Latest stories – पछिल्ला टिप्पणीहरू

  • को वरिष्ठ भन्ने विवादले अन्तरिम सरकार बन्न ढिलाइ

    चैत १७- सत्तारूढ दुई दल कांग्रेस र एमालेबीच मन्त्रिपरिषद् सदस्यहरूको वरिष्ठता क्रममा सहमति कायम हुन नसकेपछि शनिबार अन्तरिम सरकार गठन हुन सकेन । कांग्रेसले महामन्त्री रामचन्द्र पौडेल र एमालेले स्थायी कमिटी सदस्य साहना प्रधानलाई वरिष्ठ मन्त्री बनाउन प्रस्ताव गरेपछि आठ दलको बैठकमा शनिबार सहमति जुट्न नसकेको हो । मन्त्रीहरूमध्ये राजनीतिक इतिहास र उमेरसमेतलाई आधार मानेर वरिष्ठता निर्धारण गर्ने सहमति दलहरूबीच शुक्रबार भए पनि कुन दलले पहिलो वरिष्ठ मन्त्री बनाउने भन्ने अन्योल नै थियो । एमाले स्थायी कमिटीको शनिबार बिहान बसेको बैठकले पार्टीकी वरिष्ठ नेतृ प्रधानको नेतृत्वमा सरकारमा जाने निर्णय गरी प्रधानमन्त्रीलाई नामावली दिएको थियो । प्रधानको नेतृत्व हुँदा उनलाई वरिष्ठ बताउनुपर्ने बाध्यतात्मक स्थिति आएपछि कांग्रेसले विवाद खडा गरेको एमालेको दाबी छ । २०४६ सालको आन्दोलनको मुख्य घटक संयुक्त वाममोर्चाकी अध्यक्ष रहेकी प्रधान त्यसलगत्तै गठित कृष्णप्रसाद भट्टराईको नेतृत्वको अन्तरिम सरकारमा वरिष्ठ मन्त्री थिइन् ।

    प्रधानमन्त्रीले आफ्नो कमजोर स्वास्थ्य स्थितिको कारण देखाउँदै वरिष्ठ मन्त्री आफ्नै दलको हुनुपर्ने अडान नछाडेका हुन् । पौडेल सभामुखपछि उपप्रधानमन्त्री र गृहमन्त्री भएको तर्क पेस गर्दै वरिष्ठ हुनुपर्ने कांग्रेसले जिकिर छ । एमालेतर्फबाट सभामुख बनाउने बेलामा भएको सहमतिको समेत उल्लंघन भएपछि माओवादीले शुक्रबार लचकता देखाउँदै वरिष्ठ उपप्रधानमन्त्रीको अडान छाडेको थियो । महामन्त्री पौडेलले भने वरिष्ठताको विवाद अस्वीकार गर्दै प्राविधिक समस्याका कारण सरकार गठन हुन नसकेको दाबी गरेका छन् । उनले आइतबारसम्ममा सहमति जुट्ने विश्वास व्यक्त गरे । कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा जाने अन्य व्यक्तिहरूको नामावली भने तय भई नसकेको उनले बताए । ‘सर सल्लाह आधारमा प्रधानमन्त्रीले मन्त्रीको सूचीलाई अन्तिम रूप दिनुहुन्छ,’ उनले भने । (धेरै…)

  • अन्तरिम सरकार बनाउन आठ दल सहमत

    बलराम बानियाँ र उजिर मगर

    चैत १६ – आठ दलबीच शनिबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा २६ सदस्यीय अन्तरिम सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारमा कांग्रेसका प्रधानमन्त्रीसहित सात, एमालेका ६, माओवादीका ६, कांग्रेस (प्रजातान्त्रिक) का ४, जनमोर्चा, सद्भावना (आनन्दीदेवी), र वाममोर्चाका १/१ जना मन्त्री रहनेछन् । कांग्रेस, एमाले, माओवादी र कांग्रेस (प्रजातान्त्रिक) ले थप एक/एक जना राज्यमन्त्री राख्ने समझदारीसमेत भएको छ ।

    प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीच सहमति हुन नसकेपछि कसैलाई पनि उपप्रधानमन्त्री नबनाइने भएको छ । तीनवटै प्रमुख दलले आफूलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने अडान राखेपछि समझदारी हुन नसकेको हो । सात पार्टीबाट सिफारिस भएर आउने सबभन्दा वरिष्ठ नेतालाई प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रमको मन्त्री बनाइनेछ ।
    कांग्रेसले महत्त्वपूर्ण तीन मन्त्रालय गृह, रक्षा र अर्थ आफैंसित राखेको छ भने नयाँ गठन भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयसमेत आफैंले लिएको छ । शान्ति तथा पुनःस्थापना मन्त्रालय शान्ति सचिवालयलाई मन्त्रालयमा रूपान्तरण गर्न लागिएको हो । कांग्रेसको भागमा विज्ञान तथा प्रविधि मन्त्रालयसमेत परेको छ । (धेरै…)

  • अन्तरिम सरकारको नीति तथा कार्यक्रम

    आठ दलले अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम, सरकार सञ्चालनको विधि, मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेका छन् । त्यसैगरी सहमतिमा सरकार सञ्चालनका लागि आठ दलका प्रतिनिधि रहेको उच्चस्तरीय संयुक्त समन्वय समितिसमेत गठन गरिने भएको छ ।

    संविधानसभा चुनावका लागि सहज वातावरण बनाउन आठ दलको साझा प्रतिबद्धतासमेत शनिबार नै जारी गरिनेछ योजना छ ।

    साझा प्रतिबद्धतामा संविधानसभा चुनावमा भयरहित वातावरण बनाउन माओवादीले देशभर कब्जा गरेका निजी, र्सार्वजनिक र सरकारी घरजग्गा एवं सम्पत्ति, कार्यालय १५ दिनभित्र फिर्ता गर्ने, विस्थापितलाई स-सम्मान घर फर्काउने र हतियार प्रदर्शन रोक्ने कबुल गरिएको छ ।

    साथै, सबै जिल्लामा माओवादीले घरजग्गा र सम्पत्ति फिर्ता गरे/नगरेको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारको संयोजकत्वमा र्सवदलीय संयन्त्रको गठन गरिनेछ । र्सवदलीय संयन्त्रले सम्पत्ति फिर्ताको विवरण बुझ्ने र फिर्ता नभएको सूचना आउनासाथ तुरुन्त फिर्ता गर्न लगाउने संयुक्त प्रतिबद्धतामा उल्लेख छ ।

    संयुक्त प्रतिबद्धतामा संविधानसभा चुनावमा माओवादीको हतियार प्रयोग नहुने सुनिश्चित वातावरण बनाउने र राष्ट्रसंघीय मिसनमा दर्ता भएबाहेक अन्य हतियार भेटिए सरकारले कानुनअनुसार जफत गरी कारबाही गर्ने उल्लेख छ ।

    नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले कब्जा वा अतिक्रमण गरी कार्यालय/ब्यारेक राखेका विद्यालय भवन, व्यक्तिगत घरजग्गा र कलकारखानाको जग्गा तुरुन्त सम्बन्धित व्यक्ति या पक्षलाई फिर्ता गराउने प्रतिबद्धतासमेत आठ दलको छ ।

    संयुक्त प्रतिबद्धतामा दलहरूले आमजनताको जनजीवनलाई कष्टकर बनाउने बन्द, आमहडतालजस्ता कार्यक्रम नगर्ने कबुल गर्दै अरू सबै जनवर्गीय, पेसागत संगठनहरूलाई समेत त्यस्ता कार्यक्रम नगर्न आग्रह गर्नेछन् ।

    आठ दलबीच माओवादीले आफ्ना श्रम शिविर र ‘घुम्ती जेल’ मा रहेका सबै बन्दीलाई तत्काल छाड्ने र सरकारले पनि विभिन्न जेलमा माओवादी बन्दी छन् भने तिनलाई अविलम्ब रिहा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । माओवादीले विभिन्न जेलमा आफ्ना ६० कार्यकर्ता रहेको दाबी गरेको छ ।

    अन्तरिम सरकारको नीति तथा कार्यक्रमलाई आठ दलको ‘साझा सहमतिको न्यूनतम कार्यक्रम’ को संज्ञा दिइएको छ । प्रस्तावित नीति तथा कार्यक्रमलाई ‘संविधानसभाका लागि शान्तिसुरक्षाको प्रत्याभूति’, ‘राहत’ र ‘सुधार र परिवर्तन’ तीनवटा बुदामा विभाजन गरिएको छ ।

    ‘न्यूनतम कार्यक्रमको मूल उद्देश्य संविधानसभाको चुनाव सम्पन्न गर्नु हो’ भन्दै त्यसका लागि शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । नीति तथा कार्यक्रममा द्वन्द्वपीडितलाई राहत प्रदान गर्ने र पिछडिएका वर्ग, क्षेत्र, जाति, जनजाति, दलित, आदिवासी र महिलाको उत्थान गरी मूलधारमा ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

    मन्त्रिपरिषदका सदस्यले पालना गर्नुपर्ने आचारसंहितामा आठ दलले संयुक्त सरकारको भावनाअनुरूप चल्न पालना गर्नुपर्ने र्सत प्रस्तुत गरिएको छ, जसमा कुनै पनि दलले एकअर्काविरुद्ध आक्षेप नलगाउनेलगायत बुदा राखिएका छन् ।

  • Again on Gmail: I am Loving It

    Notice: Want to hear the new Nepali national anthem? Please download it by clicking here. Read about the song here and here.
    ………..
    It’s no secret that I am a great fan of Gmail. Whenever I am accessing the internet, I love it. And Gmail is doing their best to make users like me happy and attached to their services. Almost a week after another, they come up with exciting feature and service that only makes my Gmail experience even better.

    It’s true that I am becoming more and more dependent on Gmail, or Gmail monopoly! But the ‘monopoly’ comes with so many advantages that that is bigger than the 2 GB space! I have couple of Gmail accounts and the one that I use most is filled with about 920 MB. I try to divert many email to other Gmail account and I occasionally delete many large files that I feel will not be needed in any case in future. Many have talked a lot about the space; it’s clean and elegant layout and the cool search facility. Its chat service has also received a lot of accolades from many users including myself. It’s “Send Mail As” service that lets use Gmail “to send from your other email addresses” is also very cool. I have been using this service to send emails from my several other addresses. The latest is a new service that lets users “get mail from other accounts”. I was really in need of this service. This doesn’t only save my time but also lets me save emails using Gmail GB. Yes, I could have done the same by logging in to my other address and activate the auto-forward option and forward every incoming email to Gmail. But what if the email account doesn’t have the auto-forward option??? I was facing the same problem for quite some time and thanks to Gmail now I can retrieve emails without having logged into the account and have stored them (or delete them as I wish!)

    Recently, Gmail opened up itself for all at gmail.com. Before an existing user had to invite (that feature is still inside my inbox) those who wanted to use Gmail. Initially, that was like losing exclusivity but then the feel that everyone interested in Gmail can easily sign up and have a new account was pleasant.

    Wait, how can I forget to mention about the new thing from Google called Google Apps that lets me, among other things, host my wagle.com.np emails to Gmail. For instance, I log on to Gmail to check my dinesh at wagle.com.np emails and send. Plus, I can also create many other wagle.com.np emails for other people want to use emails with that domain. I mean the whole idea is so cool that I am just loving it. I haven’t used the other Apps much but Word is great (to save documents online).

    Related Blog:

    1. Inviting Nepal To Gmail: An Experience

  • नक्कली प्रचन्डले सक्कलीलाई हसाउदा

    सबै स्तरहरु अनुसार, माने, त्यो उत्कृष्ट प्रस्तुती थियो । माने, दर्शक बारम्बार हासोका फोहोरा छाड्दै कुर्सीबाट उठ्न बाध्य भए । सम्बाददातको सोचाई पनि माने त्यस्तै रहेको विचार छ !

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    काठमाडौं- राजधानीको कमलादीस्थित नेपाल एकेडेमीको हलमा शुक्रबार (हिजो) साँझ देखिएको दृश्यलाई सम्भवत माओवादी अध्यक्ष प्रचन्डले कहिल्यै विर्सने छैनन् । लोकतान्त्रिक आन्दोलनकर्ता नागरिक समाजले आयोजना गरेको ‘गणतान्त्रिक साँस्कृतिक साँझ’ हर्ने दर्शक दीर्घाको अघिल्लो लहरमा बसेका जनयुद्धकारी नेताको हाउ भाउ केही फिट परको स्टेजमा ‘अर्का प्रचन्ड’ले दुरुस्तै उतारिरहेका थिए । केही महिना अगाडी एकेडेमीमै भएको एउटा सांस्कृतिक कार्यक्रममा गएका प्रचन्डलाई कान्तिपुर टीभीकी ‘पवनकली’ले अर्न्तवार्ता गरेकी थिइन् जसलाई शुक्रबार मनोज गजुरेल र मन्जु श्रेष्ठले उत्कृष्ट ढंगमा प्यारोडीमा उतारेका थिए । टीभीको वास्तविक कार्यक्रमकै झल्को दिने गरी सजाइएको सेटलाई ‘द हवनकली शो’ नामाकरण गरेर व्यग्यात्मक झल्को दिइएको थियो । मन्जुको शुरुवाती उद्घोषणसँगै प्रचन्डलाई विर्साउने शैलीमा दर्शकमाझबाट मुठ्ठी कसिएको हात हल्लाउदै र हल्का फुलेका ट्रेडमार्क जुँगा लगाएका स्टेजतिर आउदा दर्शकको चिच्याहटपूर्ण हासोलाई साथ दिएका थिए माओवादी अध्यक्षले । कार्यक्रमहेर्न उनको साथ उपस्थित थिए नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, माओवादीका डा. बाबुराम भट्टर्राई र अन्य नेताहरु ।

    ‘तपाई त कस्तो राम्रो, त्यो अंग्रेजीमा भन्छन् नि, ह्यान्डसम,’ प्यारोडी अर्न्तवार्ताको मध्यतिर मन्जुले पवनकली लवजमा मनोजलाई सोधिन । हल्का ‘हा.. हा’बाट प्रश्नलाई स्वागत गरेपछि दोषरहित लवजमा मनोजले दुबै कम्मर एकैसाथ उचाल्दै यसरी हासो फ्याक्दा प्यारोडीको एउटा विलक्षण प्रस्तुती स्टेजमा देखियो । अब पालो मनोजको नक्कल सक्कली प्रचन्डले गर्ने थियो । माओवादी अध्यक्ष त्यसैगरी दुबै कम्मर उचाल्दै उन्मुक्त हासो हासिरहेका थिए । त्यो बेला पनि हासोलाई थाम्नेमा रातो कपडाले टाउको बाधेर ‘पवनकली’ र ‘नक्कली प्रचन्ड’को छेउमा ‘सुरक्षार्थ’ उभिएका ‘नक्कली माओवादी बडीगार्ड’ थिए ।

    ‘लोभलाग्दो जुंगाका धनी’कारुपमा परिचय गराउदै ‘प्रचन्डलाई उनको ‘भुडी’का ’boutमा प्रश्न गरियो । ‘जनयुद्ध हाक्ने विचार र बन्दुकले,’ जवाफ आयो- ‘भुडीले होइन ।’ हलमा हासो छायो । ‘पवनकली’ले ‘प्रचन्ड’लाई नामको ’boutमा प्रश्न गर्न चाहिन् । किन त्यस्तो डरलाग्दो नाम राखेको, उनले भनिन्, जसलाई सुन्दा मान्छे सिङ् भएको पो होला कि भन्ने भान हुन्थ्यो । राजतन्त्र फ्याल्न पुष्पलाल, मोहनविक्रम सिंह र मदन भन्डारीले गरेका ‘असफल प्रयास’को उल्लेख गर्दै स्टेजका ‘प्रचन्ड’ले जवाफ दिए- रातजन्त्र फाल्न नसक्नु पछाडी नेताको नाम नरम भएर पो हो कि – नाम सुनेरै निरंकुश राजतन्त्र आफै ढलोस भनेर राखेको ।’ उल्लेखै गर्न पर्दैन, दर्शकदिर्घर्ाा उपस्थित प्रचन्डसहित सबै हासोले उरालिए । त्यो एउटा त्यस्तो अवसर थियो, हालैका दिनमा अन्यकुराका अलावा सम्भावित सत्तासाझेदारीको तनावमा रहेका प्रचन्ड र अन्य उच्चस्तरका नेताका लागि त्यो मन फुकाएर हास्ने मौका थियो । उपस्थित दर्शककालागि पनि ठ्याक्कै त्यस्तै क्षण । उनीहरु स्टेजका प्रचन्डको अभिनयपछि त्यसको प्रतिक्रिया वास्तविक प्रचन्डले कसरी दिइरहेका छन् भन्ने उत्सुकता शान्तपार्न बारम्बार कुर्सीबाट उठेर माओवादी अध्यक्षतिर आँखा डुलाईरहेका थिए ।

    सम्भवत सबैभन्दा बढी हासो त्यो ‘अन्तिम’ प्रश्न (र त्यसको उत्तर) ले गर्यो जो माओवादी नेता र उनकी पत्नी सिताका ’boutमा थियो ।

    ‘अन्तिम प्रश्न भनिहाले फेरी अर्को अन्तिम प्रश्न सोधौं ?’

    ‘निश्चित रुपमा’ मुन्टो लतलगेर तत्कालै माथि लैजादै ‘प्रचन्ड’ले जवाफ दिए ।

    त्यसपछि ‘पवनकली’ले र्सार्वजनिक समारोहहरुमा उपस्थित हुदा पत्नीलाई साथ लिएर हिड्ने प्रचन्डको बानी’bout प्रश्न गरिन् ।

    ‘कतिपय अवस्थामा श्रीमतीलाई लिएर हिड्यो भन्ने आरोप पनि आएको अवस्था छ,’ प्रचन्ड ट्रेडमार्कमा जवाफ आयो- ‘हामी क्रान्तिकारीले आफ्नै श्रीमती लिएर हिड्ने त हो नि । अर्काकी श्रीमती लिएर हिडे त बुर्जुवा भइहालियो नि ।’ अबचाहि हासोले उत्कर्षा लियो । नक्कली प्रचन्ड वास्तविक प्रचन्डकै अगाडीबाट मुठ्ठी कसिएको हात उचाल्दै दर्शकविचमा हराए । अब माओवादी अध्यक्षसँग मनोज गजुरेलको प्रस्तुती’bout अर्न्तवर्ता गर्ने पालो सम्बाददाताको । ‘म चाहि कान्तिपुर दैनिकबाट,’ निरन्तरको हासोबाट थाकेका जस्ता देखिने माओवादी नेतालाई परिचय दिदै प्रश्न गरियो- ‘कार्यक्रम कस्तो लाग्यो ?’

    ‘कला, विषयबस्तु र प्रस्ततीका हिसावले उत्कृष्ट,’ गत बर्षम्म हिंसात्मक आन्दोलनको नेतृत्व गरेका र ‘डरलाग्दो’ नाम भएका नेताले मुस्काउदै भने- ‘जनतको निम्ति काम गर्ने र जिम्मेवारी लिने हिसावले हेर्दा धेरै जान्न पाइयो ।’

    ‘मनोज गजुरेलले गरेको तपाइको प्यारोडी नि ?’

    प्रचन्ड फेरी मुस्काए । उनीसँग जवाफ तयार थियो । ‘आफ्नै’boutमा आत्म समिक्षा गर्न र अरुको आफूप्रतिको दृष्टिकोण थाहा पाउन निकै महत्वपूर्ण,’ उनले भने । निश्चयै, त्यसो भन्दा उनी मनोजले प्यारोडी गरै जस्तै काध र हात हल्लाइरहेका थिए, ट्रेडमार्क ‘माने’ थेगो प्रयोग गरिरहेका थिए । उनले आफू मनोजका सिर्जनशीलताबाट अचम्भित भएको बताए । प्यारोडीमार्फ खवरदारी गरेकोमा उनले ध्यान पुर्याउने बताए ।

    ‘नया नेपालको समावेशी रेडियो’ नेपाल एफएमको व्यवस्थापनमा भएको नागरिक समाजको कार्यक्रममा त्यो दुर्लभ ‘सक्कली-नक्कली प्रचन्ड’ प्रस्तुतीबाहेक थुप्रै गीत प्रस्तुत गरिए जसमा गणतन्त्र नेपालको पक्षमा तर्कहरु गरिए, जनजातीका लागि अधिकार र स्वायत्तता मागिए अनि ‘आधा आकाश’लाई अझै लोकतन्त्र नआएको गुनासो गर्दै महिला अधिकारका लागि आवाज उठाइयो । व्यवसायिक र सामाजिक सस्थाहरुले ‘स्पोन्सर’ गरेको नागरिक आन्दोलनको शुक्रबारको ‘कमर्शियल’ संस्करणमा दर्शक ताली बटुल्ने अर्का थिए गायक रामजी नेपाली । कम्ब्याट प्यान्ट, हाफ ज्याकेट, सेतो स्पोर्टस् जुत्ता लगाएका छोटो कपालवाला नेपालीले झ्याउने नृत्यकासाथ यिनै शब्दमा दर्शक उचाले-

    जनताको शिर भयो माथि
    संविधानसभामा जाउ साथी

  • Dinesh Wagle Turns 28, Says Life Is Satisfying

    A Birthday Blog

    Dinesh Wagle smiles in Santa Monica Beach...a self portrait via camera

    Dinesh Wagle, who turned 28 today, smiles in Santa Monica Beach, Los Angeles in April 2006. “Touching the Sea water [there] was the most terrific moment [I did in my 27th year],” Wagle said in an interview. Pic by Wagle [Click here to read my American Journey]

    March 1: Amidst all the chaos that is currently ruling Nepal, Dinesh Wagle, a Kathmandu based scribe with cosmopolitan dreams, quietly turned 28 a minute ago, Wall, eh, Wagle Street Journal reports. As usual, the birthday boy was in his home, in a village not far from the Kathmandu’s International Airport, as the clock in his assembled computer displayed the change in the date. He was alone in the room, just as usual, in front of computer playing with the keyboard. A change though was in the channel on the TV. It was National Geographic instead of the usual screaming of CNN. Analysts believe that Wagle went for that particular channel for that particular night because he might have wanted to experience calmness in the transition from 27 to 28. He definitely didn’t want the transition to be like the one that they organize in Times Square, New York on the last day of December every year.

    A source close to Wagle revealed that at one moment he was seen staring at the TV for more than a minute as if something important was on the screen. Giraffes dancing in the deserts? No one knows for sure! “But I felt he wasn’t looking at any thing in particular,” the source said in an interview with the Associated Press requesting anonymity because the issue was too private to divulge in public. The source guessed that Wagle was “probably reviewing his life, those long 27 years of his existence in the world.” May be he was thinking, the source guessed, about what he did and did not in these years. “I am not a mind reader,” the source said, “but he must be thinking ‘God, 27 years passed and I have done nothing significant’. May be he was also thinking about the year ahead.”

    Dinesh Wagle arrived in this world, needless to mention, 27 years ago and, in his birthday statement that was neither posted on his web site nor made available to news hungry press around the world, said that he was satisfied with his life so far. “The God, if there is anything like that, has been kind to me,” Wagle said in the statement. “I must say I am satisfied with the life because there is no meaning of complaining about the past that has been lived through. Of course there is always a feeling that it could have been better. There is also a kind of weird feeling that I have become a year older but I am an optimistic person therefore I take this transition from sattias bariya to atthias barsiya as being more mature and experienced.” Wagle said he was more concerned about the coming days than the past. Wagle said that he planned to live at least another 50 years. While making that remark, Wagle said, he was well aware about the fact that those numbers were not in his control.

    It wasn’t immediately clear how Wagle will celebrate his birthday though he has repeatedly made public his intention of not organizing a party or something. In a rare face-to-face interview with a scribe for the Washington Post (in which no one really uttered a single word) Wagle said that he might work hard and smart in office on his birthday and, if things to as he wished, go for coffee with his most intimate friend in the evening.

    A reporter by profession, a blogger by passion and a sleeper by habit (which, many believe, happens to be genetically directed), is a passionate dreamer too. “I love dreaming,” Wagle said in a brief interview conducted by DNN (Dinesh News Network) on the eve of his birthday. He took no time to say that 27th was one of the most memorable years in this life. “Touching the Sea water in Santa Monica Beach, Los Angeles in April was the most terrific moment,” he said with an innocent smile on his face. Then there was the mischievous smile on his face. “Entering inside a strip bar in Washington DC was the most surprising event of the year.” Watching a Hindi movie last week in a Kathmandu theater was the sweetest moment of all, Wagle said. He didn’t name the movie or disclosed the reason for describing the movie-watching experience as the sweetest. In an editorial peice, the Los Angeles Times writes: “Many believe [Wagle] must have liked the story very much but people have always been proved wrong when it comes to guessing his personal feelings. Though he works in a field like journalism that demands extensive networking and socializing, he talks very less with people who are not familiar to him or are not giving interviews for his stories.”

    Nevertheless Wagle, self-proclaimed tech-savvy reporter, said in a SMS interview conduced by a columnist for the New York Times the other day that he was determined to keep “this wild crazy passionate love of ours” always rocking. Lord Ganesh, are you listening? Life, for Wagle, has just begun!

    …..
    Note: Names of the newspapers and other media are (un)real but they never conducted the interviews. Dinesh Wagle claims the credit for the story above.

  • A Reporter in a Marriage Ceremony

    Falgun 7 [19 Feb] was a day that I will not forget. I didn’t get the Kantipur excellence award that Kantipur Publications, where I work as a reporter for Kantipur daily, gives to best the reporters/staffs of the year in different categories on the anniversary day. I wasn’t in the first part of the ceremony, held in Kantipur Complex, just like four years ago when I was actually awarded. Last time, I was watching cricket, and this time I was busy in the marriage ceremony of Achyut Ghimire, my uncle whom I grew up with. I was taking part in a marriage ceremony after so many years. I don’t remember the last one. Realizing nothing else to do in the bihe, I quickly took out my camera and started working as a freelance photographer. There were ‘official’ photographers and videographers for the ceremony but how could I, a reporter who carries camera 24/7 with him, miss taking a few snaps. As I was taking photos, and occasionally interacting with relatives whom I hadn’t seen for years, I noticed something very interesting in the Jagge (the place where bride and groom perform all rituals as priests chant mantras.)

    My article in front of Behuli

    There was a piece of paper, only one in the whole premise, near to where Behuli (bride) was seated. The paper was used to cover something. That was a piece from a newspaper. A headline screamed on the facing side: “Oie Baby, Oie Mama!” Yes, the paper was part of the LAST page of KANTIPUR daily of Falgun 6 featuring MY article about the Ozomatli concert in Kathmandu the other day. [There was that day’s edition of Kantipur doing rounds among people and the last page of the Special Supplement carried by article about Women in IT. But that wasn’t as interesting as this one because it’s not unusual for people to carry day’s edition of Kantipur]. But the coincidence of the piece of paper definitely reminded me about myself and my identity: A reporter even in a marriage ceremony of a relative. The major difference between this and many other ceremonies that I attend was that I wasn’t there to report the event. But the coincidence was striking. No other newspapers, no other pages, no other side of the last page (sports page), no other reporting in the last page but mine and no uncredited story that I wrote on the on the last page but the one that carried my byline.

    Behula and Behuli

    The marriage ceremony was big (it’s all relative though) and I met many relatives (distant and near ones) whom I hadn’t seen for years. I was the only bearded person in the ceremony though seeing Ramchandra Khadka, Ramechhap district president of Nepali Congress in Ramechhap was a solace. So there were two bearded persons in the ceremony. “It’s really nice to have a bearded person in the ceremony,” I said, shaking hands with Khadka. “Now I don’t feel alone.” The teacher-turned-politician instantly replied, “Well, it’s not unusual to share beards for persons like us who share ideologies and respect each other.”

    Siundho ma sindur

    I also had to respond about my own marriage as people came up with barrage of questions like “Now that your uncle has married, when will you?” I just hated the question and frowned upon the people with that question! My dismissing reply was, “I was planning to marry today but unfortunately woke up late in the morning.” I think that, and my beards and my outlook, helped turn away many faces. [Actually I had to wake up early that morning, thanks to Email who worked as a human alarm clock for me. I was damn tired because I had gone to bed at around 2 AM as I was blogging on Gyanendra’s democracy day statement and doing other stuff and had to wake up at 7 AM. Impossible for me in a normal day but I couldn’t really say “no, go away” to Email that morning.] I talked about the lavishness (though it was nothing compared to many other big marriage ceremonies about which we read in newspapers and blogs) and the discrimination the tradition does against the girl. Why does the behuli have to bow to the feet of the behulo? “This really sucks,” I told a few people who I was chatting with. And what is this “kanyadaan” thing? I am not a feminist but I dislike the idea of “donating” the kanya (the girl) to the groom as if the girl was an object. Many people told me that since it was tradition, they have to follow. I was like hell with your tradition that is so much discriminatory.

    So that was the day that was. I will not forget. And I will certainly never forget the next day: Falgun 8. For all great and sweet reasons that I decide not to write here. That was the D-Day! But then, as someone just told me, every day is a D Day!!

    By the way, I need some ideas for newspaper stories. Anyone, who is happening to read this by any chance, please suggest me some!

  • दुइ महिला, दुइ देश, एउटा उद्धेश्य

    फ्रान्सको इलिसी प्यालेस र अमेरिकाको ह्वाईट हाउस जितेर ‘पुरुषहरुको संसारमा’ इतिहास कायम गर्ने अभियानमा रहेका दुइ महिलाको कथा

    दिनेश वाग्ले

    पहिलो विश्वका दुइ महाशक्ति राष्ट्रमा दुइटी महिला इतिहास बनाउने दौडमा छन् । अभियानमा सफल भएमा दुबै आ-आफ्नो देशका ‘पहिलो महिला राष्ट्रपती’ हुनेछन् । भेटौं सेगोलिन रोयाल र हिलारी क्लिन्टनलाई जसले क्रमशः फ्रान्स र अमेरिकाको राष्ट्रिपतीय चुनावमा गरिरहेको प्रयासलाई विश्वले चासोसाथ हेरिरहेको छ । फ्रान्समा चुनाव दुइ महिना टाढा छ र सेगोलिनले राष्ट्रपतीय उम्मेदवारीका लागि आफ्नो सोसलिस्ट पार्टीको मनोनयन जितेकी छिन् । अमेरिकामा चुनाव झन्डै डेढ बर्षपर छ र हिलारी आफ्नो डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारीका लागि अग्रस्थानमा रहेर प्रतिस्पर्धा गरिरहेकी छिन् । ‘फरक मुलुक र फरक भाषी भएपनि यी दुइ महिलाबीच धेरै समानता छन्,’ ‘अन्डरस्ट्यान्ड फ्रान्स’ वेब र्साईटको ‘पेरिस डायरी’ पन्नामा ह्यारियट रोचफोर्ट लेख्छन्- ‘रुचाउनुस या नरुचाउनुस्, पुरुषहरुको यो संसारमा दुवै निकै बौद्धिक र आकर्षक राजनीतिज्ञ हुन् ।’ विशेषगरी फ्रान्समा एउटी महिलाको यसखाले राजनीतिक उदयलार्य अभूतपूर्व मानिएको छ जहाँ महिलाले सन् १९४४ मा मात्र मतदानको अधिकार पाए र संसदमा युरोपमै सबभन्दा कम महिला उपस्थिती छ ।

    Segolene Royal

    खासमा फ्रेन्च राजनीतिक परिदृश्यमा पुरुषहरुको दवदवा कति सम्म छ भने सेगोलिन (तस्बिरमा) ले गत सेप्टेम्बरमा राष्ट्रपतीय चुनाव लड्नसक्ने सम्भावना मात्र व्यक्त गर्दा घोचपेचको सामना गर्नुपर्यो । सोसलिस्ट पार्टीमा सेगोलिनकै मित्र र पूर्व प्रधानमन्त्री लरे फ्यावियसले र्सार्वजनिकरुपमा प्रश्न गरे- ‘(यदि सेगोलिन चुनाव लड्ने हो भने) बच्चाचाहि कसले हेर्छ त ?’ राष्ट्रपतीय प्रत्यासी हुनचाहने सोसलिस्ट पार्टीका पूर्व शिक्षा मन्त्री ज्याक ल्याङ्गले व्यंग्य गरे- ‘राष्ट्रपतीय चुनाव सौर्न्दर्य प्रतियोगिता होइन ।’

    सेगोलिनको आगमनले ‘पुरानो गोरा पुरुषहरुको बाहुल्य’लाई कडा धक्का दिएको छ जसले महिलाबाट विरलै चुनौती पाएको छ या पाएपनि तिनलाई सहजै पन्साउन सफल भएको छ । ‘यसपाली चाहि उनीहरुका ती केटौले ठट्टाहरुले काम गरिरेहका छैनन,’ रोचफोर्ट लेख्छन्- ‘उनीहरुले आफ्नो रणनीति’bout पुनसोच्नु परेको छ र, सेगोलिनको लोकप्रियता ह्वात्तै बढ्दा कम्तिमा र्सार्वजनिकरुपमा, उनीअरुले आफ्नो भाषा बदल्नुपरेको छ ।’

    वितेका महिनाहरुमा सेगोलिनको लोकप्रियता यस्तरी बढेको छ, उनलाई अत्यन्त गम्भीर प्रतिस्पर्धीकारुपमा लिइएको छ र राष्ट्रपतीय दौडमा अग्रस्थानमा छिन् । -तर बुधबार र्सार्वजनिक एउटा र्सर्वेमा उनी आफ्ना मुख्य प्रतिद्धन्दी गृहमन्त्री निकोलास सार्कोजी भन्दा केही अंकले पछाडी परेको उल्लेख छ ।) हालै एकै महिनामा फ्रान्सका चारवटा साप्ताहिक पत्रिकाले सेगोलिनमाथि केन्द्रित हुदै आवरण कथाहरु लेखे । सेगोलिनले चुनाव जितिहाल्ने दाबी अहिले नै गर्न सकिदैन तर यदि राष्ट्रपतीय अभियान एउटा सौर्न्दर्य प्रतियोगता नै हुदो हो भने पनि यी महिला पछिपर्ने थिइनन् । ५२ को उमेरमा आकर्षक र करिस्मायुक्त व्यक्तित्वकी सेगोलिनको सौर्न्दर्यको निकै प्रशंसा हुन्छ । फोटोग्राफरहरु उनका रमाइलो मुद्राका तस्बिर खिच्न मरिहत्ते गर्छन् । गत अगस्टमा एकजना फोटोग्राफरले विकीनीमात्र लगाएको अवस्थामा तस्बिर खिचे । (फ्रेन्च गोपनियता कानूनले त्यस्ता फोटोग्राफरविरुद्ध मुद्धा हाल्न पाउने व्यवस्था गरेको छ र सेगोलिनले त्यसो गरिनन् ।) हालैका राष्ट्रपतीय अभियानहरुमा देखा पर्दा कपडा लगाउने शैलीमा बलदाव ल्याउदै अल्छिलाग्दो पारालाई त्याग्दै सेगोलिन विभिन्न शैलीका सुटहरुमा देखिएकी छिन् । हालैको चिली भ्रमणताका हाई हिलभएका जुत्ता लगाएकोमा उनको आलोचना पनि भयो । केही रिपोर्टहरुका अनुसार उनले आफ्ना दातसमेत मिलाएकी छिन् ।

    Hillary Clinton

    फरक पृष्ठभूमिका भएपनि धेरैले सेगोलिन र हिलारी (तस्बिरमा) लाई बारम्बार तुलना गर्ने गरेका छन् । दुबै बौद्धिक र क्षमतावान महिला मानिन्छन् । सेगोलिन फ्रान्सको विशिष्ट शैक्षिक संस्था एनईएबाट प्रशिक्षित हुन् जहा अहिलेका राष्ट्रपती ज्याक्स सिराक पढेका थिए । येल विश्वविद्यालयमा पढेकी हिलारी कानुन व्यवसायी हुन् । दुबै महिला आफ्नै पार्टीका विपक्षिबाट आउने अवरोधलाई सहजतासाथ सामना गर्न अहिलेसम्म सफल छन् ।

    राजनीतिक करिअर थाल्ने र अघी बढाउने सर्न्दर्भमा सेगोलिन र हिलारीबीच केही भिन्नता छन् । विल क्लिन्टनलाई भेट्दा हिलारी यल विश्वविद्यालयमा कानून प्रतिभाशाली विद्यार्थी थिइन् जसका आफ्नै महत्वकाक्षा थिए । वकिलकारुपमा उनको आफ्नो करिअर भएपनि उनले ‘प्रथम महिला’कारुपमा बढी चिनारी र चर्चा पाइन् । सिनेटरकारुपमा आफ्नै परिचय बनाउन उनलाई बर्षौ लाग्यो । सेगोलिनले आफ्ना चार बच्चाका बाबु फ्रयाङ्कोइस् हल्यान्डलाई भेट्दा दुबै प्रतिस्ठित ‘साइन्सेस पो’ नामले चिनिने इन्स्टिच्युटका विद्यार्थी थिए । केही रिपोर्टहरुमा उल्लेख गरिएअनुसार उतिबेला सेगोलिनलाई राजनीतिप्रति खासै रुचि थिएन र फ्रयाङ्कोइस्ले उनलाई त्यो बाटो लिन प्रेरित गरेका थिए । पछि दुबैले सोसलिस्ट पार्टीमा आ-आफ्नो राजनीतिक करिअर बनाए । फ्रयाङ्कोइस् पार्टीका प्रमुख नेता हुन् । सामान्यता पार्टीका त्यो स्तरका नेता राष्ट्रपतीय पदका प्रत्यासी हुनेगर्छन् तर यसपाली स्थिती फरक भयो । यदि सेगोलिनले इलिसी प्यालेस (राष्ट्रपतीय निवास) जितिन् र क्षमतावान पार्टी नेता फ्रयाङ्कोइस्लाई प्रधानमन्त्री नियुक्त गर्न चाहिन् भने उनलाई नातावादको आरोप लाग्नेछ ।

    हिलारीका पनि पति विल क्लिन्टन निकट राजनीतिक सहयोगी हुन् र सिनेट प्रतिस्पर्धामा विलले पत्नीको प्रचार अभियानमा ठूलो योगदान पुर्याएका थिए । यसपाली पनि उनी कम सक्रिय छैनन् । सोमबारमात्रै उनले आफ्नी पत्नीको प्रचार वेबर्साईटमा दर्ता भएकाहरुलाई एउटा पत्र पठाएका छन जसमा उनी भन्छन्- ‘के म मेरी पत्नीको राष्ट्रपतीय प्रचार अभियानबाट उत्साहित छु ? बाजि राखेहुन्छ, छु ।’ ह्वाइट हाउस जित्नका लागि उम्मेदवारबाट मात्रै नभई तल्लो तहका र्समर्थकहरुको सञ्जालमा समेत उत्साह र धैर्यता अवश्यक हुने बताउदै पूर्व राष्ट्रपतीले एक सातामा १० लाख डलर उठाएर सहयोग गर्न अनुरोध गरेका छन् । सम्भवत विल कुनै बेला हिलारीले लगाएको गुन तिरिरहेका छन् । हिलारी डियान रोधामकारुपमा जन्मिएकी महिला आफूलाई सधै हिलारी रोधामकैरुपमा चिनाउन चाहन्थिन् । तर श्रीमान्लाई विश्वकै शक्तिशाली पदमा आसिन गराउने त्यो लामो अभियानमा उनले आफूलाई ‘क्लिन्टन’ भनि चिनाउन थालिन् ।

    उता सेगोलिनले चाहि कुनै अर्को थर जोड्नु परेको छैन किनकी उनले फ्रयाङ्कोइस् हल्यान्डसँग विवाहै गरेकी छैनन् । उनीहरु पती पत्नी नभएपनि ‘प्याक्ट सिभिल डे सोलिडारी’ नामको सम्बन्धमा छन् जस अर्न्तगत कुनै पनि लिंगका पौढले सम्बन्ध गास्न र जीवन साथीकारुपमा सगै बस्न पाउछन् । हामी स्वेच्छाले सगै भएका हौ, सेगोलिन भन्छिन्, कागजको टुक्राले हैन । तर सम्बन्ध समश्यारहित भने छैन । हालैका दिन जोडीबीच खटपट भएको रिपोर्ट र्सार्वजनिक भएका छन् तिनै हल्लाहरुबिच गत जनवरीमा सेगोलिनले फ्रयाङ्कोइस्का ’boutमा एउटा टीभी कार्यक्रममा बोल्ने आफ्ना प्रवक्तालाई निलम्बन गर्नुपरेको थियो । ती प्रवक्ताले भनेका थिए- ‘सेगोलिन रोयलमा एउटैमात्र खोट छ- उनका साथी ।’

    त्यस्तै कमजोरी र पार्टी भित्रका झगडाले केही यता सेगोलिनको प्रचार अभियानलाई धक्का पुगेको छ । सोमबारको एउटा टीभी वादविवादमा उनले आफूलाई महिला भएकैले यति धेरै प्रश्नहरु गरिएको गुनासो गरिन् । ‘मेरैजस्तो व्यवसायिक पृष्ठभूमी भएको कुनै पुरुषले स्थायीरुपमै यसरी क्षमता र बैधानिकता’bout प्रश्न सामाना गर्नुपर्ने थिएन,’ उनले भनिन्- ‘महिला हुन साह्रै गाह्रो छ ।’

    सेगोलिन जन्मिदा ताका झन गाह्रो थियो । उनका आमाबाबुले नौ बर्षा आठ सन्तान जन्माए । महिलाहरु सन्तान उत्पादन गर्न र अह्राएको काम गर्नकै लागि मात्र हुन् भन्ठान्ने सेगोलिनका बाबु छोरीहरुलाई पढाउनेकुरामा विश्वास गर्दैनथिए । छोरीलाई सन्तान सम्म नगन्ने उनी सगौरव भन्थे- ‘मेरा पाच बच्चा र तीनटी केटी छन् ।’ सेनेगलको डकारमा म्यारी-सेगोलिन रोयलकारुपमा जन्मेकी केटीले स्कुल पढ्नका लागि बाबुसग संर्घष गर्नुपरेको थियो । बाबुलाई चकित पार्दै उनी प्रतिस्ठित र्साईन्सेस पो विश्वविद्यालयमा भर्ना भएकी थिइन् । आफ्नी आमालाई सम्बन्ध विच्छेद गर्न नदिने बाबु विरुद्ध सन् १९७२ मा मुदा हाल्दा सेगोलिन् १९ बर्षी थिइन् । धेरै बर्षो अदातली युद्धपछि फोक्सोको क्यान्सरले सन् १९८२ मा बाबु मर्नुअघि सेगोलिनले मुद्धा जितिन् । सेगोलिनकै जोडमा ८ मध्ये ६ सन्तानले बाबुलाई कहिल्यै नभेट्ने बाचा गरेका थिए ।

    तत्कालीन राष्ट्रपती फ्रा स्वा मित्तेराका एकजना सहयोगीले सेगोलिनलाई १९८२ मा आफ्नो समुहमा ल्याएका थिए भने १९९२ मा वातावरण मन्त्री हुनुअघि उनले केही सरकारी जिम्मेवारी सम्हालेकी थिइन् । मार्च २००४ मा एउटा क्षेत्रीय राज्यको प्रमुखमा निर्वाचित भएकी सेगोलिन संसद सदश्य पनि हुन् ।

    उता अमेरिकामा डेमोक्रेटिक पार्टीको उम्मेदवारी जित्न हिलारीसँग कम्तिमा चारजना पुरुष चुनावी मैदानमा छन् जसमध्ये बाराक ओबामालाई सबैभन्दा गम्भीर चुनौतीकारुपमा लिइएको छ । अश्वैत ओवामाले नै उम्मेदवारी र, अन्त्यमा, ह्वाईट हाउस जितेभने अमेरिकी राष्ट्रपती बन्ने उनी पहिलो काला हुनेछन् । हिलारीसँग आफ्नै नाम एउटा बलियो ‘ब्रान्ड’कारुपमा छ जसले उनलाई अमेरिकाभरी (र विश्वमा पनि) सजिलै चिनाउछ । उनीसँग निर्वाचन अभियानका लागि आवश्यक चन्दा उठाउन सक्ने क्षमता र सञ्जाल छ । त्यस्तै हिलारीको प्रचार अभियान टोली ठूलो र व्यापक पहुँच भएको छ जो उनका अन्य प्रतिस्पर्धीसँग छैन । तर इराक आक्रमणका लागि राष्ट्रपती जर्ज डब्लु बुशले चाहनालाई र्समर्थन गरेकोमा उनको अझै आलोचना भइरहेको छ । ओबामाले शुरुदेखि नै इराक युद्धको विरोध गरेका छन् ।

    आ-आफ्नो देशमा ‘पहिलो महिला राष्ट्रपती’ बन्ने दौडमा रहेका महिलाहरुले यस अगाडी पनि थुप्रै क्षेत्रमा ‘पहिला’ रेकर्ड राखेका छन् । सेगोलिनका लागि एउटी महिलाकारुपमा चुनावी अभियानमा कुनै प्रमुख पार्टीको उम्मेदवारी जित्नु नै एउटा इतिहास हो भने अमेरिकी सिनेटमा निर्वाचित हुने हिलारी पनि प्रथम ‘प्रथम महिला’ हुन् । त्यस्तै न्यूयोर्कबाट चुनिने पनि उनी पहिलो महिला सिनेटर हुन् ।

  • चरित्रहीन चेलीहरूको नयाँ अवतार

    घोषणा फेब्रुअरी २००७

    हामी भूमिगत चरित्रहीन चेलीहरूबाट विभाजित भई बनेको कट्टरपन्थी समूह हौं र हामी नेपाली महिलाको स्वायत्तता घोषणा गर्र्छौं ।

    हाम्रो विभाजित समूह- झन् चरित्रहीन चेली, मूल चरित्रहीन चेलीको स्पष्ट विरोध गर्छ ।

    ‘हाम्रो माउ समूहका चेलीहरूले पर्याप्त मात्रामा खराब कार्य गरेनन्’, झन् चरित्रहीन चेली समूहकी एक सदस्य भन्छिन् । ‘अधिकांशको हुर्केका छोराछोरीसहितको सुखी दाम्पत्य जीवन छ । दुइटी चेलीका ब्वाइफ्रेन्ड छन्- भन्नाले प्रत्येकको एउटा, दुवैको एउटै होइन ∕ अर्की एउटीले त पुरुषलाई मनैपराउँदिनन्, नत महिलालाई नै’ उनको गुनासो छ । ‘उदाहरणका लागि २००५ को ‘कू’पछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वान गरिएको थियो, तर उनीहरूले अप्रिल २००६ पछि पनि बहिष्कार फिर्ता लिन बिर्सिए । हामी यसलाई गम्भीर षडयन्त्रका रूपमा लिन्छौं’, उनले थप व्याख्या गर्दै भनिन्- ‘त्यसकारण हामी विभाजित भई आफ्नै भूमिगत समूह सञ्चालन गर्नुपरेको हो ।’

    झन् चरित्रहीन चेलीहरूको पहिलो बैठक काठमाडौंको एउटा भट्टीमा मध्य फेब्रुअरीमा सम्पन्न भएको थियो ।

    हाम्रो माउ समूहले मार्च ४, २००५ मा उनीहरूको आधिकारिक मुखपत्र ‘नेपाली टाइम्स’ र ‘कान्तिपुर’ जुन आकर्षक पुरुषहरूले सम्पादन गर्दै आएका छन्, मार्फ् र्सार्वजनिक ४० बुँदे घोषणापत्रको पुनरावलोकन (हेरौं, कान्तिपुर २२ फागुन २०६०) गरेका छौं । हामीले ४० बुँदालाई एकदमै राम्रो पाएका छौं, विशेषगरी बुँदा नं १, जसले हाम्रो चाहना र आवश्यकताका आधारमा आफैंले एजेन्डाहरूलाई अघि सार्ने हाम्रो अधिकारलाई प्रत्याभूत गरेको छ ।

    ‘माउ समूह पूरै खराब थिएन’, एक सदस्यले स्वीकार गरेको सुनियो ।

    हाम्रो माउ समूहका ४० बुँदे घोषणालाई पुनः स्वीकार गर्दै हामी अन्य समसामयिक विषयहरू लिएर अघि बढेका छौं । हाम्रा १२ बुँदे घोषणाहरू निम्नअनुसार छन् :

    १. प्रेम गर, प्रतिगमन होइन । हामी माउ समूहले सन् २००५ मा गरेको सेक्स बहिष्कार आमरूपमा समाप्त भएको घोषणा गर्र्छौं । यो सन् २००६ अप्रिलदेखि नै लागू भएको छ, तर यो लोकतन्त्रको पक्षमा भएकाहरूका लागिमात्र हो ।

    २. भिजन ५०/५० : संसदमा लिङ्ग (पुरुष) को अन्त्य ∕ विविध पृष्ठभूमिका ५० प्रतिशत महिलाका लागि संसद्मा स्थान सुरक्षित नगरिएसम्म विविध पृष्ठभूमिका महिलाले संसद्को शतप्रतिशत स्थान लिने घोषणा गर्र्छौं । यो सबै सरकारी निकायमा लागू हुनेछ ∕ ५० प्रतिशत ∕ नभए ! पूरै उरोज !

    ३. विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता ∕ हाम्री एक वीरांगना चेलीले एउटा विदेशी पुरुषसँग विवाह गरेर आफ्नो स्वतन्त्रतालाई (छोटो समयका लागि) बलिदान गर्न तत्पर भएकी छिन्, केवल विदेशी ज्वाइँका लागि पूर्ण अंगीकृत र नागरिक अधिकारका लागि । कृपया योग्य उम्मेदवारहरूले आफ्नो वैयक्तिक विवरण, तस्वीर र तथ्यांकसहित आवेदन गर्नुहोला ।

    ४. ४० निश्चय नै ३३ भन्दा उत्तम हो ∕ हामी आफ्नो संसदीय स्थानमा ४० प्रतिशत महिलाद्वारा पूर्ति गरेकोमा नेकपा (माओवादी) को प्रशंसा गर्र्छौं । तर किन ५० प्रतिशत नगर्ने ?

    ५. खैरो कोटसँग के ? हामीले के पाएका छौं भने माओवादी महिलाहरूले पार्टीले रटाएका लाइनलाई मात्र दोहोर्याउन मुख खोल्ने गरेका छन् । भद्र महिलाहरू, हामी तिमीहरूलाई आफ्नो व्यक्तित्व पार्टी कमाण्डबाट मुक्त गर्न आह्वान गर्र्छौं । आफूलाई लागेको कुरा स्वतन्त्र भएर बोल । अन्यथा तिमीहरूले सुगारटाइमात्र गरिरहनेछौ । त्यस्तो घिनलाग्दो कोटबाट मुक्त हुन थालिहाल ।

    ६. कोर्ट (ह्वीप) हिंसामार्गी अभद्र पुरुषहरूलाई ∕ सबै राजनीतिक पार्टका महिलाहरू, महिलालाई अधिकार नदिने तिम्रो पार्टीले लगाएको ह्वीपलाई अस्वीकार गर । तिम्रो पार्टीका पुरुषहरूले निर्धारण गरेका ‘बढी महत्त्वपूर्ण’ एजेन्डाका निम्ति हाम्रो अधिकारको बलिदान नगर । तिमीलाई थाहा हुनुपर्छ, फेरि पनि उनीहरूले हामीमाथि विश्वासघातमात्र गर्छन् ।

    ७. नयाँ नेपालका लागि नयाँ नेतृत्व ∕ हामी रामकुमारी झाँक्रीलाई नेपालको पहिलो राष्ट्रपतिमा मनोनयन गर्र्छौं ।

    ८. राष्ट्रिय महिला आयोगलाई संवैधानिक अंगमा परिणत गर । तर पहिले संवैधानिक परिषद् -जसले सबै संवैधानिक अंगहरू निर्माण गर्छ) का ५० प्रतिशत स्थान महिलाद्वारा पूर्ति गर । होइन भने शतप्रतिशत स्थान पूर्ति गर । ५० प्रतिशत ∕ नभए पूरै उरोज ∕

    ९. हेल्लो ! ओएचसीएचआर ! कति वर्षछि एउटा मुद्दामा पुर्पक्ष हुन्छ ? मैना सुनुवारको सैन्य हिरासतमा भएको यातना र मृत्युको मुद्दालाई उपयुक्त किसिमले हेर्न माग गर्र्छौं । मुद्दा प्रहरीमा दायर गरिएको छ र उनीहरूले सेनालाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन्, तर १६ वटा पत्रको पनि कुनै जवाफ छैन । राजदूत मोरिआर्टीले हालैमात्र मैनाको लास राखेको ब्यारेकको भ्रमण गरेका छन्, सम्भवतः सैन्य ब्यारेकको भ्रमणका आधारमा उनलाई गुह्य थाहा हुनसक्छ । उनले सेनालाई जवाफदेही बनाउन सक्छन् कि ?

    १०. नबिर्र्सौं, संसारको चक्र कसरी चल्छ ∕ हामी ब्लु डाइमन्ड सोसाइटीका सुनीलबाबु पन्तलाई नेपालको निर्विरोध सबैभन्दा सेक्सी पुरुष घोषणा गर्र्छौं ।

    ११. दाताहरू र्फक । हाम्रा योग्य महिलाहरूलाई महिला आन्दोलनको नेतृत्व गर्नबाट तिम्रा परियोजना, सञ्जाल र गठबन्धनहरूले व्यस्त तुल्याएका छन् । र्फक ! तिम्रो देशलाई प्रतिवेदनका निम्तिभन्दा बढ्ता उनीहरूको देशका लागि उनीहरूको आवश्यकता छ ।

    १२. छोड, छोड, छोड । हाम्रा सबै माग मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवससम्ममा पूरा गर्न माग गर्र्छौं, अन्यथा हामी राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्र्छौं । ठीक छ, ठिटा हो ! तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौ ।

    निष्कर्षमा, हामीभन्दा अघिका सफल विद्रोही समूहहरूले देखाएको दृष्टान्त अनुरूप, सरकारले हामीलाई वार्ताका लागि आमन्त्रण गरे र्सार्वजनिक हुने घोषणा गर्र्छौं ।

    जय नारी !
    झन् चरित्रहीन चेलीहरू !!

    ब्लगमान्डू : हामी भूमिगत चरित्रहीन चेलीहरूको “आधिकारिक मुखपत्र” त होइनौं तर प्रो-‘चरित्रहीन चेलीहरू’ भएकाले घोषणापत्रलाई साझेदारी नगरी रहन सकेनौं !

  • बेलायती राईका लेखन कुरा

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    काठमाडौं- बाली राईलाई खोटांग र भोजपुर संसारको कुन कुनामा पर्छन् भन्ने थाहा नभए त्यो अस्वभाविक हुने छैन । बेलायतको लेस्टरमा जन्मे, हुर्केका र पाच बर्ष लन्डनमा विताएका र्राई एकजना अंग्रेज हुन् जसको जीवन जरा नेपाल होइन भारतको पन्जावतिर पुग्छ । ‘बेलायमा म (मूलधारका अंग्रेज) फरक मेरो बाजेहरुको भारतीय पृष्ठभूमी,’ ३६ बर्षो बालीले खाट्टी अंग्रेजी लवजमा भने-‘यता पन्जाव जाउँ, उनीहरुपनि ‘जाऊ तिम्रो आफ्नै घर (बेलायत), तिमी यहाका होइनौं किनकी तिमी हामी जस्तो बोल्दैनौ, हामीजस्तो सुनिदैनौं’ भन्छन् ।’ उनको त्यही विरोधाभाषपूर्ण जीन्दगी र लेखकीय पेशाका कारण काठमाडौंस्थित ब्रिटिश काउन्सिलले बाली र्राईलाई यसै साता नेपाल भ्रमणमा निम्त्याएको हो । काउन्सिलका नेपाल निर्देशक जोन फ्राईका अनुसार बाली बहुसांस्कृतिक बेलायतको प्रतिनिधी हुन् जसले बेलायतमा सबैखाले संस्कृती र पृष्ठभूमीका मानिसको सहअस्तित्वपूर्ण बर्साईको उदाहरण प्रस्तुत गर्छन् ।


    बाली राई हालैको एक साँझ भोजन गृह रेष्टुरेन्टमा तस्बिर: वाग्ले

    त्यसबाहेक बालीको परिचय उनका दर्जन भन्दा बढी पुस्तकहरुमा पाइन्छ जसमा लेखक किशोर किशोरीहरुलाई लक्ष्य गर्दै अप्ठ्यारा, लाज लाग्ने, लुकाउन खोजिने विषयमा सजिलो पारामा गफ गर्छन् । ‘रंगभेद जस्ता कडा विषयहरुलाई धरै साधारण कथामार्फ प्रस्तुत गर्छु’ उनी भन्छन्- ‘कथा मलाई सबैभन्दा मन पर्ने (अभिव्यक्ति) विधा हो । कथामा शुरुवात, मध्य र अन्त्य हुनुपर्छ ।’ आफनो पहिलो नेपाल भ्रमणमा उनले काठमाडौंका केही टिनेजरहरु, केही त्यो भन्दा पाका तन्नेरीसग सिर्जनात्मक लेखन’bout छलफल गरे । एउटा साझ उनी काउन्सिलको आयोजनामा नेपालका केही स्थापित लेखकहरुसग छलफल गर्दै सांस्कृतिक रात्रीभोजमा सामेल भए ।

    ‘योजनाका ’boutमा समश्या रहेछ,’ सिकारु लेखकहरुसगको कार्यशालापछिको कुराकानीमा बालीले भने- ‘कसरी शुरुगर्ने भन्ने ’boutमा धेरैको प्रश्न पाए । मैले उनीहरुलाई व्याकरण विग्रेला भन्ने चिन्तै नलिन आग्रह गर्दा उनीहरु छक्क परे । उनीहरुले व्याकरणमै मात्र बढी ध्यान दिन सिर्जनशील अभिव्यक्तितिर ध्यान दिनै पाउदैनन् । खासमा व्याकरणको महत्व उतिसारो छैन ।’ सिर्जनशील लेखनमा कुनै नियम नहुने उल्लेख गर्दै बालीले त्यो आफूले साचेको र महशुस गरेको कुरा अक्षरमा उतार्ने कुरा भएको बताए । ‘त्यसमा कुनै सीमामा बाधिनै पर्दैन तर (पत्रकारिता, निवन्ध, कार्यपत्र जस्ता) अरु लेखनहरुमा निश्चित दायराभित्र रहेर लेख्नुपर्छ,’ बालीले भने ।

    चाहदैमा को लेखक हुन सक्छ र ? कल्पना त सबैले गर्छन् । लेख्ने र नलेख्नेविचको फरक पनि त्यही नेर छ । ‘सक्नेले आफ्नो सोचाई र कल्पनालाई कागजमा उतार्छ नसक्नेले दिमागमै राख्छ,’ बाली भन्छन्- ‘तर कल्पनाचाहि जसले पनि गर्न सक्छन् ।’ लेख्न सक्नेहरुमध्ये पनि प्रस्तुतीकरणको शैली फरक हुन सक्छ जसले उनीहरुले अभिव्यक्त गर्न खोजेको कुरा पाठकले कसरी बुझ्छन् भन्ने निर्धारण गर्छ । ‘कतिपय ठुलै भनाउदा र चर्चित पुरस्कार पाएका लेखकका पुस्तक बुझ्नै गाह्रो हुन्छ,’ बाली भन्छन्- ‘यदि कुनै पनि किताव पढ्न बल गर्नुपर्छ भने त्यो राम्रो किताव हुनै सक्दैन । सजिलै पढ्न सकिने र लेखन सरर बगेको कितावमात्र राम्रो सिर्जना हो ।’

    पुस्तकहरुलाई दिइने क्लासिक (सदावहार) को दर्जाप्रति बालीको असन्तुष्टि छ । त्यसमा हौवा बढी भएको उनको विचार छ । बेलायतमा किशोर किशोरीहरु माझ क्लासिक भन्दा समकालीन विषय’bout लेखिएका पुस्तक बढी प्रिय भएको बताउदै उनले बेलायती पाठ्यक्रमबाट क्लासिकहरुलाई हटाइने प्रयास भइरहेको र त्यसबाट आफू खुशीभएको उनले बताए । ‘क्लासिक उपन्यास भन्ने कुरासग म सहमतै छैन,’ उनले भने- ‘मेरालागि सिर्फदुइवटा कुरा छन् । राम्रो कथा र नराम्रो कथा ।’ समकालीन संसारका आयामहरु’bout बुझाउन किशोर किशोरीहरुलाई अहिलेका विषय’bout लेखिएका पुस्तक पढाउनु पर्ने उनको राय छ । त्यसो भन्दैमा उनले इतिहास’bout कलमै नचलाउने होइनन् । ‘इतिहास’bout म लेख्छु,’ उनले भने- ‘तर त्यसो गर्दा पुरानाकुरा ठ्याक्कै कुन बेला भए भनेर विस्तृकविरणमा भन्दा त्यसको ऐतिहासिक महत्तामा जोड दिन्छु । म डायलगमार्फ इतिहास भन्न रुचाउछु । पुराना कुरालाई आधुनिक डायलगहरुमार्फ भन्ने ।’

    कार्टुनहेर्दै हुर्किने, च्याट गर्दै टाइप गर्ने र आइपड कानमा लगाउदै सडक किनारमा बरालिने युवाहरुका लागि पुस्तक पढ्ने काम कम्ति बोझिलो र झ्याउलाग्दो होइन । एकैठाउमा बसेर अक्षरहरुमा दिमाग खियाउनु सजिलो कहा हो र ? बरु त्यही कितावमा आधारित सिनेमा नजिकैको हलमा लागेको बेला तीन घन्टा पपकर्न चपाउदै हेर्नमा कत्ति आनन्द छ । ‘साच्चै हो,’ बाली भन्छन्- ‘अहिलेका युवाहरुका लागि पुस्तक पढ्ने काम हल्का पुरानो फेसन जस्तै हुनसक्छ । टीभी, इन्टरनेट निकै ताजा र उत्साहजनक देखिन्छन् । दृश्यहरु रमाइला हुन्छन्, त्यसैले उनीहरु किताव पढ्नु भन्दा डीभीडी हेर्दा रमाइलो मान्छन् । तर डीभीडीमा सबै मिहिनेत र परिश्रम तपाइका लागि अरुले गरिदिएको हुन्छ । जे हेर्दैहुनुहुन्छ, त्यो अरुमानिसको दृष्टिकोण र व्याख्या हो । तर किताव पाठकको सम्पत्ती हो । एउटै पुस्तक’bout प्रत्येक मान्छेको पर्ढाई फरक हुन्छ र पढाइका क्रममा पाठकले आफ्नो कल्पनाशीलताको भरपुर प्रयोग गर्न पाउछ । डीभीडीमा देखिएको पात्रले लगाएको ह्याटका रंग बदल्न मिल्दैन, तर पुस्तक पढ्दा कुनै पात्रको ह्याटको रंग पाठकले आफूले चाहेअनुसार बदल्न सक्छ ।’

    लेखक यो या त्यो संस्कृतीसग आवद्ध भएपनि उसले लेखेका पुस्तकको कुनै संस्कृती नहुनेमा विश्वास गर्ने बालीका किताव मुख्यत बेलायतमा बस्ने दक्षिण एसियाली समुदायप्रति केन्द्रित छन् । थुप्रै मुलधारका बेलायतीलाई आफू आसपासका विदेशी पृष्ठभूमीका बेलायती र तिनको संस्कृती’bout थाहा नहुने उनी बताउछन् । उनले बेलायतीहरुमा दक्षिण एसियाली संस्कृती’bout हुनेगरेको अनभिज्ञताविरुद्ध आफ्ना कितावमार्फ लडिरहेको बताए । ‘मेरा कितावले (मूलधारका बेलायतीलाई) त्यस्ता अरु संस्कृती’bout जानकारी दिन्छन्,’ आफूलाई बेलायती एसियालीको साटो बेलालयी लेखककारुपमा चिनाउन चाहने बालीले भने- ‘पाठकले आफ्नै दक्षिण एसियाली पृष्ठभूमिको छिमेकको ’boutमा मेरा कितावबाट थाहा पाउन सक्छन् ।’