Latest stories – पछिल्ला टिप्पणीहरू

  • यताकी बुहारी उताका ज्वाइँ

    निरज र शर्ली दरबार स्क्वायरमा
    निरज र शर्ली दरबार स्क्वायरमा

    विवाह त्यस्तो सम्बन्ध रै’छ जसले समुद्र पारिकालाई वारिका डाँडामा र वारि पहाडकालाई समुद्रपारि किनारमा पुर्याउदो रै’छ ।  नेपाल र फिलिपिन्सका दुई प्रेम जोडीहरूको कथा ।

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) 

    लेखेको कुरा हो त्यो । शर्ली अल्फन्सोले नीरज जोशीसँग बिहे गर्ने योजनै बनाएकी थिइनन् । खासमा कुनै पनि विदेशीसँग जिन्दगी बिताउने उनले कल्पना गरेकी थिइनन् । ‘तर आफै चकित भएँ,’ २६ वर्षे फिलिपिनाले अघिल्लो साता काठमान्डुको वसन्तपुरस्थित एउटा क्याफेमा भनिन् । ‘ऊसँग प्रेममा परेँ । हाम्रो भाग्यमै एकअर्कासँग बिहे गर्न लेखेको रै’छ ।’

    मह र कागती मिसिएको तातो पानीको ग्लास लिएका नीरज छेवैमा बसेर मुस्कुराइरहेका थिए ।
    राजधानीको इन्द्रजात्रा देखाउन नीरजले शर्लीलाई बीपी राजमार्गका घुम्तीहरू हुँदै डुलाउँदै काठमान्डु ल्याएका थिए । त्यो सडक बनाउने जापानी कम्पनीमा कार्यरत इन्जिनियर नीरजसँगै नेपालथोकमै बस्छिन् शर्ली । सिन्धुलीको त्यो पहाडी बस्तीमा, शर्लीले भनिन्, बर्गर र ममजस्तो ‘द्रुतखान्की र रात्रि जीवन’ नहुँदा जीवन यदाकदा पट्यारलाग्दो हुन्छ तर ‘नीरजसँग रहन मन पर्ने भएकाले जेसुकै (चुनौती) पनि सामना गर्न तयार’ उनलाई दु:खहरू खासै दु:खपूर्ण लाग्दैनन् । (धेरै…)

  • घर हाम्रो दरबार

    घर हाम्रो दरबार: अस्तिको भैंचालोले हामी नेपालीहरूलाई एकचरण नराम्ररी थर्काएपछिका यी दिन हाम्रा घरहरूको निर्माण’bout र तिनको गुणस्तर’bout फेरी बहस शुरुभएको छ । झन्डै तीन बर्षअघि एकजना ख्यातिप्राप्त नेपालीले आप्नो घर छाड्दा सुरज र मैले अन्य थुप्रै उतिसारो ख्याती नकमाएका नेपालीका लागि घरले के कस्तो  महत्व राख्छ भनि जान्न चाहेका थियौं । थप कथा यहाँ: http://wp.me/peeGe-54

    यही‍ महिना २००९ मा: “I don’t know what sins we committed in our previous life that we have to serve in a foreign army. It feels like we are going to all these dhams all over India to wash away our sins.” That’s what a Nepali young man told me when I met him in Jammu this month in 2009. पूर्वजन्ममा के पाप गरिएछ कुन्नी अहिले विदेशी सेनामा काम गर्नु परेको छ । भारतभरीका यी धामहरूमा जादा त्यो पाप पखाल्न गएजस्तो लाग्छ । यही महिना २००९ मा जम्मुमा भेट्दा एकजना नेपाली तन्नेरीले त्यही भने मलाई । More here/थप यहाँ: http://wp.me/pjyem-dX

  • बुढासुब्बाका बाँसहरू

    Have you seen, touched (or, written your names on) the beloved bamboos of Budhasubba? 🙂 बिजयपुरका प्यारा बाँसहरू देख्नु, छुनु (र तिनमा आफ्ना नामहरू लेख्नु) भएको छ ? Dambar K Shrestha’s Wave mag story (reproduced in the given link) is very interesting. So is the poem of Ly Kaudinya (a line: बुढा सुब्बा का बाँसहरु मा तिम्रै नाम खोप्न पाँऊ।). AND, of course, some of my pics!!

  • कम्पन तनाव

    अग्ला घरहरू मलाई उसै पनि मन पर्दैन थ्यो । विदेशी सहरहरूमा तिनलाई देख्दा हल्का आकर्षण त भयो तर त्यस्तै अग्ला घरमा या पेन्टहाउसहरूमा बस्ने रहर कहिल्यै जागेन । हिजोको कम्पन पछि त झन् हेर्न पनि मन लाग्दैन । एकदमै असुरक्षित जस्तो लाग्ने । आफनो भूईंतल्ला नगन्दाको एकतल्ले घरमै अलि सुरक्षित जस्तो लाग्ने । तर अफिस भवन छ भुईतल्ला नगन्दा सात तल्ले, कार्यकक्ष छन् तेस्रो र चौथोमा । अनि हरेक सोमबार यतिबेला यो सातौं तल्लाको बोर्डरूममा बैठक गर्नु पर्छ । मानसिक तनाव पो हुने भो बा!

    पुनश्च: बैठक चाहिँ स्थगित भयो ।

  • The Earthquake that Rocked Us [भैंचालो जसले हामीलाई हल्लायो]

    [This is a bilingual post. यो पोस्ट दुइ भाषामा छ। Read a news report on the earthquake here]


    The alarming (or positive, depending on your perspective) aspect is that the 6.8 magnitude earthquake that struck Kathmandu and eastern Nepal this evening had its epicenter located 272 kilometers east of Kathmandu, as reported by the the US Geological Survey. It was situated 68 kilometers northwest of Gangtok, Sikkim, India. The intensity of the quake was incredibly frightening. Personally, it was the most terrifying seismic event I have experienced in a long time. Just imagine if Kathmandu had been the epicenter! Furthermore, consider the plight of those residing in mud-and-stone houses in the hills of eastern Nepal, which are in close proximity to the epicenter. Regrettably, two casualties have been reported in Dharan and three in Kathmandu due to the collapse of the British Embassy compound wall. Additionally, numerous individuals have sustained injuries as they attempted to evacuate buildings.

    डरलाग्दो कुरा (या राम्रो किनकी त्यो हेराइमा भर पर्छ) चाहिँ के भने अघि साँझ काठमान्डू र पूर्वी नेपाल हल्लाउने ६.८ रेक्टर स्केलको भुकम्पको केन्द्रबिन्दू, अमेरिकी जि‌ओलोजिकल सर्भेका अनुसार, काठमान्डूभन्दा २७२ किलोमिटर टाढा (पूर्व) थियो । (भारतीय राज्य सिक्किमको राजधानी गान्टोकबाट ६८ किमी उत्तर पश्चिम ।) ज्यादै डरलाग्दो थियो त्यो क्षण । (व्यक्तिगतरूपमा भन्नुपर्दा त्यो भैचालो क्षण मैले लामो समययता अनुभव गरेको सबैभन्दा डरलाग्दो क्षण थियो ।) कल्पना गर्नुस् भुकम्पको केन्द्रबिन्दू काठमान्डू भएको भए ! अनि सोच्नुस ती मानिसहरका ’boutमा जो केन्द्रविन्दुभन्दा नजिकै पूर्वी नेपालका डाडाहरूमा माटो र ढुङ्गाका घरमा बसेका छन् । [काठमान्डूमा बेलायती दुतावासको पर्खाल ढल्दा तीनजना र धरानमा दुइको मृत्यु भएको छ । धेरै मानिहरूले चाहिँ भैचालो जादै गर्दा या गएपछि घरहरूबाट भाग्दा आफूहरूलाई घाइते तुल्याएका छन् ।]

    (धेरै…)
  • नेपालमा जारी विचारको गुरिल्ला युद्ध

    The Guerrilla War of Ideology in Nepal

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

    डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे । (ती हतियार अहिले क्यान्टोनमेन्टहरूमा छन् र तिनको साँचो अघिल्लो साता एक जना पूर्वगुरिल्लाले नेतृत्व गरेको सरकारलाई बुझाइएको छ ।)

    स्वागत छ, नेपाली समाजलाई दुई फ्याकमा बाँड्ने ‘विचारहरूको युद्ध’ मा जसको एकापट्टी छन्- संविधानसभाको चुनावमा आश्चर्यजनक रूपमा हारेर राजनीतिकरूपमा लगभग ‘सीमान्तकृत’ बनेका कांग्रेसीहरू । अर्कापट्टी छन्- त्यही चुनावमा आश्चर्यजनक रूपमा जितेर सभालगायत समाजका विभिन्न हिस्सामा प्रभुत्व कायम गरेका माओवादीहरू । सभाका अरू दुई महत्त्वपूर्ण शक्ति, एमाले र मधेसवादी मुद्दा हेरी कहिले कांग्रेसतिर, कहिले माओवादीतिर ढल्किएको देख्दा नेपाली समाज ठ्याक्कै दुई वैचारिक भागमा विभाजित छ भन्न गाह्रो पर्छ । तर समाज कसरी बदल्ने जस्ता प्रमुख विषयमा माओवादी एकातिर, अरू शक्ति अर्कातिर देख्दा सजिलो पनि पर्छ ।

    बाँकी यहाँ छ

  • अमेरिकाले कसरी हेर्छ नेपाललाई भारतीय आँखाबाट

    नेपालमा भारतको राजनीतिक, सांस्कृतिक र भौगोलिक प्रभाव नौलो होइन । महाशक्ति अमेरिकाले नेपाललाई हेर्दा भारतीय नजरबाटै हेर्ने कुरो पनि नौलो होइन । अघिल्लो साता सार्वजनिक अमेरिकी सरकारका दस्तावेजले त्यो ‘हेराइ’ कसरी हुन्छ भन्ने देखाउँछन् जो धेरैका लागि नौलो र रुचिपूर्ण हुनसक्छ

    how uncle sam sees nepal through indian eyes
    कसरी हेर्छ अमेरिका हामीलाई भारतीय आँखाबाट

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

    ०६२/०३ को जनआन्दोलन सुरु हुनु एक महिनाअघि सन् २००६ को मार्चमा भारत गएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले नयाँ दिल्लीको हैदराबाद हाउसस्थित मुगल बगैंचामा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उभिँदै नेपाल’bout बोलेका थिए । अङ्ग्रेजीका २५ शब्द, दुई अर्धविराम र एउटा पूर्णविरामयुक्त त्यो वाक्यमा बुसले भनेका थिए, ‘नेपालमा माओवादीले हिंसा त्याग्नुपर्छ र लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्न राजाले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्छ भन्नेमा हामी सहमत भयौं ।’

    हामी अर्थात् बुस र सिंह, अमेरिका र भारत ।

    ज्ञानेन्द्रको प्रत्यक्ष शासनअन्तर्गतको त्यतिबेलाको नेपालमा त्यो एउटा वाक्यले कम्पन उत्पन्न गराएको थियो । त्यसले तत्कालीन तानाशाहलाई थप दबाबमा पारेको थियो भने आन्दोलित पार्टीहरूलाई उत्साहित । अहिले अनुमान गर्न सजिलो भएको छ, त्यो वाक्य बुसले त्यतिबेला त्यत्तिकै बोलेका थिएनन् ।

    ‘आँखामा आँखा’

    त्यसको चार दिनअघि काठमान्डुमा नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जी र तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले त्यसको आधार तयार पारेका थिए ।

    बाँकी यहाँ छ ।

  • उपेन्द्र यादव उवाच

    आजैको कान्तिपुरबाट: प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा

    upendra yadab

    दिनेश वाग्ले/अतुल मिश्र
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ । 

    upendra yadab
    ठूलो पार्न क्लिके हुन्छ

    उपेन्द्र यादव भित्रभित्रै कम्ती रिसाएका छैनन् । त्यसैले केही दिनयता चर्को नकारात्मक अर्थ दिने चारवटा शब्द उनी खुबै प्रयोग गर्छन् । ती चार विशेषणहरू हुन्- अवसरवादी, भ्रष्टाचारी, दुराचारी, धोखेबाज । गए बिहीबार ललितपुरको बालकुमारीस्थित मधेसी जनाधिकार फोरमको सुनसान कार्यालयमा केही सहयोगीहरूसँग बैठकको तयारी गरिरहेका यादवले ती शब्द प्रयोग गर्दा कुनै व्यक्तिको नाम लिएनन् तर त्यो अनुमान गर्न कठिन थिएन । अघिल्लो साता सरकार बन्दै गर्दाको चर्को राजनीतिक मोलमोलाइमा उपेन्द्रलाई पछारेर उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदार अहिले यादवका शत्रु नम्बर एक भएका छन् । शत्रु नम्बर दुई- महन्थ ठाकुर । शत्रु नम्बर तीन- जयप्रकाश प्रसाद गुप्ता । मधेसमा आधारित नाटकीय राजनीतिमा अझै नाटकीयता यो जानकारीले थप्न सक्छ- गच्छदार र गुप्ता कुनै समय (तर धेरै अघि पनि होइन) यादवकै सहयोगी र सहकर्मी थिए । शब्दको घुमाउरो अर्थमा अहिले पनि ती दुवै (र ठाकुर पनि) यादवका सहकर्मी हुन् ’cause उनीहरू चारैजना बाबुराम भट्टराई नेतृत्वको वर्तमान माओवादी-मधेस गठबन्धनका मधेसतिरका सदस्यहरू हुन् । (धेरै…)

  • प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा

     

    आजैको कान्तिपुरबाट: उपेन्द्र यादव उवाच

     

    two faces of Baburam Bhattarai
    Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar via Kantipur

     

    दिनेश वाग्ले
    वाग्ले स्ट्रिट जर्नल
    यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।

    मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाई प्रिय बनाएका छन् । सर्वसाधारणले चिया पसलदेखि इन्टरनेटसम्ममा व्यक्तगरेका सकारात्मक र आशापूर्ण अभिव्यक्तलाई मापक मान्ने हो भने कुनै पनि व्यक्ति प्रधानमन्त्री चुनिंदा जनतामा त्यतिधेरै खुशी र उत्साह ल्याएको यो विरलै हुने घट्ना हो ।

     

    २०१५ मा बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा, ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुँदा र ०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिदा पनि जनतामा लगभग यस्तै खाले आशा र उत्साह सिर्जना भएका थिए । सामान्यतः राजनीतिज्ञहरुलाई शंकाले हेर्ने र घृणा गर्ने कतिपय जनताले नै अहिलेका प्रधानमन्त्री भट्टराईलाई त्यस्ता शब्द प्रयोग गरिरहेका छन् जो सामान्य अवस्थामा प्रेमी या प्रेमिकाका लागि साँचिन्छन् । जस्तै- हृदयका राजा, आशाका केन्द्र, मेरा आइडल ।

    बाँकी यहाँ छ ।


  • प्रधानमन्त्रीका दुई पाटा

    लोकप्रियताको तुलो वितेका पाँच बर्षमा कसरी दाहालबाट भट्टराईतिर ढल्कियो ?

    two faces of Baburam Bhattarai
    Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started “People’s War” in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar via Kantipur

    दिनेश वाग्ले

    वाग्ले स्ट्रिट जर्नल

    two faces of baburam bhattarai

    मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाई प्रिय बनाएका छन् । सर्वसाधारणले चिया पसलदेखि इन्टरनेटसम्ममा व्यक्तगरेका सकारात्मक र आशापूर्ण अभिव्यक्तलाई मापक मान्ने हो भने कुनै पनि व्यक्ति प्रधानमन्त्री चुनिंदा जनतामा त्यतिधेरै खुशी र उत्साह ल्याएको यो विरलै हुने घट्ना हो ।

    [WSJ note: For those who are subscribed to this site but don’t understand Nepali: This article, first published in today’s Kantipur newspaper, takes an in-depth look at two sides of Prime Minister Baburam Bhattarai- his surprising popularity in the mass and his inconsistencies and contradictions in his politics. यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।]

    २०१५ मा बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा, ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुँदा र ०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिदा पनि जनतामा लगभग यस्तै खाले आशा र उत्साह सिर्जना भएका थिए । सामान्यतः राजनीतिज्ञहरुलाई शंकाले हेर्ने र घृणा गर्ने कतिपय जनताले नै अहिलेका प्रधानमन्त्री भट्टराईलाई त्यस्ता शब्द प्रयोग गरिरहेका छन् जो सामान्य अवस्थामा प्रेमी या प्रेमिकाका लागि साँचिन्छन् । जस्तै- हृदयका राजा, आशाका केन्द्र, मेरा आइडल ।यो लेखको बाँकी भाग यहाँ छ ।