Latest stories – पछिल्ला टिप्पणीहरू

  • कर्णाली एक्प्रेस: ५२ घन्टा उफ्रिदै थचारिदै

    उफ्राई, भोक र बर्षाबीच गरिएको जुम्लादेखि सुर्खेतसम्मको ५२ घन्टे सडक यात्रा

    दिनेश वाग्ले


    कालिकोटको खतरनाक टिमुरे भीर काट्दै गाडीहरु

    ‘जीवनमै सोच्या थेन,’ खलंगाबजारको दक्षिणपट्टी खेतबाट सुर्खेत लक्ष्यगर्दै महेन्द्रा-बोलेरो जीप हुइकिएपछि चकित भएका हरिशंकर चौलागाईले भने- ‘जुम्लाबाट गाडी चढेर गइएला भन्ने ।’ सिटमा बसेका २७ बर्षोका आँखाले ‘फोर ह्विवल ड्राइभ’ गाडीको एकसरो र्सर्भे गरे । छेवैमा उनका भाई गोविन्द र अरु पाचजना अनौठो सोचाई लिएर बसेका छन् । ‘कच्ची बाटोहरुकी आमा’मा उफ्रिएको गाडीभित्र ठोक्किनबाट बच्न सबै डन्डीमा झुन्डेका छन्- एउटा हागोबाट अर्कोमा उफिन लागेको बादरजस्तै ।

    उद्देश्य फरक भएपनि सडक यात्रा छनोटमा सबैको कारण एउटै थियो- जुम्लामा प्लेन ओर्लेन, मौसम विग्य्रा छ, टिकटको आश छैन । लक्ष्यमा पुग्न हतारो, बसिरहदा बेखर्ची होइने डर । एसएसली पास भएपछि क्याम्पस पढ्न नेपालगन्ज हानिएका, पत्रिकामा सिम्बोल नम्बर नदेखेपछि बुझ्न सानो ठिमी दौडिएका, आइएड परिक्षामा पहिलो विषय छुटेपछि दोस्रो भ्याउन सुर्खेत ओर्लिएका, दाजू भेट्न दार्जिलिङ् हिडेका र विदामा घर र्फकेएका प्रहरी जवानले जीवनकै अविस्मरणीय यात्रा थालेका छन् । अगाडीपट्टी दाङ्का गुरुजीले स्टेरिङ्मा छन् भने तीनका वायापट्टी एकजोडी केटाकेटी चुपचाप छन् । (धेरै…)

  • गोजीभरि गीत : आइपोड लहर

    दिनेश वाग्ले

    त्यो जादूमयी ‘क्लिक ह्विल’ चलाउन अल्छी लागेपछि मैले ‘सफ्फल’ मोडलाई सक्रिय पारेर आइपोडलाई डीजे बनाइदिएको थिएँ । त्यसयता उसले त्यहाँका अनेकौं भाषा र विधाका गीत सुनाइरहेको छ । सुरुमै ‘आइएम गोइङ टु टेल अ सेक्रेट’ भन्दै, उनको भलो होस्, म्याडोना आएकी थिइन् र अघिसम्म मेट्रोको ‘करले तु भी मोहब्बत’ बजेको थियो । भर्खरै ‘गार्लिक मस्टार्ड पिकर्स’को इट्रुमेन्टल ‘इफ इभर यु वेर माइन’ सुरु भयो । यसपछि के बज्ला मलाई नसोध्नुस् । नारायणगोपालले ‘मलाई नसोध’ भन्ने हुन् या नेल्ली फुर्टाडोले ‘से इट राइट’ चिच्याउने हुन् या नोरा जोन्सको सुरिलो भाका आउने हो या राजा हिन्दुस्तानीको ‘परदेशी’, केही थाहा छैन । या जिमी हेन्डि्रक्स ? गेरी मुर ? मोहम्मद रफी या चियाबारीमा रिमिक्स । ८० जीवीको यो सेतो, अति सुन्दर र निकै मायालु भाँडोमा मुस्किलले ३० जीवी ठाउँ तीन हजारजति गीतले ओगटेका छन् । ती सबै गीत सुन्न मलाई लगातार ७० दिन लाग्नेछ, तर आइपोड भर्ने अभियान जारी छ ।

    छ वर्षअघि बजारमा आएयता आइपोड सांस्कृतिक प्रतीकका रूपमा उदाएको छ, जसले मानिसहरूको संगीतसँगको सम्बन्धलाई आश्चर्यजनक ढंगले पुनव्र्याख्या गरिदिएको छ । कोठामा बसेर एकपछि अर्को क्यासेट/सीडी लोड गर्दै सुन्ने ती दिन पुराना भए । धन्यवाद, आइपोडको अचम्मको भण्डारण क्षमतालाई, जीवनभरिको संकलन गोजीमा अटाउँछन् । त्यो संग्रह यति जीवन्त हुन्छ, कुनै पनि गीत चाहेको बेलामा ‘क्लिक पाङ्ग्रो’ घुमाउँदै सुन्न सकिन्छ । आफूसँग रहेका तर वर्षौंदेखि नसुनेका या छ भन्ने थाहा नभएका गीत आइपोडले फटाफट बजाइदिन्छ । (धेरै…)

  • पानीमाथिको जिन्दगी

    दिनेश वाग्ले

    धादिङ, ‘मैले फोवार्ड भनेपछि प्याडलले पानी पछाडि धकेल्नु होला,’ प्याडललाई कसरी दुवै हातले अँठ्याउने भन्ने सिकाएपछि उनले निर्देश गरे- ‘अनि डुंगा अगाडि जान्छ । म राइट ब्याक भन्छु, दायाँ पट्टकिो प्याडलले पानी पछाडि धकेल्नु, बायाँपट्टकिाले अगाडि । याद गर्नुस् है, र्‍यापिडमा मैले भनेजस्तो गर्नुस् । फरवार्डभन्दा ब्याक गर्ने होइन । (र्‍यापिडमा) एउटा बाटो हुन्छ, त्यसलाई फलो गर्नुपर्छ ।’

    परिचय गरौं नरेश राईसँग । उमेर-३२, घर- धरान । अफिस- नेपालका केही चर्चित खोलाहरू, काम- हावाले भरिएका ठूला डुंगा चलाउँदै पानीको बहावसँगै दक्षिणतिर हानिने साहसिक शौखिनहरूलाई सहयोग पुर्‍याउने । शनिबारको घमाइलो दिन नरेश तयार भएका छन् धादिङको मलेखुबाट खटौतीसम्मको तीन घन्टे जलयात्राका लागि । आजको डुंगामा नेपाली पत्रकारहरूको एउटा टोली छ र नरेशका हरेक निर्देशन छचल्किएको पानीले भिजेको डायरीबाट च्यात्तिएका पन्नामा नोट गरिने छन् ।

    धराने राईले नेपालीभाषी पत्रकारहरूसँग राफि्टङ गर्दा किन त्यति सारो अंग्रेजी शब्दहरू प्रयोग गरेका होलान् ? फरवार्ड (अगाडितिर), प्याडल (डुंगा खियाउने साधन), राइट (दायाँ), ब्याक (पछाडि), र्‍यापिड (तेजिलो बहाव र छालको संगम) । उसो त सगरमाथा अंग्रेजी नाम माउन्ट एभरेस्टबाट विश्वविख्यात छ । नेपाली हिमालहरू जस्तै खोला पनि गोराहरूले नै अन्वेषण गरेका हुन्, राईले बताए । नेपालीहरूले अलि धेरै संख्यामा र्‍याफि्टङ गर्न थालेको दुई, तीन वर्ष मात्र भयो । ‘र्‍याफि्टङलाई नेपालीमा के भन्छ थाहा छैन,’ उनले भने- ‘धेरैजसो र्‍याफि्टङ गोराहरूले गर्छन् । शब्द पनि अंग्रेजी चल्ने भयो ।’

    लौ, कुरैकुरामा मलेखुभन्दा अलि तलको झोलुङ्गे पुलमुनि आइएछ । माथिबाट केही फुच्चेहरूले चेतावनी दिए- ‘तलतिर बाटो भत्केर जाम छ

    है ।’ डुंगामा हासोको फोहोरा छुट्यो । नेपाली सडकहरूमा भइरहने दिक्क लाग्दो क्रिया धन्न खोलाको यात्रा सरेको छैन । तर जोक्सहरू पर्याप्त बनिसकेका छन् । अर्कोले थप्यो- ‘टायर पनि बालेको छ है ।’ संवाददाताहरू प्याडल खियाउन छाडेर हासे ।

    टाउकामा प्लास्टिकको हेल्मेट र शरीरको माथिल्लो भागमा लाइफ ज्याकेट (पानीमा तैरिने सामग्रीले बनेको कपडा) लगाएपछि दुवै हातले प्याडल समाएर डुंगालाई पानी बगेको दिशातिर डोर्‍याउनु र्‍याफि्टङको मुख्य क्रिया हो । पानी छचल्किँदै उप|mेको ठाउँलाई र्‍यापिड भनिन्छ, जहाँ पुगेपछि डुंगा पनि त्यहीरूपमा उपि|mने हुँदा केही सतर्क हुनुपर्छ । ‘र्‍यापिडको तीव्रता अनुसार तिनलाई बर्गीकरण गरिएको हुन्छ र त्यही बर्गीकरणका आधारमा र्‍याफि्टङका लागि कुन खोला कति खतरापूर्ण हुन्छ भन्ने किटान गरिन्छ,’ र्‍याफि्टङ गाइड राईले बहिरहेको डुंगामा लिइएको अन्तर्वार्तामा भने- ‘क्लास फाइभ (पाँचौं बर्ग) भन्दा माथिका खोलाचाहिँ साँच्चै खतरापूर्ण हुन्छन् ।’ नेपालमा सातौं वर्गसम्मका खोला छन् तर आजलाई संवाददाताहरूले धन्दा नमाने हुन्छ, मलेखुदेखि खटौतीसम्मको रुटमा मुस्किलले क्लास दुईसम्मका र्‍यापिड छन् । पोखरा-चितवनको बीचमा र काठमाडौं नजिकै भएकाले त्रिशूलीमा र्‍याफि्टङ गर्नेको भीड लाग्छ । पदयात्राको भाषामा भन्ने हो भने त्रिशूलीको र्‍याफि्टङ हेलम्बुको ट्रेेकिङ जस्तै हो- हजुरबाहरूले समेत गर्न सक्ने । र्‍याफि्टङका लागि त्रिशूलीलाई सदावहार नेपाली खोलाका रूपमा वर्णन गरिने राईले बताए । ‘माथिल्लो भोटेकोसीचाहिँ र्‍याफि्टङका लागि विश्वस्तरको सदावहार खोला हो,’ उनले भने- ‘सुनकोसी र कणर्ाली पनि कम छैनन् । यी संसारकै उत्कृष्ट खोलामा पर्छन् ।’

    बितेका १२ वर्षदेखि राई खोलाहरूको बहावसँग पौठेजोरी खेलिरहेका छन् र सबैभन्दा बढी र्‍याफि्टङ खेलिने एक दर्जनजति नेपाली खोलाहरूलाई नजिकबाट चिनेको उनको दाबी छ । पानी बग्ने मार्गमा हुने ढुंगाको आकार, सांघुरा खोच, बहावको तीव्रता र छोटो दूरीमै खोलाको उचाइमा हुने फरकले नेपाली खोलाहरूलाई विश्वस्तरका बनाएको राईको भनाइ छ । ‘कुनै पनि खोलाका ढुंगा, त्यसको बगाई र र्‍यापिड चिन्न कम्तीमा एक वर्ष त्यहाँ बिताउनुपर्छ,’ उनले भने- ‘खोला चिनेपछि बग्नु त फिलिलि ।’

    रमाइलो र शोख पूरा गर्नका लागि एकाधपटक र्‍याफि्टङ गर्नु फिलिलि नै होला तर वर्षौंदेखि कामका रूपमा त्यो साहसिक क्रिया गर्नु कत्तिको रमाइलो छ ? ‘एकदम रमाइलो,’ उनले कत्ति समय नलगाई जवाफ दिए- ‘प्रत्यक्ष प्रकृतिसँग खेल्ने काम हो यो । पानीमा जीवन हुन्छ । पानीको आवज ध्यानपूर्वक सुन्नुस्, त्यसले केही भनिरहेको हुन्छ । पानीसँग नजिकबाट सम्बन्ध राख्दा सबैभन्दा ठूलो आनन्द आउँछ । त्यसबाहेक यो आफ्नो जागिर पनि हो । रमाइलो गर्दा पैसा पनि पाइन्छ ।’ र्‍याफि्टङ गर्न संसारभरिबाट अनेकौं थरी मान्छे आउने र तिनीहरूसँगको भेटघाट रमाइलो कामको अर्को आकर्षण भएको उनले बताए ।

    ‘ठ्याक्कै पत्रकारिता जस्तो,’ संवाददाताले पनि आफ्नो कामको बखान गर्ने लवजमा भन्यो- ‘हाम्रो पनि काम त्यस्तै हो । आज तपाइर्ंसँग मस्ति गरिएको छ, भोलि यही लेख्यो, अफिसले पैसा दिन्छ । अनि दिनहँु जस्तो तपाईंजस्ता नौला र शक्तिले भरिपूर्ण मान्छेहरूसँगको भेट कम्ती रुचिपूर्ण हँुदैन ।’

    थुप्रै नेपाली र्‍याफि्टङ गाइडहरू विदेशमा काम गर्न गएका छन् र राईले पनि त्यो मौका हेरेका छन् । न्युजिल्यान्ड, अमेरिकाको कोलोराडो जस्ता स्थानमा उनका कयौं मित्र पुगेका छन् । उनका सहकर्मी ३२ वर्षे मीनबहादुर गुरुङ विदेश जानका लागि प्रक्रियामा रहेको बताए । ‘उनीहरूले अनुभव र तालिमको कागज खोज्छन्,’ यो क्षेत्रमा १२ वर्ष काम गरेका गुरुङले भने- ‘म त्यो मिलाइरहेको छु ।’ नेपालमै पनि अवसरहरू बढी रहेका छन् । राई र गुरुङ दुवैले काम गर्ने ‘लस्ट प्याडल एडभेन्चर’ नामको कम्पनी यसै वर्षको सुरुमा खोलिएको हो, जसले अघिल्लो महिनादेखि काम थालेको हो । ‘अब नेपालीले पनि र्‍याफि्टङ गर्न थालेकाले हामीमा उत्साह बढेको छ,’ प्रबन्ध निर्देशक विष्णु पौडेलले भने । खोलामै फर्किऊ । ‘र्‍याफि्टङमा टिमवर्कको बडो महत्त्व हुन्छ,’ र्‍याफि्टङ सकिएपछि खोला किनारमा बसेका राईले भने- ‘सबैले प्याडल खियाउनै पर्छ ।

    मैले पैसा तिरेको छु भनेर ठूलो हुन पाइँदैन । मैले त गाडीको स्टेरिङजस्तै डुंगालाई सही दिशातिर लैजाने मात्रै हो, अगाडि बढाउने यात्रुहरूले हो । प्याडल खियाउँदा रिदम मिलेमा सबैलाई सजिलो हुन्छ ।’ यात्रुहरूबीचको समझदारी लामो र्‍याफि्टङ यात्रामा विशेष आवश्यक हुन्छ, जहाँ सुरुको र अन्तिम विन्दुमा मोटर हुन्छन्, बाँकी स्थानमा अनकन्टार जंगल या खोलाको आवाज । ‘सुनकोसीमा नौ र कणर्ालीमा ११ दिनसम्मका र्‍याफि्टङ एक्स्िपडिसन हुन्छन्,’ उनले भने- ‘त्यस्ता यात्रामा खाना, सुत्ने पाल डुंगामै बोकिन्छ । दिनभरि तैरेपछि पाल टांगेर सुत्ने ।’

    लौ, सुत्ने कुरा गर्दा घरमा त यी ३२ वर्षे ठिटा एक्लै हुन्छन् । काम त्यस्तो रमाइलो, संसारका अनेकौं रंगका र थरी-थरी मनका मान्छे भेटिने, बिहे’bout उति गम्भीर भएर सोचेकै छैन । ‘समयै आएको छैन,’ उनले भने- ‘काम आउटडोर -घर बाहिर) को छ, बिहेपछि इन डोर -घरभित्र) हुनु परिगयो ।’ सुरक्षालगायतक र्‍याफि्टङ गाइडका लागि चाहिने अनेकौं तालिम लिएका राईले जिन्दगी यही पेसामा बिताउने निर्णय गरेका छन् । पेसाको उचाइ बढाउने उनको सपना छ । ‘सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने- ‘आफू होसियार भए पानीसँग डराउनै पर्दैन । बरु अहिलेको चिन्ता नेपाली खोलाहरूको संरक्षणको हो । त्यसमा केही गर्नैपर्छ ।’

    लौ, त्यसो भए ‘फरवार्ड’ राई जी ।’

    Dinesh Wagle experience: White Water Rafting in Trishuli

  • खोलामा तैरेपछि बालुवामा नृत्य

    दिनेश वाग्ले

    खटौती (धादिङ्)- त्रिशूलीको त्यो शक्तिशाली प्रवाह निरन्तर चलायमान रहँदा पूर्वी किनारको बालुवा मैदान -बीच) मा केही दर्जन तन्नेरीका खुट्टाका बुढीऔंलाले थपथपाइरहेका छन् । व्यस्त राजमार्गसँगैको त्यो खाली स्थानमा तीव्र गतिमा दौडेका बसका यात्रुको ध्यान तान्ने गरी कुनै पुरानो लोकगीतको रिमिक्स संस्करण घन्किइरहेको छ । ‘अब नाच्ने बेला भयो,’ डिजेको माइक हातमा लिँदै गायक दीपक बज्राचार्यले घोषणा गरे- ‘सबैजना चौरको मध्यभागमा आइदिनुहोला । लौ म सुरु गछर्ु ।’

    Shake your body! The guy in the middle is Avash Karmacharya of the Kathmandu Post. The other guy on right is a very pleasing reporter from Channel Nepal.

    तपाईं पढ्दै हुनुहुन्छ, शनिबार त्रिशूली किनारमा भएको एउटा मनोरञ्जक घटना विवरण जसमा दुई सय ५० तन्नेरीले र्‍याफटङ् गरेपछि किनारमा ओर्लेर डान्स पार्टीमा सहभागी भइरहेको दृश्य समेटिनेछ । बज्राचार्यले केही महिनाअगाडि ख्यातिप्राप्त र तिनका प्रशंसकहरूलाई नजिक्याउने उद्देश्यले थालेको ‘केटीएम कार्ड’ योजनाअन्तर्गत आजको साहसिक र सांगीतिक जमघट भएको हो जसमा कम्तीमा १५ जना गायक, कलाकार र ‘कार्ड’ लिएर सदस्य बनेकाहरू सहभागी छन् ।

    ‘नाच्देउ मैच्याङ् तिमी डम्फुको तालैमा…’ ले गति सम्हाल्नै लाग्दा मुख चोस्याउँदै र हात फैलाउँदै नाच्न थालेका ‘ओ अमिरा’ गायकलाई तन्नेरीहरूले पछ्याउन थाले । खुुट्टाहरू अब अर्को रिमिक्स ‘च्याङ्वा है च्याङ्वा’ को धुनमा हल्लिन थाले । यो रिमिक्सका गायक क्रान्ति आले लाज मानेझैं नजिकै उभिइरहेका छन् । ऊ पर्तिर कतै अर्का गायक दीपेशकिशोर भट्टराई पनि देखिएका छन् । नाच्नेहरूलाई आज गायकहरूसँगको सामिप्यताले भन्दा उनीहरूले निकाल्ने संगीतले उचालिरहेको जस्तो लाग्छ । नाच्नेहरू धेरैले खुट्टालाई जिन्स पाइन्टले छोपेका छन् तर ऊ ती एउटी केटीले आफ्ना सुन्दर र खिरिला खुट्टाहरूको जमेर प्रदर्शन गरेकी छिन्- छोटो सेतो ‘हाफ पाइन्ट’ को सहयोगमा । उनीसँगै केही ठिटा हल्लिइरहेका छन् जसका पाइतालाहरू भुइँमा सहजै अडिन मानिरहेका छैनन्- सायद बालुवाको फुस्फुसाइमा परेर होला । लौ, प्रायः डान्स पार्टीमा जस्तै अहिले पनि ‘मेरा हिपहरू झूटो बोल्दैनन्’ -माई हिप्स डन्ट लाई) भन्दै सकिरा स्टेरियो धुनमार्फत बालुवाहरूमा फैलेकी छिन्- किप अन रिडिङ् द साइन्स अफ माई बडी ! -तिमी मेरो शरीरको संकेत पढेरै

    बसिराख ।) कुन तन्नेरीले कस्तो संकेत पढ्न भ्यायो तत्कालै थाहा पाउन सकिएन तर नाच्नेहरूको उत्साह देख्दा रोमाञ्चक तीन घन्टे र्‍याफटङ्मा प्याडल खिआउँदा कोही पनि थाकेका थिएनन् भन्ने सहजै बुझ्न सकिन्थ्यो ।

    दिनको सुरुवात काठमाडौंबाट छुटेका बसको यात्राबाट भएको थियो भने साहसिकताको थालनी हावाले भरिएका रबरका डुङ्गामा चढेलगत्तै भएको थियो । अढाई सय यात्रुुलाई लिएर दुई दर्जनभन्दा बढी र्‍याफ्टहरू मलेखु नजिकैको किनाराबाट छुटेका थिए जसमा पानीमा तैरिएर खोला बहावसँगै गरिने यात्राको पहिलो अनुभव गर्न लागेकाहरूको बहुमत छ । डुङ्गाहरूलाई ‘लस्ट प्याडल एडभेन्चर’ का र्‍याफटङ् गाइडहरूले निर्देशन गरिरहेका छन् ।

    ‘मेरो त यो पहिलोपटक हो,’ खोलाको बीचमा अर्को डुङ्गामा भेट्टएिका एक जना युवकले भने- ‘छालमा डुङ्गा उपि|mंदा रमाइलो भयो ।’ डाक्टर सर्वेश मरहट्ठा भनी आफूलाई चिनाउने ती मान्छे दन्त चिकित्सक रहेछन् । अर्काको दाँत हेर्न रमाइलो कि डुङ्गामा बग्न ? ‘दुवै,’ उनी चिच्याए र आफ्ना सेता दाँत देखाए ।

    एउटा डुंगाले चाहिँ बढी नै तैरिने विचार गर्‍यो र छालमा उदिमुन्टो खेल्यो । ‘डुबाएर पानी मुनि घुमायो,’ त्यो डुङ्गाका यात्री कृष्णप्रसाद दुवालले पछि डान्स पार्टीमा भने- ‘दिमागले सोच्नै सकेन । अबचाहिँ सिद्धिएँ भन्ने भयो । जब माथि आएँ, संसार अर्कै देखियो ।’ सबैले लाइफ ज्याकेट लगाएका थिए र सबै सकुशल रहे । दुवाल र उनका डुब्ने मित्रहरूले अब बढी चुनैती दिने भोटेकोसीमा गएर र्‍याफटङ् गर्ने साहस आएको बताए ।

    र्‍याफटङ् गर्नेहरूमा छाएको खुसीले आयोजक गायक दीपक बज्राचार्यलाई सन्तुष्टि दिएको थियो । ‘प्रशंसकहरूबीच पनि अन्तक्रिर्या होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने- ‘साथै नेपालीले पनि र्‍याफटङ् गरेर आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न सक्छन् भन्ने सन्देश दिनु थियो ।’

    Dinesh Wagle’s diary: White Water Rafting in Trishuli

  • १७ पटक सगरमाथा आप्पा होई !

    आङछिरिङ शेर्पा/दिनेश वाग्ले

    काठमाडौं, जेष्ठ १० – ‘यी शेर्पा किन सगरमाथा चढ्छन्?’ आप्पा शेर्पा’bout दुइ वर्ष अगाडि न्युयोर्क टाइम्सको समाचार शीर्षकले त्यो प्रश्नलगत्तै उत्तर दिएको थियो- ‘किन कि यो जागिर हो ।’

    ‘परिवार पाल्न’ र ‘देशको नाम राख्न’ हिमाली चुचुरामा पुग्ने बताउने आप्पाले त्यतिबेला आप्पाले १४ पटक सगरमाथा चढेका थिए र बर्सेनी उनको बढुवा भइरहेको छ । एक साताअघि आर्श्चर्यजनक १७ औंपटक शिखरमा पुगेका शेर्पाले यसपालि जागिरका रूपमा सगरमाथा चढेका थिएनन् ।

    ‘आफ्नै लागि चढे,’ लुक्लाबाट बुधबार राजधानी ओर्लेपछि स्वागतका खादाले छोपिएका आप्पाले भने- ‘नेपाल र शेर्पाहरूका लागि चढें ।’

    चन्द्र-सूर्य फहराएको खुला टोयोटा ट्रकबाट सडकका यात्रुलाई हात हल्लाउँदै विमानस्थलदेखि याक एन्ड यति होटल पुगेका विख्यात शेर्पा अहिले लाउन्जमा बसेर विशेष सगरमाथा अभियान’bout कान्तिपुरसँग कुरा गरिरहेका छन् ।

    ‘ढुक्कले चढियो,’ मे १६ को सफलता’bout उनले भने- ‘कुनै विदेशीको चिन्ता थिएन ।’ भरिया, गाइड या सरदारका रूपमा हिमाल चढेका शेर्पा पहिलोपटक आरोहण दल सदस्यका रूपमा टुप्पामा पुगेका थिए । उनी र लाक्पा गेलु सामेल ‘सुपर शेर्पा आरोहण दल’ को मुख्य उद्देश्य सगरमाथामा शेर्पाहरूको कथा भन्नु हो । अभियानलाई दुइ जना शेर्पाले क्याननका हाई डिफिनेसन क्यामेराबाट खिचेका थिए । साहसका ती दृश्यलाई आगामी डेढ वर्षमा वृत्तचित्रका रूपमा काठमाडौंमा र्सार्वजनिक गरिनेछ । त्यसै मौकामा अमेरिकाको ‘युनिभर्सिटी अफ युटा’ ले आप्पा र लाक्पाको जीवनी प्रकाशन गर्नेछ । (जीवनी पुस्तकको पचास प्रतिशत रोयल्टी उनीहरूले पाउने छन् । पुस्तक लेखकको टुङ्गो भइसकेको छैन ।)

    ‘सगरमाथामा नेपालीले अनेकौं इतिहास कायम गरेका छन्,’ सबैभन्दा छिटो सगरमाथा चढ्नेमध्येका एक लाक्पाले भने- ‘तर त्यसको दस्तावेज छैन । वृत्तचित्र छैन । हामीले भोगेको दुःख आएन । विदेशीले बनाएको फिल्ममा आफैंलाई फोकस गर्छन् ।’

    फिल्म र किताबमार्फ आफ्नो कथा भन्न लागेका सुपर शर्ेपा आप्पा दर्ुइ सातापछि अमेरिकाको साल्ट लेक सिटी (युटा राज्य) जाने छन्, जहाँ उनलाई पत्नी, छोरा र छोरीले स्वागत गर्नेछन् । त्यहीं छ उनको डेरा, जसका कारण उनका सन्तान अमेरिकी स्कुल जान पाएका छन् भने उनले आफ्नो कथा भन्न ।

    भित्र्याउ जेरी माइकालाई जसले आप्पालाई अमेरिका लगेका छन् । ‘ए, हाम्रा आप्पालाई चोर्ने माइका तपाईं हो ?’ आप्पासँगै उभिएका विदेशीसँग हषिर्त मुद्रामा हात मिलाउँदै संवाददाताले त्यसोभन्दा जेरीले तत्कालै शिष्ट प्रतिवाद गरे । ‘प्लिज त्यसो नभनिदिनु होला,’ सुपर शेर्पा आरोहणको आयोजना र आप्पालाई अमेरिकी ओवान भिसा लिन मुख्यरूपमा सघाउने अमेरिकीले भने- ‘आप्पाले नेपाल छाड्नुभएको होइन । उहाँले छोराछोरीलाई राम्रो शिक्षा दिने चाहना गर्नुभयो, जसका लागि अमेरिका उपयुक्त हो । उहाँकै चिनजानलाई उपायोग गरेर मैले सहयोग गरेको हुँ । उहाँले कति ठूला मान्छेलाई सगरमाथामा पुर्‍याउनुभयो, तिनीहरूस“गको सम्बन्धलाई मैले उहाँकै लागि प्रयोग गरिदिएको मात्र हुँ ।

    ‘अमेरिकाले विज्ञान, कला, शिक्षा र खेलकुदमा असाधारण क्षमता देखाउने विदेशीलाई प्रदान गर्ने उक्त भिसा आप्पालाई दिलाउन सहयोग गर्नेमा अमेरिकी सर्वोच्च अदातलकी प्रथप महिला न्यायाधीश सान्द्रा डे ओ कन्नर पनि थिइन्, जसका छोरा ब्रायनलाई आप्पाले सन् २००३ मा सगरमाथा शिखरमा पुर्‍याएका थिए । अर्का प्रभावशाली सहयोगीमा युटा राज्यका गभर्नर जन हन्ट्सम्यान जुनियर थिए, जसले आप्पाले त्यहाँ आउन चाहेको थाहा पाउनेबित्तिकै डिनरमा बोलाएका थिए ।

    ‘कागजी प्रक्रिया एकदमै झन्झटिलो थियो,’ माइकाले भने- ‘तर अत्यन्त छिटो भयो । अक्टोबर २००६ मा थालेको, डिसेम्बरमा सकियो । अरूलाई वषौर्ं लाग्न सक्छ, आप्पालाई दुइ महिना । ‘माइका आप्पाका घरबेटी र ब्यापार साझेदार पनि हुन् । युटाको ड्रयापरस्थित माइका निवासमा शेर्पा परिवार बस्छ र हिमाल’bout घन्टाको केही हजार डलर लिएर भाषण गर्नु नपरेको बेला आप्पा माइकासँग मिलेर खोलेको पर्वतारोहण सामग्री पसल कर्मा आउटडोरमा काम गर्छन् ।

    ‘बौद्धमार्गीका लागि दलाई लामाजस्ता हुन्, मेरा लागि आप्पा त्यस्तै हुन्,’ भन्ने माइका आप्पासँग सन् २००३ मा चिनाजानी गरेका थिए । आप्पा, लाक्पा, माइका र अर्का अमेरिकी रोबर्ट खेरले ‘सुपर शेर्पाज’ कम्पनी खोलेका छन् जसले यसपालिको आरोहण आयोजना गरेको हो । आरोहणका लागि एक लाख डलर आप्पाको नाममा चन्दा उठाइएको थियो, जसमध्ये ८५ हजार डलर एउटै डिनरमा जम्मा भएको माइकाले बताए । सोही रकमबाट पाँच हजार डलर पर्ने चारवटा एचडी क्यामेरासमेत किनिएको उनले बताए । २० हजार डलर चन्दा दिने लेन्स बङ्कर आप्पासँगै आधार शिविर र कालापत्थरसम्म पुगेका थिए ।

    ‘डिसेम्बरमा आप्पालाई भेट्नुअगाडि मलाई नेपाल या शर्ेपा’bout केही थाहा थिएन,’ उनले भने- ‘के वास्ता – भेटेपछि म शेर्पाहरूसँगको प्रेममा परें । जसरी पनि सहयोग गर्ने चाहना आयो । अहिले मेरी छोरी र आप्पाका छोरा तेन्जिङसँगै विश्वविद्यालय जान्छन् ।’ अर्का छोरा पेम्बा अल्टा हाइस्कुल र छोरी दाबा घरनजिकैको विल्लो स्प्रिंग्स इलिमेन्टि्रमा पढ्छन् ।छोराछोरीले शिक्षा लिँदै गर्दा आप्पा र पत्नी याङ्िजन पनि अंग्रेजी सिक्ने प्रयासमा छन् । जोडीले युटा पुग्नेबित्तिकै युनिभर्सिटी अफ युटामा भाषा कक्षा लिएको थियो ।

    ‘हा, हा हा, मेरो बूढो दिमाग के सिकौंला र,’ आप्पाले भने- ‘छोराछोरीले चाहिँ केही गर्लान् कि’ अमेरिका फर्केपछि आप्पा ‘र्सार्वजनिक स्थानमा प्रेरणादायी भाषण गर्ने कला’ सिक्ने कक्षामा भर्ना हुने माइकाले बताए । ‘अब उहाँले गर्ने भनेको घन्टाका दरले डलर लिएर भाषण गर्ने हो,’ उनले भने- ‘एकपटक सगरमाथा चढ्ने विदेशीले जिन्दगीभर त्यसैको कुरा गरेर आफूलाई पाल्छ । यहाँ हामी १७ पटक चढ्ने शेर्पाको कुरा गरिरहेका छौं । घन्टाको ६ हजारसम्म तिर्छन् । स्कुलहरूले केही सय डलर तिर्छन् र आप्पाको भाषण आफ्ना बच्चालाई सुनाउन तयार हुने स्कुल अमेरिकामा कति छन् कति ।’

    माइकाका कुरा सुन्दा लाग्छ, न्युयोर्क टाइम्सले आप्पा’bout अर्को समाचार लेख्यो भने शर्ीष्ाक यस्तो हुनेछ- ‘यी शेर्पा किन भाषण गर्छन्? किन कि यो जागिर हो ।’

    प्रकाशित मिति: २०६४ जेष्ठ ९ कान्तिपुर

  • सम्विधान सभा र सुन्दरीहरुका सपना

    दिनेश वाग्ले/सुरज कुँवर

    हालैको एउटा विवादास्पद सौर्न्दर्य प्रतियोगितामा उत्साहका साथ सहभागी भएका १८ मध्येकी एउटी युवती हुन् ममता प्रधान । आफूलाई व्यवसायिक मोडलकारुपमा परिचय गराउने यी २२ बर्षोले ‘मिस नेपाल’का नामले बढी चिनिने उक्त प्रतियोगितामा सामेल हुदा ‘धेरैकुरा सिकेको’ बताइन् । ‘विनिङ् इज नट एभ्रिथिङ्,’ विरोधका नारा र प्रशंसाका तालीमाझ अघिल्लो साता राजधानीमा आयोजित प्रतियोगितामा कुनैपनि टाइटल नजितेकी युवतीले भनिन्- ‘सिकेको सबैभन्दा ठूलो कुरा त्यही हो (जित्नु नै सबै होइन ।) । त्यसबाहेक बढी आत्मविश्वासी भएकी ठान्छु । पहिले तपाईहरुसँग राम्रोसँग बोल्न डराउथे, अहिले यी यस्तरी बोलीरहेकी छु ।’

    निश्चियै, मोडलले सिकेका कुरा धेरै छन् तर के उनलाई देशमा अहिले सबैभन्दा बढी गफ गरिने विषय ‘सम्विधान सभाको चुनाव’’bout जानकारी छ ? देशका हरेक क्षेत्रलाई प्रभाव पार्ने राजनीति’bout सौर्न्दर्य प्रतियोगिताका सहभागीहरु कत्तिको ज्ञान राख्छन् ? ताज जित्नेहरु त्यसैमा रमाइरहदा प्रतियोगितामा केही नजितेका पाच र एक-एकवटा साना टाइटल जितेका तीन युवतीसँग हामीले राजनीतिका कुरा गर्ने निर्णय गर्यौं । (अरे, मेकअपका टिप्स र कुर्ताको डिजाइनका कुरा छाडेर सुन्दरीहरुसँग सम्विधान सभा र राजनीतिका गफ गर्ने ? हो, पट्यार लागे पढ्न छाडे हुन्छ, आज हामी ‘राम्री’हरुसँग ‘रुखा’ कुरा गर्दैछौं ।)

    आयोजकले सुन्दरीहरुलाई पत्रकारको सामना गर्न या आफूलाई अभिव्यक्त गर्न सिकाएपनि अभिव्यक्तिको सबैभन्दा प्रभावशाली माध्यम र अहिले सबैभन्दा बढी कुरा गरिने विषय- चुनाव- का ’boutमा केही जानकारी दिएका रहेनछन् भन्ने थाहा पाउन समय लागेन । उसो त, मिस नेपालका प्रतियोगीहरुलाई सम्विधान सभा र शान्ती प्रकृया’bout सिकाइएको होला भन्ने हाम्रो अपेक्षा पनि थिएन । ‘मलाई यस’boutमा केही थाहा छैन,’ ‘व्युटी विथ ब्रेन’हरुको प्रतियोगितामा सामेल काठमाडौंकी चाहविलकी लक्ष्मी लामाले जवाफ दिइन् । ‘अहिलेसम्म थाहा थिएन,’ सुदुरपश्चिमकी ‘मिस व्युटीफुल स्माइल’ रिचा शर्माले सम्बाददातासँग भनिन्- ‘तपाईले भनेपछि थाहा भयो । तर भोट हाल्न धनगढी नै जानुपर्छ र ? त्यो चाहि मन परेन । काठमाडौंमै हाल्ने व्यवस्था भए हुन्थ्यो । धनगढीबाट थुप्रै मान्छे काठमाडौं आएर बसेका छन् नि ।’ ममताले चाहि त्यसमा खासै टाउको दुखाउनुपर्ने ठानिनन् । ‘म भोटै हाल्दिन,’ चुनावप्रति विश्वास नभएको बताउदै उनले भनिन्- ‘केही हुदैन ।’ बाँकीले भोट हाल्ने बताउदै संविधानसभाका ’boutमा जानेको कुरा साझेदारी गरे । ‘पुरै नेपाली सहभागी भएर संविधान बन्ने हुदा ‘यो सम्विधान मेरो बुवाले पनि बनाएको हो, मैले पनि बनाएको हो’ भन्ने सोचाई आउछ,’ ‘मिस व्युटिफुल हेयर’ नानीमाया खड्काले भनिन् । (धेरै…)

  • नेपाली सेनाको हतियार दर्ता शुरु

    नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ ।

    नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणको लागि प्रस्तुत गर्यो । यूएनडिपी को सहयोगमा राष्ट्रसंघका १४ वटा दर्ता टोलीले हातहतियार एक एक गरी दर्ता गर्ने र १४ वटा ठूला कन्टेनरहरु मध्ये एउटा मा ’emलाई भण्डारण गर्न अगाडी प्रत्येकमा एउटा बार कोड पनि लगाईयो । यो प्रकृयामा ७० जना दर्ता गर्ने कर्मचारी संलग्न छन् । दर्ताको सम्पूर्ण प्रकृयामा अनमिनका हातहतियार अनुगमनकर्ताहरुको उपस्थिती छ र आज देखि ति हतियारहरुको अनुगमनको लागि छाउनी व्यारेकमा उनिहरुको २४ घण्टा उपस्थिती रहनेछ । २४ घण्टे विद्युतीय अनुगमनको लागि उक्त स्थानमा निगरानी क्यामराहरु राखिएका छन् ।

    हात हतियारको दर्ता एवं भण्डारण प्रक्रिया माओवादी सैन्यको हकमा जस्तो गरिएको थियो त्यस्तै गरिएको छ । हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धि सम्झौता (ए.एम.एम.ए.ए.) अनुसार नेपाली सेनाले माओवादी सेनाको हातहतियार दर्ता गरीएको संख्यामै अनमिनका अनुगमनको सामु आफ्ना हतियार सुरक्षित तबरले दर्ता गर्न सहमत भएको थियो । माओवादी सैन्यले २८५५ वटा हतियार भण्डारण गरेका थिए । यसको अलावा शिविर पेरिमिटरको सुरक्षार्थ माओवादी सैन्यले प्रत्येक डिभिजन स्थलमा ३० वटा र प्रत्येक स्याटेलाईट स्थलमा १४-१५ वटा गरी जम्मा ५२४ वटा हतियार राखेका छन् र नेतृत्व वर्गको सुरक्षा व्यवस्था ’bout सम्झौता नभइसकेकोले ९६ वटा हतियार साथ मा राखेका छन् ।

    नेपाली सेनाको हातहतियार दर्ता र भण्डारण कार्यले हातहतियार र लडाकुहरुको दर्ताको प्रथमचरणको अन्तिम कार्यको प्रतिनिधित्व गर्दछ । अब दोश्रोचरणमा माओवादी लडाकुहरुको प्रमाणिकरण कार्य शुरु हुन्छ र यो काम चाडै नै शुरु हुनेछ ।

    अनमिनका हातहतियार र सैन्यको अनुगमनका प्रमुख जनरल जान एरिक विल्हेल्मसेनले भन्नुभयो “आजको हतियार दर्ता प्रकृयाबाट म खुशि छु, यो कार्य सुचारु रुपले शुरु भयो । यस हतियार दर्ता र भण्डारण प्रकृयामा नेपाली सेनाले राम्रो सहयोग प्रदान गरे र मलाई विश्वास छ हामी यो प्रकृया यो हप्ता नै समापन गर्ने छौ ।”

  • माओवादी मन्त्री, शपथ र सदन

    सुबोध गौतम
    चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्‍यो ।’ त्यहीं उपस्थित एक पदाधिकारीले फोटो झिक्न खोजे तर सकेनन् । बैठक सकिएर बाहिरिएपछि यादवले सञ्चारकर्मीसँग भने- ‘मुख्य सचिवले हटाउँछु भनेका छन् ।’ बैठक सकेर बाहिरिएका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालाई सञ्चारकर्मीले ‘तपाईं त हाम्रो मन्त्री’ भन्दै रोके । माओवादीको सञ्चार नीति के हुन्छ भन्ने प्रश्नमा महराले भने- ‘अब माओवादीको कुरा मात्र नसोध्नुहोस् । म त सरकारको मान्छे भएको छु ।’

    शपथ ग्रहण कार्यक्रममा पनि मातृकाकै चर्चा भयो । शपथमा उल्लेखित ‘सत्य निष्ठा/इश्वरका नाममा’ भन्ने शब्दमध्ये उनले ‘इश्वरका नाममा’ भन्ने शब्द सञ्चारकर्मीहरूलाई देखाउँदै काटे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेतले सत्य निष्ठाका नाममा भनी शपथ ग्रहण गराए । केही प्रशासक माओवादी नेताहरूसँग भलाकुसारी गरिरहेका थिए ।

    संसद्मा पनि भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमी र स्थानीय विकास मन्त्री देव गुरुङले राष्ट्रिय योजना आगोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेल र अन्य सदस्यसँग गरेको भलाकुसारी पनि हेर्न लायकको थियो । छेउमै बसेका पदाधिकारी र उनीहरूबीच हात मिलाएर निकैबेर कुराकानी भएको थियो । यसले योजना र विकास निर्माणबीचको तालमेल हुनुपर्छ भन्ने संकेत गरेको देखिन्थ्यो । यी आफ्ना मन्त्री हुन भन्ने थाहा पाएका सचिवहरू उनीहरूको पछि-पछि लाग्नु त स्वाभाविकै थियो ।

    ऐतिहासिक दिन भन्दै शपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मी, पदाधिकारी र र्सवसाधारणको उल्लेख्य उपस्थित थियो । कुर्सीमा बस्ने र उभिनेको संख्या झन्डै-झन्डै उस्तै थियो । कार्यक्रम व्यवस्थित गर्न मुख्य सचिव भोजराज घिमिरेलाई हम्मेहम्मे परेको थियो । मञ्च ढाकेर उभिएका सञ्चारकर्मीलाई हटाउन उनले पटक-पटक आग्रह गरेका थिए ।

    माओवादी मन्त्रीहरू कस्तो पोसाकमा आउँछन्, सुरक्षा गार्ड को हुन्छ भन्ने जिज्ञासा उपस्थितहरूमा थियो । माओवादी मन्त्रीहरू नियमित पोसाकमा थिए । सुरुमा माओवादीले आफ्नो सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने माग राखेका थिए । तरपछि यसले सेनाप्रति अविश्वास गरेको र्ठहर्छ भन्ने सुझाव आएपछि सेना नै राख्ने निधोमा पुगेका हुन् ।

  • बालुवाटारमा सहमती, एमालेले अडान छाड्यो, संविधान सभा चुनाव असार ६ मा

    आखिर कांग्रेसको अडानका अगाडी एमालेको केही लागेन । अन्तरिम सरकारमा प्रधानमन्त्रिपछिको बरिष्ठ मन्त्री एमालेकी साहाना प्रधान होइन, कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल हुने भएका छन् । आठ पार्टिको आज बालुवाटारमा बसेको बैठकले संविधान सभाको चुनाव असार ६ गते गर्ने निर्णय गरेको छ । यसैबीच संसदले आजको लागि कार्यसूचि जारी गरेको छ र अब केही बेरमै संसदमा नया सकारको गठनको घोषणा र प्रधानमन्त्री सहित मन्त्रीपरिषद्ले सपथ लिने सम्भावना छ । निश्चयै, यो कुनै अप्रिल फुल जोक होइन !

    सभामुख सुवास नेम्वांगले प्रम नियक्तिको घोषणा यसरी गरे:

    …गिरिजाप्रसाद कोइरालालाई नियुक्त गर्ने राजनीतिक सहमती भएअनुरुप नेपालको प्रधानमन्त्री पदमा राजनीतिक सहमतीको आधारमा र्सवसम्मतीले माननीय श्री गिरिजाप्रसाद कोइराला नियुक्त हुनुभएको घोषणा गर्दछु…नेपालको अन्तरिम सम्विधान २०६३ को धारा ४२ एवं व्यवस्थापिका संसदको नियमावली २०६३ को नियम १५ बमोजिम माननिय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालालाई व्यवस्थापिका संसद समक्ष सपथ ग्रहण गर्न अनुमति दिन्छु ।

    प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कोइरालाले पढेको सपथ

    म गिरिजाप्रसाद कोइराला मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापुर्वक प्रतिज्ञा गर्छु की नेपालको राजकीय सत्ता र र्सार्वभौम सत्ता नेपाली जनतामा मात्र निहीत रहनुपर्ने भनि जनताद्धारा जनआन्दोलन मार्फ अभिव्यक्त भावना लाई उच्च सम्मान गर्दै जारी भएको नेपालको अन्तरिम सम्बिधान २०६३ प्रति पूण बफादार रही नेपालको प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही कसैको डर नमानि पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराव भावना नलिई इमानदारीसाथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा वाहाल रहदा वा नरहदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्ने बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।

  • पदको खिचलो: जनभावनाको अवमूल्यन

    अन्तरिम सरकार गठनप्रक्रिया घाँटी-घाँटी पुगेर हिजो स्थगन भयो । सरकार गठनको सैद्धान्तिक विषयमा सहमति र न्यूनतम साझा कार्यक्रम बनिसके पनि पदीय मुद्दामै आएर यो प्रक्रिया अड्कियो । प्रधानमन्त्रीपछि वरिष्ठता रोलक्रममा को अगाडि भन्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच मतभेद भएकाले गठनप्रक्रिया अगाडि नबढेको सूचना बाहिर आएको छ । त्यसै पनि कुन र कतिवटा मन्त्रालय क-कसले लिने भन्ने माथापच्चीमा नै यसअघि दलहरूले धेरै समय खर्चिसकेका छन् । उपप्रधानमन्त्री विवादको टुंगो लाग्नेबित्तिकै अर्को विवाद आउनुले जनसाधारणमा राम्रो सन्देश गएको छैन । यो दलहरूको सत्ताकेन्दि्रत संस्कारमा सुधार नआएको प्रस्ट सूचक हो ।

    दुई दिनपछि दिल्लीमा हुने सार्क सम्मेलनमा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री जानुपर्नेछ । अझ आइतबारबाट सुरु हुने मन्त्रीस्तरीय बैठकका लागि शनिबारै परराष्ट्रमन्त्री दिल्ली पुग्नुपर्ने थियो । यसरी अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको क्षण आइसक्दा पनि सरकार गठनको विधिमा अल्भिmनु भनेको प्रत्यक्ष र परोक्ष गलत सन्देश प्रवाह गर्नु हो । यसले शान्ति प्रक्रियालाई दिगो बनाउन दलका आफ्नै उल्झन कति बाधक छन् भन्ने प्रस्ट पारेको छ । (धेरै…)