवश्यक पहलकदमी गर्नुपर्ने अवस्था रहेको तथ्य पनि स्मरण गराउन चाहान्छु ।

    मानवअधिकार

    ३९) मानव अधिकार हनन्को क्रियाकलापलाई नेपाली सेनाको जिरो टलरेन्सको नीतिलाई यस पश्चिम पृतनाले पनि पूर्णरुपमा आत्मसाथ गरेको व्यहोरा पृतनाको पूर्व निर्देशनहरुबाट तपाईहरु अवगत नै हुनुहुन्छ । तर्सथ मानवअधिकार हनन्को किसिमको कुनै पनि कारवाही गर्न नदिन बाहिनीपतिहरुले समय समयमा प्राप्त भएका नीति निर्देशनहरु तथा विगतमा घटेका घटनाहरु ’bout मातहतका सकलदर्जालाई जानकारी गर्राई कर्तव्य पालनाको शिलसिलामा मानव अधिकारको सम्मान गर्नु सिपाहीको परम कर्तव्य हो भन्ने ’bout सबैलाई बुझाउनु हुन निर्देशन दिन चाहान्छु ।

    ४०) एक अर्काप्रति वा आमजनतासँग व्यवहार गर्दा भाईचारा तथा मानवअधिकारको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय मूल्य र मान्यता अनुरुप मातहतका सकलदर्जाहरुलाई काम गर्न लगाउनु हुनेछ । मानवअधिकार हनन्का घटनाहरुलाई उच्च प्राथमिकताकासाथ छानवीन गरी दोषी उपर प्रचलित नियम कानून बमोजिम कारवाही हुने हुँदा मानवअधिकार तथा मानवीय कानून पनि सैनिक कानून सरह हो भन्ने ज्ञान सकल दर्जालाई दिलाउने तर्फविशेष जोड दिई रोलकल, दरबार कवाज तथा तालिममा समावेश गरि यस ’boutमा पर्याप्त ज्ञान दिलाउन विशेष जोड दिनु हुन बाहिनीपतिहरुलाई म निर्देशन दिन्छु ।

    व्यवस्थापन तथा अनुशासन

    ४१) नेपाली सेनाको शक्तिको दुरुपयोग भएमा सैनिक पेशा तथा संस्थाको अवमूल्यन हुनुको साथै जारी शान्ति प्रकृयालाई समेत नकारात्मक असर पर्न जाने हुँदा सकलदर्जाको उच्चस्तरको अनुशासन, हौसला, नेतृत्व तथा वर्तमान तर राजनैतिक वातावरणमा अधिकतम आत्मसंयमता प्रदर्शन गराउने तर्फबाहिनीपतिहरुले विशेष ध्यान दिनुहुनेछ । विद्यमान शान्ति प्रकृयालाई अवरोध पुर्याउने कुनै पनि कार्यहरु गर्नु गराउनु हुने छैन भनी म बाहिनीपतिहरुलाई विशेष निर्देशन दिन चाहन्छु ।

    ४२) सकलदर्जाको हौसला तथा मनोबल उच्च राख्नको लागि असल नेतृत्व, व्यवस्थापन तथा प्रेरणा अपरिहार्य हुने हुँदा सिपाहीमा सकारात्मक सोचाई, आक्रामक प्रबृत्ति र जित्ने अभिलाषालाई अभिबृद्धि गर्नको लागि बाहिनीपतिहरुले सकलदर्जाहरुलाई उच्चस्तरको तालिम, हातहतियारमा भरोसा, राम्रो बन्दोबस्ती कार्यहरु एवं पतिहरुको उच्च स्तरको नेतृत्वमा भरोसा पैदा गराउने विषयहरुमा महत्वका साथ व्यवहारमा उतारी फौजको हौसला एवं मनोबल सदैव उच्च राख्नुहुनेछ ।

    बन्दोबस्ती

    ४३) बाहिनीपतिहरुले आ-आफ्नो मातहतमा रहेका जवानहरुले आत्मासम्मानमा अभिबृद्धि गराउने क्रियाकलापहरुको योजना र कार्यान्वयन गराउनमा विशेष जोड दिन निर्देशन दिन चाहान्छु । जवानहरुलाई विभिन्न समयमा काउन्सेलिङ्ग, दरबार कवाज, रोलकल आदिका माध्यमबाट उनीहरुको व्यक्तिगत तथ पेशा सम्बन्धी सिप विकास हुने साथै निजी शैक्षिक स्तरमा समेत अभिबृद्धि गराउन अन्तरगतका सबै युनिटहरुमा योजना तथा कार्यान्वयनका लागि निर्देशन दिन्छु । हालको परिवर्तित परिस्थितिमा कमाण्डरहरुले मातहतका सकलदर्जामा उत्कृष्ट नेतृत्वको उदाहरण प्रस्तुत गर्ने संस्कारलाई निरन्तरता दिने परम्परालाई कायम राख्न सदैब दत्तचित्त रही लोभानी पापानीमा लाग्ने पुरानो सोचाईलाई परिवर्तन गरी नयाँ सकारात्मक दिशामा लाग्न र मातहतका सकलदर्जालाई अभिप्रेरित गराउनु हुन बाहिनीपतिहरुलाई यसै अवसरमा निर्देशन दिन चाहान्छु ।

    ४४) साथै जवानहरुको खानपिन, बसोवास तथा अन्य आधारभूत भौतिक पूर्वाधारहरुको सुविधा मिलाउने तर्फनितान्त आवश्यक हुने हुँदा त्यसतर्फसमेत दृष्टि पुर्याउन आग्रह गर्दछु ।

    ४५) फौजको संचालन गर्न आवश्यक सामानहरुको निरन्तर र समयमा नै आपूर्तिको अतिरिक्त फौजको मोराल, मोटिभेसन, बेलफेयरमा बाहिनीपतिहरुले विशेष ध्यान दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

    ४६) सकलदर्जालाई आफ्नो जिम्मेवारी तथा डिउटीमा बाधा नपर्ने गरी बिदा छुट्टी छाड्ने प्रबन्धलाई व्यवस्थित गर्नु हुनको साथै मुलुकमा राजनैतिक स्थायित्व नआएसम्म सधै रोलकल, विफिङ्ग गरेर मात्रै छुट्टी बिदा छाड्ने व्यवस्था गर्नु हुन तथा अन्तरगतमा समेत सोही किसिमको व्यवस्था कार्यान्वयनका लागि स्मरण गराउन चाहन्छु ।

    संक्षेप

    ४७) नेपाली जनतालाई केन्द्रविन्दु मानी नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, तथा र्सार्वभौमसत्ता जोगाउन प्रजातान्त्रिक पद्धतिमा पूर्ण प्रतिबद्ध रही नेपाली सेनाले नेपाल सरकारको आदेश बमोजिम काम कारवाही गरिरहेको परिप्रेक्षमा श्री पश्चिम पृतना अड्डा अन्तरगतका बाहिनीहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा यस “पृतना कन्फरेन्श-२०६३” ले निश्चय नै मार्ग निर्देश प्रशस्त गर्ने छ भन्ने तर्फविश्वास व्यक्त गर्दै मेरो यो मन्तव्य यही अन्त्य गर्दछु ।

    धन्यवाद

    भाषणको पहिलो भाग यहाँ छ ।

  • जर्नेलको राजनीतिक बक्तव्य: नयाँ परिस्थितिमा नेपाल सेना-1

    दिलिप शमसेर राणाको भाषणाको पहिलो भाग । भाषणको दोस्रो भाग यहाँ छ ।

    प्रस्तावना

    १) आज यस पश्चिम पृतनाको “पृतना सम्मेलन-२०६३” मा भाग लिन पाल्नु भएका अन्तरगतका बाहिनीपतिज्यूहरु तथा वहाँका स्टाफ अधिकृतहरु, त्यस्तै आमन्त्रित प्रशासन एवं प्रहरी प्रमुखज्यहरु, विभिन्न राजनैतिक पार्टीका आदरणीय नेता ज्यूहरु, पत्रकार बन्धुहरु र यस पृतना हे.क्वा.अन्तरगतका वरिष्ठ स्टाफ अधिकृतहरु, गणपति, गुल्मपति तथा उपस्थित सबै सैनिक अधिकृतहरु,

    २) आजको दिनमा यस रमणीय स्थल पोखरामा अवस्थित यस पश्चिम पृतना हे.क्या.परिसरमा सु-सम्पन्न हुन गइरहेको “पृतना सम्मेलन-२०६३” को आयोजना गर्न पाएकोमा मलाई ठूलो हर्षो अनुभूति भइरहेको छ । र्सवप्रथम त आफ्नो कार्य व्यस्तताको बाबजुद पनि यस सम्मेलनको समुद्घाटनको घडीमा हाम्रो निमन्त्रणालाई स्वीकार गर्नु भई पाल्नु भएर यस सम्मेलनको गरीमा बर्ढाई दिनु भएकोमा आज उपस्थित सबै निजामती प्रशासकज्यूहरु, प्रहरी प्रमुखज्यूहरु, राजनैतिक नेताज्यूहरु एवं पत्रकार बन्धुहरुमा आभार व्यक्त गर्न चाहन्छु ।

    general dilip shumser rana

    ‘तर्राईमा सेना परिचालित हुनसक्छ’ पृतनापतिद्वारा राजनीतिक वक्तव्य

    प्रेम नेपाली
    कास्की, माघ २२ – तर्राईको हिंसात्मक गतिविधि नियन्त्रणमा सेना परिचालन हुन सक्ने राजनीतिक वक्तव्य दि“दै नेपाली सेनाको पश्चिम पृतनाका कायममुकायम पृतनापति दिलीपशमशेर जबराले मातहतका फौजहरूलाई उच्च तयारीमा रहन निर्देशन दिएका छन् । सरकार, राष्ट्रसंघ र माओवादी बीच सीमित अवधिका लागि सेना परिचालन गराउने समझदारी भएको उल्लेख गर्दै उनले अग्रगामी कदमका लागि आफूले सैनिक मुख्यालयलाई अनुरोध गरेको जानकारीसमेत दिएका छन् । पश्चिम पृतना सम्मेलन- २०६३ लाई सोमबार सम्बोधन गर्दै उनले भने- ‘२२ बाहिनी अड्डाले ‘एड टु सिभिल अथोरिटी’ अवधारणा अनुरूप सञ्चालित हुन मानसिक एवं भौतिक रूपमा तयार भएर बस्न निर्देशन दिन्छु ।’ (कान्तपुर दैनिकको थप समाचार यहाँ छ । )

    ३) मैले मिति २०६३ साल कार्तिक २७ गतेबाट यस पश्चिम पृतनाको कार्यभार समाल्ने मौका पाएदेखि नै मेरो प्राथमिकता तपाई बाहिनीपतिहरुको कार्य क्षेत्रहरुको भ्रमण गरी यस पश्चिमाञ्चल जिम्मेवारी क्षेत्रको बास्तविक बस्तुस्थितिको मूल्यांकन गर्ने र विद्यमान बदलिँदो एवं संक्रमणकालको अवस्थामा यस क्षेत्रका सेना सम्बन्धमा बास्तविक रुपमा ज्ञान हासिल गरी सुसुचित हुने कार्य भएको व्यहोरा तपाई सबै बाहिनीपतिज्यूहरु तथा धेरै जसो तपाईहरु अन्तरगतका गण/गुल्महरुलाई अवगत नै छ ।

    ४) मेरो त्यसै भ्रमणको अवसरमा मैले क्षेत्रगत रुपमा ज्ञान हासिल गर्नुको साथै विद्यमान बदलिँदो परिस्थितिमा सेनाका सकलदर्जाहरुमा हतोत्साहको मनस्थिति नआवस भन्ने हेतुले सकल दर्जाहरुले एक दशक भन्दा लामो अवधिसम्म निर्भिक एवं संकलित भएर निरन्तर रुपमा उहाँहरुले यस देश र जनताको लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गराउनुको साथै आज शान्तिको पहिलो घाम उदाउने क्रम शुरु गराउनुमा नेपाली सेनाका सकलदर्जाको भूमिका ’boutमा अवगत गराएको तपाईहरुलाई अवगत नै छ ।

    ५) यसको साथै सो अवसरमा भविष्यमा झिनो नै रुपमा भएपनि आउन सक्ने संभावित खतरा र सेनालाई यथोचित एवं सुदृढ रुपमा यस पश्चिमाञ्चल क्षेत्रमा तैनाथ सेनाले कसरी सामना गर्दा उपयुक्त हुन्छ भनी अगाडि सारेको नयाँ कार्यशैलीको अवधारणा समेत सम्प्रेशण गरेको थियो । तपाई बाहिनीपतिहरुको सोच केन्द्रीत भएको पाउँदा मलाई ठूलो सन्तोषको अनुभूति भएको छ । सीमित रुपमा भएतापनि मंसिर महिनामा २२ बाहिनीपतिज्यूबाट सो अवधारणालाई कार्यान्वयन गराउने दिशामा भएको पुनर्तैनाथी (रिडिप्लोईमेन्ट) का प्रयासहरुलाई मैले ज्यादै सचेत र सकारात्मक रुपमा लिएको व्यहोरा यहाँ अवगत गराउन चाहान्छु ।

    ६) साथै तपाईहरुले आ-आफ्नो अन्तरगतका पतिहरुलाई सम्मिलित गर्राई सु-सम्पन्न गरिसक्नु भएको बाहिनीसम्मेलनहरुबाट पनि आ-आफ्नो आपसी तालमेल र समन्वयलाई यथोचित दिशाबोध प्रदान भईसकेको छ भन्नुमा अत्युक्ति नहोला र यसबाट तपाईहरुलाई यस पृतना सम्मेलनमा ठोस रुपमा योगदान पुर्याउनमा ठूलो मद्दत अवश्य नै पुगेको छ भन्ने सोच मैले लिएको छ ।

    ७) वर्तमान बदलिँदो परिस्थितिको घडीमा यस पश्चिमाञ्चल विकास क्षेत्रमा तैनाथ भएका नेपाली सेनालाई समयानुकूल अग्रगामी सोचसहित उच्च उमंगको साथमा यथोचित संस्थागत विकासको पहल गर्दै अगाडि बढ्ने क्रममा यस सम्मेलनको अवश्य नै नयाँ दिशा बोध एवं विचारका उर्जाहरु प्रदान गर्ने छ भन्ने कुरामा म विश्वस्त छु । साथै यस सम्मेलनबाट पृतना क्षेत्रमा समय अनुसारको एक मूलभूत अवधारणाको विकासको साथसाथै आपसी सहयोग एवं बृहत्तर समन्वयको साथमा अगाडि बढ्ने सकारात्मक सोच सहित हाम्रो सामूहिक लक्ष्य परिपूर्ति गर्न ठूलो टेवा पुग्ने छ भन्ने मैले ठानेको छु । यस पृतना सम्मेलनमा वर्तमान कालमा सुरक्षा निकायका जवानहरुलाई पर्न सक्ने नकारात्मक प्रभावहरुबाट समेत कसरी जोगाउने र निजहरुको आत्मबल तथा प्रोत्साहनलाई सदैब उच्च राख्न अपनाउनु पर्ने पहल कदमीहरुको विषयमा पनि हामी सबैको ध्यान आकषिर्त हुने छ भन्ने मैले विश्वास लिएको छु ।

    ८) यस “पृतना सम्मेलन-२०६३” को उद्देश्य देशमा विद्यमान परिवर्तित एवं तरल परिस्थितिमा नयाँ सकारात्मक सोच सहित आपसी सहयोग र समन्वयको साथ एकजुट भएर देश र जनतामा आउन सक्ने संभावित खतरालाई निराकरण गर्न पृतना र अन्तरगतका फौजहरुलाई सबल र सक्षम बनाउनु रहेको छ ।

    वर्तमान परिस्थितिको पुनरावलोकन

    ९) यस उद्देश्य परिपूर्तिको निमित्त एक पटक हामी सबैले विगत एक दशक भन्दा लामो अवधिसम्म ने.क.पा. (माओवादी) बाट शुरु गरिएको तथाकथित “जनयुद्ध” बाट नेपाली जनताले भोग्नु परेको निरन्तर समस्याहरुको प्रभाव र सोलाई सामान्यकरण गर्ने हेतुले राज्यपक्षबाट भएका विभिन्न पहलहरु र ने.क.पा. (माओवादी) ले आजसम्मको दिनमा आएर शान्ति प्रकृयालाई अन्ततोगत्वा ठोस रुप दिने तर्फगरिरहेको पहलहरुको वर्तमान परिणामलाई सही रुपमा विश्लेषण गर्न सकिएमा नेपाली सेनाको सकलदर्जाले देश र जनताप्रति पुर्याएको अतुलनीय योगदानको स्मरणबाट सबै सकलदर्जाको मनोबल उच्च राख्ने ठूलो टेवा पुग्ने कुरामा कुनै दुइमत रहन सक्दैन ।

    १०) ने.क.पा. (माओवादी) बाट एकदशक भन्दा लामो अवधिसम्म जारी गरिएको तथाकथित “जनयुद्ध” को वास्तविक मूलभूत उद्देश्य र सो अवधिमा तत्कालिन सरकारबाट अपनाईका राष्ट्रिय अवधारणा एवं सो अवधारणाको परिपूर्ति गराउन नेपाली सेनाले अबलम्बन गरेको सैनिक उद्देश्य आदिको वास्तविक विश्लेषणको साथै, सबै राष्ट्रिय पक्षहरुको पहलहरुबाट के कति उपलब्धिहरु भए सो विषयहरुमा तपाईहरु समक्ष एक विशेषणात्मक तर्क राख्न वर्तमान परिपेक्षमा ज्यादै सान्दर्भिक ठान्दछु ।

    ११) विगत १० वर्षेखि नै माओवादी विद्रोहको समस्यालाई सुल्झयाउनको निमित्त संयुक्त एवं समायोजित रुपमा राजनैतिक, आर्थिक, सूचना/संचार, विकास/निर्माण तथा सैनिक प्रयास जस्ता राज्यपक्षको ५ आधारभूत राष्ट्रिय शक्तिका संयन्त्रहरुलाई ठोस उद्देश्य प्राप्तिका लागि परिचालित गर्ने ग्रयाण्ड स्ट्रयाटेजि नेपाल सरकारले अपनाएको ’bout तपाईहरु सबैलाई अवगत नै छ । यो अप्रोच कुनै पनिर् इन्सरजेन्सी प्रोन मुलुकको लागि ज्यादै फलदायी रहेको अन्तर्राष्ट्रिय मान्यता समेत रही आएको छ । तर्सथः हााम्रो देशमा पनि यो अप्रोचमा राज्य पक्षको ५ राज्य शक्तिका संयन्त्रहरुको समायोजित प्रयासहरु ’bout छुट्टाछुट्टै विश्लेषण गरि यथार्थ तपाईहरु सामुन्ने राख्न जरुरी ठानेको छु ।

    राजनैतिक पक्ष

    १२) राज्य शक्तिको सवल संयन्त्रमा राजनैतिक पक्षलाई सही रुपले मूल्यांकन गर्ने हो भने २०४६ साल पश्चात्को राजनैतिक अवस्थामा ६/६ महिनाको अवधिमा नयाँ सरकारहरु गठन हुने तथा ढल्ने र छोटो अन्तरालमा नै १३ पटकसम्म नयाँ सरकारहरु गठन भएको तथ्य हामी सबैका सामुन्ने उजागर नै छ । यस अवधिमा जनताले सुशासनको अनुभूति गर्न पायो भन्ने सकिने आधार रहेको पाइन्न । यस अवधिमा सुशासनको अभाव त रही नै रह्यो, देशमा सृजित राष्ट्रिय आँचको अवस्थामा पनि सबै राजनैतिक दलहरु आआफ्नो दलगत राजनैतिक स्वार्थ भन्दा माथि उठेर बृहत्तर राष्ट्रिय स्वार्थलाई मनन गरी एकजुट हुनुको सट्टामा एक आपसको भर्त्सनामा व्यस्त रहँदै आफ्नै दलहरुसमेत निहित स्वार्थले गर्दा टुक्र्दै गएको तथ्यबाट हामी सबै परिचित नै छौं । यस अवस्थाले गर्दा हत्या र हिंसामा उत्रिएका ने.क.पा. (माओवादी) लाई आफ्नो क्रियाकलापहरुलाई बढाउने तर्फथप उर्जा मिल्नुको साथै आफ्नो प्रभाव बढाउन ठूलो मद्दत पुगेको कुरालाई स्वीकार्नु पर्ने नै हुन्छ । फलस्वरुप सरकारहरु असहाय एवं निरिह बन्दै गई सरकारी उपस्थिति सदरमुकामहरुमा मात्र सीमित रहनुपर्ने अवस्थाको सृजना भयो । तर्सथ राज्य पक्षको संयन्त्रमा राजनैतिक शक्तिको संयन्त्र खुम्चिन पुगि राज्यपक्षले विद्रोहीको दमनमा अपनाएको स्ट्राटेजिलाई कुनै ठोस मद्दत पुग्न गएको देखिदैन, बरु यस अवस्थाबाट नचिताएर पनि व्रिद्रोही पक्षलाई नै प्रचुर फाइदा पुग्न गएको देखिन्छ ।

    आर्थिक पक्ष

    १३) राजनीतिक अस्थितरा र कमजोर सरकारहरुबाट गठित सरकारले सुशासन दिन नसकेको अवस्थामा नेपाल जस्तो दातृ राष्ट्रहरुबाट आउने अनुदानको आधारमा आफ्नो आर्थिक स्थिति टिक्ने गरेको देशमा आर्थिक संयन्त्रमा नकारात्मक असर पर्न जानु स्वभाविकै हुन्छ र देशको आर्थिक स्थिति समेतमा केही हदसम्म संकट आएको महसुस गर्न सकिन्छ भने अर्को तर्फमाओवादीद्वारा हुने गरेको चन्दा आतंक, अपहरण, हत्या, कर, डर, त्रास तथा धम्की आदिका कारण स्वतन्त्र र निर्भिक रुपमा बन्द व्यवसाय चलाउन नपाउने स्थिति र निजी तथा विदेशी लगानी कर्ताहरुले समेत आफ्नो पुँजी लगानी डुब्ने भयबाट ग्रसित हुनु परेकोले मुलुकमा आर्थिक पक्षमा समयसापेक्ष विकास र विस्तार हुनबाट बंचित भई उद्योग धन्दा, कलकारखाना, होटल व्यवसाय, पर्यटन व्यवसाय आदि ठप्प प्रायः हुने गरेको स्थिति रह्यो ।

    १४) सुशासनको अभावमा सबै तिरको स्थिति सरकारको नियन्त्रण बाहिर गई भ्रष्टचारले व्यापकता पाउनु, ठूलो ऋणीहरुले ऋण नतिर्ने गर्नु, ठूला कर दाताले कर नतिर्ने वा तिर्न आनाकानी गर्ने आदि प्रबृत्तिले व्यापकता पाउँदै गयो । यसले गर्दा पनि देशमा आर्थिक सुधार आउन सकेन र सरकार र अस्थायी प्रकृतिको हुने गरेको अवस्थामा विभिन्न प्रकारका अनैतिक एवं गैर बैधानिक कार्यहरुको नियन्त्रणमा सरकारको ध्यान केन्द्रीत हुन सकेन । यस स्थितिले गर्दा राज्यपक्षको दोस्रो शक्ति संयन्त्रमा रहेको आर्थिक पक्ष पनि खुम्चिन जाने अवस्थामा रही यथोचित रुपमा यसले प्रतिव्रिद्रोहको कारवाहीमा पुर्याउनु पर्ने योगदानबाट बंचित हुन पुगेको अवस्था रह्यो भन्नमा कुनै अतियुक्ति नहोला ।

    सूचना/संचारको पक्ष

    १५) राज्यको चौथो अंगको रुपमा रहेको सूचना र संचारको जगतले सरकारी पक्षलाई सघाउनुको सट्टा सुशासन कै अभावले गर्दा आर्थिक, राजनीतिक अस्थिरताको वातावरणमा जानी जानी वा नजानेर विद्रोही पक्षलाई नै बढी हित हुने गरी सूचना प्रसारण हुने गरेको कटु तथ्य पनि हामीले नकार्न मिल्दैन । अर्का तर्फप्रति विद्रोहको वातावरणमा खबर संकलन, विश्लेषण र वितरण गर्ने कार्यका लागि खडा भएको संस्था राष्ट्रिय अनुसन्धान विभागमा समेत दलगत राजनैतिक छाया नपरी रहन सकेन र फलस्वरुप विगत दशकको पूवार्धमा नै यस संस्थाको महत्व र आवश्यकतालाई नै बेवास्ता गरी विभिन्न राजनैतिक पार्टीले आफ्ना राजनैतिक कार्यकर्ताहरुको लागि भर्ती केन्द्रको रुपमा मात्र नलिई राष्ट्रिय अनुसन्धान विभागमा भर्ना गरिएकाहरुलाई जनपद प्रहरीतर्फसमेत कुनै छनौटको मापदण्ड बेगर नै स्थानान्तरण गर्राई राजनैतिक पार्टीले स्वार्थ पूरा गर्न उद्दृत भएको घटना आदिले पनि यस संस्थाको क्षमतामा ठूलो ह्रास ल्याई देशलाई परेको विषम अवस्थामा पनि यथोचित यसको हुनुपर्ने योगदानमा ठूलो कमी रहन गयो । तर्सथ प्रति विद्रोहको कारवाहीमा अति आवश्यक पर्ने सूचना तथा अन्य संचारको पक्ष समेत खुम्चिएर रहेको अवस्थाको श्रृजना भई प्रभावकारी कार्यदिशामा क्रियाशील हुनबाट बंचित रहन गएको हामी सबैले अनुभव गरेका नै हौं ।

    विकास/निर्माणको पक्ष

    १६) खुम्चिएको राजनैतिक एवं आर्थिक संयन्त्रको वातावरणमा सोही पक्षहरुसँग प्रत्यक्ष सरोकार राख्ने विकास/निर्माणको पक्ष गतिशिल हुन सक्नु सम्भव हुने कुरै भएन । सुशासनको अभाव र आर्थिक अपर्याप्तताको कारण समायोजित विकास/निर्माणको पक्षहरु पनि सीमित हुनुपर्ने बाध्यता रहन गएको हामी सबैले महसुस नै गरेका हौं । पहिलो पटक राज्यले विकासको अवधारणालाई ग्रामिण भेगसम्म पुर्याउने हेतुले ढिलो नै भएपनि परिक्षणको रुपमा २०५८ सालदेखि २०६१ सालसम्म गोरखा जिल्लामा आन्तरिक सुरक्षा र विकासको अवधारणा अनुरुप दुर्गम भेगका जनताहरुका आधारभूत आवश्यकताहरु परिपूर्ति हुने गरी विभिन्न भौतिक संरचनाहरुको निर्माणका प्रयासहरु गरेको भएतापनि प्रति विद्रोहको वातावरणमा एकजुट भई क्रियाशील हुनुपर्ने राज्यका ५ वटै संयन्त्रहरुबीच आपसी समन्वय कायम हुन नसकी माओवादीबाट अन्य जिल्लाहरुमा अवस्थित भौतिक संरचनालाई लक्षित गरि ध्वंसात्मक गतिविधि संचालन गर्न थालेपछ विकासका कार्यक्रमहरु समेत जिल्ला सदरमुकाममा नै सीमित रहनु पर्ने अवस्थाको सृजना भयो । विकास/निर्माणको राज्य संयन्त्र पनि अन्ततोगत्वा खुम्चिएको अवस्थामा पुगि अपेक्षित प्रति विद्रोहका कारवाहीमा लक्षित योगदान पुर्याउनबाट बंचित रहनु परेको तथ्य हामीले स्वीकार्नु पर्ने नै हुन्छ ।

    सुरक्षा कारवाहीको पक्ष

    १७) विद्रोह दमनको सर्न्दर्भमा परिलक्षित राष्ट्रिय शक्तिका ५ संयन्त्रहरुमा यसरी ४ वटा राष्ट्रिय संयन्त्रहरु खुम्चिएर गएको अवस्थामा पनि के कारणबाट हो त आजको दिनमा आफ्नो तथाकथित ‘जनयुद्ध’ को माध्यबाट हत्या, हिंसा र विध्वंसको हत्कण्डा अपनाएर राज्यसत्ता प्राप्त नगरी नछाड्ने अठोट लिएर अगाडि बढेका माओवादीलाई आफ्नो निर्धारित लक्ष्यलाई परित्याग गरी राज्यपक्षले चाहेको जस्तो बैधानिक राजनैतिक मूलधारमा आउन बाध्य गरायो भन्ने मूलभूत प्रश्नलाई कुनै पनि विकृत एवं पूर्वाग्रही सोचबाट तटस्थ रही सही रुपमा विश्लेषण गर्ने हो भने हामी एउटै वास्तविक निक्र्यौलमा पुग्न सक्दछौं । त्यो निक्र्यौल हो विषम, असमन्वयात्मक एवं श्रेयहिन वातावरणमा समेत नेपाल राज्य र नेपाली जनताप्रतिको आस्था एवं कर्तव्यपरायणतामा अलिकत्ति पनि निरुत्साहित नभई निरन्तर रुपमा एक ढिक्का भएर रगत, पसिना र परिआएको अवस्थामा आफ्नो प्राण समेतको आहुति दिन पछि नपरेको यस राष्ट्रका सुरक्षा अंगका बहादुर जवानहरुको निर्भिक र निरन्तर योगदान नै आजको अवस्था सृजना गर्नमा मुख्य कारक तत्व सिद्ध हुन गएको छ । आम नेपाली जनताले त्यस विषम परिस्थितिमा भोग्नुपरेको पीडा र उत्पीडन सुरक्षा निकायका सदस्यहरुलाई पनि त्यतिकै पीडादायक थियो । ’cause एकातर्फउनीहरुले माओवादीसँग निरन्तररुपमा संर्घष गरी नै रहनुपर्ने अवस्था थियो भने अर्कोतर्फगाउँघरमा उनीहरुका परिवारजन समेतले डर, त्रास, हत्या, हिंसाको परिस्थिति भोगी नै रहनुपर्ने बाध्यता समेत विद्यमान रहेको थियो ।

    आफ्नो कार्य क्षेत्र छोडेर सदरमुकामको सुरक्षित वातावरणमा शरण लिन जाने जस्तो अन्य राजनैतिक दलका कार्यकर्ताहरुको बाध्यता यस विषम परिस्थिति भरमा कुनै पनि देशभक्त सुरक्षाकर्मीले भने अपनाएनन् । फलस्वरुप आज यो १०/११ वर्षो छोटो समयमा नै देशमा विद्रोह मच्चाई रहेको माओवादी समूह राजनैतिक मूलधारमा आउन बाध्य भएको कारणले आज स्थायी शान्तिको आशा परिपूर्ण हुने दिशातर्फउन्मूख छ । त्यसमा पनि यदि हामी सबैले पूर्वाग्रह रहित भएर सोच्ने हो भने सिपाहीले रात दिन खोलानाला, हुरी बतास, असिनापानी आदि विकट र विषम परिस्थिति र खतराबाट रक्तिभर विचलित नभई गरेको कर्तव्य परायणताको जस कसलाई दिने ?

    माओवादीलाई मूलधारमा ल्याएको श्रेय कसले लिने ? यी प्रश्नहरुको जवाफ अवश्य नै बैधानिक राजनैतिक दलका नेताहरुलाई अवगत नै छ, तर मलाई लाग्दछ शान्तिको घाम उदाउने लक्षण देखिएको वर्तमान अवस्थामा केही राजनैतिक बाध्यताहरु होलान् जसले गर्दा मुक्त कण्ठले वर्तमान अवस्थामा केही राजनैतिक बाध्यताहरु होलान् जसले गर्दा मुक्त कण्ठले वर्तमान अवस्थामा योगदान दिने निकायहरुलाई श्रेय दिन नेपाल सरकारलाई बाधा अड्चन रहेको छ । देशभर शान्ति एकपटक ठोस रुपमा स्थापित भई सकेर देशको स्थिति वर्तमान तरल अवस्थाबाट स्थायित्वको दिशामा बढी सकेपछि मलाई लाग्दछ सबै नेपाली समाजका तप्काहरुबाट वास्तविकता स्वीकारिने नै छ । तर्सथ हामी सुरक्षा अंगका निकायहरुले यस विषयमा संयमित भई प्रतिक्षारत रहनुपर्ने आवश्यकता छ ।

    १८) अन्तर्राष्ट्रिय जगतमा समेत आज सम्म छोटो समयमा समाधान भएको प्रतिविद्रोहको कारवाहीलाई अध्ययन गर्ने हो भने मलेशियामा भएको प्रतिव्रि्रोह कारवाहीलाई उदाहरणको रुपमा लिने गरिन्छ । तर, त्यो समस्या समाधान हुन करीब २० वर्षो अवधि लागेको तथ्य छ । संसारमा प्रतिविद्रोहको इतिहास अध्ययन गर्दा कुनै पनि देशमा यति छोटो समयमा राज्य र विद्रोही पक्षवीच सम्झौता भई शान्ति आएको कही कतै देखिँदैन । अत यस परिस्थितिलाई सही रुपमा विश्लेषण गर्ने हो भने यसको वास्तविक श्रेय तपाई हामी जस्ता देशभक्त राष्ट्र सेवकहरुले पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

    १९) तर्सथ, तपाई बाहिनीपतिहरुले आफ्नो अन्तरगतका युनिट/सब युनिट पतिहरुलाई यस महान कार्यको सारलाई मनन गर्न लगाई मातहतका सकलदर्जाहरुलाई उनीहरुको कार्यको उच्च मूल्यांकन र बलिदानी सेवाको खातिर सरहना गर्न लगाउनु हुन तथा समग्र श्रेय रोलकल, दरबार कवाज आदिबाट सकलदर्जाहरु समक्ष पुर्याई निजहरुको योगदानलाई स्मरण गर्राई फौजको मनोबल सदा उच्च राख्नु हुन म यसै मन्चबाट निर्देशन दिन चाहान्छु । साथै भावी चुनौती र यस पश्चिम पृतना अड्डाको अवधारणा तथा माथिल्लो निकायको निर्देशनमा विगतमा झै उत्कृष्ट बफादारिताका साथ जिम्मेवारी निर्वाह गर्न मातहतका फौजहरुलाई तयार राख्न हुन बाहिनीपतिहरुलाई म यसै मन्चबाट आग्रह समेत गर्दछु ।
    भावी चुनौति र पश्चिम पृतना अड्डाको अवधारणा

    २०) विगत ११ वर्षेखि सशस्त्र जनयुद्धको नाममा हिंसात्मक गतिविधिमा राजनीतिक गरिरहेका माओवादको हाल राजनैतिक मूलधारमा आई अन्तरिम संसदमा प्रवेशसँगै सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भएको होकी भन्ने लागेता पनि विगतको घटनाक्रमहरुलाई मनन गरी हेर्दा, साथै माओवादीबाट चोइटिएर रहेका मधेशी जनतान्त्रिक मुक्तिमोर्चा, तर्राई मुक्तिमोर्चा तथा मधेशी जनाधिकार फोरमका नामबाट यथावत जारी हिंसात्मक तथा ध्वंसात्मक गतिविधि तथा माओवादीबाट हुन सक्ने हिंसात्मक परिस्थितिलाई समेत मध्य नजर गरी हेर्दा भोलिका दिनमा विगतको झै परिस्थितिले एकपटक पुनः हिंसात्मक मोड नलेला भनेर एकिनको साथ बस्ने अझै पनि बेला नआईसकेको महसुस गरेको छु । तर्सथ भविष्यमा हुन सक्ने विषम परिस्थितिको पूवानुमान गरी सोही अनुसार योजना, तयारी र कार्यान्वयनका लागि आवश्यक र्सतर्कता अपनाई मातहतका फौजहरुलाई सदा उच्च तयारीमा राख्नु हुन म निर्देशन दिन चाहन्छु ।

    २१) अन्तरिम संसदमा प्रवेश गरी सकेको माओवादी पार्टीले राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय परिवेशलाई बुझि सजिलै शान्ति सम्झौतालाई तोडी जंगल पस्ने सम्भावना भने कमै रहेको पाइन्छ । ता पनि आफ्नो देश र जनताप्रति समर्पित भएको कारण एवं राष्ट्रिय सेनाको हैसियतले देश भित्र उत्पन्न हुन सक्ने खराब परिस्थितिको परिकल्पना गरि त्यसलाई सक्षमताकासाथ समाधान गर्नको लागि सधै तत्पर रहनु नेपाली सेनाको प्रमुख कर्तव्य र जिम्मेवारी भएको हुँदा कुनै पनि किसिमको विषम परिस्थितिको सृजना भएमा यस पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने जस्तो सुकै अवाच्छित हर्कतलाई जस्तो सुकै परिस्थितिमा पनि विफल तुल्याउनको लागि तयार रहन म तपाईहरु सबैलाई स्मरण गराउन चाहान्छु ।

    २२) हालैका दिनहरुमा भएका घटना क्रमलाई विश्लेषण गरी हेर्दा तोकिएको समयमा संविधान सभाको निर्वाचन भएन भने वा पर सरेमा वा संविधान सभाको नतिजाबाट चित्त नबुझि कुनै पनि बहानाबाजीमा माओवादीले हिंसात्मक गतिविधिको पुनराबृत्ति गर्न सक्ने तर्फपर्ूवानुमान गरि भविष्यमा हुन सक्ने कुनै पनि प्रकारको असहज परिस्थितिको परिकल्पनाको बिरुद्ध आवश्यक तयारी र कार्यान्वयनका निमित्त तयारी रहन समेत म आग्रह गर्दछु । सोही पर्रि्रेक्षमा खराब परिस्थितिको सामना गर्न यस पृतनाले हाल भएको फौजको तैनाथी र कार्यान्वयनमा पुनरावलोकन गरि योजना सम्पादन गर्ने सोच राखेको ’boutमा तपाई सबै बाहिनीपतिहरुलाई अवगत नै छ ।

    माओवादीद्वारा पुनः हिंसात्मक गतिविधि भएमा

    २३) पृतनाको जिम्मेवारी क्षेत्रमा हाल भइरहेको फौज तैनाथीमा सुधार ल्याउने अभ्रिप्रायले आवश्यक परिमार्जन र समायोजन गरी पुनतैनाथी गर्न यस पृतनाले सोच बनाएको र्सर्न्दभमा विगतमा त्यस बाहिनीहरुको भ्रमणको सिलसिलामा मैल सम्प्रेषण गरेको २हृ गुल्महरुको एउटै बेशमा हुने तैनाथीलाई मुर्तरुप दिँदै जाने अवधारण रहेकोमा सबै बाहिनीहरुबाट यस अवधारणाको ’boutमा सकारात्मक अभिव्यक्ति आएको पाइएकोले निकट भविष्यमा नै यस पृतना अड्डाले पुरानो फौज तैनाथीको संरचनालाई पुनरावलोकन गरी नयाँ अवधारणा अनुरुपको फौज तैनाथीको संरचना ’boutमा माथिल्लो निकायको ध्यानाकर्षा गर्नेतर्फपृतना प्रयासरत छ । तर्सथ भविष्यमा माओवादी आफ्नो हातहतियार सहित पुनः जंगल पसेमा आफ्नो विद्यमान तैनाथीलाई समसामयिक सुधार गर्ने कार्य गरि सशक्त रुपमा प्रतिरक्षात्मक तथा आक्रामक कारवाहीमा अभिबृद्धि ल्याउने योजनाहरु तर्जुमा गर्न यस पृतना अड्डाले सोच बनाएको हुँदा आदेशमा तपाइ बाहिनीपतिहरुले समेत सोही अनुरुप तत्काल कार्यान्वयनका निमित्त क्रियाशील रहनु हुने छ भन्नेमा म विश्वस्त छु ।

    २४) साथै भइरहेको सुरक्षा व्यवस्था र आन्तरिक सुरक्षा योजनामा समेत पुनरावलोकन गरी ब्यारेक लोकेशनहरुको मात्र सुरक्षा नगरी सदरमुकाम सुरक्षालाई समेत ध्यानमा राखि अवाञ्छित तत्वहरुले संचालन गर्न सक्ने गतिविधिलाई मनन गरी परेको बखतमा प्रभावकारी ढंगबाट कारवाही सम्पादन गर्ने योजना बनाई पर्याप्त अभ्यास गर्राई आफ्नो
    मातहतका फौजहरुलाई तयारीका साथ राख्नु आजको आवश्यकता भएको स्मरण गारउन चाहान्छु ।

    भाषणको दोस्रो भाग यहाँ छ ।