Latest stories – पछिल्ला टिप्पणीहरू

  • अर्को इतिहास: नयाँ सम्बिधान, नयाँ संसद, र माओवादी सांसद

    नेपाल राष्ट्रका लागि एउटा ऐतिहासिक क्षणमा अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ र सांसदले अन्तरिम संविधानमाथि छलफल गरिरहेका छन् । धेरैले संविधानमा भएका केही प्रावधानमा संसोधन गरिनुपर्ने आवाज उठाएका छन् जसको सुनुवाई यसै बैठकमा नुहुने पक्का छ । सबै कुराको छिनोफानो यदि गर्नुपर्ने भए अन्तरिम संसदले नै गर्ने छ । एमालेले प्रधानमन्त्रीलाई हटाउने सम्बन्धि प्रावधान थप्नुपर्ने बताएको छ ।

    सन् ९० मा जारी गरिएको २०४७ को संविधानको साटो आज नयाँ र जनतालाई बढी शक्तिशाली तुल्याउने अन्तरिम संवधान जारी हुने छ । साथै आजै अन्तरिम संसद गठन हुनेछ जसमा दश बर्षसम्म जनयद्ध गरेका माओवादीहरु पहिलोपटक प्रवेश गर्नेछन् । उनीहरुको यो प्रवेश देश शान्तीपूर्ण राजनीतिक प्रकृयामा प्रवेश गरेको अर्को पुष्टि हो । साथै आजैबाट माओवादी हतियार प्रमाणिकरण प्रकृयाको पनि थालनी हुने छ जो आफैमा हर्षको कुरा हो ।

    यी क्षणहरु वास्तवमै रोमान्चकारी छन् । नयाँ नेपालो निमार्ण हुने प्रयास आजबाट अउपचारिकरुपमा थालिने धेरैको विश्वास छ । अन्तरिम संविधानले राजाको अधिकारलाई उल्लेख्य ढंगमा कटौती गरेको छ । यो संविधानको मुख्य उद्वेश्य संविधान सभाको चुनाव गर्ने हो जसले वास्तविक अर्थमा जनतालाई सहभागिता गराएर संविधान बनाउने र राज्य पुनर्स‌रचनाको प्रयास थाल्ने छ ।

    संसदीय अवतरण

    दशक लामो माओवादी सशस्त्र द्वन्द्वका प्रतिनिधि पात्रहरू सोमबार सिंहदरबार ग्यालरी बैठक प्रवेश गरेका छन् । प्रतिनिधिसभाको उही बैठक कक्ष छाडेर जंगल पसेका अनुहार थुप्रै सहकर्मीहरूसहित फर्किंदा मुलुकमा ठूलो परिवर्तन भइसकेको छ । मुख्यतः २०४७ सालको संविधान बहिष्कार गर्दै आएका तिनले अन्तरिम संविधान, २०६३ जारी भएको केहीबेरमै ग्यालरी बैठक टेकेका छन् । यस हिसाबले माओवादीको संसदीय अवतरणमा संविधान मुख्य सर्त भएको छ जससँगै नयाँ नेपाल निर्माणको नारा ल्याइएको छ ।

    संसदमा माओवादी प्रवेशले देशको शक्ति सन्तुलनमा ल्याएको परिवर्तन क्रमशः प्रकट हुँदै जानेछ । सोमबारै (१५ जनवरी) विघटित भएको पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो ठूलो शक्ति एमालेसरह सिटमा आएका माओवादीसँग संसदीय मोर्चामा बिरानो भइसकेको नौलो चुनौती हुनेछ । अन्तरिम व्यवस्थापिका-संसद्मा दोस्रो शक्तिको जोडा बन्न आएका यिनले आफूलाई संसदीय अवतारमा कति शीघ्र ढाल्न सक्छन्, त्यसमै स्थायी शान्ति र राजनीतिक स्थायित्व निर्भर गर्नेछ ।

    लोकतान्त्रिक दलहरूले माओवादीलाई मूलधारमा ल्याउन गरेको अठोट तथा माओवादी आफैंले संसदीय प्रतिस्पर्धामा सामेल हुन दलहरूसँग कायम गरेको राजनीतिक समझदारी, दुवैको प्रयास परिणाममुखी भएको छ । बीसौं शताब्दीको कम्युनिस्ट कार्ययोजनाबाट सशस्त्र लडाइँ थालेर एक्काइसौं शताब्दीको जनवाद अभ्यास गर्न संसद् प्रवेश गरेका माओवादी अन्तर्राष्ट्रिय राजनीतिक विकासक्रममा एउटा महत्त्वपूर्ण सन्दर्भ-पाठ हुनेछ । हितैषी अन्तर्राष्ट्रिय समुदायले नेपाललाई स्याबासी दिनुका साथै यहाँको स्थायित्व र लोकतान्त्रीकरणको शुभकामना दिनेछ ।

    माओवादीको संसद् प्रवेशको जति महत्त्व र विशेषता छ, त्यति नै यसका चुनौती छन् । माओवादबाट प्रशिक्षित कम्युनिस्ट संगठन संसदीय मोर्चामा प्रतिस्पर्धी बन्न समस्त लोकतान्त्रिक चरित्रहरूको स्थापना सहज हुने छैन । त्यससँगै हतियार र सैन्य व्यवस्थापनको शीघ्र कार्यान्वयनमा माओवादीको इमानदार सहयोग अत्यन्त आवश्यक हुनेछ । सशस्त्र माओवादी निरस्त्र आवागमन र राजनीतिक क्रियाकलापमा जति अप्ठ्यारो अनुभव गर्न सक्लान्, त्यति नै असहज अहिलेसम्म खुलस्त र निर्धक्क देशभरि स्वतन्त्र गतिविधि गर्न असमर्थ दलहरूलाई हुन सक्छ । संसद्बाट जाने सन्देशले देशको वातावरण प्रभावित गर्न सक्नेछ ।

    अन्तरिम संविधान प्रतिनिधिसभाबाट केही असन्तुष्टि हुँदाहुँदै पनि जसरी सर्वसम्मत रूपमा जारी भयो, त्यसले राजनीतिक सहमति, मेलमिलाप र एकताको सन्देश दिएको छ । जनता आफैंले निर्माण गरेर आफैं घोषणा गरेको पहिलो संविधानमार्फत राष्ट्रिय कार्ययोजना पालनामा अग्रसर हुनु र हालसम्म हासिल सहमतिप्रति इमानदार हुनु दलहरूको जिम्मेवारी हुनेछ । उनीहरूले संविधानसभा निर्वाचनलाई मुख्य गन्तव्य ठहर गरेका छन्, जसलाई निर्विघ्न रूपमा स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु भावी अन्तरिम सरकारको कर्तव्य हुनेछ । त्यससँगै सबैभन्दा ध्यान दिनुपर्ने विषय के हो भने मुलुकमा द्वन्द्व सकिएको सुनिश्चित गर्नु ।

    माओवादी द्वन्द्वको संसदीय अवतरण हुनु जति स्वागतयोग्य छ, त्यति नै नयाँ संसद्ले देशमा कुनै पनि सशस्त्र द्वन्द्वको समुचित सामना गर्ने, बेलैमा सम्बोधन गर्ने सामथ्र्य कायम गर्न सक्नुपर्छ । लोकतान्त्रिक अभ्याससँग अहिले बढीभन्दा बढी वर्ग, समूह, जाति, क्षेत्रका आकासिँदा आग्रह सुरु भएका छन्, तिनको जवाफ संविधानसभाले खोज्ने होइन कि संविधानसभा निर्वाचनको प्रक्रियाबाटै दिनुपर्ने विषय पनि छन् । त्यसकारण माओवादीसहितको उत्साह र ऊर्जापूर्ण यो व्यवस्थापिकाले सरकार र दलहरूलाई कुनै पनि समस्याको राजनीतिक र शान्तिपूर्ण समाधान सम्भव तुल्याउने मार्गदर्शन गर्न सक्नुपर्छ । माओवादीको संसदीय अवतरणको यही प्रमुख उपलब्धि पनि हुन सक्नेछ ।

    प्रचण्डको संसद् भवन प्रवेश

    सुबोध गौतम
    माघ १ – अन्तरिम संविधान र सदन घोषणा हुनुपूर्व सोमबार अपराह्न सवा ४ बजे माओवादी अध्यक्ष प्रचण्ड लामो भूमिगत जीवनपछि पहिलोपटक संसद् भवन प्रवेश गरे । उनको साथमा थिए- माओवादीका अर्का शीर्ष नेता डा. बाबुराम भट्टराई । संसदस्थत प्रधानमन्त्री कार्यकक्षमा दुवै नेता प्रवेश गरेका थिए । संविधान’bout अन्तिम टुंगो लगाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलेदेखि नै त्यहाँ थिए । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संसद् सचिवालय परिसरमा संसद् ग्यालरीमा जान आग्रह गर्दा प्रचण्डले ‘गाडीमा जाने हो ?’ भनी जिज्ञासा राखेका थिए । उनी गाडीतिर जानलाग्दा सिटौलाले- ‘होइन होइन पैदलै जाने’ भन्दै संसद् परिसर प्रवेश गर्ने पूर्व-दक्षिण ढोकातर्फ डोहोर्‍याएका थिए ।

    सचिवालयको नयाँ भवनको चौथो तलास्थित माओवादी संसदीय कार्यालयबाट सिटौलाले माओवादी नेताद्वयलाई त्यता लगेका थिए । सञ्चारकर्मी र माओवादी कार्यकर्ताहरूको भीडबाट बैठक कक्षसम्म लैजान उनलाई निकै धौ-धौ परेको थियो । सिटौलाले सवा ४ मा प्रचण्ड र भट्टराईलाई कार्यकक्षमा पुर्‍याएका थिए । प्रचण्डले कार्यकक्ष छिर्नुअघि बाहिर तँछाडमछाड गर्दै बसेका सञ्चारकर्मीहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए । बैठक कक्षमा माओवादीसहित आठ दलका नेताहरूबीच झन्डै तीन घन्टा छलफल भएको थियो । माओवादीबाट मनोनीत सांसद् हरि रोकाले माओवादी संसदीय कार्यालय उक्लिने क्रममा ठट्टा गर्दै भने- ‘माओवादीबाट युवाहरूको प्रतिनिधित्व धेरै छ भनेर होला कार्यालय पनि धेरै सिँढी उक्लिनुपर्ने ठाउँमा राखिदिएछन् । राम्रै गरे ।’

    संसद् प्रवेशको तयारीमा रहेको युवा जमातले देश विकासमा पक्कै पनि योगदान गर्नेछन् भन्ने आत्मविश्वास व्यक्त गर्दै थिए । मनोनीतलाई बधाई दिनेको जमात ठूलो थियो । बधाई पाउनेमध्येका एक रोकाले प्रत्युत्तरमा भने- ‘बधाई होइन । शुभकामना दिनुहोस् ।’ माओवादीका ७३ जना सांसद र रोकासहित १० माओवादी मनोनीत सांसद दिउँसै त्यहाँ पुगिसकेका थिए । माओवादी कार्यकर्ताको हूल त्यत्तिकै ठूलो थियो । उनीहरूका लागि त्यो कार्यालय नै साँघुरो देखिन्थ्यो । झन्डै ४ बजे माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराई आइपुगेका थिए । मनोनीत संासदहरूसँग भलाकुसारी र हात मिलाउँदै उनीहरू भित्री कोठामा छिरे, जहाँ माओवादीका केन्द्रीय नेता र सल्लाहकारहरूको पहिल्यै उपस्थिति थियो ।

    तर उपस्थित मनोनीत सांसदहरू आफ्नो परिचय दिँदा अकमकाइरहेका देखिन्थे । माओवादी नेतृ हिसिला यामीले मनोनीत सांसद नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदुङतर्फ देखाउँदै भनिन्- ‘उहाँ चाहिँ पुरानो सत्ताबाट ।’ त्यसको प्रतिउत्तरमा फुदुङले भने- ‘अझै पनि अन्योल छ । कुरा बुझ्न कठिन भो ।’ मनोनीतहरूले खुलेर आफ्नो परिचय दिन हिच्किचाइरहेका थिए । यत्तिकैमा अर्का मनोनीत पदमलाल विश्वकर्माले भने- ‘हामी माओवादीभित्रका पनि स्वतन्त्र व्यक्ति हौं ।’ माओवादी नेता र मनोनीत सांसदबीच निकै बेर हाँसो ठट्टा चलिरहेको थियो ।

    कार्यालयको सभाकक्ष भने ७३ जनामध्येका नयाँ अनुहारले भरिएको थियो । त्यहाँ युवा जमातको बहुल्य थियो, जुन संसद् ग्यालरी प्रवेशको प्रतीक्षामा थियो । सभाकक्षमा उपस्थित सञ्चारकर्मीको ध्यान तिनै नयाँ अनुहारप्रति केन्दि्रत थियो । उनीहरूका तस्बिर र विगतलाई कोट्याउने प्रयत्न सञ्चारकर्मीहरूबाट भइरहेका थिए । यत्तिकैमा माओवादी नेतृ हिसिला यमी संसद् छिर्दा लगाउनुपर्ने खैरो रङको कोट बाँड्दै थिइन् । उनले मनोनीत सांसद कृष्णादेवी चौधरीलाई कोट दिँदै भनिन्- ‘यो तपाईंका लागि अनिवार्य छैन । तर पनि राख्नोस् ।’ सभाकक्षमा उपस्थित माओवादीका सांसद र केन्द्रीय नेताहरूबीच परिचयको कार्यक्रम पनि सँगसँगै चलिरहेको थियो । यसबीचमा सञ्चारकर्मीहरूलाई कक्षबाट बाहिर निकालिएको थियो ।

  • British (And Other Foreign) Film Festival in Kathmandu

    Kathmandu sees many foreign language film festivals, not just Bollywood and Hollywood flicks.

    One after another, it’s now time for British Film Festival in Kathmandu. The sixth edition of the yearly event was inaugurated by the British Ambassador Andrew Hall yesterday evening in Gopi Krishna Cinema Hall. Over the past several years, we have seen many language-based film festivals that are organized either by the foreign embassies in Kathmandu or non governmental organizations that have gotten some kind of assistance from those missions. Those festivals are primarily targeted to the learners of the related language. “Our main target audiences are young learners, students and young professionals along with a wide range of senior officials,” states a press release issued by the British Council, the organizer of the British film festival in Nepal. The festival will go to Pokhara at the end of this month.

    I was talking about the waves of foreign film festivals in Nepal. I recently attended French film festival and, before that, Spanish film festival. Kathmandu also sees Chinese film festival. The market here in Nepal is overwhelmingly dominated by Bollywood (Hindi) and Hollywood films. Films from these two groups are so much popular that people stand in queue to get tickets for the shows. With that craze in background, some people might think Nepal doesn’t see Indian film festival and American film festival. That would be wrong. Even Indian embassy and American mission do organize Indian film festival and American Film festival. We can see alternate films from those big industries. Indian embassy organized a traveling film festival last year, I think, screening old films while American Center organized a month-long screening of many rarely heard American films several months ago in Kathmandu. Theaters in Kathmandu.

    These festivals are definitely useful for the young crowd in Kathmandu who will get opportunity to explore into different cinematic worlds that are not available in mainstream film market in Nepal. For instance, I couldn’t have seen a film like Merry Christmas (Joyeux Noël, photo) in any theater in Kathmandu if there was no British film festival organized. I enjoyed the oscar nominated anti-war moive on the inauguration day of the festival yesterday as I was there to report the event. The British Council press release further states, “We feel that film festival is an extremely effective way of enabling large numbers of predominantly young, educated people to widen their views of the world and, in this case, provide them with vivid impressions of modern Britain.”

    If anyone is reading this and is interested in attending the festival (which is free of cost), feel free to visit the Council reception in Lainchaur to collect the ticket. Because I am a reporter, I already got a few from the Council.

  • फुच्चे ल्यापटप ठूलो सपना

    hundred dollar laptop in nepal

    दिनेश वाग्ले

    कार्टुन पात्रजस्तो लामा दुइटा कान भएको फुच्चे त्यो हरियो कम्प्युटरजस्तो चीजलाई फेरि हेर्नुस्, यो लेख त्यसैप्रति समर्पित छ । खेलौना पटक्कै होइन तर यसले सफलता पाए नेपाली बालबालिका निकै खुसी हुनेछन् । गरिब मुलुकका स्कुलेहरूलाई कम्प्युटरमा पहुँच दिलाउने उद्देश्यले दुई वर्षअघि थालिएको महत्त्वाकांक्षी योजनाको हुर्कंदो प्रतिफल हो यो ।

    गैरनाफामुखी यो योजनालाई ‘वान ल्यापटप पर चाइल्ड’ (ओएलपीसी) अर्थात् ‘प्रतिबच्चा एक ल्यापटप’ भनिएको छ जसमा ब्राजिल, पाकिस्तान र अमेरिका (दुई राज्य) सहित १४ मुलुकका सरकार सहभागी छन् । गुगल, इबे, रेड ह्याट, न्युज कर्पोरेसन जस्ता कम्पनीले यसलाई आर्थिक र प्राविधिक सहयोग गरेका छन् । बच्चो ल्यापटपलाई बजारमा बेचिने छैन बरु सरकारहरूमार्फत केही लाख स्कुलेलाई यसै वर्षको मध्यतिर उपलब्ध गराउने लक्ष्य ओएलपीसीको छ ।

    प्रयोगमा नआइसकेको भए पनि यसले नामचाहिँ धेरै पाइसकेको छ, ‘सय डलर ल्यापटप’, ‘बच्चाको मेसिन’ या तस्बिरमा देखिएका दुई तन्नेरी आईटी पण्डितहरूका अनुसार ‘मेरो सानु साथी’ ।

    ‘नाममा के छ ?’ सेक्सपियर भन्थे, ‘हामीले गुलाफ भन्ने त्यो वस्तुलाई जे नाम दिए पनि उस्तै बास्ना आउँछ ।’

    त्यै त, फुच्चे ल्यापटपले पनि रिसाहाजस्तो देखिने दाजुकै झैं काम गर्छ । टाइप गर्न मिल्छ, इन्टरनेट हेर्न सकिन्छ, गीत सुनिन्छ र तस्बिर देखिन्छ । फरक यत्ति हो, दाजुको मूल्य छोइनसक्नु छ भने हलुंगो र किफायती भाइलाई निर्माताहरूले एक सय डलर (करिब सात हजार रुपैयाँ) मा उपलब्ध गराउने वाचा गरेका छन् । परम्परागत कम्प्युटरहरूमा हुने हार्ड ड्राइभको साटो यसमा ५१२ एमबीको फ्ल्यास मेमोरी कार्ड हुन्छ । विन्डोज होइन, लिनक्स । इन्टेल होइन, एएमडी । दाजुको तुलनामा यसले १० गुणा कम ब्याट्री खान्छ । ब्याट्री हातैले चार्ज गर्न मिल्ने भएकाले बिजुली नभएका ठाउँमा चल्छ ।

    नेपाल सरकार ओएलपीसीमा छैन तर राजधानीमा आयोजित इन्फोटेकमा बुधबार प्रविधिमन्त्री मानबहादुर विकसहितका केहीले फुच्चे ल्यापटपलाई हेरे । अर्घाखाँचीका शंकर पोखरेल (माथिको तस्बिरमा बायाँ) र हेटौंडाका अंकुर शर्माजस्ता उत्साही युवा भएपछि के चिन्ता ? ‘कलेजमा फाइनल प्रोजेक्टमा केही गर्नुपथ्र्यो,’ नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ सकेका शंकरले भने- ‘हामीले ‘मेरो सानो साथी’ नाम दिएर बच्चाहरूका लागि ल्यापटपजस्तै केही बनाउने प्रयास थाल्यौं ।’ डिसेम्बर २००५ मा उनीहरूले त्यस्तो थाल्नु एक वर्षअघि नै मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा केही शिक्षाविद्हरूले त्यस्तो मेसिन बनाउने निर्णय गरिसकेका थिए । कलेजका नेपाली ठिटाले ओएलपीसीकै नक्कल गर्न के सक्नु ? अनुसन्धान र विकासका लागि चाहिने करोडौं डलर कहाँबाट ल्याउने ?

    ‘हाम्रा अनुसन्धान गाइडले उक्त योजनामै योगदान पुर्‍याउन भन्नुभयो,’ सोही कलेजबाट कम्प्युटर इन्जिनियरिङ स्नातक सिध्याएका अंकुरले भने- ‘अनि ओएलपीसीसँग सम्पर्क गरेर स्वयंसेवा थाल्यौं ।’ २२ वर्षेहरूको कामबाट प्रभावित ओएलपीसीले चार साताअघि हुलाकमार्फत फुच्चे ल्यापटप पठायो । ‘त्यो रात सुतिएन,’ शंकरले भने- ‘यसलाई हेरेरै बसियो ।’

    उनीहरूको मुख्य काम फुच्चेलाई नेपाली बुझाउनु हो जसका लागि अरू स्वयंसेवीको साथ लिन उनीहरूले ओएलपीसी नेपाल खोलेका छन् । वर्णमाला, दुनोट, कथा, चित्रपाटी, गीतलगायत तयार भइसकेका छन् । अहिले नेपाली शब्दहरूको भण्डार ज्ञानकोश तयार हुँदै छ भने स्कुलका पूरै किताब त्यसमा हाल्ने योजना छ । त्यसो हुँदा विद्यार्थीले पुस्तक बोक्नुपर्दैन, फुच्चे बोके पुग्छ । वायरलेस क्षमता भएकाले एउटा फुच्चेले अर्कोसँग सम्पर्क गर्न सक्छ । त्यसो हुँदा स्कुलमा राखिएको अलि बढी क्षमता भएको फुच्चेमा भएका पुस्तकलाई विद्यार्थीले एकैपटक आ-आफ्ना फुच्चेमार्फत हेर्न सक्छन् । फुच्चेलाई विद्यार्थीसम्म पुर्‍याउन नेपाल सरकारले नसके दाता खोज्नुपर्ने उनीहरूको भनाइ छ । ‘शिक्षामा लगानी गर्न किन डराउने ?’ अंकुरले भने- ‘कम्प्युटर १० वर्षसम्म टिक्छ ।’

    ओएलपीसीका आलोचकै नभएका होइनन् । बिल गेट्स सबैभन्दा चर्का किनकि यसमा उनको विन्डोज होइन, प्रतिस्पर्धी लिनक्स प्रयोग हुन्छ । केहीले चाहिँ यसलाई साम्राज्यवादी अवधारणा (अमेरिकीहरूले डिजाइन गरेर विश्वमा पठाउने) भनेका छन् । विवाद हुँदै गर्छ, अहिलेलाई शंकर र अंकुरकै कुरा गरौं ।

    अब के पढ्ने विचार छ ?

    ‘केही गर्नका लागि न पढ्ने हो !’ शंकरले भने- ‘यस्तो महत्त्वपूर्ण काम गर्न पाइएको छ, पहिला यो सक्ने ।’

    अंकुरले सहमति जनाए ।

  • सगरमाथा शिखरमै प्रयोगशाला

    दिनेश वाग्ले

    ‘सगरमाथा आधारशिविरसम्म पुगेर विश्वकै सबैभन्दा अग्लो मेडिकल प्रयोगशालामा हुने परीक्षणमा भाग लिन दुई सयजना स्वयंसेवी चाहियो ।’
    -द गार्जियन, १० जुन, २००६

    ‘स्वयंसेवी फेला पार्न समस्यै भएन । धेरैलाई फर्काउनु पो पर्‍यो । छानिएकाहरू १८ देखि ७३ वर्षसम्मका छन् जसलाई एक दिन समुद्री सतहमा राखेर डीएनए परीक्षण गरिनेछ ।’

    -द इकोनोमिस्ट, ६ जनवरी, २००७

    काठमाडौं- बर्सेनि थरीथरीका रेकर्ड राखिने सगरमाथा शिखरमा आगामी मार्चमा बेलायती वैज्ञानिकहरूले यसअघि कसैले नगरेको काम गर्ने तयारी गरिरहेका छन् । ८ हजार ८ सय ५० मिटरमा पुगेपछि उनीहरूले शरीरबाट रगत झिक्ने छन् जसलाई अक्सिजनको कमीले हुने रोगको उपचार विधि खोज्न प्रयोग गरिनेछ । युनिभर्सिटी कलेज लन्डनको ‘एक्स्ट्रिम एभरेस्ट’ अभियानमा ४५ वैज्ञानिक-चिकित्सक र २ सय ८ स्वयंसेवी सहभागी हुने उक्त अभियानको वेबसाइटमा उल्लेख छ । उनीहरूले काठमाडौं र आधारशिविरमा मोबाइल क्याम्प स्थापना गरी रगतमा अक्सिजनको कमी हुँदाका अवस्था सामना गर्ने क्षमता मानिसको वंशमा भरपर्छ भन्ने सिद्धान्तको परीक्षण गर्नेछन् ।

    ‘अक्सिजन कम भएको ठाउँमा तपाईं विस्तारै बानी पर्न सक्नुहुन्छ,’ कलेजका मुटु नशा र वंशसम्बन्धी लेक्चरर डा. ह्युग मोन्टगोमेरीले गार्जियन पत्रिकामा भनेका छन्- ‘मैले अहिल्यै सगरमाथा शिखरमा राखिदिएँ भने तपाईं २५ सेकेन्डमा बेहोस हुनुहुनेछ र तीन मिनेटमा स्वर्गे । समय लगाएमा त्यहाँ पुग्नु हुनेछ । कम अक्सिजनका लागि तपाईंले आफूलाई कसरी बानी पार्नुहुन्छ त्यो हामीले थाहा पायौं भने बिरामीको उपचारमा सजिलो हुनेछ ।’ फोक्सोमा समस्या हुँदा र अन्य कारणले पर्याप्त अक्सिजन लिन नसक्नेहरूलाई यो प्रयोगले सहयोग पुग्ने उनको आशा छ ।

    ‘लेकमा जाँदा हाई लाग्नु अक्सिजनको अभावले हो,’ काठमाडौंस्थित मुटुरोग विशेषज्ञ डा. तारामान अमात्यले कान्तिपुरसँग भने- ‘हेलचेक्र्याइँ भयो भने मृत्यु हुन्छ ।’ १० वर्षअघि इटालीयन डाक्टरहरूको एक समूहसँगै सगरमाथा क्षेत्र गएर लेक लाग्ने विषय’bout अनुसन्धान गरेका डा. अमात्यले बेलायती अभियान फलदायी हुने आशा गरे । ‘विश्वकै मेडिकल समुदायले फाइदा लिनसक्छ,’ अभियान’bout संवाददाताबाट थाहा पाएपछि उनले भने- ‘नेपालले पनि विश्वस्तरको अनुसन्धानमा भूमिका खेल्ने भो ।’ इटालेली अध्ययनताका खिचिएको बृत्तचित्र अझै कक्षामा मेडिसिनका विद्यार्थीलाई देखाउने गरेको मेडिसिनका प्राध्यापक डा. अमात्यले बताए ।

    रगतमा अक्सिजन कमी हुने रोग ‘हाइपोक्सिया’ को उपचार प्रक्रिया कठिन र असहज हुन्छ । ‘एउटा उपाय बिरामीलाई रगत दिने हो जसले फोक्सो बिगार्नुका साथै अन्य समस्या उत्पन्न गराउन सक्छ,’ इकोनोमिस्टले लेखेको छ- ‘अर्को उपाय मुटुको कार्यक्षमता बढाउन एड्रेन्यालिनजस्ता चर्का औषधि दिने हो ता कि शरीरमा बढी अक्सिजन फैलिओस् । तर त्यसले मुटु बिगार्ने खतरा हुन्छ । त्यसैले गम्भीर बिरामीहरूमा हाइपोक्सिया हुन नदिने सजिलो उपाय चाहिएको छ ।’

    डा. मोन्टगोमेरीले केही वर्षअघि गरेको अनुसन्धानले हाइपोक्सियाको सामना मानिसले कति सजिलै गर्छ भन्ने कुरा उसको रक्तकोषले अक्सिजनको प्रयोग कति कुशलतासाथ गरेको छ भन्नेमा भरपर्ने देखाएको थियो । रक्तकोषको कार्यकुशलताचाहिँ मानिसमा वंशअनुसार भरपर्ने उनको निष्कर्ष थियो । अनुन्धानको नेतृत्व डा. मोन्टगोमेरीले गर्नेछन् । ‘उहाँको निष्कर्षको परीक्षण हुनेछ,’ आरोहण टोलीका नेता तथा मोन्टगोमेरीका सहकर्मी डा. माइक ग्रोकोटले ‘इकोनोमिस्ट’ सँग भने ।

    तीनसाताको अभियानमा स्वयंसेवीहरू हरेक बिहान अनेकौं शारीरिक अभ्यास गर्दै आधारशिविरमै बस्नेछन् भने १६ आरोही वैज्ञानिकहरू आठ हजार मिटरभन्दा केहीमुनि ‘साउथ कोल’ जानेछन् । १० जना त्यहाँबाट पनि उक्लिने छन् र समुद्री सतहमा भन्दा एक तिहाइमात्र अक्सिजन हुने सगरमाथा शिखरमा पहिलोपटक रगत निकाल्ने छन् । अभियानमा स्वयंसेवी हुनेले नेपाल आतेजाते खर्च र अनुसन्धानका लागि पाँच सय चन्दासहित २९ सय पाउन्ड खर्चिएको गार्जियनले उल्लेख गरेको छ ।

    अनुसन्धानकै लागि सगरमाथा क्षेत्रको पाँच हजार उचाइमा अढाई सय जना जुटाउनु अति नै मान्न सकिन्छ तर डा. ग्रोकोट त्यसको विकल्प नभएको बताउँछन् । ‘हस्पिटलमा त्यस्ता बिरामी थोरै हुन्छन् र उचाइमा मिल्ने वातावरण सिर्जना गरेर परीक्षण गर्न कठिन हुन्छ,’ उनले भने- ‘अर्को उपाय बेलायतका कम चाप भएका च्याम्बर भाडामा लिएर त्यहाँ स्वयंसे वीहरू राख्ने हो जो पर्याप्त हुने छैन ।’

  • Hurray! Laptops Go Wireless in Nepal

    Theme of the blog: Now you can be online from anywhere in Kathmandu and 52 other districts of Nepal, thanks to the PCMCI card distributed by Nepal Telecom from yesterday

    The season has started in Kathmandu (and other parts of Nepal) for laptops to go wireless. As I am typing these lines, I am elated to see a web page being downloaded with the wireless connection that I purchased today. 🙂 🙂 Feeling like flying over the sky thinking aloud: “I am freed from the world of wires.” Thanks to the PCMCI card that Nepal Telecom started distributing from yesterday in BICC, New Baneswor where Computer Association of Nepal (CAN) is organizing 13th edition of CAN Info Tech. I bought teh CDMA-based data card this afternoon for Rs. 8, 890 and installed it in my machine with the help of a NT employee. It feels so special to be connected wirelessly in Kathmandu. It was always a dream. Now, in principle, I can go online from anywhere in Kathmandu and other 50 districts of Nepal. Yes, I must carry this laptop with me and pay the bills. 😦

    I am happy but I strongly feel that Nepal Telecom overcharged us. The pre-paid card that includes Rs. 500 equivalent of Internet connection (25 paisa per 100 KB), is very expensive and NT hasn’t justified why it is charging that much money. In addition to that, I had to make my voice louder when two employees refused to give me back the change. I gave them Rs. 9 thousand and they had to give me back Rs. 12. “We don’t have change,” said the man. “If you want change, give us the exact amount (Rs. 8, 888).” I thought that wasn’t a responsible way of handling a sales desk. They said that around 20 people bought the card today and none of them demanded the change. “So what are you doing with that money?” I asked them. The money would not go to Nepal Telecom. “Well what can we do as we don’t have any change,” the man said.

    “I want the change back,” I kept insisting and another man came complaining about a different problem.

    The younger man started looking into the safe box to look for the change and found Rs. 10! I was shocked with their behavior. “What is this?” I asked the man waiving two five rupees notes. He was quiet and quickly turned away from me.

    While trying to install the card, it almost seemed that the card wasn’t working in my machine. I was frustrated. While sitting behind the NT desk in the Gandaki Hall of the BICC, I had to face so many curious visitors who were throwing one trillion questions about the CDMA and pre-paid mobile phone service of NT. There were no other NT staffs to deal with the visitor’s questions. That was a poor show on NT’s part. Thankfully, the card in my laptop worked and I quickly opened UWB, the homepage, and checked out WSJ and my Gmail account just to make sure I was getting things live from the web. Yes, I was!

    Laptop owners lined up since yesterday in front of the Nepal Telecom stall as the Kathmandu Post had carried news about the card on front page. Since NT had announced that it had only 300 cards in stock, people were eager secure one for their machine. Two persons from our office, (Ameet Dhakal, news editor, the Kathmandu Post and Rajesh KC, cartoonist, Kantipur Publications) bought cards yesterday. In canteen yesterday afternoon, Ameet dai and I talked about accessing the web and chatting with people in different part so of the world from a paddy field in Jhapa! I am looking forward to use Internet from some of the strangest points in Kathmandu and other parts of Nepal.

  • Nepanglish: Teaching English in Nepal

    teaching english in nepal

    Chris Sowton of Global Action Nepal trains Nepali teachers to teach English to students.

    Many scholars, pundits, essayists including poet Laxmi Prasdad Devkota (essay “Hi Hi Angergi”) have highlighted the importance of English language and its rising influence in Nepali society. No English, no future, parents tell their kids. With a strong desire to produce global citizens, English is taught from the very beginning in the school along with Nepali. Ka, Kha, Ga- A, B, C. Side by side. Sanskrit, the mother language of Nepali is banned by the Maoists but English is gaining more importance in education system. The “Gai khane bhasha” (language of beef eaters) is no more an imperialistic language.

    I met an English man, Chris Sowton, a few days ago in Kathmandu who was training around two dozen English language teachers from around Nepal. The teachers’ training program was organized by the British Council in Kathmandu. Chris is the president of London based Global Action Nepal (GAN), a charity that works in fields like youth development and teachers’ training. Chris has nearly a decade long experience of working with teachers and students in Nepal. He said, “Students are forced maintain pin drop silence in class room and teachers only speak [in the name of teaching]. Teachers should not behave as Guru but as teachers. They should let students talk to each other and interact among themselves. That will give them opportunity to practice speaking English.”

    A teacher whose class is noisy is considered inefficient in Nepal, Chris said, and other teachers start taking about him as being unable to handle students. That is very bad, he said. “Students do have knowledge and if they are encouraged to talk (in English of course], that will prove more fruitful. While listening to him, I remembered my own days in school when teachers used to spend most of the time in making sure no student was talking.

    There are quite a few ironies in our approach to English. In some schools, speaking English is taken so much seriously that students are fined for speaking in Nepali. Santosh Acharya, a reporter friend of mine in Nepal Weekly, said that his daughter was fined Rs. 5 for speaking Nepali in school he had to go to the school and remind them that they were living in Nepal! “That is too much,” said Chris. “If you say you don’t know Nepali but emphasis only in English, that’s not good. English should always be your second language.” His tips to improve English included speaking with friends and writing. I told him that I have rarely heard folks in my office talking in English, not even in the Kathmandu Post. I also told him that I started this blog to practice writing in English because, as I am a reporter working for a Nepali daily newspaper, I had no forum to express myself in English. “Grammar is not important as long as you feel you are being able to communicate effectively,” said Chris.

    There is whole lot of craze among youths in Nepal to learn better English but the same folks will not hesitate to pass the comment like “kay saan diyeko English bolera” [showing off the language skills] when someone starts conversation in English. I have also seen some people speaking English just to show that they are different from the rest and are thus special. For some, its fashion to let others say that their Nepali is poor and prefer speaking English. So it varies.

    What about in villages? I spoke to a teacher from far west Nepal who was attending the training session by Chris and other two (Sue Leather, Colin Davis). “Primary school teachers don’t have good command in English,” said Ramji Hamal of Dhangadi. “How can they teach good English to students? Government must appoint teachers who are qualified to teach English.”s

    Hamal said most of the students aren’t aware of what they speak in English. For instance, Hamal said, when a students wants to enter inside the classroom, s/he stands outside and says, “May I come in sir?”

    “Many of them don’t know what does that mean,” he said. “That is why many students simply say [in rhythm] ‘My comin sir!’”

    >> Here is what I wrote in Kantipur about my meeting with Chris and other teachers.

  • नेपालमा सूचना प्रविधि ह्वात्तै

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    गुगलमा नेपाल खोज्नुभयो भने १० करोड नतिजा भेट्नुहुनेछ । केही वर्षअघिसम्म इमेलमात्रै गर्ने या अरूका साइटमा दर्शकमै सीमित हुने नेपाली इन्टरनेट प्रयोगकर्ताहरू अहिले आफैं सामग्री निर्माण र तिनको नियन्त्रण गर्छन् ।

    guns n roses nepali video

    बितेका दुई वर्षमा नेपाली प्रयोगकर्ताले इन्टरनेट एउटा मीठो धक्का दिएका छन्, जसका कारण कम्प्युटरहरूको विश्वव्यापी सञ्जालमा नेपालको प्रतिनिधित्व ह्वात्तै बढेको छ । उत्सव पोखरेल या अर्चना श्रेष्ठ कुनै पत्रिका, टीभी या रेडियोका मालिक होइनन् । यी तन्नेरी ब्लगरले कोठामै बसेर लेखेका कुरालाई दैनिक थुप्रैले पढ्छन् । ‘यो ब्लगमात्रै होइन,’ ‘आफ्नो कुरा’ शीर्षकको वेबसाइटमा उत्सव लेख्छन्- ‘मेरो साथी पनि हो, जोसँग मैले आफ्ना मूर्ख कुरा र भावना साझेदारी गर्न सक्छु ।’ उनले ‘युनाइटेड बी ब्लग’ (ब्लग डटकम डटएनपी) मा प्रकाशित गरेको ‘नेपाली शान्ति प्रक्रियाका सम्भावित चुनौती‘ लेखले अरू ब्लगरहरूको ध्यान कतिसम्म खिच्यो भने एउटा गर्मागर्मी बहस कैयौं दिन चल्यो ।

    कम्प्युटर साक्षर र इन्टरनेटमा पहुँच भएका नेपालीको संख्या बढिरहँदा अभिव्यक्ति, सूचनाको साझेदारी र द्रुत सञ्चारका क्षेत्रमा नेपालले यसअघि कहिल्यै अनुभव नगरेको रोमाञ्चकारी परिवर्तन भइरहेको छ । ‘हिजो कम्प्युटरलाई छुँदा ए नचलाऊ बिग्रन्छ भन्थे,’ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विप्लवमान सिंह भन्छन्- ‘कम्प्युटरमा भाइरस लाग्ने डरमा जुत्ता खोलेर खुट्टा धोएर कोठामा पसिन्थ्यो । अहिले (सहरका) हरेक स्कुल र अफिसमा कम्प्युटर छन्, सहरका गल्लीमा साइबर क्याफेहरू छन् जहाँ मानिस भिडियो च्याट गर्छन् । समाजमा कम्प्युटर नयाँ र भयानक चिज होइन, बरु नभइनहुने साधन हो भन्ने महसुस भइरहेको छ ।’

    त्यही महसुसलाई बर्सेनि ऊर्जा थप्दै आएको सूचना प्रविधि मेला मंगलबार राजधानीमा सुरु हुँदैछ । ‘क्यान इन्फोटेक २००७’ ले सूचना, मनोरन्जन र सञ्चारलाई आफ्नो नारा बनाएको छ । इमेलमार्फत हुने सञ्चारपछि सम्भवतः मनोरन्जनकै प्रभुत्व छ इन्टरनेटमा । प्रमाण ? लेग्रो तान्दै ‘आँखाभरि आँसु किन’ भन्ने एउटै गीतबाट सेलिबि्रटी भएका जविकलाई खोज्नुस्, त्यो गीतको तीनवटा भिडियो युट्युव डटकममा पाउनुहुने छ भने दर्जनभन्दा बढी साइटहरूमा उक्त गीतका एमपीथ्री, गायकका पोज पोजका तस्बिर, खुलस्त अन्तर्वार्ता, जानकारीमूलक प्रोफाइलहरू पाउनुहुनेछ । कुनै समयमा सीमित ट्रेकिङ व्यवसायीहरूले विदेशी पर्यटक आकषिर्त गर्न खोल्ने अल्छिलाग्दा साइटहरूको तुलनामा अहिलेका चमकधमकयुक्त साइटले दर्शकलाई कम्प्युटरभित्रै छिरौं जस्तो पारिदिन्छन् । साइबर संसार डटकममा मोडलका तस्बिर हेर्नुभएको छ ?

    प्रविधि र कम्प्युटरप्रति नेपालीहरूको आकर्षण कतिसम्म बढेको छ भन्ने नाप्न क्यान इन्फोटेकमा गए हुन्छ । ‘पोहोरको भीड १२ वर्षे पनौती मेलाभन्दा (ठूलो) थियो,’ ‘फेरि क्यान इन्फोटेक’ शीर्षकको आफ्नो ब्लगमा आफू मुस्कुराईरहेको तस्बिर छाप्दै अर्चना श्रेष्ठले लेखेकी छन्- ‘केटाहरूको ध्यानचाहिँ स्टलका केटीहरूतिरै ।’

    नेटमा रमाइला नेपाली दृश्य

    अमेरिकी रक व्यान्ड ‘गन्स एन्ड रोजेज’को ‘नकिङ् अन हेभन्स डोर’को ठ्याक्कै नेपाली अनुवाद सोही लयमा गाइएको भीडियो (तस्बिरमा) काठमाडौंका टीभीमा नदेख्या भए नेपाली भिडियो साझेदारी वेब र्साईट नेपालीट्यूव डटकममा जानुस्, त्यो रोचक प्रस्तुतीको मज्जा लिन सक्नुहुन्छ ।

    गीतमा भनिएझैं र्स्वर्गकै त होइन तर इन्टरनेटको ढोका ढकढकाउनु भयो भने गज्जवको एउटा नेपाली संसार पाउनुहुनेछ जहा मानिसहरु अक्षर कोर्छन्, तस्बिर खिच्छन्, भिडियो बनाउछन्, गीत गाउछन् र तीनलाई विश्वका करौडौले एकसाथ हेर्न र सुन्न सक्नेगरी र्सार्वजनिक गर्छन् । अनि ती’bout अनेकौ कोणबाट बहस गर्दै निस्कर्षनिकाल्छन् ।

    राजधानीमा मंगलवार शुरुभएको क्यान इन्फोटेकको एउटा स्टलमा मर्कन्टाइल कम्युनिकेसन्सका दुइ कर्मचारी दर्शकहरुलाई एउटा वेब र्साईट’bout भन्दैथिए । ‘मज्जाको डटकम,’ राजिवमान कर्मचार्यले भने, ‘च्याट र भिडियो अपलोड गर्ने ।’ अर्काले र्साईटको पहिलो पन्ना औल्याउदै सोधे, (सांगीतिक व्यान्ड) एक्स मन्त्र चिन्या छ ?

    ‘चिनेको रे?’ दर्शकबाट जवाफ आयो, ‘गीतै सुन्या छु ।’

    ‘त्यसो भए यो र्साईटबाट उनीहरुसग भिडियो अर्न्तवार्ता लिन सक्नुहुन्छ,’ उनले भने- ‘डिजिटल क्यामेरा या मोवाइलबाट भिडियो खिच्नुस्, अपलोड गर्नुस् ।’ गुणस्तर’bout चिन्ता नगर्न सुझाउदै उनले भने, ‘जति झ्याउलाग्दो भएपनि हुन्छ ।’ आखिर मोवाईल या वेब क्यामबाट खिचिएको भिडियोको गुणस्तर कति राम्रो हुन्छ र ?

    र्साईटमार्फ भिडियो साझेदारी गर्ने लहरले अघिल्लो बर्षविश्वमै तहल्का मच्चाईसकेको (युट्युव.कम मार्फत एकैबर्षमा दुइ २० चानचुनका ठिटाले डेढ अर्ब डलर भन्दा बढी कमाए) अवस्थामा नेपालीहरु पछिपर्ने कुरै भएन । रामबहादुर बमजमकै कुरा गरौं ।

    बाराको एउटा रुखमुनी ध्यान गर्ने युवाले इन्टरनेटमा दरिलो उपस्थिती जनाएका छन् । यूट्यूवमा उनी’boutका दर्जन भन्दा बढी भिडियो छन् जसलाई हजारौले हेरेका छन् । मंगलवारसम्ममा १५ हजार तीन सय ७२ पटक हेरिएको छ मिनेट लामो एउटा भिडियो नियालेपछि एकजना दर्शकले यस्तो प्रतिक्रिया दिउका छन्, ‘(त्यसरी बस्नुपर्दा) म भए भोकै र फोहोरी भएको महशुस गरेरै मर्थ्थे ।’

  • हाईहाई अंग्रेजी गुरु

    teaching english in nepal

    दिनेश वाग्ले

    ‘विश्व समुदायसँग नजिकिँदै गर्दा नेपालमा अंग्रेजी नेपालीजत्तिकै महत्त्वपूर्ण भइरहेछ,’ क्रिस सौटन (तस्बिरमा दायाँ) भन्छन्- ‘अंग्रेजी सिकाइले खुलापनाको भावनालाई पनि प्रवर्द्धन गर्छ ।’ अंग्रेजीका पक्षमा यसरी खुबै तर्क गर्ने अंग्रेज क्रिसको कामै विश्वका मान्छेलाई अंग्रेजी सिकाउनु हो । ११ वर्षअघि स्वयंसेवी अंग्रेजी शिक्षक भएर काठमाडौं आएका यी २९ वर्षे लन्डनस्थित संस्था ‘ग्लोबल एक्सन नेपाल’ का अध्यक्ष हुन् र अहिले ब्रिटिस काउन्सिलको आतिथ्यमा नेपालका विभिन्न स्थानबाट काठमाडौं आएका अंग्रेजी गुरुहरूलाई उक्त भाषा सिकाउने कला’bout प्रशिक्षण दिइरहेका छन् ।

    प्रविधि र सुविधा नभएको वातावरणमा कसरी प्रभावकारी अंग्रेजी पढाउने ? अंग्रेजी सिकाउने सिद्धान्तलाई व्यवहारमा कसरी उतार्ने ? धेरै र फरक उमेरका विद्यार्थीलाई कसरी अंग्रेजी सिकाउने ? यस्तै प्रश्नको सेरोफेरोमा हुने डेढ साताको प्रशिक्षणमा क्रिसलाई विशेषज्ञ अंग्रेजी प्रशिक्षकहरू सु लिथर र कोलिन डेभिसले सघाइरहेका छन् । ‘अंग्रेजीलाई अंग्रेजीमै पढाइनुपर्छ,’ बितेका वर्षहरूमा नेपालका विभिन्न स्थानमा पुगेर पढाएका तथा शिक्षकहरूलाई प्रशिक्षण दिएका क्रिस भन्छन्- ‘कक्षाकोठामा बच्चाहरूलाई अंग्रेजी बोल्न प्रोत्साहित गरिनुपर्छ ।’

    समस्या शिक्षकहरूमै छ । थुप्रै प्राथमिक विद्यालयका अंग्रेजी गुरुलाई राम्रो अंग्रेजी आउँदैन र कक्षामा उनीहरू नै हाबी हुन्छन् । ‘नेपालका शिक्ष्ाकहरू गुरु बन्न खोज्छन्,’ क्रिस भन्छन्- ‘चेलाहरूलाई अगाडि चुपचाप बसाएर आफैं मात्र लगातार टुटेफुटेको अंग्रेजी बोलिरहने र आफैंमात्र अभ्यास गर्ने । विद्यार्थीले बोल्यो भने ‘हे, पढाएको बेला किन हल्ला गरेको ?’ भन्दै झपार्ने र केटालाई एकातिर केटीलाई अर्कातिर सार्नै नसकिने बेन्चमा राख्ने । गुरु होइन शिक्षक बन्नुपर्‍यो । विद्यार्थीलाई बोल्न प्रोत्साहित गर्नुपर्‍यो ।’

    कक्षाकोठामा हल्ला भए शिक्ष्ाकको प्रतिष्ठामा आँच आउने ठानिन्छ । ओहो, ह्वाँ सरको पिरियडमा विद्यार्थीको हल्ला थामिनसक्नु हुन्छ भन्दै कुरा काटिन्छ । त्यसैले शिक्ष्ाकहरू पिरियडमा पिन खस्दासमेत सुनिने शान्ति कायम गर्न उद्यत रहन्छन् । त्यो चलन क्रिसलाई थाहा छ र उनी त्यसमा परिवर्तन चाहन्छन् । ‘विद्यार्थीलाई ‘यिनीहरू केही जान्दैनन्, त्यसैले चुपचाप गुरुको कुरा सुन्नुपर्छ’ भन्ने मान्यता राख्नुहुँदैन,’ उनले भने- ‘विद्यार्थीलाई पनि धेरै कुरा थाहा हुन्छ । उनीहरूले परिवार या अन्य मानिससँगको सम्पर्कबाट अनेकौं अनुभव गरिरहेका हुन्छन् । त्यस्ता कुरा’bout उनीहरूलाई आपसमा गफिन दिनुपर्छ, अंग्रेजीमा ।’

    प्रशिक्षणमा सहभागी शिक्षकहरूलाई क्रिसका कुरामा चित्त बुझेको छ तर उनीहरूका पनि आफ्नै गुनासा छन् । ‘सरकारी प्राविहरूमा एउटै शिक्षकले अलराउन्डर भएर पढाउनुपरेको छ,’ धनगढीको एउटा निजी स्कुलमा पढाउने र शिक्षकहरूलाई प्रशिक्षण दिने रामजी हमालले भने- ‘उनीहरूलाई अंग्रेजी आउँदैन र सिकाउन पनि सक्दैनन् ।’

    ‘कनिकुथी अंग्रेजी बोले पनि के बोलिरहेको छु भन्ने उनीहरूलाई थाहा हुँदैन,’ उनले भने- ‘उनीहरूले ढोकामा उभिएर ‘मे आई कम इन सर ?’ भने पनि त्यसको अर्थ के हो र किन भनिएको थाहा हुँदैन । त्यसैले धेरैले (लेग्रो तान्दै) ‘माई कमिन सर !’ भन्छन् ।’

    यसलाई नेपाली विरोधाभास मान्नुपर्छ कि एकातिर अंग्रेजी सिक्न मरिहत्ते गर्दै ल्यांग्वेज इन्स्टिच्युट धाउने तन्नेरीहरू छन् भने तिनैमध्ये कोही कसैले अंग्रेजीमा कुरा थाल्यो भने ‘सान देखाएको’ भनी टिप्पणी गर्न थाल्छन् । गाउँका स्कुलहरूमा अंग्रेजीलाई नेपालीमा पढाइन्छ (नेपांग्रेजी शैलीमा) भने सहरका केही अंग्रेजी स्कुलमा नेपाली बोल्दा जरिवाना लगाइन्छ । ‘दैनिक कुराकानी अंग्रेजीमा गर्नु भाषा सुधार्ने सबैभन्दा प्रभावशाली तरिका हो,’ क्रिसले आफ्ना एक जना नेपाली साथीकी छोरीको उदाहरण दिँदै भने- ‘तर ती बच्चीजस्तो अंग्रेजीको तुलनामा नेपालीमै कमजोर हुनुचाहिँ अति नै हो । अनि नेपाली बोल्दैमा फाइन तिराइनु झन् नहुने कुरो ।’ उनले नेपालीहरूका लागि अंग्रेजी सदैव दोस्रो भाषा नै हुनुपर्ने टिप्पणी गर्दै भने- ‘अंग्रेजीको ज्ञान अमेरिका या बेलायत जाने भिसाजस्तो बनाइनु पनि हुन्न । अंग्रेजीमा पोख्त युवाको खाँचो नेपाललाई नै छ ।’

  • साथसाथ तन्नेरी

    saath nepali youths

    दिनेश वाग्ले

    “मज्जा छ,” सञ्जीव दाहालले भने- ‘जे गरे पनि मज्जा । पहिला अवसर थिएनन्, अहिले व्यापक छन् ।’ जावलाखेलस्थित सेन्ट जेभियर्स मैदानमा शनिबार पलेँटी कसेर समकालीन नेपाली तन्नेरी हुनुका मज्जा’bout गफिन थालेका ठिटाले भने- ‘सानै किन नहोस्, काम राम्रो गर्नासाथ ह्वात्तै माथि पुगिने अवस्था छ । राम्रो गीत गाउनुस्, चाँडै चर्चित हुनुहुन्छ । सीप भए जिउन सकिन्छ ।’

    मैदानमा झकिझकाउ समारोह चलिरहँदा लामा बाहुला भएका सर्ट या हाइनेकमाथि सेता टी-सर्ट लगाएका दुई दर्जन तन्नेरी व्यस्त पारामा यताउता गरिरहेका थिए । चौरको पूर्वपट्टी ठूलो माइकमा एमसी बिंगो सञ्चालन गरिरहँदा पश्चिमपट्टी सल्लाघारीमा पाल टाँगेर तन्नेरीहरू डिस्को नाचिरहेका छन् । बीचका झन्डै ४० स्टलमा दर्शकलाई सूचना दिइराखिएको छ नेपाली समाजका समकालीन विषय’bout । राजधानीका चार निजी कलेजमा अहिलेको फेसनेबल विषय ‘सोसल स्टडिज’ का विद्यार्थीको संगठन ‘साथ’ ले गरेको उक्त कार्यक्रम सकिनै लाग्दा केही सेता टी-सर्टवाला अर्थात् आयोजक समिति सदस्यहरू कान्तिपुरसँग गफिन थालेका छन् ।

    ‘हामी त्यस्तो समाजका युवा हौं,’ सुन्नुस् है सञ्जीवको गफ सकिएको छैन- ‘जहाँ परिवर्तन चाँडो भइरहेका छन् । राजाको शासन देखियो, पार्टीहरूको देखिएकै थियो, अब माओवादीको देखिँदै छ । हाम्रो बुबाहरूले त्यत्रो कुरा देख्नै भएन या धेरै समय पर्खिनुपरेको थियो ।’

    थोरै समयमा धेरै देखेको बताउने तन्नेरीहरू मौका मिल्नेबित्तिकै आफूले जानेका कुरा अरूसँग साझेदारी गर्न चाहन्छन् र त्यही चाहना पूरा गर्न उक्त कार्यक्रम गरिएको हो । ‘युवालाई उनीहरूकै ’bout र एचआईभी, जेन्डरजस्ता विषयमा जानकारी दिनु मुख्य उद्देश्य हो,’ शैलेन्द्र राईले भने- ‘ती विषय’bout संवेदना सिर्जना गराउनु अत्यावश्यक छ ।’ बिदाको मौसम परेकाले सोचेजस्तो सहभागिता नपाउँदा केही निराश देखिएका केटाकेटी आउँदो वर्ष अझ व्यापक कार्यक्रम गर्नेमा दृढ देखिन्थे । ‘धेरै कुरा सिकियो,’ अन्जाम सिंहले कार्यक्रम गर्दाको अनुभव सुनाइन्- ‘सहयोगका लागि कर्पोरेटहरूमा पुग्दा कहीँ अस्वीकृत पनि भइयो ।’ दुई वर्षअघि सेन्ट जेभियर्समा ‘सोसल वक्र्स’ पढ्नेहरूले खोलेको एसएएटीएच (अर्थात् ‘साथ’ जसको पूर्णस्वरूप झन्डै एक किलोमिटर लामो छ) मा अहिले थप तीन कलेजका विद्यार्थी सहभागी छन् । शैलेन्द्रका अनुसार युवाहरूको सबै क्षेत्रसँग सम्बन्ध स्थापित होस् भन्ने एकदिने कार्यक्रमको उद्देश्य हो ।

    अघिल्लो दशकको तन्नेरी हुनुहुन्छ भने सुन्नुस् है एक्काइसौं शताब्दीको पहिलो दशकका यी युवा तपाईंलाई अभागी ठान्छन् । ‘महत्त्वपूर्ण कुरा अघिल्लो दशकमा नेपालमा इन्टरनेट (व्यापक) थिएन,’ सञ्जय शर्माले भने- ‘अहिले कम्प्युटर हुने घरहरू बढिरहेका छन् । पहिले कुनै समस्या समाधान गर्न आफ्नै दिमाग लगाउनु या अभिभावकको सहयोग लिनुपथ्र्यो तर अहिले त्यसका लागि इन्टरनेट उपयोगी साधन भएको छ ।’ अचेलका युवा पहिलेका भन्दा जोसिला र जाँगरिला भएको उनको दाबी छ ।

    सञ्जयले त्यति साह्रो धाक लगाइहाल्नु हुँदैन थियो कि ? केही साथी असहमत भए । ‘हामीलाई त्यस्तो लागे पनि जोस जाँगरको तुलना गर्न मिल्दैन,’ रेखा खत्रीले भनिन्- ‘तर अहिलेका युवाले व्यापक र खुला वातावरण पाएका छन् ।’ महेश भट्टले तीव्र सामाजिक परिवर्तनसँगै युवा पुस्ताले आफूलाई थप सामयिक बनाउनुपर्ने चुनौती रहेको बताए ।

    सामाजिक कार्यलाई पढाइको विषय बनाएका तन्नेरीहरूसँग गफमा कसले सक्ने ? त्यसमाथि उनीहरूले कामै देखाएका छन् । त्यसैले कार्यक्रमतिरै फर्किऔं र सकिनै लागेको संगीततिर लागौं । माइकमा अरू तन्नेरी जमघटमै जस्तो कोलम्बियाली सुन्दरी साकिरा घन्किइरहेकी छन्- ‘ह्वेन इभर, ह्वेर इभर…’ ।

  • अभिमन्यु, अरुणिमा र अभिभावक: एउटा नेपाली फिल्म

    arunima lamsal with mom n dad
    नायिका अरुणिमा लम्साल फिल्म अभिमन्युको काठमाडौ प्रदशर्नीको पहिलो दिन शिवदर्शन चित्रमन्दिर नयाँ बानेश्वमार आफ्ना आमा बाबुका साथमा । तस्बिर विकास रौनियार

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल

    विक्रमकुमार शर्मा काठमाडौं नयाँ बानेश्वरस्थित शिव दर्शन हलका नियमित दर्शक होइनन् । सेताम्मे कपालवाला यी अधबैंसे शुक्रबार दिउँसो रंगीन र्टाई, स्वेटर र कोटमा सजिएर थोत्रो जस्तो लाग्ने हलमा ड्रेस र्सकलको अप्ठेरो सिटमा बस्न पुगेका थिए । छेवैमा थिइन् उनकी पत्नी राधा । पर्दामा फिल्म ‘अभिमन्यु’ सुरु भयो र कलाकारहरूको नामशृंखलामा दोस्रो नम्बरमा ‘अरुणिमा लम्साल’ आउँदा दर्शकबाट तरर ताली बज्यो । त्यो क्षण विक्रम र राधा मख्ख पर्नु अस्वाभाविक थिएन । अरुणिमा उनीहरूकी एउटै छोरी हुन् जसका लागि ‘अभिमन्यु’ छैटौं सिनेमा हो । आमालाई बुबा र आफूबीच राखेर फिल्म हेर्न बसेकी अभिनेत्रीले सिनेमा अवधिभरैजसो आफ्ना अभिभावकबाट मिलेका प्रश्नको उत्तर दिइराखिन् । संयोगले उनीहरू तीनै जनासँग अपरिचित संवाददाता ठ्याक्कै पछाडि बसेकाले पारिवारिक खासखुस सुन्न थप मेहनत गरिरहनुपरेन ।

    विक्रम र राधाका धेरैजसो प्रश्न सिनेमा छायांकन स्थलसँग सम्बन्धित रहे । ‘यो कहाँ हो ?’ बुबाले सोधे । ‘जय नेपाल हल,’ आमाकै जस्तो लामो कपाल फरर छाडेकी, सेतो हाइनेकमाथि कालो ओभरकोट लगाएकी सुन्दरीले उत्तर दिइन् । पर्दामा नायक निखिल उप्रेती र अरुणिमाले अभिनय गरेका पात्रहरूले घरकी फुच्चीलाई किङकङ सिनेमा देखाउन गएको दृश्य छ । ‘यो कहाँ हो ?’ अर्को प्रश्न आयो । ‘शंखमूल पुल नजिकैको सुकुम्बासी बस्ती,’ अरुणिमाले जवाफ दिइन् ।

    शिव दर्शनको शो पारिवारिक मात्रै थिएन, उपत्यकाबाहिर ‘औसत व्यापार’ गरेर राजधानीभित्रको ‘अभिमन्यु’ को पहिलो प्रदर्शनीमा नेपाली फिल्म उद्योगका केही महत्त्वपूर्ण अनुहार उपस्थित थिए । साथमा थिए, टिकट काटेर त्यो विशेष शोमा पुगेका र्सवसाधारण दर्शक जसले पर््रदर्शनी अवधिभरै अनेकौं दृश्यमा सिठी बजाउने र हुटिङ गर्ने क्रम जारी राखे ।

    एउटा पत्रकारको हत्यासँगै सुरु हुने सिनेमा तुरुन्तै उनलाई मार्नेहरूसँगको प्रहरी संघर्षमा फाल हाल्छ र मुख्य पात्रमा रहेका निखिलको दोहोरो भूमिकामार्फ दर्शकलाई कथावस्तुमा बाँधिरहने प्रयास गर्छ । त्यो सुरुवाती दुःखद दृश्यमा समाचारकर्मीलाई ‘निरीह झोले’ का रूपमा प्रस्तुत गरिएको देख्दा समकालीन पत्रकारितामा इन्टरनेट पुस्ताका संवाददाताहरूलाई फिल्मका निर्देशकसँग झनक्क रिस उठ्न सक्छ । एक अपराधीलाई काठमाडौंमा स्थानान्तरण गर्न प्रहरी संगठनका प्रमुख नै इन्स्पेक्टरलाई मात्र साथ लिएर पोखरा पुगेको दृश्य देख्दा पुलिसहरूले नै ‘लौ त्यस्तो पनि हुन्छ ?’ भन्न सक्छन् । पात्रहरूका कतिपय संवाद सुन्दा समीक्षकहरूले ‘दैनिक बोलिचालीमा पनि कसैले किताबमा लेखेजस्तो पूरै मिलाएर वाक्यहरू बोल्छ र ?’ भन्ने प्रतिक्रिया दिन सक्छन् । तर आख्यानमा वास्तविकतासँगको सम्बन्ध खोज्नु दर्शक या पाठकको विरोधाभासपूर्ण अपेक्षा मान्न सकिन्छ ।

    ‘वी सेल फ्यान्टासी,’ फिल्मका निर्देशक नरेश पौड्यालले सिनेमापछिको चियावार्तामा फिल्मको ‘प्रहरी सुराकी’ पत्रकारले जस्तो झोला नबोकेको यस संवाददातासँग भने- ‘हामी परिकल्पनालाई बेच्छौं किनकि मानिसहरू त्यसमा रमाउन चाहन्छन् । नभए वास्तविक जीवनमा निखिल पनि त्यसरी कहाँ उफ्रिन सक्छन् र ?’ साततले भवनबाट फालहालेका पूर्व ‘स्टन्टम्यान’ निखिल उफ्रिन बेर लगाउन्नन् तर पौड्यालले भन्न खोजेको बुझ्न सकिन्छ । वास्तविकतासँग निकट हुँदै पात्रहरूको सूक्ष्म चित्रण गरिएका नेपाली फिल्म बनाउने बेला आइनसकेको उनी ठान्छन् । ‘मलाई अहिले ‘पाथेर पाञ्चाली’ या ‘बाइसाइकल थिभ्स’ बनाउन सकिनँ भन्ने चिन्ता छैन,’ ४४ वर्षे सिनेकर्मीले भने- ‘बरु ‘दिलवाले दुल्हनियाँ लेजाएँगे’ वा ‘कुछकुछ होता है’ जस्ता सिर्जना बनाउन नसकेकोमा चिन्ता छ ।’ आफूले बनाउने फिल्म राजधानीका ‘केही नक्कली बुद्धिजीवी होइन हिमालदेखि पहाडसम्मका मूलधारका दर्शक’ लक्षित हुने उनको भनाइ रह्यो ।

    naresh poudyal director of abhimanyu
    पछिल्लो फिल्मको कुरा गर्ने हो भने नरेश पौड्याल (तस्बिरमा) नेपालका जल्दाबल्दा फिल्ममेकर हुन् । उनको निर्माण र निर्देशनको फिल्म ‘धडकन’ को प्रेम कथाले धेरै नेपाली दर्शकको मुटु धडकाइदियो । त्यो उनको सातौं निर्माण थियो भने अरूको लगानीको फिल्मलाई निर्देशन गरेको ‘अभिमन्यु’ पहिलो । ‘आफ्नै लगानीको फिल्म निर्देशनमा बढी सिर्जनात्मक स्वतन्त्रता हुन्छ,’ उनले भने- ‘अरूको फिल्म गर्दा कम खर्चमै काम छिटो सकिदिन पाए हुन्थ्यो भन्ने हुन्छ ।’ यी भनाइको सत्यताको परख आफैं होला, अहिलेलाई समकालीन सिने निर्देशक हुनुका मज्जा’bout उनलाई सोधौं । ‘आफूले ओछ्यानमा सिरक ओढेर चिया पिउँदै, चुरोट खाँदै या अफिसमा हिटर ताप्दै सोचेका कुरा केही महिनामा सिनेमामा उतार्न पाइन्छ,’ उनले भने- ‘सपनालाई पर्दामा देखाएर लाखौं दर्शकलाई हसाउने र रुवाउने तथा उनीहरूको भावनालाई ‘डिक्टेट’ गरिन्छ ।’

    भावनाकै कुरा गर्ने हो भने विक्रम र राधाको जोडी फिल्मबाट पूरै प्रभावित थियो । विक्रमले बेलाबेला हाँस्दै सिनेमाको रमाइलो लिइरहेका थिए भने नायिका छोरी पनि आफू नदेखिएका दृश्यका कमेडीमा खितिति हासिरहेको थिइन् । ‘समग्रमा फिल्म राम्रो छ,’ आफ्नै लेखापरीक्षण संस्था चलाउने जलविद्युत् परियोजना कन्सल्ट्यान्ट विक्रमले आफ्नो निर्णय सुनाए- ‘हेरुन्जेल रमाइलो हुन्छ ।’

    मौनतामा अल्झेको फिल्मी जिन्दगी

    चार दर्जनभन्दा बढी फिल्महरूका पटकथा लेखेपछि ‘भएन बा, यो तालले काठमान्डूमा घर बनाउन र गाडी किन्न सकिँदैन’ भन्ने निष्कर्षमा पुगेका मौनता श्रेष्ठले झन्डै डेढ वर्षअगाडि आफैं सिनेमा बनाउने कम्मर कसेका थिए । नेपाली फिल्म उद्योगमा निर्माण सहयोगी र पटकथा लेखकका रूपमा १२ वर्षबिताएका मौनता ‘त्यो अवधिमा कमाएको विश्वास बेचेर’ पैसा जम्मा गरेपछि निर्माता भएका थिए । अघिल्लो वर्षभदौमा बनाउन थालिएको ‘अभिमन्यु’ को काम चार महिनामा सकिएपछि सबै नेपाली फिल्महरू जस्तै गत फागुनमा उपत्यका बाहिरबाट प्रदर्शन थालिएको थियो । मोफसलमा, मौनताका शब्दमा, औसत व्यापार गरेको फिल्म शुक्रबारदेखि राजधानीमा प्रदर्शित हुँदैछ ।

    फेरि त्यो प्रभाव पार्ने तथ्यांकमै फर्कौं । ३१ वर्षो मौनताले, दुइ तीनपटक सोधिएको प्रश्नमा, हालसम्म ५० भन्दा बढी फिल्महरूको पटकथा लेखेको बताए । २०५६ मा उनले फिल्मी पटकथामा हात हालेका हुन् र उनको पहिलो फिल्म तपाईंलाई सम्झना छैन भने त्यो अपराध हुने छैन । किशोर सुब्बा निर्देशित ‘खुकुरी’ (सत्ते यो फिल्मकै नाम हो) चलेन । मौनताले पटकथा लेख्ने र फिल्म नचल्ने क्रम आगामी दुइ वर्षम्म जारी रह्यो । ‘२०५८ को ‘माया नमार’ मेरो पहिलो सफल फिल्म हो,’ उनले भने र खरर सातवटा फिल्मको नाम लिए जसमा ‘अजम्बरी नाता’ र ‘निखिल दाइ’ सामेल छन् । अर्थात्, मौनताका चार दर्जनमध्ये, उनकै शब्दमा, सातवटा फिल्ममात्र सफल भए । तर त्यो असफलतालाई उनी स्वीकार्ने पक्षमा छैनन् ।

    ‘त्यसो भए तपाईं असफल पटकथाकार ?’

    ‘होइन,’ आफ्नो फिल्मको प्रवर्द्धनका लागि संवाददाताहरू भेट्ने अभियानमा रहेका उत्साही निर्माताले भने- ‘म असफल होइन । मेरो लेखन पनि असफल होइन । नेपाली फिल्म उद्योगको अवधारणा नै त्यस्तो छ, निर्माता र निर्देशकका कथाहरू नै त्यस्ता ।’

    औसत नेपाली तन्नेरीले ‘ह्या, यी नेताहरू नै बिग्रेका, देश बनाउनै सक्दैनन्’ भन्ने निराशाजनक गुनासो दिएजस्तै मौनताले पनि सिने उद्योगप्रति कटाक्ष गरे । ‘मलाई ‘धूम’ र ‘क्रिस’ जस्ता (भारतीय) फिल्म बनाउन मन पर्छ । तर हामी अझै पुरानै र्ढरामा (फिल्ममा) गाउँघरै देखाइरहेका हुन्छौं । हामीले फिल्म बनाउने सोच र शैलीलाई आधुनिकरण गर्नै पर्छ ।’

    ‘आधुनिकीकरण भन्नाले ?’

    ‘प्राविधिक कुराहरूलाई प्रँथमिकता दिनुपर्यो,’ उनले भने- ‘सोचाइ नै आधुनिक हुनुपर्यो के । हामी सानो सोचाइ राख्छौं ।’ त्यसपछि उनले एउटा उदाहरण दिए- दर्शकहरू कसरी भारतीय अभिनेत्रीका ग्ल्यामरबाट मनोरञ्जन लिन्छन् तर सोही रूपमा नेपाली हिरोइनलाई प्रस्तुत गरिँदा ‘छ्या, परिवारसँग बसेर हेर्नै मिल्दैन’ भनी प्रतिक्रिया दिन्छन् । ‘ग्ल्यामर भनेको सुन्दरता हो जसलाई मिलेर हेर्न सकिन्छ’ भन्ने अवधारणा विकास गर्नुपर्ने मौनताको विचार रह्यो ।

    यति धेरै कुरा गर्ने मौनताको फिल्म ‘अभिमन्यु’ पक्कै पनि धेरै राम्रो बनेको होला, होइन ?

    उनको उत्साहको पारो स्वात्तै घट्यो । ‘मेरो सोचाइ जस्तो त छैन,’ उनले भने- ‘तर औसत नेपाली फिल्मभन्दा निकै राम्रो छ ।’ याद गर्नुस्, उनी निर्माता हुन् र आफ्नो फिल्मको प्रचार गर्न पत्रकार भेटिरहेका छन् । ‘आफूले सोचे जस्तो फिल्म बनाउने खतरा मोल्न सकिन मैले,’ उनले आफ्नो विवशता प्रकट गरे- ‘फिल्म बनाउने परम्परागत नेपाली तरिकाबाट अलग हुँदा बजारमा असफल होइएला भन्ने डर भयो ।’ पहिलै फिल्म डुब्यो भने काठमान्डूमा घर र कार कसरी किन्ने ? (लेखनबाट पैसा नकमिने निश्चित भएपछि आफूले दशकभन्दा बढी बिताएको क्षेत्रमै व्यापार गरेर पैसा कमाउने निर्णय गरेर उनी फिल्म निर्माणमा होमिएको थिए ।) नयाँ अवधारणाअनुसार फिल्म बनाउने काम युवा पुस्ताको नभई ‘स्थापित र टन्न पैसा हुनेहरूको’ भएको उनले बताए । त्यसो हुँदा मौनताको भनाइ थियो, नोक्सानै भए पनि खासै दुःखदायी हुने छैन ।

    उनको आगामी फिल्म ‘च्याम्पियन, द हिरो’ लाई प्रदीप श्रेष्ठले निर्देशन गर्नेछन् । जसमा मौनताले आफ्ना ‘केही अवधारणा लागू गर्ने’ बताए । ‘यसको नामै अंग्रेजी भयो भन्दै पुराना पुस्ताकाले प्रतिक्रिया दिए,’ उनले भने- ‘तर मैले मानिन ।’

    जाँदाजाँदै ‘अभिमन्यु’ को पनि कुरा गरिहालौं । निखिल उप्रेतीको दोहोरो भूमिका रहेको सिनेमाले समाजमा रहेका भ्रष्ट प्रवृत्तिप्रति प्रहार गरेको मौनताले बताए । ‘तर यो अभिमन्यु चक्रव्युहलाई ध्वस्त पार्दै निस्कन्छ,’ उनले भने । कसरी निस्कन्छ, थाहा पाउन शुक्रबार हलमा जानै पर्ला ।

    –दिनेश वाग्ले